Showing posts with label अनुभव / अनुभूति. Show all posts
Showing posts with label अनुभव / अनुभूति. Show all posts

May 20, 2009

युवा वर्गलाई नियालेर हेर्दा

विजयकुमार श्रेष्ठ धादिङ्ग
हाल ईराक

दिन प्रतिदिन कहाली लाग्दो सन्त्रास र अराजकताको जग बसेको देख्दा यो नयाँ नेपालको मुहार चम्किने हो कि झनै बिग्रीएर जाने हो, त्यो त समयले नै बताउला भनेर पछि लाग्ने सिवाय अरु उपाय नेपाली कसैसँग पनि नभएको भान हुन्छ । नेपाली जनताले आफनो जिउ ज्यानको कुनै परवाह नगरि २४८ वर्षसम्म बलियो जग गाडेर बसेको शाहवंशीय तानाशाहलाई जरै देखि उखालेर फयाक्न सफल भएका थिए । थिचोमिचो र अन्याय अत्याचारको सिमाबाट पार पाईन्छ कि भन्ने आशा र भरोसा मन भरि बोकेर साथमा साथ हातमा हात मिलाएर कम्मर कसेर देशमा नौलौ विहानीको विजारोपण गर्न सफल भएको थिए । हिजोका परिवर्तनको जग बसाल्नलाई न त बृद्ध हु नै भने न त नावालक हु नै भने सारा नेपालीले आफुसँग भएको बाहुबलको पर्दा हलुङ्गो मनले खुलाएर आफनो सामिप्यमा पुग्न सफल भए ।

अब त नेपाली जनताले चाहेको नया नेपालको जग बसाउन सफल भयौ भनेर आफना गुम्सिएका मनहरुलाई फुकाएर केहिहदसम्म भए पनि दुख पिडाहरुलाई भुलेर सितलताको छहारिमा मन बिसाउन सफल भएका थिए । ति कोमल मनहरुलाई लागेको थकानबाट लखतरान भएर गलेका शरिरलाई विश्राम दिन समेत पछि नलागेर हर्ष उल्लासमा सहभागिता भई संदुर जात्रा मनाउनमा व्यस्त भए । रात रहयो औराख पलायो भने जस्तै गरि केहि समय पश्चात नै ति कोमल हातहरुले बलिदान दिएर हो मा हईसे मिलाएर खलबलिएको परिस्थितीको हुरिवतासलाई एकत्रीत बनाएर आफनो गन्तव्य तिर तार लागएको केहि समय पनि वित्न नपाउदै एक आपसमा कुसर्ि मोह र पार्टि मोहको लालसा तिव्र भएर उम्लिन सुरु भयो । कोहिले सत्ता आफनो हातमा लिएर हिटलर बन्ने सपना देखे भने कोहि प्रतिपक्षमा बसेर मेरो गोरुको बार् है टक्का भन्ने अहमता लिन पछि परेन । कोहि सरकार चलाउनेलाई चाहिने ब्रेक त हामी पो हो भनेर एक आपसमा अहमता लिन थाले । हिजो जनतालाई दिएको बाचा बन्धनहरु सबै भुले र आ आफनो रणनितीलाई अगाडि बढाउन कम्मर कसेर लागे । जनतालाई कुनै कुरा सुख सुबिधा दिने तर्फ नलागी आफनै पार्टि विस्तार तिर अगाडि बडे जो नयाँ नेपालको सरकार प्रमुख भएका व्याक्ति र पार्टि । केबल जनतालाई महंगीबेरोजगार र अराजकता भन्दा अरु केहि उपहार स्वारुप दिन सकेनन् । देशमा झन बिकराल स्थितीको जग बसाले । महङगीचन्दा आतङक अपहरण लुटपाट हत्या हिसां जस्ता बिभत्सव दुर्घटनाहरुको जग बस्न थाल्यो । देश चलाउनेहरु यो देश मेरो मात्र होईन साझा नेपालीको सम्पति हो भनेर सोच्न पछि पर्न थाले र देशलाई शान्तिमय बनाउन तर्फ भन्दा आफनो पार्टि विस्तारलाई प्रमुख बनाउनमा जस्तो सुकै कुकृत्य गर्न पछि परेन । जो सत्तामा बसेका छन उसले नेपाली जनता भनेको त आफनो पार्टिमा समर्थन गर्ने व्याक्ति मात्र हो भनेर उदाहरणहरु बनाउन पछि परेन । लोकतन्त्रात्रिक गणतन्त्र नयाँ नेपालको नामाकरण गरेर देशलाई अन्यौलताको खाडलमा घकाल्न सुरु गरे । सहमति र सहकार्यको नितीलाई केवल कागजमा मात्र कोर्न सफल भए ।

युवा शक्तिलाई हतियार बनाएर आफनो स्वार्थ पुर्ति गर्न तिर लागेका नेता भनाउदाहरु मुखले राम राम बगलिमा छुरा भन्ने उखानलाई मध्य मार्गी बनाएर युवा वर्गलाई हतियार बोकाएर हिड्न बाध्य बनाए । के युवाहरु लडेका अहिले मात्रै हो त देशको मुहार फेर्नमा कस्को हात छ त तर अहिले यति बेला युवा वर्गले राम्रोसँग सोच्नु पर्ने बेला भएको छ । सधै भरि अर्काको लागी कति लड्ने अब त युवा शक्ति एक जुट भएर युवा शक्तिलाई रोजगार मुलक कार्यक्रमको सृजना गर्न तर्फ लागेमा मात्र देशमा समुन्द्रको भेल सरि उर्लीएको बेरोजगारको सुनामीलाई समाधान गर्न सकिएला भन्ने लाग्दछ । अझै पनि हामी युवाहरु ति नेताहरुको लहै लहैमा लागेर सडक गल्ली तताउनमा नै सिमीत भयौं भने हाम्रो कार्य दक्षताको कहिले पनि मुल्य हुने दिन आउदैन किन कि नेता भनाउदाहरुको नाता गोताको लागी मात्र हुने छ र अरु निमुखा युवाहरुको काम भनेको नेताहरुको गुलामीमा सडक तताउन बाहेक दोस्रो उपाय दिने वालामा छैनन् । अब त हामी युवाले गहिरिएर सोच्ने समय आएको छ । यस्तो परिस्थितीमा पनि हामीले सोचेनौ भने हाम्रो दिन कहिले सल्टिने छैन । अनि सधै परि पार्टिको झण्डा बोकेर नेताहरुको मनोआकांक्ष पुरा गराई दिनु सिवाय अरु हामीले केहि पाउने छैन ।

राजनितीक पार्टिहरु कोहि एक प्रदेश एक मदेश हुनु पर्छ भनेर अडिक लिन्छ कोहि पार्टिको दस्तालाई मात्र मध्य नजर राखेर काम गर्ने कोहि मेरो गोरुको बार् है टक्का भनेर बस्ने कसैलाई पनि चासो छैन राष्ट्रको स्थिती कहाँ पुगी सक्यो भनेर एकले अर्कालाई लडाएर आफनो स्वार्थ पुर्ति गर्न पल्केकाहरुको पछि लाग्दा फेरि पनि हामी युवाको हालत त्यहि बिन्दुमा पुगेर समाप्त हुने छ । अनि आफु आफुमा नै लडाई झगडा गरेर वल्ल घर पल्ल घरको दाजु भाई ईष्ट मित्रसँग दुश्मन भएर बाच्नु सिवाय अरु उपलव्धि हासिल गर्न सकिदैन । के नेताहरु लडेका छन तैले गर्दा यो कुसर्ि नपाएको भनेर नभेट्ने नवोल्ने गरेका छन त । उनिहरु

भनेको जुवाँ खेल्दा च्याखे थाप्न पल्केका जुहारे जस्ता हुन तेसैले युवाहरु अरुको लहै लहैमा लागेर तहिले यो ठाउँमा बास पाउने छैन त फलाना पार्टिको मानिस हामी तलाई बाच्न दिन्न भनेर कुदृष्टीले आफना सदियारेलाई दुख दिनु भनेको आफनो खुट्टामा आफैले बन्चरो हान्नु सरह हो । भोली हामीलाई भई परि आउदा ति तपाईका पक्षका नेता आएर समस्याको समाधान गरि दिन्छ त यो कुरालाई ठन्डा दिमाग लगाएर सोच्ने गरेका छौ त तातो रिस देखाएर म त यो पार्टि त यो पार्टि भनेर एक आपसमा लडाई गर्नु नै हाम्रो मुर्खता हो । आखिर भोलीको लागी चाहिने हामीलाई छिमेकि नै हो । जुन सुकै पार्टिका नेता भए पनि कुर्सि पाए पनि केवल उसले आश्वासन मात्र दिने हो । पहिला त आफनो स परिवारलाई भरि पुर्ण पारे पछि मात्र अरुको लागी ठाउँ हेर्ने हो त्यो पनि खाली कतै भए बुझेर आउनु म भनि दिन्छु भनेर पन्छिदिन्छन् । यो कुरा तपाई हामीले भोगेको कुरा भित्र नै पर्दछ । त्यसैले सधै भरि पार्टिको झण्डालाई मध्य नजर राखेर हिड्नु भन्दा अहिलेको परिस्थितीमा खवरदारी गर्न तर्फ लाग्दा ति नेता भनाउदाहरुको धैटोमा घाम लाग्न सक्छकीत । सहकार्य र समझदारीमा नहिड्ने हो भने हामीले त्यहि दिन भोग्नु पर्ने स्थितीमा पुग्ने छौ । जस्तै उदाहरणको लागी सोमालिया सुडान ब्रुण्डि जस्ता देशहरुमा आन्तरिक कलह र मत भिन्नताले गर्दा देशलाई कस्तो परिस्थितीमा पुर् यायो त्यो त हामी सबैले देखेको र सुनेको कुरा हो । यदि यो परिस्थितीमा पनि युवा वर्ग ति धृणित व्याबहारमा लागेका नेताहरुको हो मा हो मिलाएर हिड्ने हो भने हामीले पनि त्यही सुनामी भोग्नु नपर्ला भन्ने कुराको दुई मत छैन ।

नेता भनेको मिठो भाषणको खेति गर्न सिपालु हुन्छन र आफनो स्वार्थको लागी अरुलाई ढाल बनाएर उक्साउने काममा माहिर भएका हुन्छन र युवा वर्गहरुमा भएको तातो रगत तताउनमा बाहुबल प्रयोग गरेका हुन्छन् । आखिर दुख पाउने त युवा वर्गहरु नै हो । जसको भविष्यको कुनै ठेगान हुने बाटो पहिल्याउन सफल भएको छैन । हुल हुज्जत सभा सम्मेलन जुलुसलाई सफल पार्नमा कस्को हात छ त के युवा सधै भरि सडक तताउने काममा मात्र सिमीत हुने हो त लोकतन्त्र प्राप्तिको लागी बलिदान दिने युवाहरुको सहि मुल्याङन भएको छ त त्यो त हामी सबैले देख्दै आएका छौ । जो मानिसहरु आफनो जिउ ज्यानको कुनै प्रभाह नगरि लोकतन्त्रको जग बसाल्न अगाडि बडेर लागेका थिए । लोकतन्त्रको जग गाड्न त सफल भए तर आफनो जिवनलाई अपाङ्ग बनाएर सारा जिवनलाई अन्धकारमय बनाउन सिवाय अरु उपलब्धि के पाएका छन त ति लोकतन्त्रका सहयोध्दाहरुले कतिको विहान बेलुकीको हात मुख जोर्नेसम्मको तर्जुमा भएको छैन र तड्पीनु सिवाय उसँग अरु उपाय केहि छैन । के यस्ता कुरा ति नेता भनाउदाहरुले जिम्मेवारि लिएका छन त । अनि भन्ने गर्दछन लोकतन्त्रमा जनताको बलिदान बगेको छ भनेर भाषण गर्न पछि परेका छैनन् आखिर के पाए त ति लोकतन्त्रका सहयोध्दाहरुले केवल आशु भोक प्यास र पिडा भन्दा अरु के पाएका छनन् त ति हाम्रा युवा वर्गहरुले अनि अझै पनि हामी एक आपसमा त फलना पार्टि म फलाना पार्टि भनेर हिड्दा कसलाई कति फाईदा रहेछ त । त्यसैले हामीले लहै लहैमा लागेर छर छिमेकीलाई गाउघर देखि निकाल्नु भनेको आफनो खुट्टामा आफैले बाचरो हन्नु सरह हो ।



May 18, 2009

राष्ट्रियताको पुरानो अचार, निर्वाचित जन-लठैत र अनन्त शासनको सूत्र ।

Captionजब-जब देशको स्वार्थ भन्दा दलको लक्ष, र दलको सिद्धान्त भन्दा नेताको हठ हावि हुन्छन, तब तब राष्ट्रले अधोगतीको बाटो पहिल्याएको ठोकुवा गर्दा र देश असफलता तर्फ लम्केको उल्टो गिन्ती गर्दा फरक पर्दैन ।

राष्ट्र, जनता वा राष्ट्रिय स्वार्थ भन्दा, व्यक्तिगत रिस ईवी, कुण्ठा र नितान्त व्यक्तिगत आवेग हावी भएर संबिधान बनाउने एकमात्र जनादेश पाएर गठित एउटा मर्यादित संस्था, मूल कार्यलाइ नै थाँती राखेर, देशको सरकार बनाउने र गिराउने अत्यन्त कलुषित कार्यमा लिन भएको यो भन्दा घृणित नमूना विश्वकै ईतिहासमा कहिल्यै नभएको यो अबस्थामा, कसैले आशाका केहि किरण देखेन भने त्यो अनौठो होईन पनि ।

पृष्ठभूमिमा धेरै कुरा भए पनि कटवालको निश्कासन पछि चुलीएको लथालिंग स्थिति र आफु पनि नछाडने र अर्कोलाई पनि नदिने बाँदरबादका कारण अस्तव्यस्त भएको देशको समस्याको मुख्य जिम्मेबारी भने हालको कामरेड सरकारले नै लिनु पर्छ ।

गजब छ हाम्रो देश, देशका सबै नेता र दल संबिधानप्रती प्रतिबद्द अनी संबिधानको संरक्षणमा दत्तचित्त, अनी सबैभन्दा बढी संबैधानिक खिचलो पनि हामिकहा नै । कटवालको निश्कासन-थमौती र माओबादीको बहिर्गमन पश्चात देशको राजनैतिक रंगमञ्चमा देखिएको गाईजात्रे प्रहसनका सबैभन्दा हाँस उठ्ने सम्बाद भनेको यहि ‘सबै गुट र दल अहिले संबैधानिक शासनकोलागी लड्नु’ नै हो !

कटवाललाई हटाउन खोज्नु संबैधानिक, कटवाल नहट्नु पनि संबैधानिक, मन्त्री परिषदको बैठक बोलाएर एक दलीय हठ लाद्नु संबैधानिक, राष्ट्रपतिलाई वाईपास गर्नु संबैधानिक अनि राष्ट्रपतिले पनि आफैं कटवाललाई थमौती गर्नु पनि संबैधानिक । मलाई लाग्दैछ आजकल सायद नेपालमा मान्छे पिच्छेको भिन्दा भीन्दै संबिधान छ । हैन भने दुई विपरित कार्य कसरी दुबै संबिधान सम्मत हुन सक्छन ? ।

मलाई लाग्छ यि सबै प्रकरणमा माओवादीको सत्ता वहिर्गमन मात्रै बास्तबमा संबैधानिक छ। कस्सो, ‘मन नपरेको राष्ट्रपतिलाई किन राजीनामा दिने, हामी जनतालाई नै राजिनामा दिन्छौं भने र खुलामञ्चमा गएनछन हाम्रा जनकामरेड !’ ।

जे होस माओबादी अल्पमतमा परिसकेको थियो र सरकार नछाडे ‘निकालीने’ स्पष्ट थीयो। त्यहि बेलामा कामरेडले फेरी सरकारमा छिर्ने बेलामा पोको पारेर भँडारमा मिल्काईसकेका ‘राष्ट्रवाद’ को पुरानो अचार निकाले: “हामी हस्तक्षेप सहन सक्दैनौ” । बिचरा कामरेड!, उनको यो भनाई दुई दिन पनि ‘हिट’ हुन पाएन । ठाडो हस्तक्षेपको लागि गरीएको उनको अनुनय बिनय तिरस्कृत भएपछि पो उनलाई यो पुरानो अचार याद आएको रहेछ भनेर पत्र पत्रीकामा यत्र तत्र छापीए ।

पुरानो अचार दुई दिन पनि नटिके पछि कामरेडहरुले नयाँ जुक्ती निकाले “हामी संसद नै सुचारु हुन दिंदैनौं, त कसरी बन्छ सरकार ?” अनी फेरी शुरु भयो मर्यादित संसदमा पुगेका सभासदलाई लठैत बनाउने खेल ।

एउटा कुरा भने मान्नै पर्छ, हाम्रा निर्वाचीत लठैतहरु संबिधान लेख्‍न जानुन, नजानुन, संसद अबरुद्ध गर्न माहिर छन ।

बिचमा, जननिर्बाचित लठैतहरुले संसद अबरुद्ध गरी रहँदा फेरी कामरडकै दलका एकजनाले बोल्न मौका पाएको बेलामा के बोल्नु पर्छ भन्ने हेक्का नराखेर हो वा ‘जे बोल्छौं त्यो कहिल्यै गर्दैनौं’ भन्ने प्रमाणीत गर्न हो, भिडको माझमा महानवाणी गरिदिए : माओवादीले संसद अवरोध नगर्ने । मैले सोचें दूर्घटनावस हो या के हो, यो बुद्दी त छिरेछ, बिरोध गर्ने धेरै बाटो छ, संसद नै अबरुद्ध गर्नु पर्ने के जरुरत छ र? । कमसेकम अब संसद चल्ने भयो, तर आज बिहानको खबरले एकचोटी फेरी कामरेडहरुको बोलीको ठेगान हुन्न भन्ने प्रमाणीत गरेको छ । आजको नागरिकको अनलाईन संस्करणमा प्रचण्ड कामरेडको आज पनि संसद अवरुद्ध पार्ने वारेको वक्तव्यको पूर्ण पाठ नै छ ।

ल कामरेड, देश जतासुकै पुगोस, आफ्नो दृण निश्चयलाई नछाड्नुस, जनलठैतहरु परिचालित गर्नुस , अझ अरु पुरान अचारहरु झिक्नुहोस र राजीनामा दिए पनि संसद चल्नै नदीएर नयाँ सरकार गठनलाई बैधानिकता नदीई यही 'संबैधानिक प्रक्रिया' बाट अनन्त समयसम्म आफ्नै सरकार चलाउनुहोस । दुई ठाँउबाट हारेको मान्छे प्रधानमन्त्री हुन मिल्ने देशमा, सत्ता छाडेको सरकारले पनि अनन्तकालसम्म सरकार चलाउँदा केहि फरक पर्दैन ।



May 15, 2009

डलर टिप्ने यात्रा भाग -६

शेखर ढुङेल
०५-१४-२००९

(यो यात्रा शुरु देखी पढ्न यहाँ र पाचौं भाग पढ्न यहाँ पस्नुहोस)

मलाई एकदम असजिलो अनुभब भयो, के गर्ने यही बसेर तिनीहरुको तमाशा हेर्ने कि अर्को ठाउँ खोज्ने कि ? निधो गर्न सकिन। हुनत, त्यो बसाइ केही दिनको लागि मात्र थियो तर आफन्त युबा उमेरका केटाहरुको स्वच्छ्न्द बातावरणमा तगारो बन्ने कि, देखेको नदेखै गर्ने कि रणभुल्लमा परे म ।

भोली पल्ट, जस्ले हौस्याएका थिए मलाई अस्ट्रेलिया खुर्मुरिन, लिन आए र सिडनी मा बसोबास गर्ने बिभिन्न नेपाली मित्र हरुकोमा पुर्‍याए । आफ्नो अनुभब अनी इच्छाका बारेमा उनीहरु सित बिचार साटा साट गरियो । अनुभबी र अध्यागमन सम्बन्धी काम गर्ने कानुन्बिद संग सल्लाह गर्दा, छिटो स्थाइ बसोबासको कागज बनाउने हो भने रेस्टुरा मार्फत सजिलो हुने रैछ शेफ बनेर । त्यस बेला ( १९९७ ) सिडनीमा काठमान्डु किचेन र याक एन्ड यती नाम का दुई मात्र नेपाली रेस्टुरा थिए । रेस्टुरा सन्चालनको लागि रकमको अन्दाजिफिकेसन पनि गरियो न्युनतम र अधिक्तम को आधारमा, बिभिन्न सम्भाबित स्थानको भ्रमण गरियो । तीन हफ्ता को बिच मा सिडनी टावर, हार्बोर ब्रिज, बोन्डाइ बिच, अपेरा हाउस, किङ क्रसको रमझमले मोहनि मात्रै लगाएन लगेको समान पनि किङ क्रस कै एक भियतनामी पसलेले जम्मै किनिदियो । लागत को ४ गुना मुल्य प्राप्त भयो । चिठ्ठा नै परे जस्तो सजिलो सित समान बिक्यो, जो सोचेकै थिएन । अस्ट्रेलियन प्लास्टिकको डलर बर्षने भो भन्ने सोचे मख्ख परें । अब सिडनीमा रेस्टुरा खोल्ने, हस्तकलाको समान बेच्ने र भकाभक डलर थुपार्ने दृण इच्छा मनमा जगाइ अर्को पटक आउँदा बस्ने बासको समेत बन्दो बस्त मिलाए र छिट्टै सधैंको लागि बस्ने गरी आउने भनी भेटे जतीको कानमा झ्यालि पिट्दै नेपाल फर्किए ।

