March 12, 2011

जापानको सूनामी-ईतीहांसकै भयानक


टोक्योबाट ४०० किमी ८.९ स्केलको भूंइचालो गयो,जस्ले गर्दा जापानका समूद्री इलाकामा १० मिटर सम्माका अग्ला छाल उतपन्न गरायो। त्यसरी उतपन्न भएका छाल र पटक पटक आएका आफ्टर सक भुइचालोले जनजिबन नै प्रभावित पारेको छ। कतिपयले ज्यान नै गुमाउनु पर्यो भने केही घाइते भए त कोही हराइरहेका छन। धनजनको ठूलै क्षती भएको छ। गाडी,डुवां र घरहरु मात्र होइन एयरपोर्टमा रोकीराखेका हवाइजहाज पनि बगेका छन।

यो भूईंचालो १९०० पछीको ५औं ठुलो हो भने अघिल्लो महिना न्युजल्याण्डमा गएको भन्दा ८००० गुना शक्तीसाली थियो। कैयौं रेल हराइरहेका छन त कतै आगलागी भइरहेको छ। म्यागी भन्ने एउटा सहरको एक तिहाई पानी भित्र डुबेको छ। केही बांध भत्केका छन तथा एउटा न्युक्लियर पावर प्लान्टमा ठुलै क्षती भएको छ। कती क्षती भयो यकीन हुन अझै बांकी छ।

यस्ले जापानमा ठूलै संकट निम्ताएको छ। आशा गरौं जापानले अहिलेको प्रक्रिती बिपतीबाट छिटै मूक्ती पाओस। साथै जापानमा रहेका नेपालीहरु पनि सकुशल रहुन। फेसबुक,टुइटर,ब्लग आदी सामाजीक संजाल या फोनबाट आफन्तको सम्पर्कमा रहनूहोला।


उसको झझल्को

गुरु केदार बराल ओखल्ढुङगा, पोकली

उदा कदा ऐना हेर्दा
उसको मुहार देखेजस्तो लाग्छ
टाढा कतै कोही देखिँदा
एसको झझल्को आईदिन्छ ।

आज उसलाई भेट्दिन
ऊ के गर्दै होली
कुन संसारमा डुबेर
के- के योजना बनाउँदै होली ।
वा मलाई सम्झेर
रोइरहेकी पनि हुन सक्छे
विगतको पे्रम यात्रा सम्झेर
कल्पनामा पनि रम्न सक्छे ।