Showing posts with label तातो बहस. Show all posts
Showing posts with label तातो बहस. Show all posts

June 1, 2010

आखिर किन गरिरहेछन् माओवादीहरू यो सब ?




'बादल' ले ढाकेको हो र ? ( साभार : नागरिक पत्रिका)

भरतपुर क्यान्सर अस्पताल प्रमुख भक्तमान श्रेष्ठ गत २ हप्तादेखि अपहरणमा परेका छन् । उनको गाडि पोखरामा र ब्रिफकेश मुग्लिङ-चितवन बीचमा फेला परेका तथ्यहरू सार्वजनिक भएका छन् । सार्वजनिक भएका अरू तथ्यहरु मध्ये डाक्टर भक्तमान कट्टर माओवादी पेशाकर्मी रहेको र उनको यही विशेषताका कारण उनी भरतपुरस्थित यो अस्पतालका निर्देशकमा नियुक्त गरिएका रहेछन्, माओवादी सरकारका पालामा । प्राप्त विवरण अनुसार , भरतपुरको क्यान्सर अस्पताल डाक्टर भक्तमानको यो कार्यकालमा लगभग माओवादी राजनीतिको अखाडामा रुपान्तरण पनि बनाइसकिएको रहेछ । तर , समाचारहरू अनुसार, डाक्टर भक्तमान अलिक झोँकी स्वाभावका पनि रहेछन् र कामरेड प्रचण्डसंग सिधा सम्पर्क राख्ने हैसियतका भएका हुनाले पछिल्ला समयमा जिल्ला स्तरीय झिना मसिना माओवादी ठेट्नाहरूलाई टेरपुच्छर नलगाउने गर्दै रहेछन् ।
माओवादी शीर्ष पुरूष कामरेड प्रचण्ड र अर्का शीर्ष ५ मध्येका बादल भनिने राम बहादुर थापा को गृह जिल्लाका रूपमा रहेको चितवन, माओवादीले प्रस्ताव गरेको कथित नया नेपालको राजधानी पनि हो । माओवादी राजधानीबाट त्यहाँका महाराजा प्रचण्डलाई मात्र टेर्ने र बादललाई नजर अन्दाज गर्ने धृष्टता गरेको हुनाले, डाक्टर भक्तमानको अपहरण उनलाई नसिहत दिनका लागि बादल समूहको निर्देशनमा नै भएको कुरालाई समाचार बनाएर, नागरिक दैनिकले केही दिन अगाडि समाचार प्रकाशित गरे पछि बाँकि नेपालले


March 29, 2010

धूर्तको विनय, गोहीको आँशु र लासमाथीको राजनीति

“अति विनयम् धूर्त लक्षणम्”- संस्कृतको यो भनाई यसो त मैले सधैं नै एकदम सत्य पाएको छु । तर यस पटक भने यो चार शब्दले चार दिनमा  मेरो देशका नेताहरुको चरित्र पुरै दर्शायो ।

प्रंसग गिरिजा कोईरलाको निधन र त्यसपछि विकसीत घटनाक्रमको हो । अघिल्लो हप्ता गिरिजाप्रसाद कोइरालाको राजनैतिक यात्रा र दीर्घ जीवनको पट्टाक्षेप पछि नेपालको राजनितीमा एकचोटी गज्जबको सहिष्णुता, सम-आदर र पर-सम्मानको नाटक देखियो।

उनका आफ्ना दल वा गुटका त कुरै छौडौं, विगतमा उनका कट्टर विरोधी रहेका समेत उनका दूरदर्शी निती, उनको कार्यकुशलता र उनका सोचको प्रशंसा र स्तुतीगानमा व्यस्त रहे । कुरोको चुरोसम्मै सिधै पुग्ने हो भने “नयाँ जोगीका खस्रा छाला” भनेजस्तै गरी उनका नितीसंग सधैं पैठोजोरी गर्दै आफ्नै दबदबा कायम गर्न अग्रसर हुनेहरु नै सबैभन्दा ‘दु:खी’ देखीए ।

उनको सोच र मार्गचित्र अनुसार चलेर देशमा अमन चैन कायम गर्ने र शान्तिस्थापनाको कार्यलाई यथार्थतामा बदल्ने भनेर हरेकले मसाने वैरागका साथ अभिव्यक्ति दिए । मानौं अब सबैजनाको आखाँ खुलेको छ र अब सबै दल र गुटका नेताहरु एक भएर देशको लागि अघि बढनेछन् ।

तर त्यो मसाने वैराग्य र गोहीका आँशु ३ दिन पनि टिक्न सकेनन् । अनि सुरु भयो शक्तिको लागि आ-आफ्नो हकदाबी गर्ने र हैकम देखाउने खेल । उनको अवसानमा जसरी दल र दल बाहिरका सबैले औपचारिकता प्रदर्शन गरेका थीए, त्यसरी नै उनको निधन भएको ७ दिन पनि नपुग्दै आठ थरिका दाबी र हकका हैकमहरु पार्टी भित्र र बाहिरबाट पनि निक्लन थाले ।

दलमा उनको मृत्युको तेस्रो दिनदेखि नै “अब को?” वा “मै हुँ अब” भन्ने शीतयुध्द चर्कीन थाल्यो भने दल बाहिर पनि एकातर्फ उच्चस्तरीय राजनैतिक संयन्त्रको नेतृत्व आफैंले गर्न पाउनु पर्ने मागका साथ प्रचण्ड देखा परे भने अर्कोतर्फ उच्चस्तरीय राजनैतिक संयन्त्रले सरकार ढाल्ने तयारी भैरहेको थीयो भन्ने ‘ग्य्राण्ड डिजाईन’ को खुलासा गर्दै बाबुराम भट्टराई निस्केका छन । फेरि प्रधानमन्त्री रहेका माधव कुमार नेपाले पनि यहि बेलामा ‘गिरिजा कोईरालासंग ३ हजार मात्रै सैनिक समायोजन’ गर्ने सल्लाह भएको उजागर गरेका छन ।

यही रीतमा जाने हो भने नेपालको राजनीतिमा आउँदा दिनमा यस्ता धेरै ‘सल्लाह’ र ‘निर्णय’ हरुका ठेली नै लाग्नेमा कुनै शंका नलिए हुन्छ ।

उदेक लाग्ने कुरा त के भने, यो सबै ‘गोप्यता’ र ‘ग्य्राण्ड डिजाईन’ को खुलासा गरिरहँदा न त कुनै नेतालाई  धक वा लज्जाको महशुस भएको छ न त कसैलाई जनताका पिठ्युँ पछाडि बसेर यस्ता नानाथरी गोप्य सम्झ्यौता र समझदारी गरेको भन्दै हिँडदा एकजना दिवंगत आत्माको सम्मानको ख्याल नै आएको छ ।

कोईराला अब हाम्रो सामुमा छैनन् र अबका दिनमा कुनैपनि अलीखित मुद्दा वा विषयका वारेमा उनका धारणा वा सोच के कस्ता थिए भन्ने वारेमा जसले जे सुकै भनेपनि उनी त्यसको समर्थन वा प्रतिवाद गर्न हाम्रो सामुन्ने आउने छैनन् । यस्तो अबस्थामा, यसलाई मौकाको रुपमा लिँदै आफूलाई जहाँ जे कुरामा फाईदा हुन्छ त्यहाँ ‘कोइरालाले यस्तो भनेका थिए’ वा ‘उनीसंग यस्तो तय भएको थियो’ भन्दै हिँडनु कतिसम्म तर्कसंगत र मानवताका कुरा हुन ।

हुन त लासमाथी राजनिती गर्ने वा लासमाथी चढेर सत्तामा जाने मार्ग नेपाली राजनितीमा कुनै नौलो कुरा भने होईन, तर एकजना राजनितीज्ञ, जसले आफ्नो पुरै जीवन प्रजातन्त्रको लढाईमा खर्चे (उनका कमी –कमजोरीको कुरा यसपाला नगरौं) उनको मृत्युलाई समेत मौका बनाउन खोज्नु भने पक्कै पनि एकदमै अशोभनीय र घृणीत कार्य हो ।

हुनसक्छ, कतिपय राष्ट्रिय समस्या वा आगामी रणनितीका वारेमा उनीसंग अन्य दल वा आफ्नै दलका अन्य सदस्यहरुसंग केही बिचार विमर्श वा सर-सल्लाह भएका होलान । तर लीखित दस्तावेज नरहेका हदसम्ममा अब उनको नाम उचालेर आफ्नो स्वार्थ सिद्द गर्न खोज्नु कसैलाई पनि शोभा दिने कुरा हैनन् ।

म चाहन्छु, उनको निधनको लगत्तै दिएका वक्तव्य र समवेदनाका शब्दहरु हाम्रा सबै कमजोर स्मरणशक्ति भएका नेताहरुले एक पटक आफैं पढेर हेरुन अनि दिवंगत आत्माको बदनाम गर्न हैन, सम्मान पूर्वक राष्ट्रीय समस्या र मुद्दामा सहमतिको मिलन बिन्दुमा पुगुन । राजनीति फोहरी खेल नै होला तर यसलाई यत्ती फोहर पनि नबनाउँ कि यसले शारिरिक दायरा नाघरे कसैको आत्मालाई पनि विकृत बनाओस ।



December 24, 2009

सगरमाथा, माउण्ट एभरेस्ट कि नौबन्धन

निर्मलमणि अधिकारी -आयोदधौम्य
विश्वको सर्वोच्च शिखर 'सगरमाथा' हाम्रो हुनु हामीले गर्व गर्न मज्जाले मिल्ने कुरा हो । तर संसारभरि यसको नाममाथि अनधिकार एकजना बेलायती जर्ज एभरेस्टको ठप्पा लागेर 'माउण्ट एभरेस्ट' भनेर फैलनु उत्तिकै लाजमर्दो कुरो हो भन्ने मेरो ठहर छ । अनेक कुरा विदेशीबाट नक्कल गर्ने, तर गतिलो पक्ष चाहिँ लिँदै-नलिने मुर्ख्याइँ गर्नमै मजा मान्ने होभने त अर्कै कुरो; नत्र छिमेकी देशमा अर्काले थोपरिदिएको 'मद्रास' नामलाई मिल्काएर आफ्नै पुरानो परम्परागत 'चेर्न्नई' नाम राख्ने, त्यसरीनै 'बम्बइ' नाम मिल्काएर पुरानै 'मुर्म्बई' नाम प्रयोग गर्ने र 'क्यालकटा' जस्तो विकृत नाम हुर्‍याइदिएर 'कोलकाता' कै पुनः प्रयोग शुरु गर्ने जस्ता राम्रा अभियानबाट हामीले पनि सिक्न नहुने भन्ने के छ र ! अनि त्यसको शुरुवात हाम्रो शान सगरमाथा बाटनै गरे अझ राम्रो !

आफ्नो राष्ट्रिय परिचयलाई ठम्याउन र कायम राख्न नसक्ने मुलुकको स्वाधीनताको विशेष अर्थ रहँदैन । भारत बेलायती साम्राज्यवादीको पञ्जामा परेको बेलामा त्यहाँका र्सर्भेयर-जनरल एन्ड्रयु वाघले सनकको भरमा विश्वको सर्वोच्च शिखरलाई 'माउन्ट एभरेस्ट' नाम राखिदिएका थिए । त्यतिन्जेलसम्म 'पन्ध्रौं चुली' नामले र्सर्भेकर्ताहरुले चिनाउने गरेका विश्वको सर्वोच्च शिखरलाई एन्ड्रयु वाघले आफ्ना भू.पू. हाकिम जर्ज एभरेस्टको नामबाट बेलायतको 'माउन्ट एभरेस्ट' नाम राखिदिनु उनको स्वामीभक्ति थियोभने तत्कालीन भारतको इस्ट इण्डिया कम्पनी सरकारले त्यसलाई मान्यता प्रदान गर्नु साम्राज्यवादीहरुको धुर्तापूर्ण कार्य थियो । यस क्षेत्रबाट अंग्रेजहरु लखेटिएको यतिका वर्ष पछि सम्म पनि हाम्रो सर्वोच्च शिखरको नाम त्यही 'माउन्ट एभरेस्ट' नै भिरिरहनु चाहिँ पूर्णतया गुलाम मानसिकताको द्योतक हो र लाजमर्दो कुरो हो । जतिसक्यो यो ठप्पा मेट्नु र आफ्नै परम्परागत नाम विश्वभर प्रचलित गराउने प्रयास गर्नु पर्दछ हामीले ।

