March 17, 2012

तरकारीको महिमा ( तीतो पिरो )

- प्रेम ओली 

 कुभिन्डो

यो सन्त महाराजको शैलीमा खरानी घसेर कतै छाना माथि टुसुक्क ध्यान मग्न हुन्छ त कतै तर्ल्याङ्ग तुर्लुङ्ग झुन्डिएर झुला बाबा आसनमा झुन्डिराखेको देख्न पाइन्छ । यो बाबा जस्तो तरकारी बजारमा आफ्नो प्रभाव बढाउन सकेको चाँही छैन । यो मान्छेको लागि लोक प्रिय नभए पनि देवीको लागि प्रिय नै छ । त्यसैले यसलाई भगवतीको लागि बली चढाइँदै आएको पाइन्छ । यो तरकारीको लागि खास प्रयोग नभए पनि बोकाको मुखमा कुभिन्डो भन्ने उखान बार बार प्रयोग आउँछ । एक दिन मेरो छोराले बोकाको मुखमा कुभिन्डो भनेको भनेर सोध्न आयो । आफू त गाउँमा जन्मिएकाले यसको बारेमा थाहा थियो । शहरमा जन्मिएका बालबालिकालाई के थाह ?कसरी बुझाउने एक छिन त अलमल्ल परे । मेरो पालो उदाहरण दिँदै भने । संविधान सभा । बोकाहरूलाई दुई वर्ष भित्र संविधान बनाउन दिएको आज ३ वर्ष नाघी सक्दा पनि भुत्लो झार्न नसकेर बोकाहरू झन् ठुस ठ्स्ती गनाइ रखेकाछन । अब त यी बोकाहरू स्वदेशमा मात्र नभएर विदेशमा पनि उपद्रो गर्दै गनाउन