February 24, 2008
खबरदार!!! देशको अखण्डतामाथि सम्झौता नगरेस !!!
मधेश दुखेको आज होइन । शताब्दिऔ पहिलेदेखि हो । त्यहाँ रहेको सामन्ति संस्कार, अन्धविश्वासको जरा, अशिक्षा र गरीविको बिबिध पहलुहरु खोतल्न सजिलो छैन । त्यस्ता अनेक समस्याका ठेलिहरु छरपष्ट थाति राखेर त्यहाँ हिजोका दिनमा "निकम्मा नेता"का पहिचान बनाएकाहरु आज प्रायोजित आन्दोलनको घोडा चढेर सम्पूर्ण देशलाइ अनिर्णयको बन्दी बनाउन खोज्दैछन । यी शिखण्डी मदिसे नेताहरु मधेशको समस्या समाधानको सम्पुर्ण बाटो छेकेर देशलाइ बिखण्डनतिर लान खोज्दैछन र तीनका धोतिपछाडि भारतले खुल्लमखुल्ला धाप मारिरहेको छ भन्ने छर्लंङ्ग देखियो । अब यी फटाहा मधेशी नेताहरुले मधेशको समस्याको दुहाइ दिदा पनि मधेशका न्यायप्रेमी नेपालीको अवहेलना गरेको जस्तो लाग्न थालेको छ। यो अवसरमा सरकारमा रहेका दलहरुले दलाल मदिसे नेताहरुको नाजायज माग अस्वीकार गरेको सुन्दा थोरै भएपनि आशा जगाएर बसेको थिएँ । तर अहिले एकाएक कसको दवाव हो कुन्नि? रातारात हेलिकप्टरबाट नेताहरु बालुवाटार ओराल्दै सम्बिधानसभाको चुनावपछि छुट्टै मधेश राज्य बन्न सक्ने खालको एक मधेश एक प्रदेश नारामा रातारात सहमति कायम गर्न थालेको छ भन्ने गाइँगुइँ सुनिन थालेको छ । यस्तो सहमति कुनै हालतमा गरिनु हुन्न । जुनसुकै मुल्यमा पनि देश टुक्राउने खेलको समर्थन गर्न सकिन्न । कुनै नेताहरुले देशलाइ टुक्राउन यस्ता खालका षडयन्त्रात्मक क्रियाकलापमा साथ नदेओस । खवरदार !!!!
Subscribe to:
Posts (Atom)