यसबारे मदनमणि दीक्षितले पहिले नै चर्चा गर्नु भएको पनि हो : विख्यात इतिहासविद् बाबुराम आचार्यले एभरेस्ट चुली भनिएकोलाई सगरमाथा भन्ने नाम दिनुभयो । त्यो चुचुरोको स्वामित्वबारे नेपाल र चीन बीच छैठौं दशकमा छलफल चल्दा र्सवदर्शनाचार्य चूडानाथ भट्टरायलाई उक्त शिखरसित सम्बन्धित पौराणिक कुरा वा तथ्य केही छन् कि भन्ने पत्ता लगाउन आग्रह गरिएको रहेछ । सो आग्रह अनुसार उहाँले काम गर्नुभएर हिमवत्खण्डमा उल्लिखित 'व्योमकूट' र 'सगरमाथा' एउटै हुन् भन्ने मन्तव्य दिनुभएको ...... । ..... तर महाभारतको वनपर्व पल्र्टाई हेर्दा अध्याय १८७ को ५० औं श्लोक मैले यस्तो पाएँ( नौर्मत्स्यस्य वचः श्रुत्वा श्रृङ्गे हिमवतस्तदा ।। तच्च नौबन्धनं नाम श्रृङ्गं हिमवतः परम् ।। अर्थात्, माछोको वचन सुनेर हिमालयको चुचुरोमा नाउलाई बाँधियो जसले गर्दा हिमालयको त्यो सर्वोच्च शिखरको नौबन्धन भन्ने नाम रहेको छ । मत्स्यावतारको कथा बताउँदा महाभारतमा आएको यो श्लोकको कथा पक्षलाई छोडेर हेर्दा सर्वोच्च हिमशिखरको नामबारे पौराणिक कालमा जिज्ञासा थियो र तिनले आफ्ना प्राचीन गाथासित त्यो जिज्ञासालाई जोडेर त्यो सर्वोच्च हिमशिखरलाई 'नौबन्धन' भन्ने नाउँ दिएका थिए भन्ने तथ्य र्छलङ्ग हुन्छ । .... बाबुराम आचार्यले सगरमाथा भन्ने नाम दिनुहुँदा उक्त महाभारतीय श्लोकप्रति किन ध्यान दिनुभएन ! -हेर्नु- त्यो युग, पृष्ठ नं. ११(१२) विश्वको सर्वोच्च शिखरको नाम पौराणिक कालमा 'नौबन्धन' रहेको र त्यसलाई 'व्योमकूट' पनि भनिने गरेको देखिन्छ ।

जस्का नामबाट हाम्रो सगरमाथालाई विश्वभर चिनाइँदै छ ती व्यक्ति र्-जर्ज एभरेस्ट) को बारेमा नालीबेली केलाउँदा के देखियोभने उनी सन् १७९० तिर बेलायतको ब्रेक्नोकसायरमा जन्मी विद्यालयस्तरको पढाइ सकी बुलविच भन्ने ठाउँको सैन्य शिक्षालयमा भर्ना भएका थिए । सेनाका लप्टन भएर भारत आएका जर्ज एभरेस्ट सन् १८१२ मा अहिलेको भारतको मध्यप्रदेश -त्यतिखेरको 'कालिन्जर') कब्जा गर्ने सैनिक टोलीमा सामेल थिए । पछि उन्लाई, भारतीय उपमहाद्वीपलाई क्वाप्पै खाने अंग्रेज रणनीतिको एक भागका रुपमा शुरु गरिएको भौगोलिक र्सर्भेमा खटाइएछ । त्यहीबेला एन्ड्रयु वाघ उन्का सहायकका रुपमा काम गर्थे । जर्ज एभरेस्टले उमेरको हदबन्दीले अवकाश पाएपछि उन्का सहायक एन्ड्रयु वाघ बन्न पुगे 'र्सर्भेयर-जनरल' र उनैले आफ्ना भू.पू. हाकिमको नाममा हाम्रो सर्वोच्च शिखरको नामाकरण गरिदिए । धूर्त साम्राज्यवादी 'इस्ट इण्डिया कम्पनी' सरकारले हत्तपत्त सो नामाकरणलाई मान्यता प्रदान गरिहाल्यो । त्यतिखेर नेपालमा शासनरत राणा शासकले यो कुरा थाहा पनि पाए कि पाएनन् कुन्नि ! थाहा पाएकै भएपनि अंग्रेजका गुलामीमा फसिसकेका राणाजीहरुले के खाएर गर्दा हुन् विरोध !

सगरमाथालाई 'माउन्ट एभरेस्ट'कै रुपमा रहिरहन दिनु साम्राज्यवादको नाङ्गो बलात्कारलाई स्वीकार गरिरहनु हो । यस धब्बालाई मेट्न ढिलाउनु हुँदैन । अब विश्वको सर्वोच्च शिखरको नामाकरण गर्ने क्रममा हामीसँग थुप्रै विकल्पहरु छन् । महाभारतकाल र त्यस अघिको नाम( 'नौबन्धन'; हिमवत्खण्डमा दिइएको नाम( 'व्योमकूट'; इतिहास-शिरोमणि बाबुराम आचार्यले राख्नुभएको नाम( 'सगरमाथा'; बेलायती साम्राज्यवादीहरुले थोपरिदिएको नाम( 'माउन्ट एभरेस्ट' र स्थानीय जनताले चलाउने गरेका अन्य नामहरु । यीमध्ये अरु जुन-कुनैपनि नाम प्रचलित हुँदा हाम्रो राष्ट्रिय परिचयको निमित्त उपयुक्त हुने देखिन्छ; तर माउन्ट एभरेस्ट नामलाई जतिसक्दो चाँडो त्याग्नु राम्रो ! अस्तु ।



November 20, 2009

कामरेडहरु, संघियतामा जातिय मानसिकता त्याग्नुस

पुष्पजीले एकलव्यजीको पोष्टसंगैको कमेन्टमा मेरो धारणा वा प्रश्नलाई केटाकेटी पाराको लाग्यो भन्नु भएको थियो, तर मलाई फलानो जातिको यो प्रदेश, अनि फलानाको यो प्रदेश भन्ने मनचिन्ते झोली रुपी चिन्तन र माग अपरिपक्व मात्र हैन अनाडी पनि लाग्छ भनेर मैले भनिसके, अझ यो भन्दा पनि धेरै लाग्छ भन्दा पनि फरक पर्दैन । धेरैजना जातीय र भावनात्मक राजनीतिलाई मान्छे बटुल्ने साधन बनाउनेहरुलाई मेरो प्रश्न : तपाइले कुन जातिलाई राज्य दिनु हुन्छ ? किन दिने , के पुष्पजीले भने जस्तै टुरिस्ट आएर जातीय पहिरनमा लगाएको फोटो खिच्छन र देश विकास हुन्छ भनेर ? कामरेडहरु, तपाइहरुलाई थाहा होला काठमाडौ सांस्कृतिक शहरको रुपमा चिनिन्थ्यो । तर अहिले काठमाडौ पर्यटकको लागि सांग्रिला रहेन । यसलाई नेवा प्रदेश बनाउदैमा यो धरोहर फेरि फर्किन्छ ? हैन फर्किदैन, अव्यवस्था र लथालिंगको थुप्रो हटाउनुस त्यसै सुध्रिन्छ । म आंफै पनि पर्यटक बनेर धेरै देश घुमेको छु घुमिरहन्छु पनि । मलाई थाहा छ मान्छेहरु के रुचाउंछन, किन घुम्छन र कसरी घुम्छन भनेर। वातावरण र संस्कृति राज्य छुट्ट्याएर बलियो वा प्रचुर हुने हैन । काठमाडौको इन्द्र जात्रा बाहुन, क्षेत्री, तामाङहरुले पनि मनाउंछन । तनहु, पाल्पा र स्याङजाको बोटेबजार मगर, नेवार, बाहुन, क्षेत्री, दमाई आदि इत्यादि सबैले मनाउंछन । खेमराज गुरुङले गाएको गित वाला एकादशी बजार, पक्कै पनि खेमराजले वा भोजपुरतिरका गुरुङहरुले मात्रै मनाउदैनन् अरुले पनि मनाउंछन । तपाईंलाई थाहा नहोला तीज नेवारहरु बाहेक काठमाडौ बाहिर लगभग ठाउं अनुसार सबै जातिले मनाउंछन । तर तीजको लाखे नाचको लागि नेवार नभई कसैले पुजा शुरुवात गर्न पाउंदैन । लाखे नाच विनाको तीज र कृष्णाष्टमी धेरै ठाउंमा कल्पना पनि गर्दैनन मान्छेहरु । अब कुन संघले वा कसको राज्यले कसलाई संरक्षण गर्ने हो थाहा भएन । यी संस्कृति बचाउन आफ्नै राज्य चाहिन्छ भन्ने कुरा पनि विश्वास गर्दिन म । कस्ता मान्छे हुन, वा कस्तो संस्कृति हो बजेट वा जागीर नपाए संरक्षण नहुने ?

कामरेडहरु, मैले कुनै बेला बि एस्सी पढ्दा देश कति धनी छ भनेर जांच्न त्यस देसमा कति सल्फ्युरिक एसिड उत्पादन हुन्छ भनेर थाहा हुन्छ भन्ने एउटा टेस्क्ट बुकमा पढेको थिएं। कसैले भन्छन देशमा कति बुल्डोजरहरु गुड्छन त्यसले देशको विकासको गति बताउंछ । कसैले भन्छन देशमा प्रति व्यक्ति बिजुली, वा ग्यास जस्ता संसाधन खपत हुन्छ त्यसले मान्छेको जीवनस्तर देखाउंछ भन्छन । यी यस्ता मापदण्डहरु आ-आफ्नै व्याख्या अनुसार होलान, कसैले कति जुलुश र कति चर्का नारा लगाउन सक्यो भने देशको मानव विकास सुचक माथि उठ्छ भन्ने सम्झेलान ।

मैले बुझे अनुसार धेरै नव शासकहरुमा काठमाडौ र बाहिरको परिस्थिति एकैनाशको मान्छन । अनि काठमाडौले के बुझ्छ भने अहो, यत्रो पैसा ! यो त सबै काठमाडौ प्रदेशमा लगाउन पाए कति मालामाल हुन पाइन्थ्यो । तर जुम्ला देखि ताप्लेजुङ सम्मको मान्छेले मेलम्चि ल्याउन लाखौं आफ्ना थाप्लोमा ऋण बोकेको कसैले देख्दैन । सबैले काठमाडौ वा पोखराका कालोपत्रे सडक (बिजोकै हालतको भए पनि) देख्छन, खाली खुट्टा भारी बोकेर डोल्पा वा मनाङतिर ५-६ दिन लगाएर नुन बोकेको कसैले देख्दैन किनकि ती अमुकहरुको कुनै पार्टी छैन । भोट कि त एक गिलास रक्सीको भरमा दिन्छन, कि त फलाना बाबु साहेबले भनेका भरमा दिन्छन कि त कसैले बन्दुक तेर्स्याएको भरमा दिन्छन । कामरेडहरु, कन्जर्भेसन अफ मास वा इनर्जीको सिध्दान्तलाई मान्नेहरु मध्य कसैले के पनि भन्छन भने बिल गेट्स वा माइकल ज्याक्सनहरुका बंगला र गाडिहरु काठमाडौ वा बिहारका सिकर्मी डकर्मी वा कुल्लीहरुका कमाईबाट छिनिएका हुन। किनकि मान्छे जन्मदा सबै उस्तै हुन्छ । मान्छे के हो भन्ने जान्न अस्पताल वा मुर्दाघाटहरुमा गए पुग्छ । मान्छे धेरै शक्तिशाली प्राणी हो र सबै भन्दा नीरिह पनि ।

अस्ति एकजना पर्यटकले भनेका थिए घान्द्रुक घुमेर उनलाई लाग्यो रे मान्छेहरु २१औं शताब्दीमा यसरी पनि बस्दा रहेछन भनेर । उनले इतिहासमा पढिने आदिमानवको जस्तो अवस्था नेपालमा देख्न पाइदोरहेछ भनेर दंग परे । खोइ कतिजना नेपालीलाई यी कुराले गर्वित तुल्याउला तर मलाई चाहि अप्ठेरो महसुस भयो ।


यहाहरुलाई थाहा नभएको अर्को कुरा (किनकी यहाहरुलाई त जुलुश, घोषणापत्र र पत्र पत्रिकामा चुलिएको कुरो बाहेक अरु थाहा नहुन सक्छ ) मेरो जन्मथलो र पुर्ख्यौली राज्यको राजा दमाइ थिए । किन अरुले राज्य पाउंदा दमाइहरुले नपाउने ? किनकी अहिलेको जातिय संघिय स्वरुप “प्रभु”हरुबाट निर्देशित छ । अंशुवर्माले चलाएको निर्देशन अहिले पनि विभिन्न प्रभुहरुबाट निर्देशित हुदै चलिरहेको छ । जातिय र क्षेत्रीय रुपमा बनेका भारतका मणिपुर, मेघालय, नागाल्याण्डहरु किन पछि छन ? केन्द्रको कारणले ? होइन आफ्नै कारणले । केन्द्रलाई केहि मतलव छैन । देशबाट छुट्टिने किसिमको दंगा नहोस अरु भांड मे जाए भन्छ केन्द्रले । युरोपका धेरै देश घुम्दा पनि कहि कतै जातिय राज्य (सर्विया, अल्बानिया तर्फ नजाऔं) र व्यवस्था देखेको छैन । बरु ३ वटा राष्ट्रिय भाषा भएको र एउटा ठाउंको भाषा अर्को ठाउंकाले नबुझ्ने बेल्जियम र दुइटा भाषा भएको स्विट्जरल्याण्डमा पनि यस्तो लफडा देखेको छैन । सबै देशहरुमा नेपालको केन्द्रले गर्ने काम नगरपालिका र गाउंहरुले नै गरिदिन्छन त्यसैले कसैलाई संघको आवश्यकता र संघिय राज्यको हेड क्वार्टर धाउनु पर्ने कारण देखेको छैन । एकपटक रोममा पुग्दा एउटा कुनै इटालियन ग्रुपले सांस्कृतिक नाच देखाइरहेको थियो , मलाई खुब मन पर्यो अरु ठाउं हेर्न छोडेर पनि त्यहि हेरेर बसिरहें । ती कुनै संघ वा राज्यका प्रतिनीधिहरु थिएनन बरु संस्कृतिलाई जोगाइराख्न स्वतस्फुर्त रुपमा तातेका ग्रामीण क्षेत्रका वासिन्दाहरु थिए र तीनिहरुको जात या राज्य के हो भनेर बुझ्न मलाइ कुनै दरकार परेन किनकी मेरो लागि उनीहरु सिसिलिया देखि मिलानसम्म जहांको भए पनि इटालियनहरु थिए । अर्को कुरा स्कटल्याण्डको स्कर्ट लाउने संस्कृती स्कटल्याण्ड छुट्टै राज्य हुदैमा अपार वृध्दि भएको छैन । ग्लास्गो र एडिनवर्गमा सुन्न नपाएको ब्यागपाइपरको धुन ह्यामवर्ग र ब्रसेल्समा सुनेको छु । हाम्रै देशमा पनि म हिन्दु होइन भन्नेहरुले पनि तिहार सकिएको १ हप्ता पछि सम्म पनि देउसी खेल्दै हिडेको फोटो नदेखेको र समाचार नपढेको होइन । कामरेड, यी उदाहरणहरुले मलाई के निश्कर्षमा पुग्न बाध्य बनाउंछ भने, कुरोको चुरो कसरी पैसा झार्ने भन्नेमा अडिदो रैछ । तपाइहरुले भन्नुहोला कस्तो संकिर्ण विचार राखेको ? तर यसले आम स्तरमा देखिएको सोंचको चित्रण गर्छ ।

