October 18, 2008

यूएइमा दशैको रौनक

नेपालीहरु बिश्वको कुनै पनि देशमा रहेता पनि उनिहरुले आपःनो रिती रिवाज चाड पर्वलाई बिर्स हुँदैनन्, विश्वमा रहेका नेपालीहरुले विभिन्न तरिकाले यस पालीको दशै मनाए । खाडी राष्ट्हरुमा पनि दशै विभिन्न तरिकाले मनाए ।

यूर्एइको अबुधावी देखी २६० कि.मी टाढा रहेको रासलखेमाका नेपालीहरुले बडो हर्र्सोल्लाहसका साथ मरुभूमिमा दशै मनाए । विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले टिकाको दिन कम्पनीबाट विदा लिई मरुभूमिको बिचमा खसी काटेर रमाईलो गरे ।

मरुभूमिको बिचमा सबै नेपालीहरु एक आपसमा शुभकामना आदान प्रदान गर्दै नेपालमा जस्तै गरी दशैको महसुस गरे । नेपालीहरु परिवारदेखी धेरै टाढाको महशुस गरीरहेका थिए र बितेका दशैका दिनहरुका सम्झनाहरुलाई एक आपसमा साटासाट गरेका देखिन्थे । निधारमा रातो टिका लगाउदै नेपालमा जस्तै मान्यजनहरुबाट आर्शिवादहरु लिईरहेका थिए । मरुभूमिको बिचमा पनि दाउराबाट मासु भात पकाई उपस्थित सबै नेपाली साथीभाइहरु एक आपसमा रमाउदै नाच्दै रमाईलो गर्न मस्त देखिन्थे ।

यूर्एइका लागि राजदूत महामहिम अर्जुनबहादुर थापाको निवासमा दशैको शूभकामना आदान प्रदान गर्दै दशै मनाईयो । यूएइमा रहेका विभिन्न तह र तप्कामा कार्यरत विशिष्ट नेपालीहरुको उपस्थित रहेको थियो । उपस्थित नेपालीहरुले एक आपसमा टिका तथा शुभकामना आदान प्रदान गर्दै दशै मनाएका थिए । उक्त अवसरमा यूर्एइका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, बुद्धिजीवी, पत्रकार तथा समाजसेवीहरुको उपस्थित रहेको थियो । नेपालका बाढीपिडीतलाई सहयोग गर्ने सम्पूर्ण यूरर्एइबासी नेपालीहरुलाई राजदूत अर्जुन बहादुर थापाले धन्यवाद दिनुभएको थियो ।

त्यस्तै अबुधावी देखी १६० किमी टाढा सारजाहमा पनि नेपालीहरुले एक आपसमा टिका लगाउदै दशै मनाए । दशैको टिकाको दिन बेलुका नजिकैका सबै नेपालीहरु जम्मा भइ मान्यजनहरुबाट जस्तै टिका तथा आर्शिवाद लिएका थिए भने विभिन्न परिकारका मासु तथा अन्य परिकारका खाना बनाई साथीभाइहरुलाई खुवाउनमा ब्यस्त देखिन्थे ।