नेपाल पुगेर बाबु बाजेले दु:खले होकी सुखले आर्ज्या बारीका पाटा बैकंमा धितो राख्ने काममा लागें, महिना दिन भन्दा बढी को दौड धुप पछी लालपूर्जा बैकंलाई जिम्मा लगाइ दिए र नगद बोकी लागे अस्ट्रेलिया तिर, भारी मन बनाएर उतै को पी आर बन्ने सपना साचेर ।

जब सिडनी पुगें मलाई सपना देखाएर रुखको टुप्पोमा पुर्याउनेको मन बदलिएर मुन्टो बट्टारिएको महसुस गर्न गार्हो भएन । मलाई स्पोनसर गर्दा आइपर्ने दर्जनौ रिस्कको लिस्ट बनाएर बसेका रहेछन उनी त, र सहयोग गर्न नसक्ने मनस्थिती मा रहेछन । कस्तो मजाक ? सल्लाह बमोजिम नै बिश्‍वास गरेर जग्गा धितो राखी पैसा लेराएको थाहा पाउँदा पाउँदै यस्तो गर्ने भनी बिन्ती गरे पछी अली पग्लिए जस्तो लाग्यो । फेरी धेरै सित शिखर सम्मेलन गरेछन र बल्ल दुई महिना बिते पछी ‘ल सस्तो भाडा दर भएको ठाउँ खोज, म आबश्‍यक कागज पत्रमा सहि गरी दिन्छु’ भने ।

यो समयमा कैयौं ठाउँ हेरेको मात्र होइन भिक्टोरिया र बिस्मेन राज्य समेत घुमी सकेको थिए । उन्को मनमा डर पलाएछ कि कतै यस्ले भाडा नतिरी भाग्यो भने आफ्नो टाउकोमा पर्छ । त्यसैले पछी हटेका रहेछन । जती राम्रो ठाउँ त्यती महंगो भाडा आले टाले गर्दा गर्दै ४ महिना बिते पछी एउटा ठाउँ त मिल्यो, जुन ब्यवसाय को लागि उचित थिएन । आफु सित बिकल्प थिएन । ब्यापार स्यापार देखा जाएगा पी आर भए पछी केही गरौला नि भन्ने सोची होम्मिए ५ महिना बित्त्यो बल्ल मैले ' रोदी घर' नामको नेपाली भान्सा घरको शुभारम्भ गरें ।

भान्सा घरको शुभारम्भ संगै अध्यागमनको लागि कागज तयार भयो आफु लाई अप्ठ्यारो मा नपारी दिन कसम खुवाउँदै अमिलो मुखले सहि गरी दिए। मैले सय मुरी धन्यवाद दिएं । सुरु महिना राम्रो भए पनि दोस्रो महिना देखी ब्यवसाय ओरालो लाग्न थाल्यो। काम गर्नेको तलब र भाडाको खर्च बगलीबाट जान सुरु भयो । सामान्यत तीन महिनामा सकिनु पर्ने अध्यागमनको प्रकृया ६ महिना बित्दा पनि पारीणाम आएको होइन । आम्दानि जिरो मा झरी हाल्यो नेपाल बाट थप पैसा मगाएर घाटमा मुर्दा कुरे झै अध्यागमनको पत्र कुरेर बस्नु को बिकल्प थिएन । आज-भोली, आज-भोली गर्दै प्रतिक्षामा हबिगत पातलो भै राखेको थियो एक दिन साँझ अचानक अस्ट्रेलियाको अध्यागमनका दर्जन दुतहरुले रेस्टुरा घेरे -------- बाँकी अर्को भागमा।

(यो यात्राको सातौं भाग यहाँ छ )



May 11, 2009

बिदेशी सामु नझुक्ने कामरेडको भारतसंगको यो याचना

प्रस्तुत अन्तर्वाताको कथात्मक रिपोर्टिङ आजको द हिन्दुको वेब संसकरणमा छापिएको छ । द हिन्दू स्वयं कम्युनिष्ट समर्थक छापा भएकाले यहाँ माओवादी प्रतिको हमदर्दी पनि देख्न पाइन्छ । तर बिदेशी सामु घुँडा नटेक्ने बताउने कामरेड प्रचण्डको बहादुरीको किस्सा र भारतले चुनाबका कारण एउटा विशेष दूत नपठाएर आँफूलाई ऐन मौकामा सहयोग नगरिदिएको रोदन रोएर यहाँ पनि राष्ट्रवाद नराम्ररी रोएको हो कि भन्ने देख्न सकिन्छ ।

Prachanda
Kathmandu: As the Maoist-led government in Nepal moved towards dismissing Army chief Rookmangad Katawal in the beginning of May, Prime Minister Prachanda sent an urgent message to India seeking the presence here of a high-level envoy to help forge an eleventh hour political consensus affirming civilian supremacy over the military.( कमरेड प्रचण्डले विशेष दूत चाहियो भनेर भारतलाई गुहार्नु भएछ )।

Revealing this in an interview to The Hindu at his official Baluwatar residence on Sunday, Mr. Prachanda said he asked Ambassador Rakesh Sood to request New Delhi to send Foreign Secretary Shiv Shankar Menon or some other senior official for talks on the increasingly tense standoff over the Army chief. With quiet encouragement from India, parties like the United Marxist-Leninist were changing their stand and siding with the general. “We knew some confusion is there between the Maoist-led government and India on this question,” said the Prime Minister.

“I wanted to settle this issue through interaction and discussion with high-level officials from Delhi. But unfortunately, the ambassador informed me that this cannot happen now because the election campaign is going on, that nobody is there, that it is very difficult.”

Mr. Prachanda also said he believed the long election season in India meant the country’s security and bureaucratic establishment were now calling the shots on Nepal policy and that a “mechanical and subjective analysis” of the situation “especially on the question of Nepal’s so-called tilt to China” had coloured South Block’s perception of the civil-military issue.

The Nepalese Prime Minister acknowledged that several Chinese officials had visited Nepal in recent months but said “not a single delegation” had come on his invitation. “The initiative for these visits came solely from the Chinese side,” mainly because of the Tibet crisis.

He said his government had no intention of concluding a new friendship treaty with China without discussions among all Nepali political parties as well as with New Delhi.( चीनसंग नया सन्धी गर्ने पटक्कै नियत थिएन नि हाम्रो !)

Giving a glimpse of the strategy the Maoists will adopt in the face of the attempts by other parties to form a new government, Mr. Prachanda said his party would sit in opposition if President Ram Baran Yadav’s “extraconstitutional instruction” reinstating Gen. Katawal was not withdrawn.

साभार आजको 'द हिन्दू'
http://www.hindu.com/2009/05/11/stories/2009051157230100.htm

हेर्नूस न कटवाल काण्डमा स्वदेश भित्रका राजनैतिक दलहरूसंग मिलेर सहकार्य गरी एउटा बिन्दु पहिलाउन नसकिएकोमा पछुताउ गर्न छाडेर, हाम्रा कामरेड भन्दै हुनुहुन्छ भारतले हाम्रा कुरा सुन्दिएन र एउटा जाबो दुत नपठाएर हामीलाई धोका दियो । यही हो बिदेशी सामू नझुकेको पराक्रम ?

हे भगवान, नेपाल र नेपालीको रक्षा गर !


May 4, 2009

अप्रिल फूलको यात्राले अप्रिलफूल नै बनायो (भाग २ )

(यो यात्राको पहिलो भाग यहाँ छ ।)

आचार्य प्रभा
एयरपोर्टबाट रातिको २ बजे निस्क्यौ । बाटोमा जाँदा जांदै फेरी ट्याक्सीको चक्का पंक्चर भयो, फेरी अर्को आपत आइलाग्यो । साँच्चै मेरो मनमा त्यही बेला देखी अँध्यारो छाउन थालिसकेकोथ्यो । बिपत्ती पनि एउटा मात्र भएको भए पो ?, रातिको २:३०बजे भिनाजुको अपार्टमेण्टमा पुग्यौँ । मलाई पटक्क निन्द्रा लागेन । कता कता मनमा शंका लागिरह्यो कि यो यात्रा मेरोलागी फापसिद्ध छैन भनेर, किन कि कहिले काँही त परको कुरा पनि मनले देख्छ भन्छन । भोली पल्ट गएर समान लियौं, जे होस् सहिसँग समान आइपुग्यो । अनी हामी अर्को दिन बागडुग्राको लागि प्लेनबाट प्रस्थान भयौ । दिदी आफ्नै गाडीलिएर हामीलाई रिसिव गर्न आउनु भएको रहेछ । हामी त्यस्पछी दमक तर्फ लाग्यौ ।

साँझको सात बजेतिर दमक पुग्यौ। धेरै समय पछी आफ्नो ठाउं पुग्दा अनौठो लागिरहेको थ्यो । त्यो रात राम्रैसँग निदाउन सकें । भोलिपल्ट बिहानै मर्निग वक गर्दै दमक घुमेकी त धेरै परिवर्तन पाएँ । तर अफ्सोच !, घरहरु मात्र ठुल्ठुला बनेका तर बाटोहरु भत्किएर चौपट । मान्छेको नचाहिदो भिँड । त्यसै नराम्रो पनि लाग्यो । बल्ल बल्ल घर पुगेकी आमालाई भेट्न भनेर पनि तर के गर्ने ?, बत्तिको अभावले सम साँझ नै ओछ्यान पस्नु पर्ने बाध्यता । गर्मी त्यस्तै अचाक्ली । कहाँ बसेर कुरा गर्ने मौका र ?, आमा(सासु ) पनि धेरै बुढी हुनु भएछ । जीवनका सारा उमेर नै मैले वहाँसँग बिताएकीले मलाई यत्तिका बर्ष सम्मको बिछोडमा वहाँको सम्झनाले धेरै सताएकोथ्यो । म वहाँलाई भेट्न पनि गएकी हुं, तर ...अफ्सोच राम्रो सँग मनको कुरा पनि साट्न पाइन मैले । वहाँ पनि मेरो उपस्थितिमा धेरै खुशी हुनु भएकोथ्यो । कही नगै यही बसहै भनी रहनु भएकोथ्यो । तर म दमकमा अलिकती ब्यस्त पनि भएँ, पुराना मेरा साहित्यिक भाईहरुसङको भेट्घाट । पत्रकारहरुको जमघट किनकी म धेरै समय पछी पुगेकिले सबैले नै मलाई भेट्ने अन्तर्वाता लिने जमर्को गरिरहेका थिए । बिराटनगरबाट टि.भी को एक्जना पत्रकार पनि मलाई भेट्न पुगे यसैले पनि म ब्यस्त भएँ । त्यसैले आमासङको बस्ने इक्षा चाँही मैले त्यो बेला पुरा गर्न सकिन ।

मैले सोचेकि थिए अझै २ -३ महिना छदैँछ, धोको पुगिन्जेल बसी हाल्छु नि आमा सँग भन्ने । तर दमक पुगेको ३ दिनमा नै तुरुन्त अमेरिका फर्की हाल्नु पर्ने खबर आयो । म त आत्तिए । न कसैलाई भेट्न नै पाउने भएँ, न आफ्नो उदेश्य नै पुरा हुने भयो । धेरै काम पनि गर्छु भनेर गएकी थिएँ । साहित्यिक, साङीतिक क्षेत्रको । सबै मेरो सपना अधुरो हुने भयो । अमेरिका फर्कनु नै पर्ने बाध्यता । सानो तिनो काम भएको भए पनि त होस् भन्नु । १५ तारिक भित्रमा पुगिसक्नु पर्ने । अब म मा के बित्यो होला ? जहिल्यै नेपाल बन्द । अब फेरी म कोल्कत्ता हुँदै नै फर्कनु पर्ने । म धेरै बिचलित भए । काठमाडौंमा दिदी हुनुहुन्छ वहाँ मेरो बाटो हेरेर बस्नु भएको छ । रोगी हुनुहुन्छ । २ महिना अघाडी नै हङकङ जाने मान्छे मलाई भेट्न भनेर बस्नु भएको छ । मैले फोन बाट म आउन नसक्ने भन्ने कुरा गर्दा धेरै रुनु भयो । चार बर्ष सम्म छोरीलाई नभेटेको बल्ल भेट्ने खुशीमा मक्ख थिएं त्यो पनि नहोला जस्तो भयो । अर्की दिदी दमक नजिक बस्नु हुन्छ वहाँलाई भेट्न जाने तयारीमा मात्र थिए वहाँको घरमा एउटा नराम्रो अप्रत्याशित घट्ना घट्न गएको खबर पाएं । अब त्यस्तो दुर्द्शामा कुन खुशी लिएर भेट्न जाने ?, एक जना दादा हुन्हुन्छ वहाँलाई भेट्न जाने पनि हिम्मत भएन किन कि भाउजु भर्खर मात्र बित्नु भएकोले त्यो शुन्य घरमा जान पनि मन लागेन । तापनि १ घण्टाको समय निकालेर गएँ । त्यो एक घण्टा भित्र दादाले भाउजुको कुरा गरेर नै बिताउनु भयो । मन नै खिन्न भयो । यसरी धेरै नीरसता बोक्दै मेरो यात्राको पल,पल काट्न वाध्य भए ।

काठमान्डौमा सबैलाई थाहा थियो म आउछु भनेर । सबैले बाटो हेरेकाथिए । सबैलाई फोन गरेर भनें, म आउन सक्दिन भनेर ।सबैले बिष्मात गरे किन कि संगीत क्षेत्र, साहित्यिक क्षेत्रका मान्छेहरु सँग मेरो धेरै समिपता थियो । धेरैले मलाई गुमाएको महशुश गरेकाछन र मैले पनि त्यस्तै महसुश गरेकी छु । ५ ,७ दिन दमकमा बसें तर त्यो बसाइ धेरै कष्ट प्रद भयो । न त बत्ती छ । न ईमेल नै चेक् गर्न पाइन्छ । न हत्पत फोन नै लाग्छ । आफ्नो भने त्यस्तो इमेर्जेन्सी छ । अब कोल्कत्ता सम्मको टिकेट गर्नु छ । कालेम्पोङमा फोन कन्ट्याक्ट गर्छु हत्पत लाग्दै लाग्दैन । कुदेर साईबर जान्छु हत्पत ईन्टरनेट खुलिदैन । २/३ घण्टा बसेर निस्कदा पसिनाले लुछुप्प भइन्छ । तर खास आफ्नो उदेश्य पूरा हुँदैन । अब यस्तो अवस्थामा म कत्ती आतिए ?, अमेरिकाको टिकेट कन्फर्म छ भन्ने खबर आयो तर प्रिन्ट आउट गर्ने अवसर नै पाउदिन ।यसरी म बेचैन भएर बस्न वाध्य भए । १४ तारिकमा सिलिगुरी आउनु भन्ने खबर आयो मैले काठमाडौं जान लाई एक दिनको भए पनि टिकेट गरेकिथिए, त्यो पनि मुश्किलले पाएको त्यो पनि क्यानसिल गराएं । काठमाडौं जाने मेरो उदेश्य धेरै भए पनि त्यो अपर्झट परेको अवस्थाले गर्दा मैले त्यो छोटो समयको लागि चाँही मैले मेरी दिदी र कर्नल आनन्द अधिकारी सँग अनी इमेज च्यानलको सुरज श्रेष्ठ अनी मेरो मित्र गोबिन्द उपाध्याय सँग केही समय भए पनि भेट्ने अभिलाषा बोकेर टिकेट गरेकी थिए, तर त्यो सपना पनि अधुरो भयो ।

सरी म धेरै निराशाहरुसँग सम्झौता गरिरहेकी थिए, १४ तारिक को दिन आयो म सिलिगुरिसम्म जानको लागि त्यार भएर बसेकी थिए । जानलाई के समान लिएर निस्कन लागेकी मात्र थिए झापा अनिश्चित्कालिन बन्द भन्ने खबर सुनें । म त यस्तो बिचलित भए कि सिलिगुरी सम्म जसरी पनि गएर त्यही बेलुकाको बस कोल्कत्ताको लागि चड्नु पर्ने अब यस्तो अव्स्थामा म मात्र नभएर जो कोही पनि आत्तिन्छन नि । म त किङ्कर्तब्य बिमूढ भए । अचानक मैले दमक को इन्स्पेकटर लाई सम्झिन पुगे जो मसँग आएको भोली पल्ट नै चिनाजानि भएकोथ्यो । वहाँले धेरै अघाडिदेखी मेरा रचनाहरु पढ्ने, गीतहरु सुन्ने गर्नु हुन्थ्यो रे । यसैले हामी बिच राम्रो सम्बन्ध भयो । मैले वहाँलाई सम्झिन बाध्य हुनु पर्‍यो । मैले वहाँलाई फोन गरेँ । वहाँले फोन पनि उठाउनु भयो । मैले आफ्नो समस्या भने वहाँले पनि मेरो मजबुरी बुझ्नु भयो र भन्नु भयो म नै पुर्‍याउन जाने थिए तर आज कुनै नेता आउने भएकोले स्कटिङ मा जानु पर्छ, तर तपाईं एक घण्टा भित्र तयार भएर बस्नु होस्, म कुनै अंबुलेन्स बन्दोबस्त गरेर एउटा पुलिस पनि खटाइ दिन्छु , बल्ल मेरो साहस् आयो अनी म घरबाट निस्केर कत्तिबेला एअंबुलेन्स आउछ भनेर कुर्न थाले, कसैसँग राम्रोसँग बिदा हुन पनि पाइन, यत्ती सम्म कि आमाको गोडा मात्र ढोगें तर जान्छु भन्ने हिम्मत गर्न सकिन ।

अचानक एअंबुलेन्स आयो पुलिस सहित्, तर मलाई देखेर एअंबुलेन्स को ड्राइभर त जान्न भन्न थाल्यो, अब भने म झन आत्तीएँ, अनी फेरी इन्स्पेकटर लाई फोन गरेँ बल्ल बल्ल वहाँले कुरा मिलाउनु भयो र म राम्रो सँग बिदावारि नभै आफन्तहरु बाट टाडिएँ । बाटाभरि नमीठा अनुभवहरु सङाल्दै म नमीठो यात्राको यात्रा बन्दै सिलिगुरी पुगें, फेरी भरै ८ बजे कोलकोताको लागि सफर गर्नु थ्यो । जे होस् दमक को इन्स्पेक्टरको गुण म जिन्दगी भर भुल्न सक्दिन । यसरी म अबिरल यात्रि बनेर लगभग उदेश्यहिन यात्रामा भौतारी रहेँ । यो यात्राले मलाई अझै मुटुमा पीडा दिएको भान भएकोछ । धेरै बर्ष पश्चात पोल्टाभरी खुशी लिएर आफ्नो ठाउं गएकी थिएँ, त र झनै बिझाउने घाउ बोकेर आएँ । अहिले म मानसिक या शारिरिक् थकान लिएर बसी रहेछु, अब कहिले खुशीको यात्रा गर्ने दिन आउँला भनेर । यो सपनाको देशमा हराउनु पर्ने बाध्यत छ । अब शायद त्यो दिन आउन र रमाइलो यात्रा गर्न अर्को जुनि नै लिन पर्ला कि ? यसरी मेरो अप्रिल फूलको यात्राले मलाई नै अप्रिल फूल बनायो । अस्तु



May 1, 2009

बाबुरामको प्रलाप र नाङ्लो ठटाउने यो तरिका

वर्तमानलाई हेर्दा लाग्छ, माओवादी सरकारको लागि कटवाल सबैभन्दा ठूला अवरोध हुन् ।

हुनत , आफ्नो बाटोमा आउन सक्ने सबैलाई पालैपालो प्रयोग गर्ने र फाल्ने चालको यो पछिल्लो कडि हो भनिरहन पर्दैन । तर पनि माओवादी सरकारले 'शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउन ' जुन गट्टा खेल्ने काम गरिरहेको छ त्यसलाई हेर्दा लाग्छ रुक्मागत कटवाललाई हटाउन सकेमा मुलुकमा चमत्कार हुनेछ ।