अझ अर्को दुखदायी कुरा त नेपालको जातियताको लडाईले विदेशमा समेत नचिनेका नेपालीहरु र चिनेकैहरुको बिचमा पनि सौहाद्रपुर्ण वातावरण रहेन । पहिले जस्तो कुनै नेपाली हो कि भन्दै आंफै गएर “नमस्कार तपाई नेपाली हो ?” भन्ने स्थिति अहिले धेरै ठाउमा देखिदैन । त्यति मात्रै होइन न्युयोर्कमा १ वर्ष जति पहिले एकजना नेपाली मर्दा जातिपातिको कारणले शव नेपाल पठाउने पैसा पनि उठेन रे । कामरेडहरु, तपाइहरुको अग्रगामी सोचको कारणले सिर्जित अदृश्य दिक्षाले नेपालीहरु माझ न्युनतम मानविय संवेदना पनि हराउंदैछ। कामरेडहरु, भावनात्मक विष डमडम बन्दुकको गोली र सायनाइड भन्दा घातक हुन्छ । किन नेपाल जस्तो देशमा यस्ता विषहरु पोखिएका छन ? सामान्य कुरामा विदेशी प्रभू देख्नुहुन्छ तपाइहरु, तर तपाइहरुको दिमागभित्र विष भर्ने प्रभुहरु देख्नुहुन्न, होइन त यो बिडम्वना ?

कामरेडहरु, मैले काम गर्ने कर्मथलोमा जुन देशका मान्छेहरु कार्यरत छन, सबै देशको झण्डा प्रवेशद्वार भित्र राखिएको छ र जहिले पनि त्नेपालको झण्डा हेर्दै मान्छे झुम्मिरहेको देख्छु । मान्छेको पहिचान मान्छेले बनाउने हो, आंफै अरुले बनाउदैन । त्यसको लागि नारा जुलुश हैन काम गर्नु पर्छ । भड्काउने र फोड्ने हैन बनाउने र सपार्ने नसके चुप लागेर बस्ने गर्नु पर्छ । धेरै पश्चिमाहरुको सफलताका कडि यिनै हुन । घरै पिच्छे छुट्टै जात भएका पश्चिमाहरुले त्यसलाई आफ्नो घर भित्रमात्र सिमित गरे , तर हाम्रा लागि अझै यी संजिवनी बुटी छन, हैन त कामरेड यो विडम्वना !

अर्को कुरा बाहुन क्षेत्री, कामी, सार्की आदि र काठमाडौ बाहिरका नेवार समेतलाई राज्य चाहिदोरहेनछ अहिलेका नेताहरुको परिभाषामा । सिधा अर्थ के हो भन्दा जसले बल मिच्याइ र नेपाल बन्द गराउंछ देश उसैले पाउंछ । हामी केटाकेटीमा एक खुट्टे खेलेर कोठा जित्ने राज्य गेम खेले जस्तो । कामरेड, मागेर पाइन्छ भन्ने मानसिकता त्याग्नु पर्छ । जसले मेहनत गर्छ उसले फल पाउनु पर्छ भन्ने मान्यता लागु गर्नु पर्छ ।

मेरो मान्यतामा नेपालमा अझै पनि केहि परिवर्तन वा विकास हुन्छ भने केवल प्रगतिशील विचार बोकेका र अहिले पनि अगाडि देखिइरहेका वामपन्थीहरुबाट सम्भव छ न कि गिरीजा र गच्छेदार वा सुर्य बहादुर र गोरे बहादुरहरुबाट । देश बनाउन नसक्नुमा गिरिजा बाबुको कत्रो “महान योगदान” छ भन्ने कुरा दौंतरीमा नै करिब १ वर्ष पहिले धारावाहिक लेखहरु लेखिका थिए, मैले यहा भन्नै पर्दैन ।

करिव २ दशक अगाडि सारा विश्व एउटै देश र सारा मान्छे एउटै जातिका हुनेछन भन्दै मुठ्ठी उचाल्दै भुमिगत जिवनमा आफुले पनि गाएका सर्वहाराका गीतहरु अझै पनि मलाई याद छन । तर कामरेडहरु आंफै गर्ने भन्दा बिगार्नेहरुको जालमा फसेका छन र के हो प्राथमिकता भन्ने कुरो विर्सेका छन । गर्छु भन्नेहरुले भांडभैलेहरु र दिमागमा तन्तु नभएका झुण्डहरुबाट सिध्दान्त, बिचार र भिजनलाई जोगाइराख्न कति हम्मे हम्मे होला बाबुरामहरुलाई सोध्नुस ।

मेरो मान्यता संघियता देउसी भैलो र ६०१ जनाको नौटंकी भन्दा महत्वपुर्ण र दुरगामी असर राख्ने वृहत र आवश्यक योजना हो । यसको लागि धनुषवाणको लडाई होइन वृहत सोंच, भिजन र डिजाइन चाहिन्छ । यो योजनामा अब मैले राज्यरुपी जागीर पाएं वा पाउछु भन्नेहरुलाई माथि पारेर होइन कि देशको समग्र विकास र भलाइ सोच्नेहरुको सोचलाई कदर गरेर गरिनु पर्छ । होइन भने बिचार आआफ्नो हो, कस्तो भविष्य खोजेको हो सबैले आंफै जानुन र “जान्नेहरुले” नै भोगुन ! कामरेडहरु, मेरो विचार केटाकेटी भएकोमा मलाई दुख छैन तर राजनीति र कार्यप्रणाली नबुझेका तर आंफुले धेरै बुझेको छु र अग्रगामी छु भन्ने देखाउन खोज्ने उग्र कामरेडीपन प्रति चाहीं दुख लाग्छ । यस्ता कुराहरु नै समग्र देशको विकासका लागि मात्र नभएर आ-आफ्नै पार्टीका लागि पनि घातक हुन ।


अनि कामरेडहरु, घर जलेर आगो बल्दा केटाकेटीहरु पनि थपडि बजाउंदैनन बरु रुन्छन, केवल शिशुहरु मात्र बलेको उज्यालो देखेर दंग हुन्छन ।


बोली रुखो भएकोमा क्षमा पाउं कामरेडहरु !


August 9, 2009

गूगल अर्थले गल्ति सच्चाउने रे, तर हाम्रो हैन !

मैले केही समय अघि गुगल अर्थले सगरमाथाको शीखर चीनमा परेको देखायो भनी आपत्ति जनाएको थिएँ । त्यस्तै खालको लेख हिजोको टाइम्स अफ इण्डियाको वेब संस्करणमा पनि छापिएको थियो । यसका अनुसार , गुगुल अर्थको पछिल्लो भर्सनमा , भारतको सुदूर उत्तर पूर्वी अरूणाचल प्रदेशका भारत शाषित धेरै भूभागलाई  चीनिया भूभागको रूपमा देखाइएको रहेछ । बुझ्न सकिन्छ, यो समाचार पढेपछि कति भारतिय जनता र सरकारका प्रतिनिधिहरू समेतले सो कुराको बिरोध गरे होलान् गूगल समक्ष । त्यसैको परिणाम गूगलले आँफूबाट गल्ति भएको र सो गल्तिलाई सच्चाउने आश्वासन भारतीयहरु सामु प्रकट गरेछ ।

स्मरणीय छ,भारत र चीन बीच प्रशस्त सीमा विवादहरू छन् । यी मध्ये भारतले आफ्नो भूभाग हो भनी दावा गरेको पश्चिमोत्तर राज्य जम्मू काश्मीर प्रदेशको अक्साइ चीन भनिने भूभाग र पूर्वोत्तरको अरूणाचल प्रदेशको उत्तरी भूखण्ड समेत नब्बे हजार वर्गकिलोमिटर क्षेत्रफल भएको विशाल भूभाग अझै चीनीया नियन्त्रणमा नै छ । भारत चीन बीच सीमा विवादले गर्दा पछिल्लो समय १९६१-६२मा यी दुई मुलुकबीच घमासान युद्ध पनि भयो र आजपर्यन्त सीमा विवाद समधानका प्रशस्त प्रयासहरू भए पनि यी दुई मुलुक बीच समस्या यथावत् छन् । रोचक कुरा त के छ भने , त्यति बेलाको भारत माथिको चीनीया आक्रमणलाई भारतको मार्क्सवादी कम्युनिष्ट पार्टीले सही ठहराएको थियो । कम्युनिष्ट राष्ट्रले आफ्नो मुलुकमाथि गरेको आक्रमणलाई सही ठहर्‍याउने कम्युनिष्ट  पार्टीभित्र यो कुराले ठूलो विवाद जन्मायो र यो पार्टी भारतीय कम्युनिष्ट पार्टी ( चीनिया आक्रमण बिरोधी ),मार्क्सवादी कम्युनिष्ट पार्टी ( चिनीया आक्रमणको शुरूमा भोकल र पछि मौन समर्थक ) मा विभक्त भयो । यो विवादास्पद,राष्ट्रविरोधी तथा कम्युनिष्ट अन्तर्राष्ट्रवाद पक्षीय अडानले गर्दा , आज पर्यन्त भारतीय राष्ट्रवादमा माकपाका बारेमा धेरै नै प्रश्न उठ्ने गर्छन् ।

आफ्नो सीमामा गूगलले अन्यथा देखायो भनेर गल्ति सच्चाउन घच्घचाउने भारतीयहरू , अरू साना छिमेकी मुलुकका सीमाहरूमा उनीहरूका कारण देखिएको मलमिचाइँमा भने चूँ सम्म बोल्न उचित ठान्दैनन् । यसको उदाहरण नेपालले भोगेको भोग्यै छ । उता नेपालको उत्तरी सीमामा भएको चीनिया अर्घेल्याईँ भने नेपाली मिडिया र जनताको मनमाथिंगलमा कहिल्यै देखा नै पर्दैन किनभने उत्तरी सीमा त धेरै नेपालीलाई थाहै छैन। 

गूगलले गल्ति सच्चाउने कुराको समाचार यो लिंकमा छ :

http://timesofindia.indiatimes.com/news/india/Google-admits-mistake-of-wrong-depiction-of-Arunachal/articleshow/4871753.cms

अनि हाम्रा नेतालाई पनि कस्तो टेन्सन् भएको होला ! आफ्नो राष्ट्र रसातल तिरको यात्रामा झरेको झर्यै छ त्यसको बारेमा चासो छैन । मुलुकलाई सँधैको हिंसा , अराजकता र रडाकोको क्रान्तिमा हुलेर बडा बडा गुड्डी हाँक्दै ,   हाम्रा कामरेड प्रचन्ड भने अमेरिका र भारत मिलेर चीनलाई खान लागे भनेर सुर्तामा दुब्लाएका पो देखा परे , हेर्नूस त , तलको लिंकमा  :

http://www.indianexpress.com/news/prachandas-latest-india-us-planned-to-attack-china-using-nepal/498655/

अनि यसको खण्डन यो लिंकमा:

http://www.indianexpress.com/news/India-rubbishes-Prachanda--s-claim/499165

हरे, हाम्रो गति र मति !

(सगरमाथा हाम्रै भएको जानकारी गुगलाई दिन कृपया यो पेज मा गएर “Please select the problem you're experiencing” भन्ने Dropdown menu मा “Wrong location” को विकल्प चुनेर सबैले २-३ लाईन नै भएपनि लेखौं ।)



July 20, 2009

थाहा छ ? सगरमाथा नेपालमा नपर्ने रहेछ नि !


