February 26, 2011

गाउँखाने कथा ४४ (Nepali Gau Khane Katha)

अपडेट:  गाउँखाने कथा ४४ को सही उत्तर हो रुख कटहर। उत्तरको प्रयास गर्ने सबै पाठकालाई धन्यबाद। -----------------------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।



बाहिर सोला भित्र गोला, त्यो खान पाए कस्तो होला, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


February 16, 2011

चर्चित गायक स्वरूपराज आचार्य सोध्छन- के वर माग्न मन्दिर गयौ..?

के वर माग्न मन्दिर गयौ, के वर मागी आयौ ?
यो मनमन्दिर उजाड पारी कुन मन्दिर धायौ ?
..................................................................

स्वरः स्वरूपराज आचार्य, संगीतः शिशिर योगी, शब्द रचनाः शिव प्रकाश
थपः http://www.nepalimanharu.com/ नेपाली मनहरू डट कम


February 13, 2011

प्रेम दिबसको शुभकामना सहित गजल

प्रेम दिबसको शुभकामना सहित यो गजल

देख्नेले के भन्लान छि: किन यसरी तानेको
जे गर्नु एकान्तमा गर्नु, कैले छैन र मानेको

ठाँउ न ठहर छ्या कस्तो गर्नु भा यस्तो रहर
अटेरी नहुनु, मैले पनि छु फेरि जानेको

मात्तेको किन? के छ र नजरमा त्यस्तो मेरो
लठ्ठ हुनु भो त, छैन जादु टुनाले हानेको

कटिन सक्छ कुरा कति,चियो चर्चा होला फेरि
शरम मान्नु अली कती त,किन ख्याल ठानेको

फुक्न मन न भाको कहाँ हो र मलाई पनि
रिसानी माफ होस है , समाजले छ बानेको


युएईमा तामाङ ल्होछार

"उभो उभो लाग्यो भेडीको बथान, उधो उधो लाग्यो चौरी गाई, हामीलाई पनी लैजाउन घुम्न दुवई तिर ए तामाङ दाई ..." । तामाङ गीत संगीतका पृथक जोडी मानिने एकै उमेरका हासिला र रसिला तुलसा वाईवा र इन्दिरा योन्जनले युएईको तामाङ ल्होसारको निहु पारेर आफ्नों मनको बह पोखे ।


गुलाबी रंगको तामाङ महिलाहरुको श्रृङगारमा सजिएर दुई
 महिला जोडी स्टेजमा आएर खुल्ला निम्तो दिदा युएईका दर्शकपनि के कम? श्रोता कक्षबाटै हात उठाउादै \\\'म लान्छु है दुबई घुमाउन\\\' भन्दै चिच्याए । \\\' युगल आवाजको अर्को सेलो चन्द्रमा जस्तो रुपैले मोहनी लागेछ लौ हेर च्याङवाले बोलायो मैच्याङ भन्ने अर्को गीतमा दर्शकहरु अझै बढी झूमेका थिए । तामाङ गीत संगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यी राष्टि्य स्तरका कलाकारहरुका साथमा यूएईमा रहेका
  स्थानिय कलाकारहरु ज्ञान लामा, लक्ष्मी तामाङ, वले तामाङ, लाले तामाङ तथा अन्य कलाकारहरुलेपनि धोको फुकाएर गाए ।


तामाङ भेषभुषामा सजिएका यूवा गायक आसुसेन लामाले कार्यक्रमको पहिलो सन्ध्यामानै चर्चित तामाङ सेलोका गितहरु गाए । उनको नया एल्वम ढुङ्गामा है ढुङ्गामा लामाको अक्षर ढुङ्गामा, चोखो मायाा साटौलाहै दिएर फुलको थुङ्गामा, मैच्याङको हात माग्न स्वयम्भुको गुम्वामा जाने
 कुरा गितको बोलबाट गर्दै थिए भने दर्शकहरु उनको तालमा लय थप्दै थिए । सम्झेर ल्याउदा कुटुक्क कलेजी छेउ खान्छ, तानतुन गर्दै तुनेको छु माझी दाईले जाल बुन्छ, जन्मेको ठाउा हुर्केको गाऊा सम्झेर ल्याउदा मन रुन्छ उनको यो देशप्रेमी गितले प्रवासीएका नेपालीहरुको मन कटक्क खाएको थियो । ताली र वाहा वाहाले हल गुन्जयमान भएको थियो । उनी गितको भाकामा हलमा उपस्थित आसाङलाई छेड हान्दै थिए र गितको बोलमा भन्दै थिए लाएको यो माया एक तर्फी रहेछ ।