माओवादीमा एउटा बुर्जूवा पढाइको योग्यताले शोभायमान नेता हिजो टुँडिखेलमा आफ्ना हजारौँ कार्यकर्ता बीच बम्किए , 'त्यो राष्ट्रपतिले के खोजेको छ ? त्यसलाई ज्ञानेन्द्रको हैसियत बनाइदिन्छौँ'। ज्ञानेन्द्र भुतपुर्व राजा हुन, सबैले जानेको सत्य । तर बाबुरामले रामवरणलाई कसरी भुतपूर्व राजा बनाउने हुन जवाहरलाल नेहरू विश्वविद्यालयको 'डाक्टरी' नभई बुझ्ने कुरा भएन । रामवरण जनता थिए र भोलि राष्ट्रपतिबाट हटेपछि पनि जनता नै हुने हुन भन्ने कुरा बुझ्न 'डाक्टरी' चाहिन्न, सबैले जानेकै छौँ । आफ्नै सरकारको मुख्य घटक एमालेलाई तेस्रो लिङ्गी भन्ने बाबुरामले एमालेको खिल्ली उडाए कि तेस्रो लिङ्गीको बेइज्जती गरे उनले वा उनका भक्त हरुले जानून् । विकसित वा सभ्य मुलुकमा र यसरी सरकारका मन्त्रीले 'तेस्रो लिङ्गी' भनेर अरूलाई गाली गरेको बुझिएमा त त्यसैको आरोपमा अहिलेसम्म सरकारबाट बाहिरिनु पर्थ्यो । तर हाम्रो नागरिक सर्वोच्चताकालागि प्रलाप बक्न आतुर विद्वान मन्त्रीलाई यस्तो फित्तुरको कुरामा ध्यान दिनु पर्ने कुनै दरकार नै भएन । एमालेको वैशाखीले सत्तामा टिक्ने , सत्ताबाट कसेले हटाए सत्ता कब्जा गर्ने धम्कि दिन बाँकि नराख्ने , अनि आफ्नै कोलिसन मण्डलिका कुनै पार्टीलाई समेत सेनापति प्रकरणमा विश्वासमा लिन नसक्ने जाबो सरकारको नेतृत्वकारी दलका एकजना छुद्र गालिबाजले के भने बन्ने कुराले खासै महत्व राख्दैन , तर यो विषय वौद्दिक दरिद्रताको उदाहरणमा दरिन लायक छ , बुझ्न गाह्रो छैन । सबैले बुझेकै कुरा हो, सेनापति प्रकरणमा सबैलाई पेलेरै जाने ध्येय राखेको माओवादी चालमा भारत वाधक नबनिदिएको भए कुरा पहिल्यै खलाँस हुन्थ्यो , तर लाचार छन् बाबुरामहरू रामवरणलाई गाली गरेर आफ्ना 'गडफादर' साउथ ब्लक र राकेश सूदसंग आफ्नो अप्रशन्नता जाहेर गर्दै छन् । किनभने स्वदेशका लाई जे भनेर गाली गरेपनि हुन्छ , तर सूद महोदयलाई सिधै चिढाउन भएन । यो कुराको ज्ञान बाबुराम डाक्टर साहेबलाई भन्दा बढी कस्लाई होला र ?



अप्रिल फूलको यात्राले अप्रिलफूल नै बनायो

आचार्य प्रभा

अब म कहां बाट शुरु गरौं ?,  मेरो कष्टप्रद यात्राको बर्णन । यात्रा धेरै गरियो, ती यात्राहरु सबै खुशी र सुखिका त थिएनन । यो स्वभाविक पनि हो यात्रा हर कसैको लागि सहज् नहुन सक्छ । बिदेश बसाइको चार बर्ष बितिसके पछी मैले एक पटक आफ्नो ठाउं आफन्त आफ्ना क्षेत्रका मान्छेहरुसँग भेट्ने अभिलाषा राखेँ । मनभरी आकाँक्षाका पालुवाहरु उमारेर म आफ्नो ठाउं जानको लागि तयार भएँ र उडानको टिकेट को बन्दोबस्त अप्रिल २९ को गरियो । मेरा आफन्तहरु इन्डियामा पनि भएकोले म कोलकोत्ता, कालेम्पोङ, सिलिगुरी हुँदै आफ्नो ठाउं जाने अभिष्ट बोकेर यात्राको तयारीमा लागेँ । मेरी जुम्ल्याहा दिदी जो कालेम्पोङमा छिन् उस्लाई भेट्ने अझ तिब्र इक्षा भएकोले म पहिला कालेम्पोङ नै जाने निधो गरेर तयार भएँ तर भिनाजुको फुर्सद नुहुने भएकोले मलाई अप्रिलको पहिलो हप्ता नै आउने सुझाउ दिइयो । त्यसैले टिकेट अप्रिल १ को कन्फर्म भयो । मलाई कता कता लागेको त थियो अप्रिल फस्टमा यात्रा गर्दैछु कतै म अप्रिल फूल त हुने हुइन ? भनेर । म अप्रिल फस्ट को दिन बोल्डर बाट बाटो लागेँ । जीवनमा यत्ती लामो यात्रा एक्लै कहिले गरेकी पनि थिइन, तर पनि मलाई बाटोमा केही होला भन्ने र कतै हराउँछु कि भन्ने चिन्ता भने पटक्क लागेको थिएन किन कि म सबैलाई चाँडै साथी बनाइ हाल्छु र बिदेशमा नै बरु सहयोग पनि पाइन्छ भन्ने एक प्रकारको विश्वाश पनि म भित्र थियो ।

टिकेट डेन्वरबाट सन्फ्रान्सिस्को, सिङापूर त्यस्पछी एकैचोटी कोलकत्ता को थियो । बाटोमा कतै ट्रन्जिट छ भन्ने उल्लेख थिएन । म पनि ढुक्क परेर उडेँ । दुइवटा लग्गेजहरु पठाएर दुइवटा चाँही ह्याण्ड क्यारी बनाए । समान पनि निक्कै नै थियो । मलाई निक्कै गार्हो पनि भै रहेको थियो । जहाज डेन्वरबाट उड्यो । म निस्चिन्त थिएं । मलाई एक रत्ती पनि मनमा त्रास, भय थिएन । जब सन्फ्रान्सिस्को पुगें त्यहाबाट मेरो समस्या शुरु भयो। पहिलो पटकको यात्रा कहां के गर्नु पर्छ त्यती थाहा भएन म चेकिङ्मा पसें, डकुमेन्ट्सहरु के देखाउन थालेकि थिएं मेरो हण्द्क्यारीहरु त अघी नै कार्गोमा लगि सकेछ ।जस्मा मेरा सारा अमुल्य बस्तुहरु, दबाइहरु, पैसाहरु थिए ।मैले चाबी पनि लगाएकी थिइन । भरै सब काम सकेर हेर्छु त छैन । उता जहाज उड्ने बेला भै सक्यो आफुले दबाइ खाइ रहनु पर्छ । म त अत्तालिए । एक जना नेपाली बहिनी नै हुन उनी उस्लाई मद्घत माग्ने आशाले उस्लाई आग्रह गरे किन कि उनी त्यहिकी कर्मचारी थिइन, तर उन्ले आफु नेपाली हुइन भन्ने खालको ब्यहोरा देखाइन । उस्का साथीहरुले पनि भने त त नेपाली होस् उस्लाई के पर्‍यो बोल्न भने, तर त्यो बहिनिले म नेपाली हुइन भनेर अङ्रेजिमा भनिन। त्यही बेलाबाट मेरो मनमा नमीठो आधी सल्बलाउन थाल्यो । अन्तमा मैले एउटा ईण्डियन भाईलाई भेटे र आफ्नो सम्मस्या भनें । उस्ले मलाई मद्घत गर्‍यो र त्यहा भन सुन गरेर त्यो ब्याग चाँही एक्छिनमा हात पर्‍यो बल्ल म दुक्क परे । तर मलाई त्यो नेपाली केटीको ब्यवहाँर र सोंचले खिन्न बनायो । अनी म फेरी त्यहा बाट उडे ।

मलाई जानकारी थ्यो कि अब सिङापूर सिधै ८ घण्टा ट्रान्जिट छ भनेर । जहाज ल्यान्ड भयो सबै उत्रिए म पनि उत्रिए । अनी एअरपोर्ट भित्र छिरियो म एक ठाउँमा बसे । म दुक्क थिए कि सिङापूर त्यही हो भनेर म त ८ घण्टा बस्न तयार थिए तर जब मैले त्यहा अन्नाउन्स गरेको सुने त्यो त हङकङ पो रहेछ मेरो सातो पुत्लो उड्यो किनकी मङोलियन हरु सबै एकै प्रकारका हुन्छन कसरी चिन्ने? । फेरी काउन्टर मा सोधे तिम्रो जहाज उड्न लागेको छ चाडो जाउ भनेर भने त्यहाका कर्मचारीहरुले। आफुले टिकेट नकाटेकोले गर्दा पनि मलाई त्यस्तो धोका भयो । झन्डै त्यहा पनि जहाज छुट्यो। राम्रो जानकारी नली म हिंडेकिले मलाई धेरै समस्याहरु सँग जुध्नु पर्‍यो। तर पनि आफ्नो देशमा भन्दा सहयोग पाइने भएकोले त्यस्तो अप्ठ्यारो चाँही भएन अनी भाषा नबुझ्दा र त्यहाका नियमहरु फलो नगर्दा भने चाँही जस्ले पनि दु:ख पाउन सक्छन। बिदेशको यात्रामा धेरै चनाखो हुनु पर्छ नत्र कहबाट कहाँ पुगिन्छ । तर मलाई भने त्यहाका नियमहरु नबुझेर हैन टिकेट कहाँ कहाँ सम्मको हो भन्ने जानकारी नभएर मात्र मैले पिरोलिनु पर्‍यो । यसरी म लामो यात्रा काट्दै गए । त्यस्पश्चात मात्र सिङापूर आयो म त्यह ८ घण्टा बसे । मलाई त्यहा ८ घण्टा बितेको पत्तो नै भएन किन कि त्यहा मैले सिगापुरे महिला हरुलाई साथी बनाइ हाले ।

८ घण्टा पश्चात जहाज कोल्कत्ताको लागि उड्यो। खै कत्ती घण्टामा हो जहाज रातिको ११ बजे कोल्कत्तामा ल्याण्ड भयो । थाकेर लखतरान भएर उत्रिए त्यहा मलाई रिसिभ गर्न भिनाजु आउनु भएको थियो । सबै प्यासन्जरहरु आ-आफ्नो लग्गेज लिनलाई ब्यस्त भए सबैले लि सके रातिको १ बजी सक्यो मेरो त लगेज नै आउँदैन सबै हिडि सके म मात्र त्यहा बाँकी छु । त्यही त हो इन्डियाको ठाउं मलाई नौलो र मङोलियन अनुहार देखे मेरा पछी धेरै जना बङाली भाषा बोल्दै मलाई अत्याउन थाले । भिनाजु बाहिर हुनुहुन्छ भित्र पस्न पनि दिदैनन । न म सँग फोन छ यहाँबाट लगेको फोनले काम नै गरेको छैन ता पनि म आत्तिइन । तिनिहरुको मलाई हरेश खुवाएर लुट्न लागेका थिए, तर मलाई किन हो केही डर पनि लागेन र लगेज छुटे आइहाल्छ भन्ने दुक्क थियो र तिनिहरुलाई भने ''मेरो समान छुट्यो त तिमीहरुलाई किन यस्तो साह्रो पर्‍यो ?, म दुक्क छु मलाई जान देउ म भोली समान लिन आउँछु भने, तर तिनिहरुलाई त कसरी यस्लाई तर्साएर पैसा असुल्ने र हेल्प गरेको जस्तो गर्ने भन्ने थ्यो । मैले सिधै भने म ४ वटा भाषा जान्दछु । तिमीहरुले बङालिमा के भन्दैछौ । म सब बुझ्छु भनेर भने पछी एक एक जना गर्दै हराउन थाले । अनी मैले भने मेरो भिनाजु पनि यहाँको इन्कम ट्याक्स अफिसर हो के मलाई टाडाको भनेर तिमीहरुले अत्तल्याउन खोजेको ? भनेर भने पछी एक जना गएर मेरो भिनाजुलाई भेट्यो । अनी मात्र ल आज जानु भोली आउछ समान भन्यो । त्यत्ती हुँदा उदै पनि एक्जना त मेरो पछी लागेर पैसा माग्न थालयो मैले पनि पिछा छुटाउन १० डलर दिए के गर्नु त ?
यसरी कोलकोत्ता सम्मको यात्राले मलाई आजित बनायो अनी सोंच्न थाले अझै कत्ती दु:ख पाउने हुँ भनेर गन्तब्यस्थल् त अझै आउन बाँकी नै थ्यो । क्रमश …

(यो यात्राको दोस्रो भाग यहाँ छ । )



April 30, 2009

फेस बुकका मेरा अल्परिचित मित्र

आचार्य प्रभा
हुनत जुनसुकै कुराको पनि आ -आफ्नो पक्ष हुन्छ, राम्रो नराम्रो, असल कमसल । जहाँ राम्रो हुन्छ त्यहा नराम्रो कुराको पनि बास हुन्छ त र हामीले त्यसलाई पहिला नै आत्मासात गर्न सक्नु पर्दछ । म, यो आइ पर्‍यो भने यसरी यस्लाई समाधान गर्छु अर्थात यसरी यसलाई सुल्झाउछु भन्ने हामीमा अठोट हुनु पर्दछ । तर कहिले काही यस्तो सोच्न नपाई कत्ती कुरा भै दिन्छ कि फुर्सदमा पश्चताप हुन्छ । हो मलाई पनि यो ''फेसबूक''को प्रयोग सम्बन्धमा यस्तै भयो ।

मलाई थाहा सम्म थिएन के हो फेसबूक र यस्मा के हुन्छ ? भनेर । आज भन्दा ४ महिना अघाडी मात्र मैले सिक्ने अवसर पाएँ । मलाई यस्को उपयोग राम्रो पनि लाग्यो किनकी यो एउटा मनको बह बिसाउने चौतारी पनि भएको छ र यस्मा बिभिन्न बौद्धिक कुरा र समाचारहरु पनि पढ्न र जान्न पाइन्छ । यस्लाई कत्तिले उपयुक्त प्रयोग गरेका छन भने कत्तिले अनुपयुक्त प्रयोग पनि गरेका छन, तर मलाई भने यस्ले धेरै ठुलो सहयोग गरेको महसुश भएको छ । मैले धेरै बर्ष अघाडिदेखी गुमाएका मेरा साहित्यिक, साङीतिक मित्रहरुलाई पाउन सफल भएकी छु । म यत्ती टाढा भए पनि पनि वहाँहरुको समिपताको आभाष गरेकी छु । एकार्कामा आफ्ना भावना र बिचार अनी हौशला पाउने अवसर पाएकी छु । अहिले यो मेरो भावना पोख्ने बिस्कुन भएको छ ।त्यसैले यस्लाई म नकारात्मक दृष्‍टिले भने हेर्न पट्क्क चाहन्न ।

कुनै पनि कुरालाई सहि सदुपयोग गर्न जान्नु पर्दछ । सहि सदुपयोगले नराम्रा कुराबाट पनि फाईदा लिन सकिन्छ भने दुरुपयोगले राम्रा कुराबाट पनि हानी हुन सक्छ । मेरो अर्थमा ''फेसबूक'' नचाहिदो कुरा गर्ने, परिचय गर्ने माध्यम मात्र होइन यस्मा त संसार अटेको हुँदो रहेछ । यो संसारलाई हामीले सहि आँखाले हेरौं । भन्नै पर्दा यस्मा कत्तिको नजर र हेर्ने आँखा भने युवकले युवतिलाई साथी बनाउने । युवतिले युवकलाई साथी बनाउने तर यस्को अर्थ यत्ती मात्र होइन। यस्ले त बिशाल अर्थ पनि दिएको हुन्छ । संसार भरिको समाचारहरु पनि कुनै बौद्धिक बर्गका साथीहरुले राखेका हुन्छन । कत्तिले आफ्ना श्रीजनाहरु पनि राखेका हुन्छन समग्रमा यहाँ धेरै कुराहरु समाहित भएका हुन्छन । खाली यस्लाई मनोरन्जन मात्र सोच्ने हाम्रो प्रवित्तिलाई हामीले हटाउनु पर्दछ ।

मेरो मान्यता यही हो। यहाँहरुलाई पाच्य हुन्छ वा हुँदैन म भन्न सक्दिन । अं... म, यही प्रसँगमा माथि शिर्षकमा लेखिएका मेरा एक मित्रसङको भेट्को थालनि गर्न चाहन्छु । हुनत, धेरै थरिका साथीहरु नभेटेको होइन, कत्ती मेरा रचनाका पाठकहरु छन, कत्ती मेरा शुभचिन्तकहरु छन । कत्ती यसो मित्रताको हात बढाउ भन्ने मात्र पनि छन ति सबैका आ- आफ्ना स्थान त छदैछन् । तर जब मैले फेसबूकको प्रयोग गर्न थालें, मेरो अप्रत्याशीत तरिकाले एक जना मित्रसँग भेट भयो । भर्खर फेसबूक को प्रयोग शुरु भएकोले मैले वहाँसँग कुरा गर्न वाध्य भएँ, मलाई थाहा पनि थिएन कि ''फेसबूक का'' मित्रहरु झुटा पनि हुन्छन भनेर । हाम्रो कुरा भयो । कुराकानी परिचय बाट नै शुरु हुन्छ । वहाँले मेरो बारेमा जे सोध्नु भयो मैले ति सबैका सहि जवाफ दिए । म कहाँ छु के गर्दैछु सबै मैले भने । मेरो पर्श्नमा वहाँले आफु नेपालमा भएको भन्ने बताउनु भयो । मलाई खुशी पनि लाग्यो आफु परदेशमा भएकोले नेपालका मित्र पाउदा म हर्षित भए फेरी वहाँप्रतिको मेरो आकर्षण के भयो भने वहाँ नेपाल आर्मिको अवकाश प्राप्त मान्छे हुनु भएको बताउनु भयो । म पनि नेपाल आर्मिसँग २ / ३ बर्ष आबद्द भएर लेखिकाको काम गरेकिले मेरो आर्मिहरु सँग राम्रो सम्बन्ध थियो त्यसैले पनि म वहाँसँग कुरा गर्न लालायित भए । हाम्रो कुरा हुँदै गैरह्यो । पछीबाट वहाँले मेरो फोन नोम्बर माग्नु भयो । मैले दिए पनि । हाम्रो फोनमा पनि कुरा हुन थाल्यो । मैले आर्मिको ज-जस्को नाम लिन्थे चिनेको बताउनुहुन्थ्यो । मैले वहाँलाई म नेपाल आउँदैछु भन्ने जानकारी दिदा वहाँले आउनुहोस् न तपाईंलाई स्वागत छ । मैले के सहयोग गर्नु पर्छ म पनि गर्छु भन्नु पनि भयो । म विश्वस्त भए ।

हुन त भेट्नै पर्छ भन्ने त केही थिएन, तर म आर्मी हेड्क्वाटर जादा भने भेट्छु भन्ने मनसाय चाँही थियो त्यही बोलाएर । यसरी हाम्रो कुरा भै नै रहन्थ्यो । वहाँले भन्नु हुन्थ्यो । हेर्नुहोस् प्रभा जि, म यत्ती टाढा नेपालबाट पनि तपाईंलाई सम्झेर फोन गर्छु । हुन पनि म सम्झिन्थे हो त नि अहिलेसम्म आफ्नो भन्ने कसैले त एक कल गर्दैन कुरा पनि ठिकै हो भनेर । वहाँको फोन आउँदा जहिल्यै 'अन्नोन 'भनेर आउथ्यो मलाई त केही शंका नै भएन कि यो फोन कहाबाट आएको हो भनेर ?। जब म एक दिन फेरी फेसबूक खोलेर बसेकी थिए । त्यही मित्र अन्लाइन हुनु भयो । खै !मलाई कहाबाट के दिमाग आयो ? मैले वहाँलाई तपाईंको एक दुई वटा फोटोहरु सेन्ड गर्नु त भनेर भने । वहाँले पनि तुरुन्त पठाउनु भयो । मलाई त्यत्रो समय बितिसक्दा त्यो मित्रको फोटो कहिले ठुलो गरेर हेर्ने बुद्धी आएन र म मा त्यस्तो कुनै शंका भए पो मैले सबै खोज तलास गर्नु ?।