(वायां तर्फको फोटो गुगल अर्थबाट लिएको हो भने दायांतर्फको फोटो गुगल म्यापबाट लिइएको हो । वायांतर्फको फोटोमा पहेंलो रंगको रेखाले सिमाना छुट्याएको छ जसमा सगरमाथाको चुचुरो चीनतर्फ पारेको छ । दायांतर्फको फोटोमा सेतो रेखाले सिमाना छुट्याएको छ जसमा सगरमाथा नेपालतर्फ देखाएको छ । आशा गरौं हाम्रो सगरमाथा नेपालमै छ र रहनेछ । - ZH)

नेपालमा हर्दम बहस चल्ने गरेको छ : सीमा मिचियो अतिक्रमण भयो । बोर्डरका खम्बाहरू सार्ने भारतीय सीमा सुरक्षाबल र भूसर्वेक्षणका नोकरशाहहरूले भारतको सीमालाई नेपालको अन्तर्गर्भमा घुसाउँदै बेलाबखत नेपालमा राष्ट्रवादको सडकनाटक मञ्चनमा सघाउँदै आएका छन् । केही समयको तमासा पछि भलै ती कुरा बिर्सिएकै किन नहोस् । तर मैले अहिले चर्चा गर्न खोजेको विषय भने नेपालको उत्तरी सीमा मिचिएको कुरा हो । त्यसभन्दा ठूलो चिन्ताको कुरो के रह्यो भने , हामीले नेपालको गौरव ठान्ने गरेको विश्वको सबैभन्दा अग्लो हिमाली शीखर सगरमाथा पूरै चीनमा पर्छ भनी गरिएको चीनिया दावाको कुरा हो ।

जर्ज एभरेष्टले भू सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शीखर यही हो भनी पत्ता लगाउञ्जेल यो हिमाल पूरा नेपालमा पर्थ्यो । स्थानीय भाषामा चोमोलोङ्मा भनी चिनिने यो संसारको शीर रूपी टाकुरालाई पछि नेपाली इतिहासकार बाबुराम आचार्यले हामीले अहिले बोल्ने गरेको 'सगरमाथा' नाम दिए । लामो समय नेपालको पूरै स्वामित्वमा रहेको यो सर्वोच्च टाकुरा धर्म गुरू दलाई
लामाको तिब्बतमाथि चीनिया कम्युनिष्ट नेता माओत्सेतुङको नेतृत्वमा रहेको रेड आर्मीको अतिक्रमण संगै विवादास्पद बनाइयो । तिब्बत अधीनस्थ पारेपछि पूरै सगरमाथा आफ्नो हो भन्ने दावा चिनले गरिरह्यो । तर पछि प्रधानमन्त्री वि पी कोईरालाका पालामा वि.सं. २०१६ सालमा नेपाल र चीनले सहमति गरी सगरमाथा सीमामा स्थित शीखर रहेको र यसको दक्षिणी मोहडा नेपाल र उत्तरी मोहडा चीनको हुने गरी सहमति भएको भन्ने कुरा मैले कुनै इतिहासको पुस्तकमा पढेको सम्झना छ । अहिले पर्यन्त पर्वतारोहीहरूलाई सगरमाथा चढ्न दिइने अनुमतिमा उत्तरतिर चीनले र दक्षिण मोहडामा नेपालको जिम्मा हुने गरेको छ । तर बेलाबखत सगरमाथा चढ्न चाहने बिदेशीहरूलाई नेपालले दिने अनुमतिमा चीनले निश्चित आग्रह नराखेको भने हैन । पछिल्लो समयमा तिब्बतमा ओलम्पिक टर्च लैजाने बेलामा , नेपालतिरको मोहडाबाट सगरमाथाआरोहण गर्न पनि चीनीया आग्रहमा नेपालले केही समय प्रतिबन्ध लगाइकै थियो ।

तर विश्वप्रसिद्द गूगल अर्थको पछिल्लो भर्सनको भुउपग्रहीय तस्वीर तथा तल उद्धरण गरिएको उत्तिकै प्रसिद्ध विकिपेडियाको वाक्यांश सारले स्पष्ट रूपमा सगरमाथा माथि नेपाली स्वामित्व नरहेको प्रष्ट पारेको छ । स्मरण रहोस् गूगलले चीनमा सरकारको पूर्ण अनुमतिमा मात्र काम गर्ने गरी कार्यरत रहनुपर्छ । गूगल अर्थले नेपालपट्टि पर्ने सगरमाथा आधार शिविर र खुम्बु ग्लेसियरको केही भाग बाहेक दक्षिणी मोहडाको सम्पूर्ण पहाडसहित सगरमाथाको ९०% भागलाई स्पष्ट रूपमा चीनको सीमा भित्र पारेको छ । कुनै जमानासम्म संसारकै लुप्त मुलुक मानिने तिब्बतको बाटो भएर सगरमाथा चढ्ने पर्वतारोही नहुनाले नेपाली बाटोको प्रचलित रूटका कारण मात्र नेपालतर्फबाट सगरमाथा आरोहीलाई सजिलोको लागि बाटो छोडिदिएर नेपालका लागि अलिकति पर्वतारोहण रोयल्टीको जोहो जुटाइदिन चीनले दया देखाएको अर्थ लाग्छ यो नक्शा हेरेपछि ।

यो कुरा पनि साँचो हो कि चीनिया पाठ्यपुस्तकहरूमा माउण्ट एभरेष्ट पूरै चीनको हो भनेर नै पढाइन्छ । यो कुरालाई सहन सकिन्छ होला किनभने हामीले यो हाम्रो हो भनेर पढेका हुन्छौँ । तर यो कुराको मतलब त चाइनिज नबुझ्ने नेपालीलाई हुने कुरा पनि भएन होला !

तल उद्धृत विकिपेडियाको अनुच्छेदले भने सगरमाथालाई नेपालको सगरमाथा अञ्चल र चीनको तिब्बत बीचको नो म्यान्स ल्याणडतिर पर्ने गरी लेखेको रहेछ । गूगलले सीमा सम्बन्धी कुरामा चीनको अनुमति नपाई म्यापिङ र सीमाङ्कनको कुरा प्रकाशित गर्‍यो होला भन्ने मान्न पनि सकिन्न । कुनै बेला सिंगै रहेको हाम्रो सगरमाथा कालान्तरमा आधा हुँदै पूरै उता गइसकेको हो भने त अब हामीसंग गर्व गर्न पर्ने कुरा नै के रह्यो र ? शक्तिसम्पन्न राष्ट्रले दयामायाले छोडिदिए त ठिकै हो , तर भूउपग्रहीय मापनमा नै उता परेको लेखोट र अरू पनि कृत्रिम अभिलेख सहित चीनियाहरूले भोलि सम्पूर्ण सगरमाथाको स्वामित्वको दावा गरेछन् भने पनि हामीसंग के जवाफ हुने होला र, त्वं शरणं बाहेक ? फेरि हाम्रो विश्वास पनि गजबको छ नि भारतले दु:ख दिँदा हामी सोच्छौँ त्लेयो भारतले नदिए चीनले पेट्रोल र मट्टितेलको धारो हाम्रा घरघरमा ल्याइदिन्छ रे भनेर । वास्तवमा हिमालपारिका ५० औँ हजार हेक्टर हिमाली भूभाग र हिजोका नेपाली चौँरी चरनहरू आज उत्तरी भेगका पशुपालक किसानबाट छिनिँदा पनि हाम्रो राष्ट्रवाद अन्तै एकोरिहेको जस्तो छ । आक्कल झुक्लमा चिनिया सीमा यता उता गर्नु पर्ने नेपालीले चीनिया सुरक्षाबलबाट खेप्नु परेका दुर्दसाका कहानीका लागि यो सन्दर्भ अनुकुल पनि नहोला । दुई देशको बीचको तरूल बढेर ठूलो हुने कता हो कता यहाँ त ढुंगा बढेर तरूल चेप्टिने क्रम बढेको छ र चट्टानको अजस्र थिचाइमा तरूलको अस्तित्व कता हो कता हुने भैसकेको छ ।

नेपाली राष्ट्रवादको कुरामा दक्षिण , पश्चिम , र पूर्वी सीमा मिचिएका क्रन्दनमा हाम्रो अस्मिता र परिचय बोकेको हिमाल र अझ त्यसको गौरव पताका सगरमाथा अर्कै मुलुकमा परेको कुरामा हाम्रो राष्ट्रवादी व्याख्या कस्तो रूपमा आउने हो मलाई थाहा छैन । तर राष्ट्रका प्वाँख यसरी जटायूका सदृश ठुट्टिँदै जाँदा , हामी कतै अतीतको गौरवमा मात्र रमाउने अस्थिकंकाल रूपी नेपाललाई रुँगेर बस्न वाध्य निरिह नेपालीको रूपमा घटुवा हुँदै त छैनौँ ?


एकपटक गूगल अर्थमा सगरमाथा खोजेर हेर्नूस् त । नेपालमा नै रहेछ भने खुशी सहित खबर गर्नुहोला है त ।

विकिपिडियाको यो अग्रलेख पढ्नुहोस् :

http://en.wikipedia.org/wiki/Mt_everest

Mount Everest – also called Sagarmāthā (Nepali: सगरमाथा), Chomolungma or Qomolangma (Tibetan: ཇོ་མོ་གླང་མ) or Zhumulangma (Chinese: 珠穆朗玛峰 Zhūmùlǎngmǎ Fēng) – is the highest mountain on Earth, as measured by the height above sea level of its summit, 8,848 metres (29,029 ft). The mountain, which is part of the Himalaya range in Asia, is located on the border between Sagarmatha Zone, Nepal, and Tibet, China.





July 3, 2009

कस्तो हुनुपर्छ त राज्यको शासकीय स्वरूप ? (बहसका लागि)

- एकलव्य

नेपालमा नया संविधान बन्दै छ र नया संविधानले देशको शासन व्यवस्था कस्तो हुने हो भनेर तय गर्नेछ र यसकै तपशिलमा राज्य पुनर्संरचना वा संघियता , समावेशीकरण, आदि अनेकौँ परिशिष्टको क्रम तोकिनेछ । एकीकृत माओवादी पार्टीले संशोधित रूपमा राज्यको शासकीय व्यवस्थाको कुरालाई चर्चामा ल्याएको छ । आफ्नो नाम अनुसार नै एउटा कट्टर कम्युनिष्ट शासन प्रणाली अपनाएको राज्यले अपनाउँदै आएको शासन व्यवस्थासंग मिल्दा जुल्दा विशेषतायुक्त राज्य व्यवस्थाको प्रस्तावना गरेर माओवादीले आफ्नो उद्देश्य दर्शाएको छ । हिजो सत्तामा हुँदा उसको प्रस्ताव अलग खालको थियो र आज सत्ता छोड्नु परेर आक्रोशित बन्दा यो अलग देखापरेको छ । फेरि सत्तामा आएर खुशी हुँदै गर्दा उसको विचार फेरिएन भने माओवादीले मोही माग्दा , ढुङ्ग्रो लुकाएको छैन । उसले कम्युनिष्ट पार्टीको विचार अनुसार जनवादी केन्द्रियतामा राज्ययन्त्रका सम्पूर्ण पक्षलाई नियन्त्रणमा लिने खालको, देख्दा लोकतान्त्रिक देखिने तर सारमा कम्युनिष्ट पार्टी नियन्त्रित राज्यतन्त्रको प्रस्तावना गरेको प्रष्ट छ । परम्परागत कम्युनिष्ट शासन रहेका मुलुकहरू रूस , चीन , क्यूवा र कोरियाका धेरै विशेषता बोकेको साथै केही अलग कुराहरू पनि अँगालेको यो संवैधानिक प्रस्तावनासंगै शासकीय व्यवस्था सम्बन्धी बहस अग्रतामा आएको छ ।

‘माओ’ वाद भन्ने विचार एउटा कट्टर कम्युनिष्ट शासकीय संयन्त्रयुक्त राज्यतन्त्रमा विश्वास गर्ने वाद हो । चिनिया कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङ्ले तत्कालीन चीनमा कम्युनिष्ट क्रान्तिका लागि अबलम्बन गरेका रणनीतिक तथा राजनैतिक विचार र व्यवहारहरूको प्रयोग मार्फत त्यस्तै राज्यव्यवस्था कायम गर्ने सोच राख्ने विचार र दलका रुपमा यसलाई बुझ्नु पर्छ । माओत्सेतुङबाट शुरू भएको कम्युनिष्ट विचार निर्देशित राज्यतन्त्रमा माओको मृत्यूपछि, देङ सियाओ पिङले सुधार गरे पनि यो मूलत: नया आर्थिक मोडेलको स्थापनार्थ थियो । देङलाई थाहा थियो , १ अरब भन्दा विशाल जनसंख्या बोकेको विशाल चीनलाई नियन्त्रणमा राखेर एकोहोरो विकासको बाटोमा हिँडाउन कम्युनिष्ट एकाधिकार र १ करोडको ( २५ देखि ५० लाखको पिएलए नामक सेना, पुलिस , र अन्य गार्डहरू ) संख्यामा रहेका लालसेना ( रेड गार्ड वा पिएलए , नेपालमा माओवादीले पनि यही नाम दिएको छ आफ्नो लाडाकूलाई ) नामको सैन्य नियन्त्रणमा सुरक्षित शान्तिमा मात्र सम्भव छ। फलत: ,विकासका लागि शान्ति र शान्तिकालागि राजनैतिक तानाशाहीको मार्ग मात्र सही ठहर्‌याइयो। स्मरण गर्नु पर्ने कुरा के हो भने , देङ सियाओ पिङको मार्गचित्रमा अघि बढेको वर्तमान चीनले अबलम्बन गरेको राज्यव्यवस्था सम्बन्धी राजनीतिक अभ्यास त्यही कम्युनिष्ट विचारको मातहत पूर्ण नियन्त्रित र निर्देशित छ भने, उसले आर्थिक प्रगति गर्नका लागि पूँजीवादी शैलिलाई अपनाएको छ । अर्को शब्दमा , अहिलेको चीनको राजनीति कम्युनिज्म र अर्थनीति पूँजिवादको सम्मीश्रित रूप हो । यस्तो मोडेलको राजनीतिमा, मुलुकको राजनीतिको एकाधिकार कम्युनिष्ट पार्टीको एकल छत्रछायामा मौलाउँछ । सेना, प्रहरी, अदालत, प्रशासन ,कानून , सरकार र समग्र मुलुक नै कम्युनिष्ट पार्टीको निर्देशनमा काम गर्नु पर्ने यस्तो राजनैतिक प्रणालीलाई पश्चिमा उदारवादी शासनप्रणालीका मुलुकहरूले अक्सर एकाधिकारवादी तानाशाही राज्यतन्त्र भएकाहरू को सूचिमा राख्ने गरेको पाइन्छ ।

