August 27, 2010

हा… हा… हा… हा… हा…

केही समय भएछ ‘टि-टाइम’ अन्तर्गत केही नराखेको । धेरै सप्ताहन्त आए र गए तर मेसो नमिलेर टि टाइम धेरै दिन देखि अपडेट भएन । आज भने केही ताजा जोकहरु लिएर फेरि हाजिर भएका छौ:

--------------------                                     ------------------                               -------------------

पत्नी: मलाई हिराको हार बनाइदियौ भने म सात जन्म सम्म तिम्रै हुने छु।

पति: हार सँग कानको टप र हिराकै फूली पनि बनाइदिन्छु, तर कुरा यही जन्ममा मात्रै टुङ्ग्याउँ है त ?


बैँक काउण्टर बाहिर बसेको एक जना ग्राहक बैँक कर्मचारीको आबाज राम्ररी नसुने पछि :

ग्राहक: हेर्नुस... म राम्ररी कान सुन्दिन तपाईँले के भन्नु भएको अलि ठूलो स्वरमा भन्दिनु न !
बैँक कर्मचारी: हैन... म कहाँ बोल्दै छु र..!, म त बिस्कुट खाँदैछु।


पत्नी: पहिला त तिमी विवाह पछि मलाई झनै माया गर्छु भन्थ्यौ त ! ।
पति: हो त नि!, तर मलाई त्यति बेला के थाहा कि तिम्रो विवाह मै सँग हुन्छ भनेर ।


एक जना ९० वर्षको बुढो मान्छे मृत्यु पछि स्वर्गमा पुग्छ । चारैतिरबाट अति आकर्षक जीउ डाल भएका अति सुन्दर र जवान अप्सराहरुले उसलाई स्वर्गमा स्वागत गर्छन् ।

बुढो मान्छे एकैछिन कींकर्तव्यबिमुढ भएर सुन्दर अप्सराहरु तर्फ हेर्छ र आफैँ बुदबुदाउँछ “ …धेत् , बाबा रामदेबको चक्करमा नपरेर योग ध्यान नगरेको भए …बरु ठीक समयमा यहाँ आइपुग्ने रहेछु… ।”