अहो !, जब फोटो हेरेँ । म त आश्चर्यचकित भएं । उक्त ब्यक्ती त मैले यही नै देखी रहेको र यहिको मान्छे रहेछ जो हाम्रो रेस्टुराँमा पनि नेपालीहरुको जमघटमा आइरहने तर उक्त ब्यक्तिको हावभाव ज्यादै नै घमण्डी, हतपत्त बोल्न नचाहने । जे होस् मान्छे हेरेर मात्र वहाँले बोली खर्च गर्ने जस्तो स्वाभावको हुनुहुन्थ्यो । मैले पहिलो पटक हाम्रो रेस्टुराँमा आउँदा पनि आर्मिको भनेर बोल्ने प्रयास गरेकी थिए तर वहाँले मलाई एउटी वेटरेस मात्र ठानेर हो वा किन हो बोल्ने मन नै गर्नु भएन वहाँहरु दुई तीन जना नेपालका बरिष्ट् नेतासँग आउनु भएकोले पनि होला त्यता नै ब्यस्त हुनुहुन्थ्यो । समग्रमा भन्दा म उक्त ब्यक्तिलाई रुचाउदिन थिए किन कि मैले पनि धेरै ब्यक्तिहरुसँग संगत गरे किन हो कुन्नी मलाई उक्त ब्यक्ती जस्तो घमण्डी मान्छे कोही लागेन । कत्ती पटक हाम्रो रेस्टुराँमा नेपालीहरुको जमघट हुँदा वहाँलाई मैले ढोकामा गएर स्वागत गर्दै नमस्कार गर्दा पनि वहाँले मलाई वास्ता गर्नु भएको थिएन त्यसैले पनि म वहाँलाई रुचाउदिन थिए र अरु एक दुई जनाको मुखबाट पनि वहाँ घमण्डी भएको कुरा सुने ।

केही समय पछी यहाँ रक्की माउन्टेन को चुनाउको चर्चा शुरु भयो । नेपालीहरु हाम्रो रेस्टुराँ मा जमघट हुन थाले । वहाँको पनि आगमन त्यत्तिकै हुन थाल्यो तर आश्चर्य !, वहाँलाई थाहा भएन कि फेस बुकको मित्र म नै हुं भनेर । मलाई पनि त्यतिजेल सम्म थाहा थिएन । म त वहाँको मुख नै हेर्दिन थिए । त्यत्तिकैमा वहाँको हाम्रै पार्ट्नर सँग समिपता बड्यो । फोनमा कुरा भै रहन्थ्यो वहाँहरुको । म त सिधै भन्थे हेर्नु ''मलाई त्यो मान्छे मनै पर्दैन तपाईंले भने पनि हुन्छ त्यस्तो घमण्डी मान्छे संघ ,संस्थामा लागेर के हुन्छ ? “ । तर अचानक त्यो दिन मेरो फेसबूकको मित्र वहाँ नै हुनु भएकोमा म त छक्क परे र मैले भने तपाईं किन '' फल्ट'' हुनु भएको ? म त तपाईं भनेर जानेको भए कुरा नै गर्दिन थिएँ । मलाई तपाईं पटक्क मन पर्दैन भनेर सबै मलाई लागेका कुरा हरु भने । वहाँले मलाई तुरुन्त फोन गरेर माफि माग्नु भयो । हुन त, मलाई लाग्छ वहाले पनि म त्यही रेस्टुराँको हुं भनेर अवश्य थाहा नभ्एर पनि मित्रताको हात बडाएको हुनु पर्छ। पछी पछी को हाम्रो कुरा कानिमा चाँही मैले तपाईंलाई चिनी सकें तपाईं यस्तो प्रकारको हुनुहुन्छ भनेर भन्न थालनु भएको थ्यो। म त हो न हो आर्मी हेड्क्वाटरमा देख्नु भयो होला भन्थे वहाँको जवाफमा पनि त्यही हुन्थ्यो । यसरी अचानक त्यो मित्र को असली रूप थाहा पाएर म त त्यो दिन किङ्कर्तब्य बिमूढ पनि भए । आश्चर्यको सीमा रहेन ।

त्यो यथार्थ थाहा पाउनु भन्दा दुई दिन अघाडी मात्र पनि उक्त ब्यक्ती सँग मेरो भेट भएकोथियो तर मलाई बोल्न मन लागेन मसँग भएको बहिनी मात्र वहाँ सँग बोलिन । यसरी मलाई मनै नपरेको मान्छे सँग पनि ''फेसबूक'' ले मित्रता गराइ दियो तर मैले वहाँलाई सबै कुरा भने । तपाईं यस्तो घमण्डी हुनु हुन्छ मलाई त तपाईंलाई देख्दा मात्र पनि रिस उठ्छ । यसरी मनमा भएको कुरा सबै मैले पोखें तर वहाँले ज्यादै धैर्यता पूर्वक मेरो कुरा सुन्नु भयो । म प्रती कुनै आक्रोश ब्यक्त गर्नु भएन र वहाँलाई आफ्नो गल्ती सबै महसुश भयो र भन्नु भयो प्रभा जि, वास्तव मा म तपाईंले सोचेको जस्तो गलत मान्छे होइन, म घमण्डी पनि छैन तपाईंलाई त्यस्तो लागेको हुन सक्छ भनेर आफ्नो वास्तविक्ता ओकल्न चाहनु भयो । मैले पनि आत्मासात गरें कि हुन पनि हो मान्छेको आ -आफ्नो बानी हुन्छ सबै एकै प्रकारका हुँदैनन । त्यस्तो ठुलो गल्ती नै के भयो र ?मैले त्यस्तो दुश्मन सम्झिनु पर्ने ? म वहाँलाई बारम्बार यही भन्ने गर्छु मान्छे भएर घमण्डी भयो भने उस्का सारा गुणहरुको केही औचित्य हुँदैन भनेर ।

अहिले हामी एउटै ठाउँमा छौं । मेरो पनि समाजमा केही गरौ, केही श्रीजनात्मक कामहरुमा केही गरौ भन्ने भावना छ तर वहाँमा पनि त्यस्तो भावना रहेछ । अहिले हामीमा त्यस्तो नकारात्मक भावना छैन । कुनै काम पर्‍यो भने वहाँ हाम्रो रेस्टुराँमा आउनु हुन्छ हामीलाई मद्घत माग्नु हुन्छ । हामी पनि सहयोग गर्न तत्पर हुन्छौ । आजकल भने वहाँ हाम्रो रेस्टुराँमा पस्दा पस्दै हँसिलो मुहार बनाएर नमस्कार गर्दै पस्नु हुन्छ यत्ती सम्म कि हाम्रा इम्प्लोइ हरुलाई धरी नमस्कार गर्न चुक्नु हुन्न । त्यस्को अर्थ सबैलाई झुकेर नमस्कार गर्नु पर्छ भनेको हैन तर पनि मान्छेमा अभिमानी भावना कहिल्यै हुनु हुन्न भन्ने सुझाव मात्र मैले दिन खोजेकी हुँ । ''वहाँ सँग भेट हुन साथ म यही भन्ने गर्छु तपाईंले मलाई एउटी वेट्रेस मात्र ठानेर मान्छे नगन्नु भएको हैन?। वहाँको जवाफ यस्तो हुन्छ ''हैन हौ, प्रभा जि मैले तपाईंलाई बल्ल चिन्दैछु । मैले त्यस्तो सोचेको हैन'' भनेर अहिले लाज पचाउन खोज्नु हुन्छ तर पनि मान्छेले मान्छेलाई चिन्न नसके पछी त्यस्तै हुन्छ । अहिले भेट हुँदा मेरो लेखकिय प्रशंसा नगरि बस्न सक्नु हुन्न तर पनि म कहाँ वहाँको प्रशंसामा मक्ख पर्छु र ?। मलाई त जसरी हुन्छ वहाँको बानिलाई परिवर्तन गर्नु छ र भै पनि सकेको छ । अब चाडै भुवन के. सी. को ''म तिमी बिना मरिहाल्छु'' फिल्म को प्रिमियर शोको लागि तयारी हुँदैछ त्यस्मा पनि हामीले मद्घत गर्दैछौ । वहाँले भुवन के. सी. सँग पनि मेरो कुरा गर्नु भयो रे नाम सुनेको हो म अवश्य भेट्छु भनेर भन्नु भएको छ भनेर सुनाउदै हुन्हुन्थयो ।

हेर्नुहोस् पाठक ब्रिन्द, यो लेखले तपाईंहरुलाई कत्तिको असर् पार्छ मलाई थाहा छैन तर यहाँ धेरै कुराको उदाहरण मैले दिन खोजेको के भने मान्छेले कहिले पनि नचाहिने झुठो र थाहा पाइहाल्ने खालको ब्यवहार गर्नु हुन्न र मान्छेमा बर्ग बिभाजन गरेर कहिले ब्यवहार गर्नु हुन्न ।आखिर को मान्छेभित्र कस्तो प्रतिभा छ को मान्छेमा कस्तो गुण भन्ने कुरा अनुहार, जात, उचाइ, रङ हेरेर थाहा हुन्न । कोही आफ्नै बिज्ञापन गरेर खुलस्त भएर चिनिन चाहन्छन भने कोही कामबाट चिनिन चाहन्छन त्यसैले अगाडि देखिएको कुरामा मात्र विश्वस्त हुनु हुन्न । नदेखिएको कुरामा पनि केही गुण लुकेको हुन्छ भन्ने सोँच्नु पर्छ । समुन्द्रमा मोती लुकेको कस्लाई थाहा हुन्छ ? , तर अघाडी देखिएको टल्कने चिजलाई मात्र हीरा ठान्नु हुन्न । बल्ल मेरो मित्रलाई यो कुराको आभाष भएको मलाई महसुश भएको छ । यदी कसैले पनि यस्तो सोंच् राख्नु भएको छ भने कृपया यही कुराहरुलाई ह्रिदयङम गर्नु भए आफ्नो भविश्यमा हुने गल्तीबाट पन्छिन सक्नु हुनेछ । ''फेसबूक'' को सुरुवात अवश्य पनि गलत प्रयोगको लागि भएको हैन न कि खाली बकमफुस्रे गफको लागि तयार गरिएको हो । यस्को सुरुवात को लागि यस्को जन्मदाताले अवश्य दिमाग, समय खर्चेको हुनु पर्छ । त्यसर्थ यस्को सहि सदुपयोग गरौं यसलाई मनोरन्जनमा मात्र निलिउँ । समय र साधनको सहि मुल्याङ्कन गरौ । अस्तु



April 28, 2009

अनलाईनबाट अल्जिएको माया

विजयकुमार श्रेष्ठ
-हाल ईराक
कुरा धेरै पहिलाको हो । जब म स्कुल सकेर कलेज पढ्ने लहरमा लहरिदै थिए र गाउ छाडेर शहरको रमझममा रमाउन यो मनलाई आतुर भएको थियो । प्रबेशिका परिक्षा पास गरे लगत्तै कलेज कहाँ पढ्ने भनेर सोच्न थाले र यो मनलाई काठमाडौको रमझम हेर्ने धैरै पहिला देखिकै सोख थियो । अब त पुरा हुन्छ कि भन्ने आशा यो मनमा पलाउन थाल्यो । त्यस्ता कुरा आफुले मात्र सोचेर पनि हुदैन थियो नि त, फेरि घरमा बुबा आमा दाजु भाईलाई पनि जानकारि गराउनु पर्ने थियो । यो कुराको बाटो कसरि खोलु भनेर यो मनमा तरङ्गहरु सलबलाउन थालेको थियो । एक दिनको कुरा हो, घरमा पनि मेरो बारेमा कुरा भई नै रहेछ, त्यो कुरा मेरो कानमा पनि पर्न गयो र मलाई स्वरमा स्वर मिलाउन झन सजिलो हुन गयो । मैले पनि त्यसै मौका छोपी आमालाई मेरो कुरा राख्न सफल भए र आमाले यो कुरा बुबासँग गर्नु भएछ । फेरि मेरो पढाई पनि त्यति नराम्रो थिएन र मेरो बुबा सानो सोचाई भएको मानिस पनि हुनुन्थिएन, गाउँको परिवेसमा हुर्केको भए पनि र आफुले मनमा लागे जतिको अध्यायन गर्न नपाएकोमा अलि पछुताउमा हुनु हुन्थ्यो । उहाँले त्यसै भएर पनि मेरो प्रस्तावलाई नकार्नु होला जस्तो मलाई लागेको थिएन । जब बुबाले मेरो कुरा थाहा पाउनु भयो त्यसको भोली पल्ट खाना खाने समयमा मलाई डाकेर सोध्नु भयो । मैले आफुले अध्ययन गर्ने बिषयको बारेमा पनि बुबालाई अबगत गराई दिए र बुवालाई पनि आफनो सन्तानले राम्रो शिक्षा हासिल गरेर देश र जनताको सेवामा लागुन भन्ने ठुलो चाहना थियो । मेरो कलेज पढ्ने चाहना बुबाले पुरा गराई दिने बाचा गर्नु भयो र गाउँ समाजमा घटेका घटनाको पनि अबगत गराउनु भयो । जुन घटना शिक्षित व्यक्तिबाट नै घट्ने गरेको थियो । मैले पनि सबै आफुमा भएको कमि कम्जोरिहरु आमा बुबालाई अबगत गराई दिए र लगनशिलता भएर आफुले दिएको बाचाहरु सहज रुपमा पुरा गर्ने अठोट लिएर काठमाडौमा अध्ययनको लागी जानलाई तयारी तिर लागे । पारिवारिक सरसल्लाह सबै मिले पछि भर्ना हुनु भन्दा पहिला कलेज प्रबेशको लागी परिक्षा दिनु पर्दथ्यो र मैले त्यसको लागी फारम भर्न लगाएर र केही महिना पछि परिक्षा पनि दिए ।  मेरो पहिला लिष्टमा नै नाम निस्कियो र काठमाडौको ठमेल स्थित अमृत साइन्स क्याम्पसमा भर्ना भएर आफनो उच्च शिक्षाको अध्यायन सुरुवात गर्ने अबसर पाउन सफल भए ।

अब मेरो जिवनको गतिको रफ्तार सुरु हुन थाल्यो । आफुलाई किताबी ज्ञान बाहेक अरु कुरामा ज्ञान थिएन । स्कुलले जिवनमा खेलकुद र नाचगानमा त रुचि राख्द थिए । कलेजमा त सबै जना कम्प्युटरको कुरा गर्दो रहेछ । कानो गोरुलाई औशि न पुर्णे भने जस्तै आफु त शहरिया साथि भाईको कुरा सुनेर टवाल्ल परेर सुन्नु सिवाय अरु उपाए थिएन । फेरि मेरो मनमा अर्को जोस जाग्न थाल्यो, त्यो थियो कम्प्युटरको कि बोर्डमा आफना साथिहरुले गरेका कुराहरुको कथाहरु स्वयम आफुले पनि त्यो कि बोर्डमा आफना औलाहरु नचाउने रहर जागेर आयो । कलेजका दिनहरु सुचारु हुन थाल्यो र दिनहरु बित्दै जान थाल्यो । हरेक हप्ताको शनिवार बिदा हुन्थ्यो । आफुलाई पनि कम्प्यूटर सिक्ने जोस जागर वडेको थियो र समय अनुसार नसिकी नहुने थियो । त्यसै क्रममा एक दिन साथिसँग गएर कम्प्यूटर कक्षामा भर्ना भए । आज भोली गर्दा गर्दै कम्प्यूरको ज्ञान पनि केहिहदसम्म त सिक्न सफल भए । जब कम्प्युटरका ज्ञान हासिल गरे आफना सम्पुर्ण विवरणहरु फाईल बनाएर राख्ने बानि बसाले । त्यस्तै क्रमहरु चलि रहेको थियो ।

एकदिनको कुरा हो म साथिसँग साईवरमा गएको थिए । परदेशमा भएको साथिलाई आफनो बारेमा र पारिवारिक खवरहरु मेल मार्फत पठाउन भनी र आफना फाईलहरु पनि हेरु भनेर। त्यसै समयमा साथिसँग कुरा गर्दै थिए भर्खर कम्प्यूटरको ज्ञान हासिल गरेकोले होला साईबरमा बसे पछि त निस्कीन मनले नै मान्दैन जति चलायो त्यति चलाउन मन लागि रहन्थ्यो । अनलाईनबाट साथिसँग कुरा गरेको चार हप्ता हुन लागेको थियो । धेरै कुराको ज्ञान हासिल गरि सकेको थिए । सधै जसरि अनलाईनमा बस्दा एकदिन कताबाट एउटा अपरिचित अनलाईन साथिले हाई भनेर मेरो नामबाट सम्वोधन गर्‍यो कता कता अचम्म पनि लागेर आयो। उ को हो मलाई केहि थाहा थिएन तर पनि मैले उसलाई उत्तर फर्काईदिए र कहाँ कसरी सम्पर्कमा आउनु भयो मसँग भन्ने बारेमा केहि बार्तालाप हुन गयो। त्यो दिन कुरा राम्रा नै भयो र उसले मलाई नजिकबाट चिनेको जसरि कुरामा अनलाईनको सहायताबाट तिमी ‘फलना’ होईन भनेर भन्यो। कता कता मलाई पनि केही जान्ने उत्सुकता जागेर आयो । सुन्ने गरेको त थिए अनलाईनमा बिभिन्न किसिमका समय बिधारक साथिहरुसँग जम्काभेट हुन्छ भन्ने कुरा मलाई पनि त्यो कुराको याद गराई दियो । मसँग अनलाईनमा कुरा गर्ने मेरो घर नजिकको साथि बाहेक अरु थिएन तर पनि बोल्दामा केनै होला र भन्ने उखानलाई सम्झेर उसको उत्तरहरु सहजै तरिकाबाट दिन थाले । त्यस्तो क्रम चल्न सुरु भयो । मेरो अनलाईनको पहिलो अनुभव भनौ वा उत्सुकताले पाएको समय बितारक मित्र भनौ । हामीमा राम्रो मित्रताको प्रर्दुभाव हुन गयो । जो म हप्तामा एक दिन साईवरको खोजी गर्ने मानिस जब अनलाईन मित्रको मधुर ति शब्दहरुको माधुर्यतामा बग्न थाले तब मलाई हरेक दिन अनलाईनमा नबसि नहुनेसम्म बाध्य बनाएर ल्याउन थाल्यो । हामी एक अर्कामा केबल अनलाईनमा मात्रै हो परिचय चिना जानी भएको तर मलाई उसको बारेमा यति मात्र थाहा छ उ मेरो अनलाईन साथि हो भन्ने कुरा मात्र अरु मलाई केही थाहा छैन । हाम्रो समयहरु झन झन नजिक हुदै आयो । केही दिन पछि हामी हेडफोन द्धारा पनि कुरा गर्न तिर लाग्यौ जब उसको स्वर हेडफोन मार्फत सुन्न पाए म त झन नजिक हुन थाले । आफैलाई थाहा छैन किन के भई रहेको छ भन्ने कुरा । कहिले काहि त जो भए पनि मलाई के सरोकार भयो र आखिर मैले के नै नराम्रो काम गरेको छु भन्ने प्रश्न पनि खडा हुने गर्थ्यो मेरो मनमा । उसको ति माधुर्यताले मेरो मन कता कता छोए जस्तो पनि लाग्दथ्यो । बिर्सन्छु भन्दा पनि नसकिने भैसके किन हो किन ।

हाम्रो मित्रताको डोरी गहिरो हुदै गयो । तर हाम्रो भेट भनेको अदृश्य मात्रै भएको थियो, उ कस्तो छ र कहाँको हो के गर्छ भन्ने कुरा केबल अदृश्यमा मात्र ज्ञान भएको थियो मलाई । दिन प्रति दिन हाम्रो अनलाईनमा गहिरो सम्बन्ध बाधिदै गयो र वर्षौसम्म हामी अनलाईन मित्र भन्दा अरु हुन सकेको थिएन । मलाई कहिले भेटॆर एक अर्काको बारेमा जान्न हतार परेर आउन थाल्यो । झन अब त उसलाई सपनाको राजकुमारको दर्जामा स्थान दिन थाले । जब म आफनो ओछयानमा जान्छु उसको छाया रुपी भावनाहरुसँग सँगै भएको पाउने गर्दथे र निदाउन समेत छाड्न बाध्य हुन पुग्थे । अनि आफु एक्लै भित्र भित्रै उससँगको अनलाईनमा पोखेका भावनाहरुमा आफुलाई डुबाउन बाध्य हुन्थ्ये र छटपटि लागेर आउदथ्यो कहिले भेट्ने भन्ने कुराले साह्रै सताएर ल्याउथ्यो । हामीमा सबै कुराको बेली बिस्तार भैसकेको थियो । धेरै प्रयासको सोधाई पछि उसले भन्यो म परदेशमा छु भनेर र स्वादेश फर्कने कुराको प्रसँग चलाउदा खेरिमा उसले एक साल पछाडिमा मात्र फर्कने कुरा सुनायो । उसँग भएका तिता मिठा कुराहरु मेरो मनमा सधै भरि दोहोरिन थाल्यो । जब म एक्लै हुन्छु अनि सुरु हुन्छ अन्तर आत्मामा बगेका भावहरु अनि उसलाई भेट्ने समयको पर्खाईमा हताससम्म हुन पुग्ने रहेछु । आफनो कलेज अध्ययन पनि लगभग लगभग सकिन लाग्यो । हाम्रो गाउँ समाजको चलनले गर्दा आफनो अध्ययन र उमेरको हिसाब गरेर बसेका छन घरमा परिवारहरु आफुलाई नचिने पनि नदेखे पनि त्यही अनलाईन मित्रको अतुलनिय माया र ममतामा बाधिन पुगेको थिए ।