यहाँनेर एउटा उदाहरण उल्लेख ग्रनु उपयुक्त लाग्यो । गत महिना चीनिया सेना प्रमुख फू क्वानयुले दिएको एउटा वक्तव्यलाई आधार मान्न सकिन्छ । तियानेनमेन चोकमा २० वर्ष अघि भएको बिद्रोह दमनको वार्षिकी मनाउन हुनसक्ने गडबडीलाई इङ्गित गर्दै सेना चिफले आफ्नो प्रतिवद्दता सार्वजनिक गरेर भने “ हाम्रो विशाल सेना , चिनिया कम्युनिष्ट पार्टीकालागि जुनसुकै मूल्य चुकाउन तयार छ” । पश्चिमी उदारवादी राजनैतिक दर्शन र अभ्यास अनुसार, पार्टी वा दलहरू मुलुकका पर्यायवाची हुनै सक्दैनन् । मुलुकको सेनाले कुनै पार्टीका लागि जुसुकै मूल्य चुकाउने वाचा गर्नु त्यहाँ उदेक लाग्दो मानिन्छ। पार्टी त हराएर जान सक्छन्, सरकार पतन हुन सक्छन् र नया विचारले नया निर्माण हुन पनि सक्छन् , तर मुलुकको अस्तित्व पार्टी र सरकारभन्दा भिन्दै विशिष्ट हुने ठानिन्छ । सेना, अदालत, पुलिस, र प्रशासनको वफादारी मुलुक जनताप्रति हुनुपर्छ कुनै दल विशेषप्रति हैन भन्ने विचार यो उदारवादी राज्यतन्त्रका हिमायतीहरूको सामान्य बुझाइ हुने गर्छ ।

नेपाली माओवादीले भने आफ्नो राजनीतिक मोडेल यही चिनीया वा कम्युनिष्ट शैलिको हुनेछ भन्ने कुराको खुलासा हालै आफ्नो दलको विस्तारित केन्द्रीय समितिले जारी गरेका निर्णयहरू मार्फत उजागर गरेकाछन् । यो भन्दा पहिला पनि उनीहरूको प्रस्तावित संविधानको खाकाले त्यताप्रतिको आसक्ति देखाएको भएपनि अलिक अवसरवादी बनेर यता कि उता हुने भन्ने कुरामा द्विविधा नदेखाएको हैन । तर , माओवादीले खोजेको जस्तो राज्यको व्यवस्थापकीय स्वरूपका बारेमा जारी गरिएको यो नया अवधारणा, कम्युनिष्ट राज्यतन्त्रको जनवादी केन्द्रीयताको सिद्दान्त अनुरूप भएको पाइएको छ , जुन विशेष गरी पश्चिमी देशहरुमा अपनाइएको विश्वमान्य लोकतन्त्रका सिद्दान्तसंग धेरै मात्रामा बिमति राख्छ । प्रचारमा आए अनुसार राज्यको शासकीय स्वरूपका बारेमा माओवादीले गरेको प्रस्तावमा निम्नलिखित मुख्य विशेषता हुनेछन् ।

१) देशमा एक जनप्रतिनिधिसभा ( चीनको पिपल्स कंग्रेसको अनुवाद) रहनेछ र यसले एउटा सर्वधिकार प्राप्त राष्ट्रपति मण्डलको ( इरानको गार्जियन काउञ्सिल कि कम्युनिष्ट पार्टीको पोलिट व्यूरो वा त्यस्तै मुलुकको प्रेसिडियम ? ) छनोट गर्नेछ । साथै कार्यकारी अधिकार सम्पन्न राष्ट्रपति पनि व्यवस्थापिकाले छनोट गर्नेछ । ( कम्युनिष्ट मुलुकमा बाहेक अन्य मुलुकको कार्यकारी राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था छ । साथै अमेरिका र फ्रान्स जस्ता विकसित पश्चिमा मुलुक बाहेक कार्यकारी अधिकार सम्पन्न राष्ट्रपतीय प्रणाली भएका मुलुकहरू अपवादबाहेक तानाशाही बाटोमा लागेका उदाहरण प्रसस्त भेटिन्छन् । यही व्यवस्था बोकेका क्यूवा र उत्तर कोरियाले त आजीवन राष्ट्रपतिले नपुगेर , भाइ , छोरा र नातीमा राषट्रपतीय प्रणालीलाई हस्तारण गराउँदै नवकम्युनिष्ट राजतन्त्र कायम गरेको पनि देखिएकै छ क्यारे ! )

२) अदालत र सेना सबै व्यवस्थापिका कै मातहतमा हुनेछन् ( शक्ति पृथकीकरको सिद्दान्तलाई पूर्णत हटाइनेछ र कम्युनिष्ट मुलुकको व्यवहार अपनाइनेछ ) ।

३) सामन्तवाद र साम्राज्यवादविरोधी पार्टीको बहुदलीयतालाई मात्र स्वीकार गरिनेछ ( मतलब, कम्युनिष्ट पार्टी मातहतको अदालतले आवश्यक ठानेका दललाई सामन्तवाद वा साम्राज्यवादका पक्षपोषक ठानी प्रतिवन्धित गर्नेछ , जस्तो कि कम्युनिष्ट मुलुकको बहुदलियता हुने गर्छ)।

४) जनप्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको सरकारमा प्रतिनिधित्व हुनेछ र व्यवस्थापिका विपक्षीबिहीन हुनेछ ।
( यस्तो व्यवस्था अन्त पनि छ जस्तो कि दक्षिण अफ्रिका जहाँ १०% भन्दा बढी मत ल्याउने दलबाट उपराष्ट्रपति र मत प्रतिशत अनुसार अरू दलहरूलाई मन्त्री बनाइने चलन छ । मेलमिलापको राजनितिका लागि यो राम्रो हुन पनि सक्छ तर आँफूले इच्छाएकाले मात्र दल खोजेर राजनीति गर्न पाउने र तिनै दलहरू मात्र दूधको सांक्षी बिरालो जस्तो सरकारमा सर्वसम्मत सहभागितामा रमाउने हो भने यो पनि वर्ग संगठनको निर्दलीय पञ्चायति व्यवस्था जस्तै नेपाली माटो सुहाउँदो व्यवस्थातर्फको यात्रा त हुने हैन ? कि चीनमा जस्तो उही कम्युनिष्ट पार्टीका बिभिन्न भ्रातृसंगठनहरू लाई राजनीतिक दलको रूपमा मान्यता दिएर तिनको प्रतिनिधित्वलाई बहुदलीयताको नाम दिन खोजिएको पो हो कि ! )

तर पनि धेरै नेपालीहरूलाई माओवादीको क्रान्तिकारी रोमाञ्चमा अविश्वास छैन जस्तो देखिन्छ । जस्तो सुकै राजनैतिक पद्दति भए नि केहि फरक नपर्ने सोच राखिएको हो भने यस्तो सोचबाट निस्पन्न हुने भविष्य डरलाग्दो नहोला भन्न सकिन्न ।

राज्यको शासकीय स्वरूप कस्तो हुने वा हुनुपर्ने हो त्यस सम्बन्धी बहस र मन्थन हुनुपर्ने भन्दा एकदमै थोरै भैरहेको जस्तो लागेको छ । यो त्यति हल्का फुल्का विषय पनि हैन र यही कुरामा मुलुकका कम्तिमा पनि आगामी केही दशकहरू र केही पुस्ताको भविष्य र भाग्य कैद बन्नेछ । हाम्रै निकट भविष्य नियन्त्रणमा लिन सक्ने यस्तो गम्भीर विषयमा राजनैतिक दलहरू नै नदारद रहेको यो घडीमा जनताले व्यक्तिगत रूपमा चिन्ता लिएर पनि केही फरक पर्ने हैन । तर विज्ञहरूले यो विषयमा बहस चलाउने जमर्को सम्म नगरेको देख्दा , यस्तो गम्भीर मुद्दाको छिनोफानो पनि लहड कै भरमा हुने हो कि भन्ने छाँट देखिन्छ । हुनत, अहिलेको संविधानसभाको संरचना हेर्दा र त्यहाँ पुगेका मानव आकृतिहरू मध्ये कतिले यस्तो महत्वको कुरा बुझ्ने सामर्थ्य राख्लान् त्यो नै सोचनीय कुरा छ । माओवादीले त आफ्नो राज्य मोडेल प्रस्तुत गरेर , आँफ्नो परिचय र उद्देश्य दर्शाउन हिचकिचाहट देखाएन। अरूको यस मामिलामा गृहकार्य के भैरहेको छ थाहा पाइएको पनि छैन । हामी नेपालीले वि. सं. १९९७ सालको शहीद काण्डदेखि हरेक दश वर्षमा लड्ने गरेका आन्दोलन र क्रान्तिको शृङखलामा यो पछिल्लो कडीको क्रान्ति , आन्दोलन , संविधानसभाको निर्वाचन अनि राजतन्त्रको उन्मूलन पश्चातको परिदृश्यमा खोज्दै गरेको शासकीय स्वरूप कस्तो हो त ? हामी प्रष्ट छौँ ? सही जवाफ कसले खोज्ने ? कस्तो हो त मुलुकलाई चाहिएको शासन व्यवस्था जसले तय गरेको बाटोमा हिँडेर हाम्रा असंख्य आकांक्षाहरू सम्बोधन होलान् ? देश त हामी सबैको हो नि ! त्यसैले आउनूस् हामीलाई कस्तो शासन व्यवस्था चाहिएको हो त्यसमा बहस गरौँ, नत्र बेला घर्किएला !


June 16, 2009

सैनिक तालिम होइन जिम्मेवार नागरिक बनाउने शिक्षा

शेखर ढुङेल
०६-१५-२००९
नेपालमा हाल एउटा अर्को बहस सुरु भएको छ, १८ बर्ष् पुगेका सम्पूर्ण नागरिकले अनिबार्य सैनिक तालिमा लिनु पर्ने । सिद्दान्त त यो निती खराब होइन त्यस्तो तालिमले शहनसिलता , अनुशासन , आदर र सामुहिक भावना ( team sprit ) परिमार्जन गर्दछ । कोरिया , ईरान , इराक , इज्रायल लगायत केही मुलुक मा त्यस्तो निती लागु भएको छ । त्यो भन्दा पनि स्तरिय शिक्षा जापानमा दीइन्छ, जापानले लागु गरेको सिविक सेन्स एक्टले शैनिक तालिम नदिए पनि एक तालिम प्राप्त जवान झै जापानिजहरुमा अनुशासन , सामुहिक भावनाको बिकास भएको छ । सैनिक तालिमको उदेष्य लाई प्राप्त गर्न कम्तिमा ६ महिना ब्यारेक सिस्टममा रहनु अनिबार्य हुन्छ । आजको जमाना मा युबा पिढी लाई उनीहरुको इच्छा बीपरित जबर्जस्ती गर्न उचित हुँदैन । आम नागरिक लाई सभ्य , अनुशासित , जिम्मेवारी र दायित्व , एक अर्काको सम्मान , राष्ट्रियता प्रती सजग र शसक्त गराउनको लागि निम्न बुदा लाई समेट्ने गरि ''नागरिक आचरण कानुन '' बनाइ प्राथमिक स्कुलको पाठ्य पुस्तकमा समाबेश गराइ प्रशिक्षित गराउनु भने अनिबार्य भई सकेको छ ।

क - जिम्मेवारि - एक जिम्मेवार नागरिकको कर्मले नै घर , समाज र देश लाई प्रगती पथमा डोर्‍याउन सक्तछ । प्रत्यक नागरिकमा घर , समाज र देश प्रती उस्को जिम्मेवारि बोध हुनु पर्दछ । ब्यक्ती , परिवार समाज र देशको लागि प्रत्यक को कर्तब्य लाई महसुस गर्न सक्ने शिक्षा दिन सक्यौं भने आउदो पीढीले एक उन्नत समाज र राष्ट्र बनाउन सक्तछ । आज देशमा जती पनि बन्द , हडताल् , तोडफोड , हिसा , कानुन हात मा लिने काम भएका छन त्यो सबै जिम्मेवारि मानसिकता को अभाब मा भएका हुन।

ख - असल नागरिक - कुनै पनि देश को प्रगती को आधार प्रत्यक गौरबशाली नागरिक नै हुन । नागरिक हुनुको अर्थ आफ्नो देश प्रती प्रत्यकले उत्तरदायित्व बहन गर्नु पनि हो देशले के दियो भनी सोच्ने भन्दा मैले के दिन सक्तछु ? भनी सोचाइ राख्ने नागरिकको उत्पादन राष्ट्रले गर्न सक्नु पर्दछ । बिकासित मुलुकहरुमा नागरिक लाई इश्वरको नाममा '' देश जनता र कानुनको पूर्ण पालना गर्दै राष्ट्र हित बिपरित कुनै पनि काम गर्ने छैन भनी शपथ दिलाइन्छ । ताकी नागरिक हुनुको अर्थ राज्य सीत अधिकार माग्ने मात्र होइन राज्य प्रती उस्को उत्तरदायित्व पनि छ । प्रत्यक नागरिकले ब्यक्ती समाज र देश हित बिरुद्ध काम नगरे देश बिकसित हुन समय लाग्दैन । त्यसैले प्रत्यक लाई असल नागरिक बन्न प्रोत्साहित हुने शिक्षा दिनु पर्दछ ।

