June 9, 2010

नेपाली नेताहरुको वैयक्तिक विवरण !

नालायक छ सय एकले अरु काम केही नगरे पनि आफ्नो आयु बढाउने र भत्ता पचाउने काम भने आधारातसम्म कसरत गरेर पनि फत्ते गरेर छाडे। संविधान पनि नबनेको र नयाँ चुनाव पनि नभएको यस अबस्थामा हाम्रा नेताहरुलाई अझ नजिकबाट चिन्न र हाम्रा सबै नेताहरुको विवरण अद्यावधिक गर्न अति आवश्यक देखिएकोले सो प्रयोजनको निमित्त हालै एउटा नयाँ वैयक्तिक विवरणपत्र तयार गरिएको छ । आ-आफ्ना क्षेत्रका विजयी नेताहरुलाई यो विवरणपत्र भर्न लगाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ :


नेपाली नेताको वैयक्तिक विवरणपत्र

१)    नाम:
क)    नागरिकताको नाम:          ख) पार्टिभित्रको नाम:           ग) असली नाम:
२)    उमेर:
क)    प्रमाणपत्रमा रहेको उमेर:    ख) अरुलाई बताउने उमेर:      ग) साँच्चीकै उमेर:

(महानुभावहरुको व्यस्तता र समयाभावलाई दृष्टिगत गर्दै यसभन्दा तलका सूचाङ्कहरुमा केवल एउटा सही उत्तरमा “√” (ठीक) चिन्ह लगाए हुने व्यबस्था गरिएको छ।)


३)   लिङ्ग:          क) उभय लिङ्गी                 ख) नपुंसक लिङ्गी        ग) तेस्रो लिङ्गी