कलेज बिदाको बेलामा घर गएको थिए त्यहि मौकामा आफनो जिम्मेवारीको भार वोकाई दिने कुरा चलाएको रहेछ त्यो कुरालाई नकार्न पनि सक्दिन थिए । तर आफनो अनलाईनको मित्रताको बारेका पनि भन्न म सक्दिन थिए । फेरि उसको परिचय कसरि दिउ म, आफनो परिवारलाई न त आफुले नै प्रत्यक्ष देख्न सकेको थिए । त्यसैले मेरो अनलाईनको माया अनलाईनमा नै सिमीत हुन गयो । आफनो परिवारको स्वीकारोक्तीलाई मध्य नजर राखेर आफनो गन्तव्य पुरा गर्न तिर लागेर पारिवारिक जिवनको शुरुवात तिर बाधिन बाध्य भए र अनि हामीमा भएको मित्रताको धुर्व एक आपसबाट अलग अलग भएर आफना आफना बाटा तिर लागेर अर्कै सँसारमा रमाउन बाध्य भयौ । अदृश्य माया लगाउनुको फल यस्तै हो रहेछ भनेर कहिले काहि आफुलाई झस्काउने गर्दथे तर उ कहाँ पुग्यो र कहाँ थियो भन्ने कुराको ज्ञान हासिल गर्न पाउने मौकाबाट बन्चित हुनु पुगे । अनि हामी दुई धुर्वीय पथ प्रदर्शक भएर आफनो गन्तव्यलाई अँगाल्न सिवाय अरु सामथ्र्य हामीमा थिएन । अदृश्य मायाको प्रतिफल यस्तै रहेछ भन्ने सोच्न थाले त्यसैले धुर्वीय प्रदसक भएर हामी एक अर्कामा विलीन हुन पुगे ॥
समाप्त ॥ ॥



April 25, 2009

'कू' को कुप्रचार र माओवादी एजेण्डा

हुन त जब कुनै राजनैतिक विषयमा टिप्पणी गरिन्छ, त्यसमा पक्ष विपक्षका तर्क देखिनु स्वाभाविक हो । तर पनि यो भन्दा पूर्वको मेरो अग्रलेख र त्यस पछिका मित्रहरूका तर्क पढेपछि , आफ्नो लेखमा पूरै विस्तारमा जान नभ्याइएका विषय र मित्रहरूका प्रश्नहरू बारेमा मात्र केही प्रति-विचार राखेको छु ।

(१) रुक्मांगत कटुवालले स्पष्टीकरण दिन पर्छ: मेरो विचारमा प्रचण्ड, बादल र कटुवाल तीन जनाले जनताका नाममा स्पष्टीकरण दिनुपर्छ र पर्यो भने आफ्नो स्थान छोड्नु पर्छ ।

नेपाली सेना र उसका प्रमुख रुक्मागत कटुवाल अनि माओवादीको कटुतालाई केलाउने हो भने हिजोका परस्पर युद्दरत यी दुई समूह नेपाली सेना र माओवादी छापामार एवं नेताहरूले एकापसको सम्बन्धलाई हिजोको युद्दको नजरियाबाट हेरिरहेको प्रष्ट छ । माओवादी त सत्तामा पनि आयो र उसको प्राइभेट छापामारको अभिभावक बनेर उसले आफ्नो सामरिक र राजनैतिक आधारशिलाप्रति वफादार भएको पनि देखायो, तर बदलिँदो परिवेशमा आँफू सरकार भैसके पछि सेनालाई विश्वासमा लिने पहल उसले किन गर्न चाहेन अचम्म छैन ? सरकार मातहतमा रहने सेनालाई सरकारले आदेश दिने अधिकार छ र परेको बेला उसले सेना प्रमुखसंग स्पष्टीकरण माग्न सक्छ, तर निकट अतीतको युद्दजनित तिक्तताको अनुभवले एकापसमा विश्वास गर्न नै नसक्ने अवस्थामा रहेका दुईटा आम्ने साम्नेका शक्तिलाई भिडाएर, हामीले सेनालाई मात्र दोष दिनु नितान्त पूर्वाग्रह ठहर्छ । यसको कारण के हो भने सेना र सरकारको कुरा हुँदा सरकार अभिभावक हो र उसको हात र निगाहले सरकार मातहतका सम्पूर्ण मेकानिज्महरू चलेका हुन्छन् जस मध्ये सेना पनि एक हुनसक्छ। यस्तोमा हिजोको राजनैतिक आग्रहको साँघूरो घेराबाट माथि उठेर माओवादी नेतृत्वको सरकारले नेपाली सेनालाई व्यवहार गर्न नखोज्नु तर बारम्बार आफ्ना छापामारहरू सेनामा मिसाउने कुरा र तिनलाई भत्ता, रसद पानी आदि उप्लव्ध गराउने कुरालाई मात्र प्राथामिकतामा राखेर व्यवहार गर्दा, सेनामा तिक्तता सिर्जना हुन सक्ने स्थितिको कारक अरू कोही नभएर स्वयं सरकार हैन र ?

सुनिन्छ, अहिले नेपाली सेनाको लजिस्टिक्स र सम्भार अड्डा र गारद सबैको स्थिति नाजूक र गएगुज्रेको अवस्थामा छ । सेनाका हेलिकप्टर र जहाज मध्ये एकाध मात्र काम गर्ने अवस्थाम छन् र आपतकालीन उद्दार कार्यका लागि पनि अब ऊसंग साधन र स्रोतको अभाव छ । आज जबकि राज्यकोषबाट २० औँ अरबको सम्पत्ति आफ्ना पार्टी कार्यकर्तालाई लुटाउन प्रधानमन्त्रीको निगरानीमा खर्च गराउन समिति र आयोग खडा गरी सयौँ पार्टी कार्यकर्तालाई मन्त्री स्तरीय सुविधाका जागिरहरू दिएर लाखौँ कार्यकर्तालाई कुणे न कुनै लाभ दिने उद्देश्यका कार्यक्रम ल्याइएका छन् तर राज्ययन्त्र भित्रका अंगअबयबहरू भने माओवादी युद्दकालीन नजरियाको कोपभाजन बनिरहेका छन् । के यो जायज हुनसक्ने कुरा हो ? यदि हो भने , यो स्पष्टीकरण देशको सरकारको नेतृत्व गरेर केवल माओवादी दम्भका भरमा सरकार हाँक्ने र हैकम लाद्ने प्रचण्ड र बादलले पहिला अनि पछि कटुवाल तीनै जनाले दिन पर्ने हो कि नेपाली जनताका नाममा ?
- हिजो कांग्रेसी शासन कालमा उनीहरुले नै सरकारका हरेक पक्षमा कांग्रेसीकरण गरे, नातावाद र कृपावाद कायम गरे भनेर नथाक्ने क्रान्तिकारीहरू त्यही कुराको निराकरण गर्न सत्तामा पुगे पछि नेपाली राजनीतिको यो कन्तविजोग किन गराएको ?

(२) सरकारले भनेको सेनाले मान्नु पर्छ : हो, तर पहिला सरकार ‘सरकार’ हुन सक्नु पर्छ:

मित्रहरू संग मेरो निष्पक्ष प्रश्न छ के अहिलेको माओवादी नेतृत्वको सरकार स्वयंमा सरकार हुने प्रयत्न गरिरहेको छ ?, सरकारमा उसका प्रधानमन्त्री र मन्त्रीहरू छन्, तर उसका भ्रातृ संगठनहरू उद्योग, कलकारखाना, क्यासिनो, मालअड्डा, सरकारी कार्यालयदेखि विश्वविद्यालय र क्यासिनो सम्म शंकर भगवानका ६४ योगिनी पिशाच झैँ छाएका छैनन् ? । देशको गृहमन्त्री रहेका सहयात्री दलका नेताले क्यासिनोमा नेपाली प्रवेश गर्न नपाउने कानून उद्घोष गर्छन् तर माओवादी मजदुर नेता शालिकराम जमरकट्टेल र उनका लाडाकूहरू क्यासिनोमा कार्वाही गरे ‘बामेको खैरियत नराख्ने’ एलान जारी गर्छन् । हिजो मात्र , माओवादी विद्यार्थी भनाउँदो एउटा झुण्ड मुलुकको एउटा गरिमा बोकेको विश्वविद्यालयमा प्रवेश गरेर ४० औँ प्रहरीको बीचबाट त्यहाँका उपकुलपति र शिक्षाध्यक्षलाई कालोमोसो दलेर बाहुबल समेत प्रयोग गरी बेइजज्जत गरेको देखियो । के सरकारमा नेतृत्व गरेको पार्टीका भ्रातृसंगठनहरूको यस्तो काम कार्वाही सभ्य संसारको कुनै कुनामा कल्पना गर्न सकिन्छ ? आज मुलुकको कुन क्षेत्र छ जुन माओवादीको यो बाहुबली हिंसाबाट आक्रानत छैन ? देखाउन सक्नुहुन्छ ?

अत: कटुवाल वा सेनाले माओवादी सरकारको निर्देशन मानेन भन्ने कुरा भन्दा पनि, माओवादी सरकार सरकार बन्न सकेन, सरकारमा बसेर पनि ऊ अति गैरजिम्मेवार अराजक दस्ताहरूको संरक्षक बनिरह्यो, सरकार बन्ने ह्याउ जुटाउन सकेन भन्ने कुरा मुख्य चिन्ताको कुरा हो । अहिले सरकारमा टेक्दा त उसको गैरजिम्मेवारपना र अराजकताको यो किसिमले संरक्षक बनिरेहको छ भने भोलि सेना र अदालत जस्ता मुलुकका आधारस्तम्भमा समेत उसले एकल कब्जा जमाउने स्थति रह्यो भने, मुलुमा उसले डाँकातन्त्र र अतिवाद लाद्ने निश्चित छ भन्ने कुरा उसका कार्य र व्यवहारले देखिइरह्यो भन्ने चिन्ता अन्य स्वतन्त्र विचार र राजनैतिक सोच राख्नेहरूले लिएको मात्र हो । माओवादीले सत्ता सञ्चालन गरोस् , तर उसको सत्ता वा सरकारले , कुनै पनि सभ्य सत्ता र सरकारले गर्ने काम , आनी- बानी र व्यवहारहरू पहिला अपनाउन सिकोस् वा सकोस् भन्ने अपेक्षा अरूहरूको हो ।

अहिलेको संक्रमणको माहौलमा माओवादीले वातावरण सहज बनाउन पहल गरेर मात्र काम गर्न सिक्नु पर्दैन र ?, के अहिलेको परिस्थिति हिजोको दलगत समीकरणले गर्ने सत्ता परिवर्तनको अभ्यासमा केही फरक छैन ? हामी नया युगको निर्माण, समावेशी राजनीति र हिजोका खराबीलाई हटाएर नया नेपालको निर्माणमा अघि बढेका हौँ भने माओवादी नेतृत्वको सरकारले गरिरहेका निर्णयहरू, देखाइरहेका व्यवहारहरू, उसले दावा गरेका वाचाहरू, उसका मातहतका संघ संगठनहरूको कार्यव्यवहारहरूले माओवादी नीतिमा सबैलाई आश्वस्त पार्ने खालका छन् ? के अहिलेको तरल माहौललाई माओवादीले आफ्नो राजनैतिक बाटोका लागि एकलौटी प्रयोग गर्न खोज्यो भनेर अरूले खबरदारी गरिरहँदा , माओवादीले अरूलाई आफ्ना काम र व्यवहार मार्फत आश्वस्त पार्नु पर्ने दरकार रहन्न ?

मेरो विचारमा नेपाली अहिलेको नेपालमा कुनै पनि गैरमाओवादी चिन्तन बोकेको मान्छेको बुझाइमा सेनाको सैनिक ‘कू’ को खतरा भन्दा, माओवादी एकाधिकारवादी उद्देश्यबाट डराउनु पर्ने स्थिति बढी टड्कारो छ । किनभने उनीहरूले नै भनिरहेका छन् , ‘हाम्रो उद्देश्य हाम्रो एकाधिकारको राजनैतिक व्यवस्था हो’ । अब । हामी कसैले उनीहरूले अधिनायकवाद लाद्न सक्दैनन् भनेर मात्र के फरक पर्छ र ? राजतन्त्र बिनाको अहिलेको नेपालमा सेनाले कसका लागि किन सत्ता टेकओबर गरिदिनु पर्ने छ ? उसले केवल चाहेको हुनसक्छ, सेनाको शुद्दता र गैरराजनैतिक चरित्रमाथि धावा बोलेर कसैको पक्षमा नेपाली सेनाको हाइज्याक नगरियोस् ।

यो लेख शुरू गरेपछि, कान्तिपुरमा प्रकाशित सुधिर सर्माको आर्मी ‘कू’ को हल्ला पनि माओवादीको प्रायोजनमा चलाइएको कुरा माओवादी दावाबाट प्रष्टिइसकेको छ । सरकार सञ्चालन गर्दै भएर पनि सरकार मातहतको सेनालाई निरन्तर बिच्काएर, त्यो धमिलो पानीमा माछा मार्न खोज्ने अनि अमूर्त ‘जनताको’ दुहाइ दिएर केवल आफ्नो एकल एजेण्डालाई देशको बनाउन खोज्ने चालबाजीले मुलुक बन्छ भन्ने दिवास्वप्नबाट मुक्त भएर, मुलुकमा सर्वपक्षीय सहमतिको बाटो खोजिएन भने , देश अरूको क्रिडाभूमि बन्ने निश्चित छ ।


हिजो टुँडिखेलबाट कुर्लेर “को हो त्यो कटुवाल” भनेर कराउने प्रचण्डले आँफू देशको प्रधानमन्त्री बनिसकेपछि माओवादी छापामारको नेता मात्र नभएर, सबै देशवासीको अभिभावक बन्न प्रयत्न गरेर, रक्षा र संरक्षण दिन सक्ने सामर्थ्य बनाउन सक्नु पर्छ । अरूलाई गाली गर्दा “ यो देश तिनीहरूका बाउको विर्ता हो?” भनेर अश्लील ढंगले गला फोरेर चिच्च्याउने प्रचण्डले यो पनि बुझ्न जरूरी छ कि यो भनाइ उनी स्वयंका लागि पनि उत्तिकै १००% लागू हुन्छ । किनभने यो मुलुक अरू कसैका बाउको विर्ता हैन भने प्रचण्डका बाउको विर्ता पनि हुन सक्दैन नि ! हैन र ?


अन्त्यमा, त्रिभूवन विश्वविध्यालयका उपकूलपति र शिक्षाध्यक्षमाथि गरिएको माओवादी दुष्कार्यको निन्दा गर्दछु ।



April 24, 2009

A Journey of Iraq

Anup Gurung "lovlyanup"

I am Anup Gurung, now I am in Iraq. I am not a writer but just want to share my story to you, and here I am going to tell you how I came to Iraq.

After I left my study I didn't have any work to do or let's say I didn't have anything to do, which is a usual situation in our country. I always used to gather with friends. I felt in my mind that I should go abroad to earn money and visit a new country as well, so I departed to Dubai. First I wanted to go to Hong Kong, however, China's government had changed rules for Nepalese visitor regarding the visa. They had stopped issuing visa for Nepalese who wanted to visit HongKong. Those who have Hong Kong ID only can get a visa and the one who is married with ID holder's also can get visa. So, Hong Kong visa is limited only for few Nepalese people. If I wanted to go Hong Kong, I would have to marry with a Hong Kong ID holder girl and I didn't have any one to marry me or a contact person to arrange those stuffs.

So I was concerned for Dubai and I sent my all document to my cousins, who were working in Dubai. After 4, 5 months they called me to Iraq. You know this country; where daily car bombs blast, and everyday people are being killed. It's very terrible place. I also heard about Iraq, where our 12 Nepalese people were killed inhumanly by the terrorists. We know that Nepal government restricted to work in Iraq. But we don't have any option to do and also our country's situation is so bad. We can't do anything in Nepal. Everything is expensive, every month there are strikes and Nepal Bandhs. If somebody is killed the people call a strike. But our government does not do anything, they only watch the situation like watching a film. Nepal government knows all that but it doesn't do anything for Nepalese people. They are only living for them not for us and country. So we have to leave our country and go aboard to earn money. But there are also many problems. We know that we need skill for work if we don't have any skills we need to learn. But we don't think we need to take training first, we are only here to earn money. We don't think how they are earning money. We only see that they are earning more and more money. They are working really hard to earn money.


I also wanted to earn money, thats why I applied for Iraq and left Nepal on November. I was happy when I left Nepal as well as sad since I was going far from my family, my country. I didn’t knew whether we can stay or not in a foreign land. I miss my family. I was thinking about my self. At the end of the flight Air hostess announced we were landing on Dubai… please fasten your seat belt.......then I fastened my belt.

We arrived in Dubai. Then one of our friend called the agent at Dubai Airport. The Agent asked us to wait there. After 2 hours our agents came to pick us. Then they dropped us to Ajaman. We saw there were eight Nepalese brothers, where they were eating only rice with salt. They didn't have vegetable and oil, to eat with rice. When we started to talk to them they said they were not eating rice for 7 days. They called agent but they didn't respond anything. It's very sad. We also told the agent, we were hungry. There was nothing and agents said that that day we were going to take our lunch at Restaurant and next day he would bring rice etc. for us.

After 1 hour we went to look for a Restaurant for dinner at night. We were new there and we didn't know where the Restaurant was. But after 5 minutes we found a Bangali Restaurant and we took our dinner there. There was fish and daal, rice but honestly I didn't like that dinner. I missed my family's rice that time. Then next morning our agent brought rice, oil, vegetable, spices, and all things that were needed to cook. There was no cook for us so we cooked ourselves for all. Then all friends took lunch & dinner. The Agent told us our flight will be after 1 week. We went for swimming and fishing to pass our time. Thats how we spent 1 month there. After one month, a man from the agent came at 2 a.m. and called the 4 people who came there 125 days ago. The agent told those people have flight for PPI Company, Iraq. We were also happy for our turn. But that day about 11 am, one of our friend, Yadav called from Dubai Airport to a friend called Basnet and said "Basanta Bhai hamilai ta PPI bhanera Nepal Pathaidiyo". Then we had a meeting and we called our agent to come our camp.

After 2 days our agents came to our camp and we told to them that we needed to clear information about our Flight. We asked "When were we flying to Iraq? If you can't send us to Iraq we want to return Nepal." Then our agent told us they returned back those people whose agent did not gave commission to them to fly to Iraq so they sent back to Nepal. But asked us not to worry and told our flight should be after 1 week, we told them if you can't send us this week this is not good. We also didn't have other option but to wait for our flight in Dubai, so we waited for our flight to Iraq. On January we had our flight schedule. The company chartered a plane. We left Dubai. After 3 hours we arrived at Erbil International Airport. Then we were given an emergency visa. Then we left Erbil after half an hour, we arrived Joint Base Balad. We were little bit afraid when we saw open area from plane and there were lot of helicopters and some fighter plan. This is the story how I came to joint Base Balad in Iraq.

The author has his personal blog: http://www.lovlyanup.blogspot.com/



April 22, 2009

के नागरिक सर्वोच्चता भनेको माओवादीको तालमा नाच्नु हो ?