ग - निस्पक्षता - नागरिक मा हुनु पर्ने गुण मध्य निस्पक्षी भावना अनिबार्य हुन्छ । जुन सुकै क्षेत्रमा पनि पद , जात भात , वा प्रभाब को आधार मा बिभेद नगर्ने मानसिकता को बिकास गर्नु जरुरी छ । ब्यक्ती को योग्यता , र क्षमता ले प्राथमिकता पाउनु पर्दछ र पाएको छ भन्ने विश्वाश नागरिक हुनु पर्दछ । यस्ले समाज को बिबाद र द्वन्द लाई समाप्त गर्न सहयोग पुग्दछ । निस्पक्ष व्यबहार ले योग्य नागरिक अबसर र हक बाट बन्चित हुने छैन र उस्ले पनि त्यस्तै व्यबहार दिने छ र नागरिक को राज्य प्रती विश्वाश र भरोषा बढ्न जान्छ । निस्पक्ष भावना को बिकास हुने उच्च शिक्षा को जरुरी हुन्छ ।

घ - आदर सम्मान - मानब मानब बिचमा कुनै पनि कारणको बिभेद हुनु हुन्न र सबले सबलाई आदर र सम्मान गर्नु पर्दछ भन्ने भावना बिकसित हुने शिक्षा को जरुरी छ । यो प्रसँगमा फेरी जापान को उधाहरण; कुनै कम्पनी वा बिभागको प्रमुख होस कि निम्न स्तरको कर्मचारी दुबैमा एकले अर्का लाई भेट्दा प्रतिस्पर्धा जस्तो हुन्छ, कि कस्ले पहिले नमस्कार गर्ने , त्यती मात्र होइन त्यहा कुक्कुर , बिराला र पहाड (फुजी ) लाई समेत आदर पूर्वक जि ( शान ) जोडेर सम्बोधन गर्दछन । बाबु आमाले सन्तान लाई गर्ने आदरबाट सुरु हुने यो किस्सा समाज र राष्ट्र को गहना बनेर रहेको हुन्छ । एकले अर्का लाई गर्ने सम्मानले नै एक अर्कामा बिस्वास र सामिप्य बढ्दछ । प्रत्यकले प्रत्यकको अस्तित्व स्विकार्नु नै सम्मान र आदर गर्नु हो यस्ले प्रेम भाब बढ्दछ , र समाज का साना तिना समस्या बिबाद स्वत: हट्न जाने मात्र होइन ठुला समस्याको निकास पनि सजिलै निस्कन्छ । अरु लाई आदर सम्मान गर्ने मानसिकता ले समाज र देश लाई नै सुखी बनाउन सक्तछ । हाम्रो देशमा खड्किएको अर्को समस्या यो पनि हो कि हामी अरुको सम्मान र आदर गर्न कन्जुस्याइ गर्दछौ ।

५ - सकारात्मक सोच - सभ्य ब्यक्ती र देशको लागि प्रत्यकमा सकारात्मक सोच हुनु जरुरी छ । सकारात्मक सोचले ब्यक्तीमा भएको आशंका , अबिश्वास , हतोत्साहिपन , र आडम्बर लाई निस्तेज गरि भरोसा , बिस्वास , प्रोत्साहन र नम्रता लाई बढवा दिन्छ अनी आशंका र अविविश्वासमा चालिने कदम बाट हुने दु:खद परिणाम् बाट जोगाइ समयित र सन्तुलित व्यबहार गर्न उत्पेरित गर्दछ । समाजको प्रत्यक ब्यक्तीमा अरुको लागि राम्रो गरि दिने र खराब गर्न टाढै बस्ने सोच भएमा अरुले अनाहकमा दु:ख पाउने छैनन । दुस्ट्याइ र छल कपट्याइलाई हटाउन बच्चा लाई सुरु देखी नै समाज सेवा , मानविय सेवा र सहयोगका बारेमा शिक्षा दिनु पर्दछ । ''मेरो कारणले अरु लाई अनाहकमा दु:ख नहोस ''भन्ने भावना को बिकास गर्ने शिक्षा जरुरी छ ।

६ - सहयोगि - समाज र देशको लागि प्रत्यक नागरिकले अर्कामा सहयोगात्मक भावना र व्यबहार देखाउने प्रबृतिको बिकास हुनु पर्दछ । सहयोगले सबै अनुग्रहित हुन्छन एक अर्कामा मैत्री भाब बढ्दछ सहयोगको बदला सहयोग पाइ सबै को भलो हुन्छ, एक अर्कामा द्वेष भाब रहन्दैन । सहयोगि भावना बिकास गर्न पनि बच्चै देखी घर , शिक्षक , नातागोता , साथी बिच दैनिक कार्यमा मौका पाउने बितिक्कै सहयोगको लागि अगाडि बढने भावना मनमा बिकास गर्न तदनुरुपको शिक्षा पाठ्य पुस्तकमा राख्नु पर्दछ ।

बिगत केही समय देखी नेपाली समाजमा उदन्ड , आमानविय र मानब सभ्यता माथि नै धब्बा लाग्ने गरि हींसक व्यबहार बढ्दै गएको छ । मानिस लाई मलमुत्र खुवाउनु , कुटेर , जलाएर मार्नु , घर र बस्ती बाट निकाला गर्नु , घटनाको अनुसन्धान मा पुग्नु भन्दा पहिले नै भिडले न्याय खोज्नु , निर्दोषले सास्ती पाउनु दैनिकी भै सकेको छ । यो प्रबृति बाट मुक्त हुन नागरिक समाज , राजनैतिक दल , पत्रकार , शिक्षक र ब्यक्ती ले आ आफ्नो जिम्मेवारीलाई महशुस गरी यस्तो प्रबिर्ती बन्द गर्ने प्रती बद्धता नगर्ने हो भने हामी नेपालीले बिश्व सामु लज्जित हुनु पर्ने छ ।



June 6, 2009

विदेशी हस्तक्षेप, हाम्रो बिरोध र घर भित्रका मतियारहरु ।

देशको कुनै पनि निकाय वा समग्रमा देशमाथी कुनै विदेशी हस्तक्षेप हुँदा हामीहरु सबै,सधैं विदेशीलाई धारे हात लगाउँछौं र निन्दा पुराणमा व्यस्त रहन्छौं र आफनो कर्तव्य जिम्मेबारी पूर्वक निर्वाह गरेको ठान्छौं। तर गहिरिएर हेर्ने हो भने ईतिहास साक्षी छ, देश ठुलो-सानो, धनि-गरिव जस्तो सुकै होस, कुनै पनि विदेशी शक्तीले आर्को राष्ट्रमा हस्तक्षेप गर्दा त्यहि देश भित्रका कुनै व्यक्ति, संस्था, दल वा समुहको सहयोग लिएर मात्रै गर्छ ।

सीक्कीमको भारत विलय देखी लिएर सद्दाम हुसेनको गिरफ्तारीसम्म सबैमा विदेशी शक्ती सफल हुनुमा देश भित्रै रहेका र विदेशीको ईशारामा चल्ने वा सिधै भन्दा ‘ईमान बेच्ने’ हुनु नितान्त जरुरी थियो/हुन्छ ।

केहि दिन देखी छापामा आएका सीमा अतिक्रमणको समाचारसंगै हामी पनि भारत बिरोधी नारा, भाषण र निन्दा गोष्ठीमा व्यस्त छौं । हो, विदेशीको कुनै पनि हस्तक्षेप हामीले सहनु हुँदैन, तर के यहि एक दुई पर्चाबाजी र बिरोध पत्र थमाएर हाम्रो कर्तव्य पुरा हुन्छ त?

बेला बेलामा नेपालको नाडी छाम्दै, जिस्क्याउँदै र ‘ए ! झुक्कीएछ’ भन्दै फर्कने विदेशि तत्वको शाहस त्यत्तीकै बढेको छैन। तीनलाई खुल्लै रुपमा सहयोग र समर्थन गर्ने धेरै हस्तीहरु हाम्रो देशमा निर्धक्क आफ्नो कीर्तनगानमा व्यस्त छन।

भर्खरै दाङमा अतिक्रमण भयो, एउटा सार्बभौम देशमाथीको यो बल प्रयोग गलत मात्रै थिएन, विश्वकै सबैभन्दा ठुलो लोकतन्त्रको पगरी भिरेको देशको लागि लज्जाको विषय पनि हुनु पर्थ्यो । तर यस्तो निर्लज्ज बल मिचाईलाइ हाम्रै देशकी नेतृ र मन्त्री समेतले घुमाउरो पाराले समर्थन गरीन “हैन भारतले सिमा मिचेकै छैन (नेपालीहरु त्यत्तीकै बहुलाएका छन, बदमाशहरु !)

नेपाली मितीमा तथ्य राख्दा, दैनिकीको जेष्ट २३ को खबर अनुसार संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिले सीमा अतिक्रमण गरिएको दाङको सीमा क्षेत्रमा स्थलगत अवलोकनका लागि सबै दलका सभासदहरुको टोली बनाएर त्यसतर्फ पठाउने निर्णय गरेको खबर छापीएको छ । तर सो भन्दा एक दिन अगाडि नै (अवलोकनपूर्व नै) , अर्थात जेष्ट २२ गते नै हाम्रो परराष्ट्र मन्त्रीले भारतीय पक्षले नेपाली सीमा मिचेको नपाइएको बताईसकेकी थीईन । धन्न छ टिकेको छ हाम्रो देशको अस्तित्व !!, यस्ता यस्ता हस्तीहरुको छत्रछायाँमा ।

कुरोको चुरो तर्फ जाँदा, धारे हात विदेशीतर्फ फर्काउनु भन्दा पूर्व खुला रुपमा देश बेच्न तम्सनेहरुलाई तह लगाउनु नितान्त जरुरी देख्छु म ।

जसरी शरीर विरामी हुँदा अन्य बाहिरी जीवाणुबाट बच्नु भन्दा, पहिलै काया प्रवेश गरी सकेका किटाणुलाई निर्मूल गर्नु जरुरी हुन्छ, त्यसै गरी आफ्नै घरको मानो खाएर विदेशीको सेवा गर्ने लाई ठिक ठाउँमा नल्याएसम्म यो बिरोध सार्थक हुनै सक्दैन । अनी हाम्रो देशमै यस्ता धमिराहरु रहेसम्म हाम्रो बिरोध र आक्रोशले विदेशी सुध्रीएला भनेर आश गर्नु पनि बेकार ठहर्ने छ।

संसारको प्राकृतिक नियम छ, गलत कार्य गर्ने जतीसुकै बलवान भएपनि एकजना गान्धी जस्तो हाड छालाको ढाँचासंग पराजीत हुन्छ । वलिष्ठ बाहुबल भएको चोर पनि दूर्वल मानिसको घरमा छिर्न डराउँछ । तर सर्त एउटै रहन्छ घर भित्र चोरका मतियार हुनु हुँदैन ।

हाम्रो मुलुक निर्वल होला, तैपनि कुनै सबल देशले हामीलाई तबसम्म दागा धर्न सक्दैन जबसम्म हाम्रै देश भित्र उसका मतियारहरु हुदैंनन् । घर जोगाउने काम पहिला घरभित्रै बाट शुरु गर्नु पर्छ र घरभित्र बसेर छिमेकीको सेवा गर्नेलाई पहिला तह लगाउनु पर्छ। आफ्नो मतियार नभएको घरमा जस्तो सुकै छुल्याहा छिमेकीले पनि आखाँ उठाउन पनि सक्दैन



May 24, 2009

यसरी फेला पर्‍यो प्रचण्डको जङ्गी टेप

Ashok Kumar Nepal
काठमाडौँ। राजनीतिक र फौजी योजनासहित जनसेनाको तेस्रो डिभिजनमा उत्साहित हुँदै गरेको भाषणको गोप्य भिडियो टेप सार्वजानिक भएपछि व्यक्तिगत रुपमा समेत माआवादी अध्यक्ष प्रचण्डलाई परेको अप्ठ्यारोको अनेक जवाफ दिने कोसिस भइरहेको छ। तर, यसमा बोल्नुपर्ने केही पक्षहरू भने चुपचाप देखिएका छन्। प्रचण्डको टेप कसले र कहिले फेला पार्योक? यस बारे एउटा रोचक विवरण फेला परेको छ।

डेढ वर्षअघिको भाषण समेटिएको यो टेप अहिले चर्चामा आएजस्तो नेपाली सेनाको ठूलो घुसपैठका कारण सर्वप्रथम सेनाले हात पारेको भने होइन। यो टेप एउटा कूटनीतिक निकायको हातमा सबैभन्दा पहिले आइलागेको थियो। नेपालको आन्तरिक राजनीतिमा खासै ठूलो चासो नदेखाउने, तर आर्थिक सहयोगका क्षेत्रमा साथ दिइरहेको सो निकायले संविधानसभाको निर्वाचन हुनुअघि नै यो टेप पाएको थियो। विश्वस्त स्रोतका अनुसार, नेपालसँग सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायती दूतावासमा आइपुगेको यो टेप जनताका सामु प्रकट हुन भने धेरै ढिलो गर्‍यो त ? ।

स्रोतका अनुसार, आफूले पाएर अति गोप्य रुपमा दूतावासले यो टेपलाई लुकाएको पनि थिएन। टेप तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उतिबेलै हेर्नुभएको थियो भने तत्कालीन अनमिन प्रमुख इयान मार्टिन पनि यस बारे अनविज्ञ थिएनन्। अरु दलका नेताहरूलाई यस बारे जानकारी दिइयो कि दिइएन भन्ने कुरा खुल्न नसके पनि तत्कालीन प्रम कोइरालाले आफ्नो प्रधानमन्त्रीत्व कालमा यसलाई सार्वजानिक गर्न चाहनुभएन। उहाँले शान्तिप्रक्रिया भड्किन सक्ने गम्भीर खतरा त्यतिबेला देख्नुभएको थियो। अनमिन प्रमाणीकरणको प्रक्रिया पूरा गर्दै मात्र थियो त्यतिबेला।

