August 2, 2012

शेषनाग र गोरुको टाउको

— निर्मलमणि अधिकारी

पृथिवी केमाथि अडिएको छ वा के कारणले अडिन सकेको छ भन्ने बारेमा अनेक
भनाइहरु नरहेका होइनन् । कतै यस्तो लेखिएको भेटिन्छकि पृथिवी शेषनागको टाउको
मा अडिएको छ । शेषनागका एकहजार टाउकाहरु छन् अरे र ती टाउकाहरुमा पालैपालोसँग
पृथिवीलाई राख्ने क्रममा एक टाउकोबाट अर्को टाउकोमा पृथिवीलाई लैजाँदा
हल्लिएर भुइँचालो जाने हो अरे ! उता कसैको विश्वास अनुसार, पृथिवी एउटा गोरुको
टाउकोमा अडिएको छ अरे ! हक्र्युलिसले काँधमा आकाशलाई थामेको भन्ने जस्तै
हास्यास्पद छैनन् त पृथिवीलाई नाग वा गोरुका टाउकामा अडिएको विश्वास गर्नु ? यता
आधुनिक विज्ञानको सहयताले हामीले पत्तो पाइसकेका छौंकि पृथिवी सौर्य–प्रणालीको
आकर्षण–शक्तिको सन्तुलनका कारणले स्थित छ ।
हामीलाई थाहा हुनुपर्ने तथ्य के होभने आधुनिक विज्ञान र यस संसारको सर्वप्र
ाचीन ग्रन्थ वेद— यी दुइटाको यस सम्बन्धमा एक मत रहेको छ । यस सम्बन्धमा हामी
महर्षि दयानन्द सरस्वतीकृत ‘सत्यार्थ प्रकाश’को मद्दतबाट चर्चा गरौं । वेदको कथन छ—
“उक्षा दाधार पृथिवीमुत द्याम् ।।” (ऋ. १०।३१।८ तथा अथर्व ४।११।१) महर्षि लेख्नुहुन्छकि
वर्षाद्वारा भूगोललाई सिंचन गर्ने हुनाले सूर्यलाई ‘उक्षा’ पनि भनिन्छ र यही उक्षा
(सूर्य)ले पृथिवीलाई धारण गरेको छ भन्ने वेदको कथन हो । यसरी सहस्राब्दियौं अघि
(वा सृष्टिसँगै) वेदद्वारा भनिएको तथ्य आधुनिक विज्ञानद्वारा पुनः प्रमाणित गरिनुले वेद
विज्ञान हो भन्ने हाम्रो भनाइनै सत्य साबित भएको छ ।