हिजोको बिद्रोही आतंकको धमास बोकेको शक्ति आज सत्तासीन छ , ऊ सत्तामा छ भन्ने उसलाई पत्तो छेन त्यो बेग्लै कुरा भयो । जब सत्तासीनलाई आँफू सरकार वा सत्ता भैसकेको कुरा ज्ञात रहन्न र ऊ बिद्रोहको हूंकारयुक्त भाषामा संवाद र व्यवहारको आदान प्रदान गरिरहन्छ, जो कोहीले पनि बुझ्नसक्छ यस्तो शक्ति वा समूहका लागि नागरिक शक्ति, नागरिक कानून, कानूनको शासन र नागरिक सर्वोच्चता जस्ता लाकतान्त्रिक मर्मलाई आत्मसात गर्ने ओजिला शव्दहरू केवल खेलौना मातर हुन । जब सत्तामा बसेका माओवादीका वरिष्ठतम नेताले आफ्ना छापामार ज्यूँका त्यूँ राखेर संविधानसभाको निर्वाचनमा जान पाएको अनि सबैभन्दा ठूलो दल पनि हुन सकेकोमा खुशीका अट्टाहसहरू सार्वजिनक गरेको सुनिराखिएकै छ त्यतिबेला बुझ्नै पर्छ , उसको यो अट्टाहासमा कुनै राक्षसी अभीष्टको अतिरेक झल्किराखेकको छ । आज मुलुकमा नागरिक सर्वोच्चता र नागरिक स्वतन्त्रताका हरेक पक्षमा माओवादी अतिक्रमणको डरलाग्दो भाइरस घुसेर मर्माहत बनाइरेहको अवस्थामा , भोलिको राजनीतिलाई सत्ता कब्जाको बलमा आफ्नो एकल पेवा बनाउने उसको कुत्सित मनसाय जतासुकै छर्लङ्गिइरहेको यो परिस्थतिमा , उसलले बडो चर्को श्वरमा नागरिक सर्वोच्चताको ढ्वाङ फुकेर गर्ने हरेक कार्यहरू भोलिको अनिष्टका संकेत हुन भन्ने कुरामा धैरै आशंका रहनु पर्ने कारण देखिन्न ।

सत्तामा बसेको माओवादीले आफ्नो एकाधिकारवादी विचारले प्रशिक्षित ३० औँ हजार छापामारहरूलाई एक हूल बाँधेर राज्यको सेनामा पसाल्ने योजना कायम राखेको कुरा जति जग जाहेर छ त्यत्तिकै उसको अर्को अर्धसैनिक जत्था वाइसिएलले मुलुक भरि आतंक र लडभीडको जोरजुलुम मच्चाएर नागरिक जीवनमा कुन हुण्डरी कायम गरिरहेको छ भनी साध्य छैन । आज मुलुकमा प्रशासन, प्रहरी , विश्वविद्यालय र हरेक संघसंस्था देखि उद्योग कलकारखाना र क्यासिनोसम्म सबैतिर माओवादी समर्थकहरूको एकाधिकार कायम गराइएको स्थिति छ र उनीहरूको ‘डिक्टम’ लाई नस्वीकार्नेहरूको स्थिति भौतिक र मानसिक रूपमा दयनीय बनाइएको अराजक स्थिति विद्यमान छ । राज्यमा कानूनको शासन अनाथ बनेको छ र दण्डहीनता माओवादी राज्यतन्त्रको मुख्य चरित्र बनेको छ ।

माओवादले प्रष्ट भन्ने गरेको छ ‘ हाम्रो गन्तव्य जनवादी गणतन्त्र हो’ । आफ्नो पार्टीले प्रस्ताव गरेको नया संविधानको मस्यौदामा समेत माओवादीहरूले कम्युनिष्ट मुलुकको एकदलीय संविधानलाई मात्र अनुवाद गरी हुबहु राखिदिएका छन्, उदारवादी लोकतन्त्रवादी पक्षधरहरूलाई तर्साउनकै लागि भएपनि । उनीहरूले चाहेको एकदलिय एकाधिकारवादी संविधानलाई अकाट्य लागू गराउने बाटोमा माओवादीका लागि २ वटा कुराहरू वाधक हुन सक्ने अवस्था देखिएकोले , उसले योजनावद्द ढंगले मुलुकको स्वतन्त्र न्यायलय र गैरराजनैतिक नेपाली सेना माथि धावा बोल्न खोजेको देखिन्छ । माओवादी सरकारका विविध राजनैतिक आग्रहपूर्ण निर्णयहरूको असंगति , बेथिति र कानूनी आधारबिहीनतालाई पक्रेर तिनका बिरूद्द निर्णय दिन सक्ने भएकाले तथा कानूनी शासनले ल्याउने अड्चन र आफ्नो निरंकूश अधिनायकवादी बाटोमा कायम गर्ने अंकूशको छनक पाएको माओवादी नेतृत्वदेखि कार्यकर्तासम्मले बेलाबखत अदालत बिरुद्द नारावाजी र विषवमन गरिरहेको देखिएको छ । उनीहरूको परिभाषा अनुसार बदलिएको परिवेशमा मुलुकको न्यालयले गणतन्त्रको कार्यशैलि अनुरूप काम गरेर सरकारलाई सघाएन रे ! के त्यसो माओवादीको असहिष्णु एवं हिंस्रक राजनीति र माओवादीका गलत कार्य व्यवहारको बिरूद्द बोल्नु वा निर्णय गर्नु नै गणतन्त्र बिरुद्द उभिएको हुनु हो त ? पछिल्लो समयमा नेपाली सेनाका प्रधानसेनापतिलाई स्पष्टीकरण सोधेर नेपाली सेनाको मनोबलाई छिन्नभिन्न पार्दै आफ्ना लडाकू सेनामा प्रवेश गराउने प्रपञ्चले माओवादीले जुन काम गर्दैछ के त्यो साँच्चै नागरिक सर्वोच्चता स्थापित गर्ने असल आशयले गरएको होला त ? हैन, यो त नागरिक सर्वोच्चतारूपी स्यालको छाला ओढेर, ब्वाँसोको आहार जुटाउने सूर मात्र हो जस्तो देखिन्छ । यसका बलिया कारणहरू पनि छन् । किनभने आज माओवादीले जुन नागरिक सर्वोच्चताको कुरा गरिरहेको छ ,यथार्थमा त्यो उसको साँचो मकसद कहिलै थिएन र हुन पनि सक्दैन । किनभने आज नागरिक स्वतन्त्रता र सर्वोच्ताको बाटोमा सबैभन्दा ठूलो खतरा कतैबाट छ भने त्यो माओवादीहरूको नीति र व्यवहारमा रहेको एकाधिकारवादी दम्भबाट छ । आज नेपाली जनताको नागरिक सर्वोच्चता सम्बन्धी माओवादीको दावी, विरेन्द्र शाह ,रामहरि श्रेष्ठ, प्रचण्ड थैव का दिनदहाडै भएका हत्याहरू र हत्याराहरू लुक्न प्रयोग भएको भनिएको छापामार ब्यारेकका कारण थिलोथिलो भएको छ, वाइसिएल र जमरकट्टेलको मजदूर संगठन र क्यासिनो राजनीतिको बन्दी बनेको छ ।

वास्तवमा भन्ने हो भने , जुन पार्टीले आफ्नो राजनैतिक उद्देश्य जनगणतन्त्र वा कम्युनिष्ट पार्टीको अधिनायकवादमा विश्वास गर्छ त्यसले नागरिक सर्वोच्चताको कुरा गर्नु नै हास्यास्पद दावा हो । नागरिकहरूको सर्वोच्चताको नाममा उसको मनसाय आफ्नो पार्टीको अधिनायकवाद लादेर त्यही अधिनायकवादलाई नागरिक शासनको जामा पहिराउनु हो जुन अधिकांस अधिनायकवादी कम्युनिष्ट शासकहरूले हिजो विश्वव्यापी रूपमा गरेका थिए र आज पर्यन्त गरिरहेका छन् वा गर्ने चेष्टा गर्दै छन्।

साँचै नै माओवादीहरू नागरिक सर्वोच्चताको कुराका लागि अगाडि आएका हुन भने , उनीहरूले माओवादी मात्र जनता र उनीहरू मात्रै नागरिक हुन भन्ने भ्रमपूर्ण बुझाइबाट मुक्त भएर , साँचो नागरिक अधिकारको सम्मान र नागरिकको स्वतन्त्र भएर आफ्ना विचारसहित बाँच्न पाउने कुरालाई मन, वचन र व्यवहारले सम्मान गर्नसक्ने हुनुपर्छ । सेनापति बिरुद्द कारवाहीको नाटक मञ्चन गर्दा वा अदालतको स्वतन्त्र निर्णय बिरुद्द धावा बोल्दा नागरिक सर्वोच्चता र सम्मानको कुरा गरेर सडक तताउने र मुलुकमा आगो बाल्ने माओवादीले हिजो आँफ्नो कारणले जीवन गुमाउन पुगेका १५,००० नेपाली लाखौँ घाइते र अपाङ्ग र खरबौँ रुपैयाँको सर्वनासको बारेमा नागरिकहरूसंग आफ्ना राम्रा नराम्रा कार्य र व्यवहारहरूका लागि स्पष्ट हुनसक्नु पर्छ र परेको ठाउँमा माफी मागेर निहुरिन सक्नु पर्छ । तर उनीहरूबाट यस्तो कुराको आशा राख्नु नै हास्यास्पद हुन्छ । नागरिक सर्वोच्चताको दुहाइ दिनेले नागरिक जीवनमा आँफूले पारेको क्षतिको , असीम पीडाको अनि प्रताडित नागरिकलाई माओवादी र गैरमाओवादी चिन्तनबाट माथि उठेर विशुद्द नागरिकको रूपमा व्यवहारिक रूपमा अपनाउने सामर्थ्य निर्माण गर्न सक्नु पर्छ ।

माओवादीहरू आफ्नो पार्टीले उचित मानेर पार्टी हितमा लिने हरेक निर्णयहरू ‘जनता’को बनाएर प्रस्तुत गर्ने काममा माहीर छन् । उनीहरूको पार्टीले गरेको निर्णयहरू बिरुद्द जब कुनै आवाज उठ्छ वा अदालतले त्यस खालको निर्णय दिने गरेको देखियो, उनीहरूले भन्ने गरेको पाइएको छ ‘ जनताले यो कुरालाई कदापि स्वीकार गर्ने छैनन्’ आदि । पछिल्लो समयमा जब उनीहरूको पार्टीले सर्वोच्च अदालतको एउटा निर्णय बिरूद्द सडक प्रदर्शनीको एउटा नौटंकीको प्रायोजन गर्योर , उसले बतायो ‘ यो त जनताको स्वतस्फूर्त बिरोध हो’ । माओवादीका अक्सर दावाहरूको औचित्यलाई नजिकबाट हेर्दा यस्तै वच्कनापन र हास्यास्पद विशेषताहरूको पुलिन्दाको रूपमा भेट्टाइने गरेको छ । त्यसैले नेपाली सेनाका प्रधानसेनापति हटाउने भन्ने माओवादी पार्टीको निर्णयलाई समेत नागरिक सर्वोच्चताको जामाले सिंगार्ने प्रयत्नकासाथ कथा कथ्ने काम भएको छ र भनिँदै छ ‘ नागरिक सर्वोच्चताका नाममा सरकारको निर्णय नमान्ने सेनापतिलाई हटाउन पर्छ’ । तर के माओवादी पार्टी स्वयं, उसका भ्रातृ संगठनहरू , छापामार र वाइसिएलसहितले नागरिक सर्वोच्चताका नाममा कुन किसिमको आधार निर्माण गर्न सहयोग गरे ? हो कटुवालले सरकारको निर्णय मान्नु पर्छ , तर पहिला सरकार नागरिक सरकार बन्न सक्नु पर्छ कि पर्दैन ? यो अहम् प्रश्न हो । हिजो ‘त्यो कटुवाल को हो’ भनेर कुर्लने नेता प्रचण्ड मुलुकको प्रधानमन्त्री भैसके पछि आफ्नो मातहतको मुलुकको सेनालाई विश्वासमा लिन अनि त्यो विश्वासलाई नागरिक सर्वोच्चताका लागि प्रयोग गर्न कुन र के प्रयत्न गरे हामीले किन थाहा पाउन सकेनौँ ? आजको यो असहज परिस्थितिको निर्माणमा उनको योगदान कति छ र यसका लागि उनी स्वयं र सेना र सेनापतिसंग सँधै दूरीमा रहेर अनाप सनाप बोल्न मन पराउने रक्षामन्त्रीले पनि नागरिक सर्वोच्चताका नाममा जनतालाई स्पष्टीकरण दिने हो कि ?

अन्तमा , राष्ट्रपतिले अहिलेको संवेदनशिल माहौलमा सेना समायोजन नहुँदासम्म सेनापतिलाई नचलाउन प्रधानमन्त्रीलाई लेखेको पत्रका बारेमा माओवादी सचिवालयले बिरोध दर्शाएको सुनियो तर , यही मामिलामा भारतीय राजदूतले प्रधानमन्त्रीलाई पटकौँसम्म भेटी ज्वरो आउने गरी हकारेको कुरामा भने सचिवालय चूईँ नबोलेको देख्दा , हाम्रो राष्ट्रवादी दावामा मलाई रून मन लाग्यो ! कठै, मेरो महान नेपाल र यसका क्रान्तिकारी हामी नेपाली !



April 20, 2009

हिड्दै छ पाईला मेट्दै छ

बिजय हाल ईराक
सर्वहारा वर्गको नेतृत्व गर्न क्रान्तिको मैदानमा उत्रीएका नयाँ नेपालका नयाँ अनुहारहरुलाई अहिले आएर जो, हिजो बोलेका भाषाहरु र जनता सामु गरेका बाचाहरु तुईएर अझै पनि भन्ने गर्दछन हामी त क्रान्तिका हिमायातीहरु हौ भनेर अझै पनि भन्ने गर्दैछ परि आएको खण्डमा बन्दुकको नाललाई आफनो प्राईबेट गोजीको पैसा जस्तै गरेर जतिखेर मन लाग्यो त्यतीखेर प्रयोग गर्न सक्ने क्षमता छ हामीसँग भनेर गहकिला भाषणसम्म पछि परेका छैनन् । नयाँ अनुहार रुपी अबसरबादिको सँज्ञा दिन फरक नपर्ने उदाहरणहरु ति नेता भनाउँदाहरुले हरेक क्षेत्रबाट प्रमाणित गर्दै आएका छन् । अनि नेपाली जनताले कसरि नयाँ र सर्बहाराको नेतृत्व गर्ने पार्टि हो भनेर विश्वासको जग बसाल्ने त । गल्ती गर्दै जाने अनि माफि माग्दै जाने त्यस्ता काम त ति पहिलाका देशका शासकहरुले पनि नगरेका त थिएनन् । जे पहिलाकाले गरेका थिए अहिले पनि के कुराको नयाँ प्रर्दुभाव गर्न सकेका छन् ।

देशको मेरुदण्ड भनेको प्रधानमन्त्री हो । मेरुदण्ड जस्तो व्याक्तिले त लाचारी भएर म आफै कमजोरी छु भनेर प्रयाश्चीत गर्न थाले पछि अरु नेता भनाउदाहरुले के नै गर्न र बोल्न बाँकि राख्दछन् । समझदारी र बुदा गत रुपमा देशको ढुकुटीलाई आफनो बाहुपासमा पार्न बागचालको गोटि चाल्न माहिरहरु नयाँ नेपालमा कहिले ३ बुदे त कहिले ९ बुदे र कहिले १२ बुदे सहमतिको सुर्य परावर्तन पारदर्शिताको परिसुचक भएर आफनो भत्ता र सेवा सुबिदाको उपभोग गर्न पल्केका नयाँ नेपालका नयाँ हस्तिहरु अहिले आएर हामीले केहि गर्न सकेका छैनौ र हालको बजेट र कार्य योजना हामीले तय गरेको होईन भन्न समेत पछि पर्न लागेका छैनन् ।

राजनितीमा उतार चढाब भन्ने कुरा हुन अत्यन्त जरुरी छ । तर हाम्रो नयाँ नेपालमा त मुखले राम राम बगलीमा छुरा भन्ने उखानलाई आफनो मागी र ठगि खाने साधनको रुपमा परिणत गर्न तिर लागेर सर्बसाधारण निमुखा जनतालाई बलिको बोका बनाउन खप्पिस भएका छन् नयाँ सोच नयाँ बिचार र नयाँ नेपालको चित्र रेखा बोकेर आएका देश चालकहरुको बिलासबादि नयाँ रणनितीलाई देख्न पाईएका छौ । सडक र सदनमा भन्ने गर्नु हुन्छ हाम्रो एजेण्डा भनेको नयाँ परिवर्तनको जग हालेर हरेक कुराको नयाँ अनुभुती दिन हाम्रो सोच हो अरु कसैसँग छैन नयाँ सोच नयाँ कार्य तालिका भनेर ति जनताको पसिनाले हात्ति पाईला जस्तो रोगले छोएको शरिर देखाएर बिना माईकको सहारामा सडक र सदन थर्काएर भुईचालो गएको कम्पन ल्याउन माहिर ति नयाँ अनुहारहरु गल्ति गर्दै जाने अनि जानेको थिएन अनुभव थिएन र हामीलाइ कसैले सहयोग गरेन भनेर शरण लिएर लाचारी भएर पोशाकको प्रर्दशन गर्न जनता सामु मोडलीङ्गको भुमीका निभाउन समेत पछि परेका छैनन् ।

हिड्दै छ पाईला मेट्दै छ; भन्ने उखान सावित भएको छ ति क्रान्तिकारीको अगाडि आफुले लगाएको पोशाकको पनि अलि कति पनि मान्यता पाउने गरेर लगाउदैन भने के पोशाक लगाएर अरुको अगाडि ठाटिएर हिड्नु । के यो कुरालाई कहिले बिचार गरेको छ त । हिजो जंगली जिवन बिताउदा गरेका र बोलेका सबै कुराहरु केवल साधारण जनतालाई मात्र लाग्ने हो । गाउँघरमा जुवाँ तास र जाँड र_िक्स बनायो भनेर कडा बिरोध गरेर ति जाड रक्सि बनाउनेको घर घरमा गएर भएका भाडा कुडाहरु फुटाउने र जलाउने अनि कडा भन्दा कडा सजाय दिन नचुकेका र तास खेल्यो भनेर तास च्याति दिने र त्यहि तास खेल्ने मानिसलाई तरकारि वनाएर खुवाएको स्मरणहरु आज आएर यति छिटै कसरि भुल्न बाध्य भयो होला । तास जुवाँ खेल्यो भनेर खेल्नेको हातका औलासम्म काट्न पछि परेका थिएन । के त्यो सत्ता पाउनलाई गरेको नाटक मात्र हो कि जनता तसा्रउन गरेका नाटकिय खेल हो । ति कार्य गर्दा सजाय दिनु पर्छ भनेर डाडाँ काडा नै थर्किने गरि भाषण गर्ने व्याक्ति आज क्रान्तिकारि पार्टिको माओवादी टे्र्रड युनियनका अध्यक्ष श्रीमान सालीकराम जमकटेल जी जो सर्वहारा वर्गको नेतृत्वमा अडिक भएर लाग्नु भएको छ र उहाँको नेतृत्वमा कयौ मान्छेलाई तास जुवाँ र जाड रक्सिको कुरालाई लिएर नसिहत दियो होला त्यो कुरा त उहाँलाई नै थाहा होला अबगत गराई रहनु नर्पला ।

हो उहाँको त्यति बेलाको सोचाई र बिचारलाई सहि हो भनेर सारा जनता उहाँको पछाडि लागेर आज ट्रेड युनियन जस्तो गरिमामय पदको अध्यक्षमा समेत पुर्‍याई दिएका छन त्यो कसले त । हिजोका दिनमा तास जुवाँ र जाड रक्सि खानु र खेल्नु भनेको एउटा सभ्य नागरिकले सभ्य समाजलाई असभ्यताको परिचय दिनु हो भनेर भुकम्पको कम्पन उत्पति गराउने गरि चिच्याउने नेताले आज आएर आफनो श्रीमतिलाई नेपालको सभ्य र शिक्षित व्यक्तिको नाताले हो या जानेर हो या नजानेर हो क्यासिनो जस्तो ठाँउमा आफनो परिवारलाई नगदको भण्डार शाखामा हाजिरि दिनु भनेको कत्तिसम्म समानुपातिक र नयाँ नेपालको नयाँ सृजना हो भन्ने हामीले कसरि बुझनु पर्ने हुन्छ । के आज त्यो ठाँउ असभ्य भएन होला । अझै पनि ताजा होला सायद अध्यक्ष ज्यूको ति दिनमा गाउँ गाउँमा गाउलेको अगाडि तास च्याति दिदा आफनो ति कोमल हातका औलाहरुमा भएको दुखाई यति छिटै त भुल्नु नपर्ने हो । उहाँ सधै भरि भन्ने गर्नु हुन्छ हामी भनेको नयाँ क्रान्तिको खाका बोकेर आएका नयाँ ज्वाजल्यमान तारा हौ भनेर के उहाँको अठोट त्यहि हो त आफैले थुकेको र लात हानेको ठाउँलाई सुगन्धित र बिदेसि सोम रसले भरिएको पाटोलाई आफनो सन्तानको कर्म थलोको रुपमा रुपान्तरीत गराउनु भएको कतिसम्म सार्थिक र तार्किक जिवन यापनको मध्य मार्गिको सहकार्य हो त ।

त्यसैले हालका नयाँ सोच नयाँ बिचार लिएर देश निमार्णमा नयाँ उर्जा दिने हस्तिहरुको हविगतलाई हेर्दा नेपाली जनताले फेरि पनि निरास हुने अवश्था आएको छ जस्तो लाग्दछ । अनि हामीले उहाँको सिहको जस्तो गर्जावटलाई हामीले सत्य र पारदर्शि हो भनेर पछि लाग्नु कि हिड्दै छ पाईला मेट्दै छ भनेर भुली दिने त यो त हामी नेपाली जनतालाई बाइ पंखि घोडाको कथा सुनाएको जस्तो हुन गएको होईन त । कि उहाँले भन्दै आउनु भएको छ हामीले नयाँ प्रजातन्त्रको रेखाङकन बोकेर आएका छौ हामी कसैले सृजना गरेको प्रजातन्त्रको पछि लागेर हिड्ने व्याक्तित्व होईन भनेर पनि बारम्बार सडक ताताउन पछि पर्नु भएको छैन के उहाँको नयाँ सोच र ताजा बिचारहरुको भण्डारबाट निस्किएको नयाँपनको खाका मान्नु पर्ने हो कि जुन कुराको जरै देखि उखालेर सन्सारबाटै पार लगाउनु पर्छ भनेर अरुलाई ज्ञान ज्ञुनका कुरा सिकाउने र आफु भने त्यही कुराको बिलासिता उपभोग गर्ने कहाँको यो नयाँ प्रार्दुभाव हो त । नयाँ परिवर्तनमा देश बहाक नेता भनाउदाहरुको मात्र बोल वाला हुने हो त के अरु पनि पर्टिका कार्य कत्र्ता थिएन होला । श्रीमान मन्त्री भयो भने श्रीमतिलाई पनि मन्त्री बनाउने र श्रीमान कुनै पनि सध सस्थ्ााको अध्यक्ष भयो भने उसैको श्रीमति राम्रो ठाउँमा राख्नु पर्ने के यहि हो त नयाँ नेपालमा भएको परिवर्तन । यस्तो काम त पहिला पनि नभएको होईन यो कस्तो खालको क्रम भङ्गको नयाँ पाटो सृजना हुन थाल्यो । जे होस नयाँ नेपालमा नेता भनाउदाहरुलाई आएको छ पुर्णरुपमा परिवर्तन भन्ने पाठ यो क्यासिनोको कहि अंशले पनि दिलाई दिएको छ ।



April 17, 2009

कामरेड प्रचण्ड!, तपाईले चाहिँ के गर्ने त ?