यदि यो प्रकरणलाई गम्भीरतापूर्वक त्यही बेला ल्याइएको भए प्रमाणीकरणलाई राजनीतिक सहमतिका आधारमा सच्याउन केहीले पनि छेक्ने थिएन। आफूले पाएको टेप सरकारलाई बुझाइसकेपछि कूटनीतिक निकायले थप दबाब दिन सकेन भने प्रमले टेपलाई सेनाको जिम्मा लगाइदिए। सेनाले यसलाई आफूलाई परेको बेला होइन कि सेनापति कटवालको जागिर अप्ठ्यारोमा परेको बेला यसलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गर्यो । सेना समायोजन, भर्नालगायतका कतिपय गम्भीर विषयहरू उठ्दा सार्वजानिक नभएको टेप सेनापति कटवाललाई अवकाश दिएपछि उत्पन्न विवादलाई मोड्ने र आफ्नो जागिर दह्रो बनाउने कुरामा मात्र प्रयोग गरिनुलाई विदेशी नियोगले पनि सकारात्मक रुपमा हेरेका छैनन्। माओवादी रणनीतिक रुपमा टेपमा भनेजस्तै गरी अघि बढेको छ भन्ने कुरा उनीहरूको अन्य सार्वजनिक अभिव्यक्तिहरूले पनि दिएकै थिए। यो थाहा पाउँदापाउँदै चुपचाप बस्नेहरू सबैमाथि कारबाही हुनुपर्ने देखिन्छ।



May 21, 2009

नेपालले श्रीलंका बाट सिकोस

शेखर ढुङेल

हालै दक्षिण एसियाको एक सुन्दर र बुद्ध मार्गि देश श्रीलंकाले आफ्नो २५ बर्षे पिडादायक गृहयुद्ध बाट मुक्ती पाएको छ । अफनै बुद्धिमता पूर्ण रणनिती र फौजी कुसलतामा। यो पछील्लो फौजी कार्यबाही असफल भएको भए भारत को घूमाउरो कुटनैतीक पहलमा बेलायत, नर्वे, अस्ट्रेलिया र क्यानडाको दबाबले अल्पसन्ख्यक भारतीय मुलका तमिलहरुको लागि छुट्टै राज्य स्विकार गर्नु को बिकल्प श्रीलन्काली सरकारसंग बाँकी रहने अवस्था थिएन । ति राष्ट्रहरुको सुझाब र दबाबमा सयुक्त राष्ट्र संघ हिंसा रोक्ने बहानामा इन्डोनेसिया बाट इस्ट-टिमोर अलग गराए झै तमिललाई श्रीलन्का बाट अलग गर्नै पर्ने मनस्थितीमा पुगेको थियो ।

मध्यस्तताको नाममा आतंककारीहरु लाई मान्यता दिने वा युद्ध लम्ब्याउने सयुक्त रास्ट्र संघको मार्टिन प्रबृतिका छल बुझेर यस पटक श्रीलन्काले बेलायति र नर्वेका कुटनितिज्ञ लाई प्रबेश आज्ञा समेत दिएन । आफ्ना मुलका नागरिकको सुरक्षाको नाममा शैनिक हस्तक्षेप गर्न चर्को दबाब परेको भएता पनि चुनाबि अवस्थाको कारणले भारत अगाडि बढ्न सकेको थिएन तर सयुक्त राष्ट्र संघ मार्फत नरसम्हार रोक्न भनी दुबै पक्षलाई युद्ध बिरामको लागि ठुलो दबाब पर्‍यो । पराजयको मुखमा पुगेको लिट्टेले घोषणा गरे पनि जितको संघारमा पुगेको सरकारी फौजले कार्यबाही अगाडि बढाइ सफलता हासिल गरी छोड्यो । बेलायति, अस्ट्रेलियन, क्यानेडाली पत्रकार, ( बेलायत को च्यानल ४ टिभी ) डाक्टर, मानबाधिकारी कार्यकर्ताले सरकार लाई पछी हट्न चर्को अन्तरराष्ट्रिय दबाब पुर्‍याउने काम गरे पनि सफल हुन सकेनन । अन्दाजी एक लाख श्रीलन्काली जनताले आहुती दिईसकेको यो गृहयुद्धको अन्तिम लडाईंमा सोचे भन्दा बिपरित र न्युन रक्तपातमा सम्पन्न भयो । बधाई श्रीलन्काली जनता र सरकार लाई ।

यसै सन्दर्भमा नेपालका केही ब्यक्तित्वले ''एक मधेश एक प्रदेश '' को माग पुरा नभए श्रीलन्का बनाउने धम्की दिएका छन । तराइमा '' एक मधेश एक प्रदेश ' को माग पुरा गराउन छेत्रीय दल शसक्त रुपमा लागि परेका छन । त्यस्को बिरोधमा तराइका आदिबासी थारुहरु पनि प्रतिकारमा उत्रेका छन । मधेसबादी दल लाई भारतले श्रीलन्काली तामिल लाई झै प्रतक्ष सहयोग गरी राखेको र नेपालको उपल्लो राजनीतिमा पनि बलियो प्रभाब पार्दै गएको छ। केही समय अगाडि पौने करोड भारतीय मुलका लाई बितरण गरिएको नागरिकता त्यस्को प्रमाण हो । नेपालमा भारतको बढ्दो हैकम, प्रभाब र नेताहरुको आज्ञाकारी कार्यकर्ता जस्तो नतमस्तक हुने प्रबृत्तीले डर लाग्दो भबिश्‍यको अनुमान गरिदै छ । जसरी श्रीलन्का ले बिदेशी हस्तक्षेप लाई निस्तेज गर्‍यो र आन्तरिक राजनीति सन्चालन गर्‍यो, के हामी त्यस्को अनुसरण गर्न सक्दैनौ ? सत्तामा जान र टिक्न प्रत्यक दलका नेताले भारतीय आसिर्बाद थाप्न जाने हो भने कसरी जोगिन्छ हाम्रो स्वतन्त्र, स्वाधिन राष्ट्र को अस्तित्व ?। यो लेख लेखी रहदा प्रस्ताविक प्रधान मन्त्री माधव नेपालले भारतीय बिदेश मन्त्री प्रवण मुखर्जी लाई फोन गरी माओवादीले सदन अबरुद्ध गरी राखेका छन भनी गुनासो गरे भन्ने समाचार सुन्दा कुन शब्दमा नेपालको भर्त्सना गर्ने होला ?

देशको स्वतन्त्रता, स्वाधिनताको मर्म र देशको नेता हुनु को धर्म र गर्ब समेत नबुझ्ने राजनीतिज्ञहरुले श्रीलन्का बाट शिक्षा लिनु जरुरी छ । हामी जनता र हाम्रो नागरिक समाज को जीम्मेवारि हो राष्ट्रको स्वतन्त्र, स्वाधिन अस्तित्व कायम राख्नको लागि कुनै पनि प्रकारको बिदेशी हस्तक्षेप रोक्न दल र नेता हरु लाई खबरदारी गर्ने अन्यथा चितुवा आयो चितुवा आयो भनी गाउले लाई झुक्याइ मजा लिने भेडा गोठालो को नियती नेपालले भोग्नु पर्ने छ ।



लिट्टे र प्रभाकरणको अवशान अनि नेपाली प्रभाकरणहरू:

- एकलव्य

हरेक राजनैतिक एवं दार्शनिक आन्दोलन वा हिंसात्मक क्रान्तिहरू कुनै वास्तविक अहं मुद्दाहरूमा स्थापित भएकै हुन्छन् । त्यो विषयका पक्षधरहरूले त्यही कुरालाई क्रान्तिको विरोचित जामा पहिराउँछन् भने त्यो धारणाको बिपरित दिशामा उभिनेहरूका लागि त्यो भावनात्मक आतंकको एउटा नशा सिवाय केही ठहर्दैन । आँफूलाई क्रान्तिकारी ठान्नेहरूले अक्सर भन्ने गर्छन, ‘ज्यानको बाजी थापेर लडेका मान्छेहरूको निष्ठामा शंका गर्नु हुन्न’ । निष्ठा विवादको विषय हुन नसक्ला तर औचित्यका बारेमा त्यसै भन्न सकिन्न । यस्तो परिभाषा अनुसार, ज्यान दिनेहरू निश्चित रूपमा उच्च कोटिका ठूला मान्छेहरू हुन् र अरू ज्यानको माया गर्ने सामान्य मान्छेहरू क्रान्तिकारिताको महानता बुझ्ने औकात नभएका कायर हुन । बिगत २६ वर्षदेखि संसारकै अत्यन्त डरलाग्दो मानिएको श्रीलंकाको पूर्व र उत्तरमा चलेको अपरम्परागत ( unconventional domestic war) आन्तरिक युद्ध, यो युद्दका प्रणेता र लिबरेसन टाईगर्स अफ तामिल इलम र यसका प्रमुख बेलुपिल्लइ प्रभाकरणको अन्त्य संगै हिंसात्मक युद्धका धेरै पाटाहरू सतहमा आइपुगेका छन् – थोरै जवाफहरू र धेरै प्रश्न र प्रतिप्रश्न सहित ।

सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र बनेको हिन्दमहासागरीय टापू राष्ट्र श्रीलंका कुनै जमानमा पूर्वको मोतिको उपनामले समेत चिनिन्थ्यो । सामूद्रिक मागमा पर्नाले अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बन्ने सम्भावना भएको यो मुलुक चिया, मसला र अन्य कृषिजन्य नगदेवाली तथा खनिजको प्रचूरताका लागि विख्यात त छँदै थियो । यही देखेर, सन् १९६५ तिर इङ्ल्याण्ड जाँदै गर्दा सिंगापुरका संस्थापक प्रधानमन्त्री लि क्वान यू ले श्रीलंका देखेर भनेका थिए रे ‘ अबको दश वर्षमा सिंगापुरलाई श्रीलंका जस्तो बनाउनेछु’ । श्रीलंकामा ब्रिटिशहरूले बनाइदिएको ४५० किलोमिटर भन्दा लामो आन्तरिक नहरहरूको नाभिकिय मार्ग, रेलमार्गको सन्तुलित विकास र उपनिवेशकालीन भौतिक संरचनाको अति सम्पन्न विरासत थियो र यही कुरा देखेर लि क्वान यू समेत प्रभावित भएका थिए । तर १९४८को स्वतन्त्रता पश्चात, सिंहालीहरूको ८०% बहुमत रहेको यो मुलुकमा सयौँ वर्षदेखि बसिरहेका १७% भारतीय मूलका तामिलहरूको अस्तित्वलाई सकारात्मक रूपमा स्वीकारिएन र गलत राजनैतिक निर्णय लिएर ब्रिटिशकालीन श्रीलंकामा विशेष अधिकारसहित बसोवास गरिरहेका अल्पसंख्यक तामिलहरूको हैसियतलाई नकार्दै उनीहरूलाई गैर र आप्रवासी ठानेर त्यही दर्जाको भेदभावपूर्ण छाप लगाइयो अनि तामिल भाषा र हिन्दू धर्मलाई राज्यको आलेखबाट समेत निरस्त गर्ने निर्णय गरियो । फलत: बिद्रोह , बगावतका क्रमहरू शुरू भए र यिनै छिटपूट आन्दोलनको बाटोबाट सन् १९८० को दशककको शुरवातसंगै श्रीलंकाली धरतीमा संसारको सबैभन्दा दूर्दान्त, त्रासदिपूर्ण र डरलाग्दो नरसंहारकरी युद्दको प्रारम्भ र विकास भयो । यो कार्यको प्रणेता थियो – LTTE ( Liberation Tigers of Tamil Elam )भन्ने क्रान्तिकारी वा आतंकाकारी संगठन । यसको नेतृत्वमा रहेर आन्तरिक युद्धको कार्यनीति र तरिकालाई मान्छेले सोच्नै नसक्ने खालको बिभिषिकापूर्ण रूप दिने काम गरे यसका नेता बेलुपिल्लई प्रभाकरणले ।

प्रभाकरणको नीतिमा युद्धका लागि सबै कुरा जायज थियो । उनले संसारकै इतिहासमा आत्मघाती मानव बमहरूको ( suicide bombers, human bombs, Explosive human death squads ) श्रृंखलाको आविष्कार र तीनीहरूको डरलाग्दो ढंगले प्रयोग गरे । आधिकारिक आंकडाका आधारमा , अल्पसंख्यक तामिलहरूका लागि पूर्व र उत्तरी श्रीलंकाको एक तिहाइ भूभागमा स्वतन्त्र तामिल राज्यको लागि लडिएको यो लगभग तीन दशक लामो युद्धमा लगभग ७०-९० हजार मान्छेहरूको मृत्यु भैसकेको छ । यो समयावधिमा थुप्रै हजार सर्वसाधारण श्रीलंकाली नागरिकहरू, प्रहरी ,सेना , मध्यमार्गी र नरमपन्थी तामिल कार्यकर्ता र नेताहरू, अन्य श्रीलंकाली दल र सरकारका नेताहरू अन्य राजनेताहरू सहित श्रीलंकाका विदेश मन्त्री तथा तामिल नेता लक्ष्मण कादिगमर, पूर्व राष्ट्रपति रणसिंहे प्रेमदासा, भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी यो युद्धको शिकार हुन पुगे ।

