January 8, 2009

गजल - पछी !!

गोकुल बिबश ढकाल
०७ जनवरि, ००९

वाल्ल परेर टोलाउनु सिबाये के छ र ?
गर्नेले नहुने काम गरे पछी ।
मुटुमै छुरा रोपे पनि सहनै पर्ने
नामर्द नभै आँफै मरे पछी ।

मन बिसाउला भन्दै जुनी बित्यो
गर्न केही नहुने कोही पर सरे पछी ।
खोज्दा हराएको चीज कहाँ पाइने
त्यही चिज कसैले हरे पछी ।

बस्न नपाईने भो अब, अनेक नाममा
कसैले खाली ठाउँ भरे पछी ।
डर पो लाग्दो रहेछ, पाइला चाल्न
अनाहकमा पिर्लिक्क आँखा तरे पछी


एउटा सम्बाद यस्तो पनी

शेखर ढुंगेल
अमेरीका

प्रश्न -सबै भन्दा सुख को क्षण ?
जवाफ -तिन ठाउँमा टुन्क्याएको बेला
प्रश्न -दुख को दिन को शुरुवात ?
जवाफ -जुन दिन पृथ्वी मा पछारियो
प्रश्न -सब भन्दा मन पर्ने मानिस् ?
जवाफ -जो चिता माथि सुतेको छ
प्रश्न -सब भन्दा नराम्रो मानिस् ?
जवाफ -जो आफु लाई शासक ठान्दछ
प्रश्न -माया के हो ?
जवाफ -दुखको भड्खालो
प्रश्न -जिन्दगी के हो ?
जवाफ -बाबु आमा को भुल को  प्रायश्चित्त                   
प्रश्न आसुँ के हो ?
जवाफ –छल, कपट र षड्यन्त्र
प्रश्न -हाँसो के हो ?
जवाफ -ठगी खाने कला
प्रश्न - स्त्री के हुन ?
जवाफ - सृष्टी को गलत उत्पादन
प्रश्न पुरुष के हुन ?
जवाफ -संसार को बिनास्
प्रश्न सपना के हो ?
जवाफ -जीवन को बाच्ने आधार
प्रश्न -बिपना नि ?
जवाफ -बिपना धोखा हो (हिरोइन लाई भन्या होइन नि!)
प्रश्न -नमस्कार
जवाफ-तिरस्कार


काठमाण्डु डायरी-२

अँध्यारोको सांक्षी छन्
सडक, चिम र बजारहरू
मुस्लो धूँवा र धूलोको दावानल बलेको छ
तैपनि चैनको निदमा निद्रित छन् लाचारहरू
आबरू ,अस्मिता र जीवनका आखेटकहरूको
धन्दा चलेको छ निर्वन्ध गाऊँ शहर जतासुकै
क्रान्तिकारिताको क्रमभंगतामा संरक्षित व्याभिचारहरू
आक्रान्त छ स्वयं पशुपति खै कस्ले कस्को कल्याण गर्ने हो ?
स्खलनको दलदलेमा लेदो बनेका छन् विधि, व्यवहार र विचारहरू
नाममा मात्र केवल अस्तित्वरत बनेको छ निरिह मुलुक यहाँ
सभ्यता र उन्नतिको यो युगमा नाङ्गो,समातेर चुँडाइएको इजारहरू

धाराहरू पानीको, चिमहरू प्रकाशको अनि जनता जीवनको भीख माग्दा
क्रान्तिको भाषामा चमत्कारका चित्कार पस्कन आतुर छन् लाचारहरू
जंगलको दिक्षा बोकेर शहर नै जंगल पार्न भुक्दै निरन्तरका चित्कारहरू
आमूल उडाइएको परम्परामाथि विजय पाएको आलापमा निद्रित मानव आकारहरु

नया नेपाल- सबथोकको पर्याय बनेको छ
बिर्सिएर मानव हुनुका सम्पूर्ण शैलि र व्यवहारहरू