राजतन्त्र नै नेपालको प्रगतिको एकमात्र तगारो भएको र सो को अन्त हुनासाथ राष्ट्रले विकासपथमा फड्को मार्ने र १० बर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गरी देश झीलिमिलि पारी विदेशमा समेत बिजुलि निर्यात गर्ने उदघोषकासाथ सत्ता प्रवेष गरेको माओबादी सरकार र यसका नेतृत्व के कस्ता प्रगती र विकासका कार्यमा व्यस्त छन मैले लेखिरहनु आवश्यक नै छैन ।

स्थिति र परिस्थिति जे जस्तो रहेपनि र सामजिक, राजनैतीक र आर्थीक पक्षको कुनै लेखाजोखा र अध्ययन नै नगरी हावादारी चमत्कारका कुरा गरेर 'त्रिशुल बाबा' को उपनाम समेतले विभूषित भएका प्रधानमन्त्री हालका केहि दिनमा भने यथार्थवादी हुँदै गरको अनुभव गरेको थीएँ मैले।

गिरिजा कोईरालाले सधैं 'फू' गर्दा सरकार ढल्छ भने झैं, हल्का पाराले 'हामि आएपछि देश त्यसै बन्छ" भन्ने वचकना सोचका साथ सत्ता प्रवेश गरेका माओबादी कामरेडहरुले शुरुमा त सरकारमा आएपछि पनि दिवा स्वप्न देखाउन छाडेनन् (त्यो सपना उनिहरु आफैं देख्दै थीए कि जनतालाई मात्रै देखाउँदै थिए भन्ने चाहि स्वप्नदर्शीलाई नै थाहा होला) ।

कामरेडहरुको स्वप्न भंग भएको र 'उँट पहाड नजिक आएको' कुरा त्यति बेला छर्लङ्ग भयो जब हाम्रा क्रान्तिकारी प्रमले नाटकीय सुधार सम्भव रहेनछ भनेर माग १२ गते सम्बोधन गरे । देशको धरातलिय स्थितिको अध्ययन विना हावा गफ र संबिधान सभाको चुनावमा समेत अनगिन्ति सपना बाँडेर हिडेका राष्ट्रका दिग्गजका ति कुरा तिनका पहिलाका चम्तकारीक विकासका कुरा भन्दा ठ्याक्कै विपरीत भएपनि मैले भने त्यसलाई सकारात्मक रुपमा लिऐको थिएँ – कमसेकम ढिलै भएपनि कामरेडलाई नेपालको यथार्थताको बारेमा त ज्ञान त भएछ भनेर-- ।

सूदुर जंगलको चौतारीमा बसेर उदण्ड कार्यकर्ताको अगाडी विना कुनै जानकारी 'पुरानो सत्ता' बेकम्मा भएको भनेर सराप्न र गफैको भरमा देशलाई माथि उठाउन जति सजिलो थियो, सहर पसेर 'नया सत्ता' को रुपमा आफ्नै हातमा डाडु पन्यौ आएपछि त्यो गरेर देखाउन त्यत्तीनै गाह्रो मात्रै हैन असम्भव पनि रहेछ भन्ने जानकारी भएपछि कामरेड आफैले पनि माघ १२ को सम्बोधनमा सो कुरा उल्लेख गरे :- '...सराप्न र दोष दिनका लागि अब ती छैनन्...'

ढिलै भएपनि स्वप्नलोक बाट यथार्थको दुनीयाँमा आउनु सकारात्मक कुरा थियो । मैले सोचें, माओबादीले पनि अब देशको धरातलिय यथार्थलाई बुझेछन्, अब भने कमसेकम नाटकिय सुधार र चमत्कारका गफ हुने छैनन् ।

केहि दिन अगाडी हम्रा प्रमको फेरी अर्को बक्तव्य आयो। यसले भने मलाई झस्कायो!, नयाँ बर्षको दोस्रो दिनमा प्रमले भने: “मैले हैन, चमत्कार जनताले गर्ने हो आफुलाई जिम्मेबारिबाट पुरै पन्छाएर उनले यती सम्म भने कि: " मानिस प्रचण्डले चमत्कार गर्ने भन्ठान्दा रै´छन्, चमत्कार जनताले गर्ने हो।" ।त्यसो त, नामकोलागि मात्रै जनाताको नाम लिने र आफ्ना अभिष्ट सिद्ध गर्ने सबै कार्य-कूकार्य लाई 'जन' भुषण भिराएर कार्य फत्ते गर्ने माओबादीका पुरानै शैली हुन । यस हिसाबमा जनतालाई आफ्नो दायीत्वबोध हुनु राम्रै कुरा हो, तर कामरेड!, सबै काम जनताले नै गर्ने हो भने तपाईले चाहि के गर्ने त ?



April 15, 2009

खोइ त परिबर्तन ?

बिजयकुमार श्रेष्ठ
हाल ईराकबाट
जननी जन्म भुमी भन्ने शब्दलाई मध्य नजर राखेर हेर्दा साच्चै नै हो भन्ने उक्तीको कारक तत्व सिद्ध हुने गर्दछ । स्त्री जाती भनेको भुमी सरह हो किन कि उसले हरेक प्रणीको चाल बाजीहरुलाई निरुपण गर्न जान्नु पर्ने हुन्छ किन की सन्सारीक यात्रामा प्राणीहरुको रुपानतरण गर्नमा ठुलो भुमीका बोकेको हुन्छ जति पुरुषले बाकेको हुन्छ ।जब सन्सारको जुन सुकै प्राणीलाई पनि पहिलो पाठशाला भनेको आमाको काख हुन्छ । उसको दैविय शक्ति केन्द्रको रुपमा आफनो आमाको न्यानो काख हुन्छ । आफनो अधिकारको खोजि त्यहि न्यानो काखबाट सुरु हुन्छ पछि गएर आफनो भाग्य निर्माण गर्ने चारित्रिक स्वाभावहरुमा आफनो जिवन रेखा कोरिएका हुन्छ । सान्सारिक यात्रि भएर पृथ्वीमा आए पछि मात्र दुई रुपमा परिणत हुन्छ त्यो पुरुष र महिला अपबादको रुपमा हाम्रो समाजमा तेस्रो रुप पनि देखा पर्न थालेको छ । परा पुर्वककाल देखी नै चली आएको कुरा हो महिला भन्दा पुरुषको बोल वाला बढि नै भएको कुरालाई हामी कसैले पनि नकार्न सक्दैनौ । सामान्ति शासनको दमनको बिरोधिबाट असैय भएर महिला निस्कन थाले कयौ परिस्थीतिहरु पार गर्दै आफनो हक प्रदको रक्षा गर्नसम्म सफल हुन पुगे केहि बिकसित मुलुकका महिलाहरु र आफुहरुलाई पुरुष सरहको समान हक अधिकार उपभोग गर्न सफल हुन पुगे । तर पनि विश्वको महिला वर्ग समान छ भनेर भन्न मिल्ने वालामा छैन । समय र परिस्थीतिलाई मध्य नजर राखेर मलाई यो कुराको कौतुहलता जागेर आयो । हाम्रा देशका महिलाहरुले पनि महिला स्वातन्त्रताको लडाई त नलडेका त होईनन । नेपाल एक कृषि प्रधान देश हो । देशको ९० प्रतिशत जनता कृषि पेशामा आधारित छन । आफनो न्युनतम भन्दा न्युनतम आधारभुत आवश्यकताहरु कृषिबाट नै समाधान गर्ने गर्दछन् । शिक्षा क्षेत्रमा देखाईएका स्वातन्त्रता ति हाम्रा महिला वर्गका सम्पुर्ण सहपाठिहरुले उपभोग गर्न पाएका छन् त नारी स्वातन्त्रताको हावा कहाँसम्म र कति सम्म चलेको छ भनेर कोहि कसैले व्याहारिक रुपमा बुझने गरेको प्रमाणहरु हामीले कहिले पत्र पत्रिकामा पढ्न पाएका छौ त । शासित र सासक वर्गको खेलमा परि पिल्सीएका हाम्रा नेपाली समाजहरु लामो सँघर्ष र बलिदान पश्चात केहि परिवर्तनको परिभेषहरु देख्न पाएका छौ । सधै भरि सबैले भन्ने गर्थे नारी स्वातन्त्रताको बारेमा । नेपालमा कुन सासकको पाटो फेरिएन त अबको स्थितीमा भन्नु पर्दा ६ प्रधान देखि लिएर श्री ३ श्री ५ सम्मको शासन नेपाली जनताले राम्रोसँग अनुभुति गरी सकेका छन । त्यसको बाबजुत शासकिय शासनलाई गलहत्ति लगाएर निरिह जिवन जिएर बस्नु पर्ने परिस्थिती समेत पार्न पछि परेनन् नेपाली जनता । परिवर्तित समयलाई मध्य नजर राख्दै केहि लेख्न जुर्मुरायो मेरो हातहरु त्यसैले यो मनका तरेलीहरु पोखी रहेको छु ।
हिजोका शासक वर्गले जे गरे जुन काम गरेका थिए त्यस कामको बारेमा असईय भएर हक अधिकारको लडाईमा आफुलाई समाधिस्तमा समेत समाप्त पार्न पछि नहटेका नेपाली जनताले सबै खाले वकालत गर्न जानी सकेका छन् । नारीको कुरा गर्दा विश्व विख्थातमा समेत नाम दाम कमाउन सफल भएका पनि छन हाम्रो मुलुकमा नारी । समान अधिकारको लडाई लडि रहेका सयौ नारीहरु आजसम्म पनि आफनो लक्ष्य पुरा भएको गुनासाहरुको पोका फुकाउन सकेका छैनन् । हिजो जे भोग्दै आएका थिए आज पनि त्यहि कुरा भोग्नु पर्दा कसलाई असईय हुदैन होला । नारी उत्थानको विषयलाई लिएर ठुला ठुला भाषणका खेति गर्नेहरुको अझै पनि कमि नभएका महसुस जनताले पाएका छैन । तपाई हामीले सुन्ने गरेका छौ होला नी त आफनो गाउँ घरमा बो_िक्सको आरोप लगाएर नराम्रो पशु सरहको नसिहतको जवरजस्ति बाध्य भएर अपराध कबुल गर्न परेका भयानक घटनाहरु हाल पनि तपाई हाम्रो कानमा गुन्जिन छाडेको छैन । दाईजोको बारेमा घर निकाला गरि बेघरबारको परिस्थिती भोग्नु परेका असामयिक घटना र आफनाले आफनालाई विसर्िएर लहै लहैमा लागेर गाउ समाजमा तानाशाहि प्रबृद्धिको हैकम बादि सोच लिएर राज गर्न पल्केकाहरुलाई कस्ाले पो के नै गर्न सक्छ र देशमा सत्ता त पल्टियो तर खोल ओडेको शासकको हातमा पर्न गयो शासनभार जस्तो लाग्न थालेको छ शासनको कार्यभार पद्धतीलाई हेर्दा त भन्ने गर्छन हामी त नयाँ नेपालको चित्र रेखा बोकेर आएको र सामन्तिहरुको नास गर्न आएका हौ भनेर भाषणका खेति गर्दैछन् । देशको वागढोर समालेकाहरु जनता सामु त्रासको खेति गर्न तिर लागेका छन कुसर्िमोहको फन्दामा फसेर । एकले अर्कालाई जुदाएर अरुको जुदाईमा रमाउन जानेकाहरु शान्ति भन्ने कुराको खेति गर्न किन अघि सर्थे । हामी कानुन बनाउछौ अपराधिलाई सजाय गछौ भनि प्रति बद्धता गरि हिड्ने र आफुले गरेका प्रतिबद्धता आफै भङ्ग गरि हिड्ने के यहि हो नयाँ नेपालको नयाँ सृजना । नारीको विषयमा केही चर्का नारा दिएर हिड्ने केहि पद पाएका नारी भनाउदाहरु बाटनै नारी प्रतीको अवहेलनाहरु बड्न गईरहेको घटनाहरु हाम्रो वरिपरि नै घुमी रहेको छ । गल्ती गर्नेलाई कार्बाही गर्छौ भन्ने तर खोई कहाँ कसलाई कार्बाही भएको छ त । अपराध गर्ने व्यक्ति अपराधि नै हो न कि त्यस्ता व्यक्ति जुन सुकै पार्टिको किन नहोस । दिन दुखि र असहायहरुले बाच्न पाउने कानुन यो नेपालमा छैन । प्रति बद्धताको नाम लिएर शोषण गर्ने प्रबृद्धि बढि रहेको छ । नाताबादको चर्का बिरोध गर्नेहरु आज आएर आफना साखा सन्तानलाई आफलेु चाहेको कुनै पनि व्यक्तिलाई कुनै पनि पदमा बिना प्रमाण पत्रको आधारमा बहाल गर्दा के त्यो समान हुन गयो त । सर्वसधारण जनतालाई कुनै पनि काम गर्नु अघि अनुभवको प्रमाण पत्र देखाउनु पर्ने रे ति नेता भनाउदाका साखा सन्तानलाई भने नचाहिने । नारी उत्थान गर्छु भनेर घाटि सुक्ने गरि भाषण गर्छ ।उसको अगाडि नारीहरुलाई दाईजोको विषयलाई लिएर हाल सालै पनि कयौ नारीले अकालमा ज्यान गुमाउन परेका छन् के त्यहि हो त न्याय दिलाएका नारी लाई । सम्पतिमा समान हक अधिकारको सृर्जना गराई दिने भनेर भुलाउने काम गरि रहन्छ । फेरि भन्ने गर्दछ प्रति क्रान्तिकारिहरु मिलेर देशमा फेरि अशान्ति फैलाउन लाग्यो भनेर भाषण ठोक्न पछि परेका छैनन् । यो कसको कमजोरी हो त अनि के यसलाई सफल नयाँ नेपालको सफल शासक भनेर सलाम ठोक्ने भन्दा अरु त जनतासँग के नै छ र । जति बेला पनि बन्दुकको खेल खेल्ने आश्वासन दिन जानेका कहिले सोचेका छन नभरेको बन्दुक पनि अति भयो भने आप्से आप बिस्पोट हुन्छ भन्ने कुरा त अबगत नै होला । देशमा जटिल परिस्थीति आएको बेलामा बैदेशिक भ्रमणको अबसर लिने सहकार्य र सहमति गर्नु पर्छ भनि हिड्ने अनि आफै भङ्ग गर्दै हिड्ने । देश चलाउने जिम्मा लिएको पार्टिलाई किन हरेक तरफबाट असमर्थन आउन थाल्यो भनेर कहिले सोचेर बोल्ने र काम गर्ने गरेका छन त जहिले पनि कागले कान लानु त कहाँ हो कहाँ कानै नछामिकन पछि कुद्ने बानि छाडेर देशको लागी जनताले दिएको जिम्मा पुरा गर्न तिर लाग्ने काम तिर लाग्नु पर् यो । नत्र फेरि आफुले दिएको अभिव्याक्ति आफै माथि लागु होला नी र ज्ञानेन्द्रको पथ प्रदसक बन्नु पर्ला भन्ने कुराको सोच राखेर नयाँ नेपालको सृर्जना तिर कम्मर कसेर लाग्नु पर्ने छ भनि भन्दछु । दलित र हलिया कमैयाँलाई छुटकारा दिलाई दियो तर के दिए त ।sुनै पनि आर्थिक स्रोतको बाटाहरु देखाई दिए त । त्यो सरकारबाट हुन नसकेको कारणले गर्दा ति हलियाँहरुले फेरि पनि त्यहि प्रथालाई निरन्तरता दिनलाई आफनो साहुलाई गुहारेको कता कति हामीले पढ्न पाएका छौ त्यो किन भएको हो त ।
ति शोषित पिडित नारीहरुको मुल्य चुकाउन तिर नारी उत्थानको लागी बलियो कानुनको आधारशिला खडा गराउन तिर लाग्नु पर् यो । सक्ला अक्षर फुटाउन नसक्ने नारीहरुलाई नारी र पुरुषको समान दर्जा दिएर शोषण गर्ने प्रबृद्धिलाई त्याग्नु पर् यो । गाउँ गाउँ खोला किनारा देखि जनचेतनाको आवाज उठाई जागरुक पार्नु पर् यो अनि मात्र नारी पुरुष समान हैसियतको हुने छ । अनि मात्र नेपाली नारीले हामी शिक्षित वर्गको एक रथका दुई पाङ्ग्रा हो भनेर आङ फुलाउने पुर्ण रुपमा अधिकार पाउने छन् । त्यसको लागि एक जुट भएर लाग्नु पर् यो । १० जनामा २ जना बाठो टाठो भएर समान हो भन्नु मुर्खता हुन जान्छ । सकभर यो नयाँ शासकले पनि तपाई हामीलाई कठपुतली बनाउन कुनै कसुर बाकि त राखेको छैन नी त जनजाती र दलित भनेर चर्का नारा लगाउनेहरु के ति जातीहरुलाई सजिलो र समान तरिकाले अबसर दिएका छन् त । आफनो गुमेको अधिकार हराउन लागेको भएर पछिल्लो पटकको दबाबले गर्दा त हो केहि हदसम्म मुखमा सुपारि हालिदिएको । नत्र सरकार गठन कहिले सकिएको हो र कति भयो अहिले आएर मात्र मन्त्रि मण्डलमा सहभागिता गराई दियो । यो कुरा तपाई हामीले सजिलैसँग बुझन सक्ने कुरा हो । त्यसैले काम गर्ने भन्ने ढेडु जस पाउने हनुमान भने जस्तै अहिले देश चालक शासकको पनि बाहिरि लगाउने भेष मात्र हो फेरिएको कुनै पनि हर्कतहरु फेरिएको पाईएको छैन ।
केही उदाहरणहरु
क निजामति कर्मचारीमा भएको सरुवा र बढुवा जो हिजोका शासकले गदेर्थे अहिले त्यहि नै दोहोर् याएका छन । केवल व्यक्ति फरक मात्र हो ।
ख ठेक्का पट्टा लेनदेन हिजो पनि जो सरकारमा हुन्थ्यो यो उसैको मात्र पेवाँ हुने गरेको थियो आज पनि त्यहि भएको छ ।
ग मन्त्रालयको सचिव र सल्लाहकार राख्ने प्रकृयामा त झन योग्यता के हो कुनै प्रभाह हुन छाड्यो । जो पहिलाको भन्दा पनि नाजुक परिस्थीति बनायो ।
घ बैदेसिक भ्रमण दलमा आफनो साखा सन्तानलाई प्रथम प्राथमिकता दिने पहिला पनि थियो र अहिले पनि छदै छ ।
ङ पहिला देशको प्रधानमन्त्रीले बेदेशिक भ्रमणमा देशको राष्ट्रिय पोशाक लगाउथ्यो भने अहिले यूरोपियन टाई सुटमा ठाटिनु हुन्छ र पहिला दौरा र सुरुवालमा ठाटिन्थ्यो ।
च पहिला लडाई झगडा हुदा हात हाला हाल गरिनथ्यो भने अहिले बम र बारुदको प्रयोग गरिन्छ ।
छ पहिला पनि आफनु मातहतमा भएको मन्त्रालय र विभागमा आफना आसे पासे राख्दथ्यो भने अहिले पनि केहि फरक छैन ।
ज पहिला भारतिय नागरिकता भएका नागरिकले नेपालको सरकारी पदमा हक जमाउन पाउने थिएन भने अहिले त्यस्तो नागरिकले सरकारि कार्यलय र मन्त्रालयसम्म चलाउन पाउने भयो ।
झ पहिला हडताल बन्द हुने कुरा कमै हुन्थ्यो भने अहिले बर्षमा १० महिना जति हडताल बन्द हुन्छ । अपहरण भनेको के हो भन्ने हुन्थ्यो पहिला अहिले सानो तिनो लेनदेनको कुरा नमिल्दामा पनि अपहरणको शिकार हुनु परेको छ ।
पहिला नेपाली जनता नरहे देश रहन्न भन्ने पिर हुन्थ्यो भने अहिले नेपाली जनता नरहे पार्टि रहदैन भन्ने भान हुन थाली सक्यो । पहिला आफनो मर्जि अनुसार हुन्थ्यो चन्दा दिने काम अहिले जवरजस्ति भएको छ ।
ट पहिला देशको कानुन र आपतकालीन अबस्थामा सर्बदलिय बैठकबाट समस्याको समाधान गरिन्थ्यो भने अहिले एक पक्षिय निर्णय हुन थालेको छ । सरकार मिलि जुली भए पनि ।
हामीलाई नयाँ नेपालले दिएको आर्थिकभौतिक सामाजिकराजनितीक परिवर्तन त्यसैले हामीले पाएका नौला अनुभुती यस्ता छन नयाँ नेपालको सामान्य परिवर्तन भनेका कुराहरु अनि तपाई हामीले पाएका नयाँ नेपालको सुख सुविधा यिनै हुन ।