February 5, 2011

चौथो नेपाली अन्तराष्ट्रिय भेला समिक्षा(4th International Nepalese Blogger Meet Report -with archive)

चौथो नेपाली अन्तराष्ट्रिय ब्लगर भेला फेब्ररी ८ मा सफलता पूर्बक सम्पन्न भयो। दौंतरी ब्लगमा भएको भेलामा करिब ४० जना ब्लगहरुले आफ्ना कुराहरु राख्नुभएको थियो। भेलाको सभापतित्व नेपालबाट उज्वल आचार्यले गर्नुभएको थियो भने भेलामा जापानबाट ध्रुब पन्थीले स्वागत मन्तव्य दिनुभएको थियो। भेलामा अमेरीकाबाट नबिन मालाकारले ब्लगको महत्वको बारेमा बोल्नुभएको थियो। भेलामा जापान देखी अमेरीकासम्म,अरब देखी अष्ट्रेलियासम्मका नेपाली ब्लगरले भाग लिनु भएको थियो।

सारा बिश्वका नेपाली ब्लगरलाई एकै समयमा एक घन्टा भित्र आफ्ना कुरा राख्न समय मिलाउनु र त्यसमा छलफल गर्नु निकै कठिन कार्य हो तर नेपाली ब्लगरहरूको सहयोगले एक घन्टामा सफलता पूर्बक भेला संचालन गर्ने कठिन कार्य पनि निकै सजिलो भएको थियो। भेलामा हरेक ब्लगरले आफ्नो परिचय,आफूले संचालने गर्ने ब्लग र आफूले किन ब्लगमा लेख्न थालेको जस्ता कुराहरु राख्नुभऐको थियो। भेलामा ब्लगमा कपि पेष्टलाई कसरी रोक्ने देखी ब्लगमा रिडरसिप कसरी बढाउने जस्ता कुरा राखिएको थियो। साथै बिभिन्न ब्लगरहरूले थुप्रै प्रश्न राख्नुभएको थियो जुन अनुभवी ब्लगरले त्यती छोटो सममा उत्तर दिन सक्दो प्रयास गर्नुभएको थियो। दौंतरीमा ६-६ महिना हुने ब्लगरभेला कायम राख्ने बाचा गर्दै आउने अगष्टमा पांचौ भेलाको लागी संपूर्ण ब्लगहरूलाई अग्रिम निमन्त्रणा दिन चाहान्छु। भेलामा कस्ता कुरा भए त्यो भेलाको आर्काइभमा हेर्नुहोला। साथै भेलाका कुन कुरा ठिक लाग्यो,कुन कुरा चित्त बुझेन,आगामी दिनमा के गर्दा ठिक होला आदी प्रतिक्रिया दिन नभूल्नुहोला।


February 3, 2011

जहाँ म जन्मे नेपली भई...

शिव प्रकाश
जहाँ म जन्मे  नेपाली  भई,  मर्न  पाउँ   त्यही नेपाली भएर,
धरतीमा मैले पहिलो  पाइला, टेकेको  माटो  छातीमा टाँसेर ।

धरतीमा अर्को कहाँ छ संसार, हिमाल सधैं  मुस्कुराइरहने ?
मगमग गुराँस छातीमा फुलाई , सौन्दर्य-सन्देश फैलाइरहने 
अविरल बग्छन् मेची र काली, भातृत्वभाव  फिजाई संसार
तराई – पहाड  हिमाल  सबै,  भावना  एउटै,  एउटै  बिचार ।।

विर्सन्न कहिले काखको माया, कोखको  भार नेपाली भएर
जिन्दगी वितोस्  बिहान सधैं,  आँखाले  मेरा  नेपालै   हेरेर
घरदेश-परदेश  जाँ' रहे  पनि,  गर्न पाउँ  सेवा नेपली  भएर
स्वर्ग हो त्यही नेपाल मेरो,  मर्न पाउँ आमा पाउमा छोएर ।।
http://www.nepalimanharu.com/
अक्टोबर २०, २०१० बोस्टन ।