April 9, 2009

चरम अस्पष्टता र अराजकता बीच नेपाली राजनीति

संविधानसभा निर्वाचनको १ वर्ष पुग्न लाग्दा , नेपाली राजनीतिमा विस्तार बन्दै गएको अस्पष्ताले नेपालीहरूको मन अरू दु:खी बनाएको छ । सत्ताको नेतृत्वकर्ता दल माओवादीले सरकारमाथिको चढावलाई जनवादी गणतन्त्र तर्फ बढ्ने रणनीति ठान्ने र सरकार कै अरू घटकहरू र प्रतिपक्षमा रहेका दलहरूले माओवादीको संभावित भावी दिशा तर्फको तयारीमा उठाएको संशय बीचको अविश्सिलो दाउपेचमा नेपाली राजनीतिको वर्तमान र भविष्य अस्पष्ट कैदी बनेको छ भन्नु अन्यथा हुँदैन । यस बीच बिभिन्न दलहरूको दावालाई ख्याल गर्ने हो भने सबैका चिन्ताहरू 'जनता' कै लागि हुन रे तर यो अमूर्त जनताको समूहमा राजनीति निरपेक्ष शान्ति, समुन्ति लोकतान्त्रिक नेपालको सोच राख्ने 'साँचो जनता' केवल मर्माहत बन्दै गैरहेको छ ।

संविधानसभाको निर्वाचनले वैध रूपमा माओवादीलाई मूल प्रवाहको राजनीतिमा स्थापित गराउनेछ भन्ने जनताको चाहना थियो । त्यो भन्दा अगाडि बढेर माओवादी निर्वाचनमा सबैभन्दा ठूलो दलको रूपमा स्थापित पनि हुन पुग्यो तर उसले पनि सत्ताको एकल हकदार हुने मौका पाएन । जनताले ठाने , कांग्रेस एमाले जस्ता संसदवादी दलहरूलाई कम मत दिँदै सजाय दिए पनि कांग्रेस, एमाले र माओवादी नमिले अहिलेको नेपालको राजनीति निष्कर्षमा पुग्ने छैन है भन्ने सन्देश दिएको रूपमा विज्ञहरूले बुझे । हुन पनि यो सोच सही थियो । अझ जनताको नया संविधान लेख्ने कुरामा दलहरू नमिली नहुने व्यवस्था अन्तरिम संविधानले गरेको हुँदा , मुख्यदलहरूले एकार्कासंग केही कदम अगाडि बढेर सम्बन्ध बनाउने कोशिस गर्नु पर्थ्यो । तर यी कुराका बारेमा दलहरू या त बेखबर छन् अथवा हरेक ठाउँमा आफ्नो दलको सिक्का जमाउने ध्याउन्नमा उनीहरूले वृहद र दिगो शान्तिका लागि इमान्दार प्रयत्न गर्ने सोच नै राख्दैनन् ।

कांग्रेस संसदवादी लोकतन्त्रलाई माओवादीले खाने भए भन्ने सोचमा चिन्तित छ । ऊ यथास्थतितिवादी राजनीतिको बन्धक बनेको देखिन्छ र गिरिजा प्रसाद कोईरालाको बूढो र परिवर्तित हुन नजान्ने राजनितिक निर्णयहीनताको बन्दी बनेको छ । अबको नेपाल कस्तो हुने भन्ने सम्बन्धमा उसले पनि राजनैतिक नक्सा र विचारको खाका पस्किन सकेको छैन । उसको चिन्ता विश्वमान्य लोकतन्त्र र मानवअधिकारका मान्यताहरूलाई अंगालेर नया संविधान लेखिनुपर्छ र त्यति भए पुग्छ भन्नेमा केन्द्रित छ । ऊ माओवादीले न्यायलय, सेना र कर्मचारी तन्त्रमाथि नांगो हस्तक्षेप गरेर नेपाली राजनितिलाई आफ्नो पक्षमा 'हाइज्याक ' गर्न चाहन्छ भन्ने छ । यो विचार माओवादी इतरका कम्युनिष्ट र गैर कम्युनिष्ट दुवै दलहरूमा धेर थोर मात्रामा भए पनि उदार बहुलवादी लोकतन्त्रको पक्षमा विचारत: उभिने दलको नाताले कांग्रेसले बहन गरेको देखिन्छ । कांग्रेसको माओवादीसंगको व्यवहार मूलत: विचारधारात्मक हो जसलाई माओवादीहरू वर्गीय हो भनेर समेत भन्ने गर्छन् ।

एमाले सबैभन्दा ठूलो जनाधार भएको कम्युनिष्ट पार्टी भएको हुनाले माओवादीले आँफूले पहिलो निर्वाचमा आर्जन गरेको मतका आधारमा मात्र त्यसलाई विस्थापित गर्न सकिन्न भन्ने कुरा माओवादीले बुझेको छ । यसो हुँदा , नेपाली राजनीतिको तल्लो गाउँ तहसम्म एमालेको भोट बैंकलाई आफ्नो पक्षमा तानेर मात्र एमालेलाई सानो बनाएर आँफू ठूलो हुन सकिन्छ भन्ने माओवादी मान्यताले नै अहिले भैरहेका देशव्यापी एमाले-माओवादी भिडन्तका घटनाहरू सिर्जना गराएको छ । सत्तारूढ मध्येका २ ठूला कम्युनिष्ट घटकहरू भएर पनि एकले अर्कालाई सानो बनाएर आँफू ठूलो हुन सकिन्छ भन्ने सोच बोकेका हुनाले यी २ दलको अविश्वासपूर्ण रडाको मच्चिएको छ । विचारको कुरा गर्दा , एमाले समाजिक प्रजातन्त्रको पक्षधर भएको हुँदा उसको कांग्रेस वा माओवादीसंग निकटता र दूरीको सम्बन्ध उस्तै उस्तै हुनुपर्ने हो ।

केही समय अगाडि माओवादी बाबुराम भट्टराईले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै भनेको कुरा यहाँ सम्झिन उपयुक्त हुन सक्छ । उनका अनुसार ' संसारमा हतियारधारी सेना सहित बिद्रोही शक्तिले निर्वाचनमा भाग लिने अनुमति पाएको छैन' । जुन कुरा सत्य पनि हो । आफ्ना हतियार र सेना ज्यूँ का त्यूँ राखेर नै निर्वाचनबाट सत्तामा आइसके पछि अब त झन जे पनि गर्न सकिन्छ र जनवादी गणतन्त्रको लक्ष्यलाई अब कसैले रोक्न सक्दैन भन्ने माओवादीको सोच हो भने नेपाली राजनैतिक दलहरूलाई निकट भविष्यको मुठभेडबाट कसैले रोक्न सक्दैन । माओवादीको सोच साँच्चै कम्युनिष्ट मुलुकमा जस्तो 'जनवादी गणतन्त्र'का पक्षमा संविधान लेख्ने र भोलिको नेपाललाई त्यही बाटोमा लैजाने सोच हो भने त्यो कुरामा अरू ठूला र साना राजनैतिक दलहरूको चरम बिमति हुने स्पष्ट नै छ । यस्ता बिरोध, असन्तुष्टि र मूटभेडका घटनाहरू संविधान बनेर घोषणा नहुञ्जले र त्यसपछि पनि अवश्य रोकिने छैनन् । तर , यदि संविधान सबै पक्षले स्वीकार्ने प्रकृतिको बनाउने हो र भोलिका दिनमा नेपालमा सबै पक्ष र विचार समावेश हुन सक्ने राजनितिक पद्दति बसाल्दै जनकल्याणकारी शासन व्यवस्था कायम गर्न खोजिएको हो भने , दलहरूको मिलन बिन्दु अवश्य भेटिनु पर्ने हो । यसका लागि कसैले एक पाइला पछि हट्नु र कसैले अघि बढ्नु पर्ने हुन सक्छ । मुलुकका लागि यसो गर्न दलहरूले सक्नु पर्ने हो ।


April 8, 2009

व्याक्तित्वको अभिव्याक्तिलाई हेर्दा

बिजयकुमार श्रेष्ठ
ईराक
कता कता हिजो आज यस्तो पो लाग्न थालेको छ । हिजो हामी गाउँ बेसी गर्दा घास पात गर्दा एकले अर्काको बारीमा गएर घास काटि दिएको र गोठाला जादा बस्तुले अर्काको बाली खादा बाली धनीले नाना भाति गरेर आफनो बाली बचाउको लागी दिएको झरिला गालीहरुको सम्झना आउछ । भन्ने गर्थे बुढा पाकाले ति उखान कि त गरि खानु कि त भनेको मान्नु र काम गर्ने डेढु जस पाउने हनुमान भने जस्तै अहिले हाम्रो नेपालमा हुन गई रहेको छ ।
संसद भनेको बुर्जुवाहरुको ठगि खाने थलो हो भनेर बिगुल फुक्नेहरु आज कुर्सी मोहमा फसेर बासमति चामलको स्वाँदमा मात्तिन थालेका छन् । देशको प्रमुख सर्वेसर्वा भएर के बोल्न हुन्छ के बोल्न हुदैन भन्ने कुराकोसम्म अलि कति पनि ख्याल नभएका शासकहरुलाई अनि देशमा शान्ति ल्याउछौ भनेर फुक्नु कतिसम्मको लाचारी हो त । एउटा राष्ट्र प्रमुख भएर सारा जनताको अगाडि बोल्नु पर्ने कुरा तेहि हो त केहि दिन अगाडि जन आन्दोलन प्रप्तिको दिन पारेर प्रधानमन्त्रि जस्तो व्यक्तिले के बोलेको हो एउटा साधारण गोठालो र हलिले गर्ने ब्याबहारको शब्द कसरि त्यो मुखमा अटाएको हो । देशलाई तेसको बाबुको बृर्ता भनेर कसलाई भनेको हो जो आफुले नै त्यो बृत्ताको भोग चलन गरेर योग्यताले नभ्याएको र नपुगेको आफना सन्तानलाई देशको गरिमामय पदको भागिदार बनाउन पछि परेको छैन ।हामीलाई जनताले ल्याएको भनेर कुर्लीन पनि छाडेको छैन । नाताबाद र कृर्पावादको चर्को बिरोध गर्नेहरु आज कहाँ गयो ति नारा । नेपाली जनताले प्रत्यक्ष रुपमा देखि रहेको छ र मुल्याङकन पनि गरि रहेका छन् । जनतालाई दिएको वचनको कतिसम्म पालन गरेर सरकार चलाउदै छ भन्ने कुरा ति नेता भनाउदाहरुले प्रस्टयाई राख्न पर्दैन ।
सहकार्य र सहमतिको चर्का नारा बोकेर हिड्ने तर आफुले गरेका सबै सहकार्यहरु आफै भङ्ग गर्दै हिड्ने यो कुन तन्त्रको शासन पद्धती हो । के यो नयाँ नेपालको नयाँ परिवर्तनको सुरुवात हो । एउटा सानो पानि घट्ट चलाउनलाई नेपाल सरकारसँग पुँजीको अभाबले करेसाबारि भएर बगेर गएको पानीलाई सदुपयोग गर्नलाईसम्म हम्मे परेको बेलामा थर्मल प्ल्ाान्ट ल्याउने भनेर देशको ढुकुटीमा रजाई गरि बिदेश भ्रमणकॊ बहानाबाजि बनाएर आफनो सोख पुरा गर्नसम्म चुक्नु भएका छैनन् । अनि जनतालाई भन्ने गर्नु हुन्छ नयाँ भन्ने शब्दको अनुभुती त दिन सकेको छैन दिनको लागी लागु परेको छु भनेर भाषण गर्नसम्म चुक्नु भएको छैन । सरकारमा बसेका मन्त्री भनाउदाहरु अझै पनि जगली दिनको महसुस गरेर हामी फेरी पनि बन्दुक बोकेर मैदानमा निस्कन्छौ भनेर भन्न समेत पछि परेका छैनन् । सधै भरि बन्दुकको आडमा राज्य सत्ता कब्जा गर्ने मनस्थीति भएका शासकहरुलाई जगली बिहारमा रमाउदा आफुलाई गौरवशाली ठान्नेहरुले जुन सुकै परिवर्तन ल्याए पनि जनतालाई के नै दिन सक्छ भनेर विश्वासको पात्र भन्नु रहेछ । सबैलाई सर्वबिदितै भएको कुरा नै हो । बन्दुकको खेलले के कति हानी नोक्सानी पुर् यायो भनेर आज जन समुदायको अगाडि पानी माथिको आभानो हुनलाई कयौ नेपाली आमाका सन्तानलाई बलिको बोका बनायो कयौलाई बन्दुकको निसानी बनायो भनेर कायर्ताको आशु खसाल्नसम्म चुक्नु भएन र फेरि भन्ने गर्नु हुन्छ हामी मैदानमा उत्रने छौ र गोला बारुदको होली खेल्न परे पनि पछि पर्ने छैनौ भनेर पनि भन्न पछि पर्नु भएन । देशको प्रधानमन्त्री जस्ताको स्वाकीय सल्लाहकार दश जोड दुईसम्मको ज्ञान हासिल गरेका व्याक्ति छन भने त्यस्ता व्याक्तिले देश चलाउनलाई कस्तो सर सल्लाह दिन सक्दछ भनेर सोच्नु होला त । न कि सल्लाहकारलाई राज्य चलाउनने सल्लाहको बारेमा जानकारी राम्रसँग हो । जुन पदको लागी योग्यताको कुरा गर्ने हो भने नेपालीमा स्नातकसम्मको त्यो पनि राम्रो प्रतिशत ल्याएको र कार्य दक्षता भनेको कमसे कम देशको गरिमामय पदमा ५ वर्षको अनुभव हुनु आवश्यकताको जरुरी हुन्छ ।
सर्बसत्ताबादको नारा आफै लगाउदै हिड्ने र फेरि आफै क्रमभङ्ग गर्दै हिड्ने । नारी स्वातन्त्रताको चर्का नारा फुक्ने अनि काम गर्ने बेलामा कहाँ गयो नारी स्वातन्त्रता केहि महिना पछि हुन गई रहेको उपनिर्वाचनमा कति वटा क्षेत्रमा नारी उम्मेदवारीको नाम सुचीकृत गरिएको छ त । अन्य पार्टिहरुको बर्खिलाप गर्दै हिड्ने अनि आफुले चाहि गरेको नदेख्ने प्रबृद्धि के नयाँ परिवर्तनको स्वाचित्र उपहास हो । अनि के को नयाँ र नौलो भनेर मादल धन्काउने त मादल बजाएर हुने ठाउँमा डमरु बजाएर हुन्छ । हिजोका शासकले पनि त बोलेका थिए नारी स्वातन्त्रताको बिषयमा जे जती गरे बोले त्यो कुनै पनि कामको कार्य पद्धतिमा रुपान्तरीत नगरेको कारणले त हो आज जगलमा बनबिहार गरेर बसेकालाई बासमति चामलको स्वाँद चखाउन ल्याएको र फेरि त्यहि कुरा दोहोरिन्छ भने के यो जनतालाई दिएको आश्वासन रत्तेउलीमा गाएको गित जस्तो हो । सत्ता भनेको रत्तेउली खेल्ने अखडा हो । कुनै नियम कानुनको प्रति पादन नगरि जति बेला मनलाग्यो त्यति बेला मनो मर्जि गर्ने । कहिले बलि चढाउछु भन्ने कहिले त्यसको बाबुको बृर्ता हो भनेर अभिव्यक्ति दिने कहिले बन्दुक र बमको बर्षा गराउने छौ सारालाई लखेट्ने छौ भन्ने के लोकतन्त्रमा अरु मानिसले प्रतिबाद गर्न पाउने अधिकार नभएको हो । सत्ता समालेर बस्ने व्याक्तिले उपायको खोजि गरेर पो उचित न्याय निसावको तर्जुमा गर्ने तिर लाग्नु पर्छ । बिरोध गर् यो भन्दैमा देशको नामलाई व्याक्तिबादिको नाममा बृर्ता भनेर परिभाषा गर्नु कहाँसम्मको लाचारी र नामर्दपना हो । प्रतिबाद नै गनै नपाउने भए त १०४ वर्षसम्म जंगे शाासन जस्तो भई हाल्यो नि किन लड्नु पर् यो स्वातन्त्र मौलीक हक अधिकार चाहियो भनेर सरकारमा बस्ने र जसको हातमा ताकत छ उसैले मनपरि तन्त्र चलाए त भै हाल्यो नी । अहिलेको परिस्थितीमा आएर पनि असोचनिय अभिव्यक्ति दिएर देशको गरिमालाई उच निच पार्न खोज्छ भने त्यस्ता व्याक्तिको निसानी कसैले समाप्त गर्नु पर्दैन आफसेआफ नसिहदको भागेदारी भएर बिलिनताको बिन्दुतिर धकेली रहेको हुन्छ र उसले आफनो पद र पावरको केहि क्षणको लागी भए पनि उपभोग गरेर आफुलाई महान हो भन्ने ठान्दछ र आफुलाई गौरवशाली हो भनेर मपाईत्वको परिभाषा दिई रहेको हुन्छ । यो हाम्रो नेपालले पाएको लोकतान्त्रिक गण्तन्त्रको पहिलो रुपान्तरित शासनको पहिलो प्रस्तुती हो । हेर्दै जाऔ हामीले यस्तै हो भने युगोस्लाभिया युगाण्डा ईथोपिया जस्ता देशले भोगेको महामारी भोग्न धेरै दिनको पर्खाईमा बसि रहनु पर्ने छैन । सडक र सदनमा बोल्न भाषाको मत मतान्तर जनता सामु एउटा कुरा बोल्ने र कार्य शैलीमा गएर अर्को निती नियम लागु गर्ने यो प्रबृद्धिको जग कति बेलासम्म बाई पङखी घोडाको जस्तो चालमा उडि रहने छ त्यो रफतार हामीले हेर्ने बेला आउने छ । केवल धैर्यधारणको मन्तर जपेर बस्नु पर्ने छ । अनि त्यति बेला थाहा पाउने छ जनताको बलिदानमा उपहास गरि स्वार्थ पुरा गर्नेहरुको हविगत ।
समाप्त …