प्रभाकरणको शव्दकोषमा , तामिल राज्यका बिरुद्द उभिने कसैका लागि पनि कुनै उदारता र क्षमा उपलव्ध थिएन । थुप्रै शान्ति प्रकृया र शान्तिकालागि दिइएका भारतीय तथा अन्तर्राष्ट्रिय मध्यस्थततालाई नकार्दै प्रभाकरण केवल युद्धको लागि लागिरहे र यसको परिणाम अहिले विश्व सामू प्रष्ट भैसकेको छ । हिजो बेलुकासम्ममा , प्रभाकरण , उनको परिवारका सबै सदस्यहरू , तामिल टाइगर्सको सम्पूर्ण उच्च नेतृत्व र सेना सबै श्रीलंकाली सेना र उसको चीनिया हतियारको शिकार बनिसकेका छन् । यसरी एउटा कहालिलाग्दो युद्धको निरिह पटाक्षेपहुन पुगेको छ । कुनै बेला प्रभाकरणको दाहिने हात मानिने जनरल करूणा जसले सन् २००४ तिर हजारौँ टाइगर्स छापामारसहित प्रभाकरण बिरुद्द बिद्रोह गरेका थिए र अहिले एउटा तामिल पार्टी खोलेर सरकारमा समेत मन्त्री छन् उनलाई हिजो एउटा भारतीय पत्रिकाले अन्तर्वार्तामा सोधेको थियो – ‘यो युद्धबाट श्रीलंकाली तामिलहरूले के पाए त ?’ र उनले जवाफमा भनेका छन् ‘केही पाएन वा शून्य’ । यत्रो रक्तरंजित युद्धको परिणति आज आएर ‘ वर्ग एक’ ( back to square one) मा खुम्चिएको छ । कुनै बेला एक तिहाइ श्रीलंकालाई आफ्नो प्रभावमा राख्न सफल आफ्नै हवाइ ( air-force) र नाभिकिय ( naval force) सामर्थ्यले सुसज्जित अनि निजी सैन्य दस्ता समेत भएको टाइगर्स आज नेस्तनाबूद बनेको छ । यसको औचित्यलाई इतिहासले आफ्नै ढंगले व्याख्या गर्ला नै तर , यो खरानीको थुप्रो बनेको इतिहासमा विस्मृत हुन ज्यान गुमाएका लाखौँ श्रीलंकालीहरू र अन्य जीवनहरूको बारेमा सोच्दा हिंसात्मक युद्धको औचित्यका बारेमा असंख्य प्रश्नहरू मनमा उम्रिनु स्वाभविक छ । के रह्यो त यसको विरासत ? युद्द लडेर मात्र हुन्न तिनको सेफ ल्याण्डिङ पहिल्याउन सकिएन भने परिणति यस्तै बन्न सक्छ ।

श्रीलंकाली गृहयुद्धको पृष्ठभूमि, कथा र व्यथाको आकार र प्रकार सबै कुराहरू नेपालको अशान्तिको निकट इतिहासबाट पूर्णत: पृथक छन् । तर एउटा कुरा नेपालका बारेमा भन्न सकिन्छ – या त पक्ष वा विपक्षमा युद्धको निष्कर्षयुक्त पटाक्षेप हुनैपर्छ कि त शान्ति र समन्यवका लागि इमान्दार निष्ठा र व्यवहार देखिनै पर्छ युद्धका पक्ष-विपक्षमा। अर्को शव्दमा , युद्धका लागि परिस्थिति नबनेको वा नरहेको र युद्ध नै नभएको राम्रो हो तर यदि हुनु नै छ भने ,युद्धको फैसला युद्ध मैदानमा निर्णायक बनेर एउटा वा अर्काको निर्णायक जय वा पराजयमा टुंगियो भने त्यसपछिको थालनीले सही बाटो पहिलाउन सजिलो पर्छ । अधकल्चो प्रण र युद्धको धङधङी थाति राखेर चोर उद्देश्यमा अल्झिएको छलछामले दीर्घकालीन अशान्तिलाई नै निम्ताइ रहन्छ, शान्तिका लागि निदान पहिलाउन्न । शान्ति, समन्वय र समझदारीको नाममा मौकापरस्त रणनिति र चालबाजीको शिकार बन्दा हाम्रो अपेक्षा केवल थिलोथिलो बन्छ ; निष्कर्षमा शान्तिको गन्तव्य फेला पर्दैन । श्रीलंकाको असफल गृहयुद्धको निरस , निरिह र दु:खदायी परिणति र पटाक्षेपले हामीलाई पनि युद्धको मादक अर्थहीनताका बारेमा केही पाठ पढाउन सक्नु पर्छ ।



May 15, 2009

पार्टीमाथि प्रतिवन्ध लगाउने नया लोकतन्त्र र नया संविधानको गर्भपतन

एकीकृत नेकपा माओवादीले नयाँ बन्ने संविधानमा राजनैतिक दल खोल्न बन्देज लगाउने प्रावधान राख्ने प्रस्ताव गरेको छ। मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको मौलिक अधिकार उपसमितिले तयार पारेको अवधारणापत्रको मस्यौदामा माओवादी सभासद् हेमराज भण्डारीले राजनीतिक दल खोल्ने स्वतन्त्रतामाथि बन्देज लगाउने प्रावधान राख्नैपर्ने अडान लिएपछि यो प्रावधान राखिएको हो। माओवादीले गरेको प्रस्तावमा ‘दलाल, नोकरशाही, पूँजीवादी र सामन्त वर्गको पक्षपोषण गरी प्रतिगमनको सेवा गर्ने र अग्रगमनलाई अवरुद्ध गर्ने कार्यमा मनासिव प्रतिबन्ध लगाउन कानून बनाउन पाउने’ उल्लेख छ।

माओवादीले साम्राज्यवाद विस्तारवादको पक्षपोषण गरी राष्ट्रिय हितविपरीत काम गर्ने र नेपालको सार्वभौमिकता र अखण्डतामा आँच पुर्‍याउने दललाई पनि प्रतिबन्ध लगाउनु मौलिक हक विपरीत नहुने उल्लेख छ।

माओवादीको प्रस्तावको प्रतिरोध गर्दै नेपाली कांग्रेसले पनि ‘एकदलीय अधिनायकवाद सर्वसत्तावादको पक्षपोषण गर्ने वा त्यस्तो व्यवस्था स्थापनाको प्रयत्न गर्ने राजनीतिक दल वा मातहतमा सैन्य वा अर्ध सैन्य संरचना खडा गर्ने वा सैन्यवादी क्रियाकलाप संचालन गर्ने’ राजनीतिक दललाई प्रतिबन्ध लगाउनु मौलिक हक विपरीत नहुने प्रावधान राख्न प्रस्ताव गरिएको छ।

कांग्रेसको प्रस्ताव छ ‘राज्यविरुद्ध राजनैतिक विद्रोहको तयारी वा प्रयत्न वा घोषणा गर्ने कार्य राजनीतिक दल वा मातहतका निकायमार्फत् राज्यका संविधान वा कानूनद्वारा गठित संरचनाको समानान्तर हुने गरी कुनै संरचना वा संगठत खडा गर्ने राजनीतिक दललाई बन्देज गर्न सकिने प्रावधान राख्न प्रस्ताव गरेको छ।

साभार: १६ मे को नागरिकन्यूज डट कम

कथित रूपमा चमत्कारिक गतिले समाधानतर्फ बढेको भनिएको नेपाली राजनीति र शान्ति प्रकृया पुन: धरापमा परेको महशूस हुँदैछ । हतियारवद्द छापामार दस्ता शिविरमा राखेर चुनाव लडेको र ठूलो दल बनेको माओवादीको सरकार अल्पमतमा परी नैतिकताको चेपुवामा राजीनामा गरेर तर्किएको त छ तर राजनीनामा दिएपछि पनि राजनैतिक नियुक्ति र अरबौँ रूपैँया अन्धाधुन्द खर्च गर्ने निर्णय गराउँदै पार्टीका समर्थकहरूलाई लुटाउने बेतोड अभियानमा जुटेर नैतिकताका नया उदाहरण र परिभाषाहरू सिर्जना गर्दैछ । क्रान्तिकारी तरिकाले देश लुट्दा आलोचना पनि मन्द सुनिएका छन् ।

सरकारमा रहेर बिद्रोहको हिंसात्मक हर्कतबाट पटक्कै पछाडि हट्न नखोज्ने बरू अरू राजनैतिक दल र समूहलाई पिटेर, कुटेर, लघारेर वा खेदेरै आफ्नो दलको परिभाषा अनुसारको लोकतन्त्र कायम गर्ने चाहना राख्ने माओवादी दल आफ्नै घमण्ड र मैमत्याइँले अरूको नजरमा गिरेको छ । तर, ऊ स्वयं यो स्वीकार गर्न तयार छैन । ऊ सम्झौता गर्दै, तिनै सम्झौतालाई धोबीको मुङ्ग्रोले चुटेर धज्जी उडाउन लागिपरेको छ । अव्यवस्था, अस्थिरता र अराजकताबाट आफ्नो अभीष्ट अनुसारको राजनैतिक दिशातर्फ बढ्न सकिन्छ भन्ने उद्देश्यले चलेको माओवादी, कांग्रेस र एमाले पूर्णत: नेस्तनाबूद हुनुमा आफ्नो जनगणतान्त्रिक यात्राको सफलता देख्छ । त्यसैले ऊ पेल्न चाहन्छ र यो पेलाइको तरिका मात्र उसको नजरमा सही सूत्र हो । उसले गठबन्धनको राजनीतिको मर्मलाई ख्याल नगरी प्रधानसेनापति प्रकरणमा निर्णय गर्न चाह्यो र यसो गर्दा सरकार ढले ढलोस् , केही समय पछि फेरि फिर्ता भैहालिन्छ भनेर मुठभेडको राजनीतिलाई अंगिकार गर्न मन परायो । उसको नजर र विचारमा आफ्नो दललाई ठूलो पार्ने र अरूलाई सानो बनाउने योजनामा यही तरिका जायज छ ।

उता सबैभन्दा ठूलो दललाई परै राखेर भए पनि सरकार गठन गर्ने जोड घटाउमा कांग्रेसी र एमालेहरू झिंगाका प्वाँखमा दलिएको नौनी कोतर्दै छन् । कथंकदाचित भैहालेमा, यसरी जुटेको बहुमतले सिर्जना गर्ने सरकारको दिशा र दशा के हुने होला अहिले नै सहज अनुमान गर्न सकिन्छ । यही मेसोमा फोरम नामको दलले खेलेको च्याँखे खेल लाजमर्दो रूपमा नांगिएको छ। एउटा पक्ष कांग्रेस-एमाले गठबन्धन पट्टि र अर्को धड माओवादीतिर फर्केर फोरमले आँफैलाई फोरिरहेको यो माहौलामा स्थायी सरकारको कल्पना केवल सोमशर्माको सातुको कथा नै बन्ने निश्चित छ ।

माथिको उद्दरणको समाचारलाई सत्य ठान्दा बुझ्नु पर्छ -माओवादी निषेधको राजनीति चाहन्छ । उसको प्रतिवादमा कांग्रेसले पनि निषेधको दफा संविधानमा राख्न उद्यत देखिएको छ। नेपाली राजनीतिको सेरोफेरो यही एक-अर्कालाई निषेध गरी आफ्नो दलको कद बढाउने चाहनाबाट निर्दिष्ट छ भने नेपाली लोकतन्त्रका दिनहरू आशालाग्दा अवश्य छैनन् । कमसेकम कांग्रेसको नया संविधानको प्रारूप दस्तावेजमा दलमाथिको प्रतिबन्धको परिकल्पना गरिइको छैन र उसले सिधै यस्तो व्यवस्था भएको संविधान चाहेको छ भन्ने आधार देखिन्न । एमालेले पनि यस खालको राजनीतिको वकालत गरेको कतै पाएको छैन । तर माओवादी
जनगणतन्त्रवादी हरूले अरू दलहरूलाई साम्राज्यवादी आदि भएको आरोपमा प्रतिबन्ध लगाउने गरी एकदलीय लोकतन्त्रको आकांक्षा नै राखेर संविधान बनाउने नियत राखेका छन् भने उनीहरू अझै पनि चीन, नर्थ कोरिया र क्यूबाली मोडेलको राजनीतिप्रति आशक्ति राख्छन् । यो मोडेलले बहुलवादी राजनीतिको विश्वमान्यतालाई सिधै नकार्ने गर्छ ।

हुनत गठबन्धनको सरकार चलाउँदा पनि मेलमिलाप र उत्तरदायित्वको राजनीतिलाई दुत्कारेर आफ्नो आग्रहमा पेलेर अघि बढ्ने नीति लिनेहरूले आँफूले नपाए अरूलाई पनि सुखले खान दिन्न भन्ने सोच्नु नेपाली राजनीतिमा त्यति अनुचित नठानिएला । फोरमका उपेन्द्र यादवका काँधमा बन्दूक राखेर काङ्माले ( काङ एमाले) को शिकार गर्न खोज्नु पनि अनौठो भएन । यस्तोमा "संविधान बने हामीले चाहे जस्तो बन्छ, हैन भने बन्दै बन्दैन, बन्नै दिइन्न" भन्ने कामरेड बाबुराम भट्टराईका दावाहरू दिनप्रतिदिन सत्यताका निकट हुँदै छन् । कसैका शब्दमा ६०१ जनाको जातिय विश्वविद्यालय रूपी संविधानसभाले संविधान जन्माउन गर्भाधारण गरेको एक वर्ष बितिसक्दा, यसले कि त बिनासको मुशल जन्माउने छ अथवा नया संविधानको गर्भपतन भैसक्यो, यो जन्मने कुनै लक्षण नै छैन भन्नै पर्ने हुन्छ । निषेधको राजनीतिले निर्देशित राजनिति बोकेका पाखण्डीहरूले रटेको जनताको जनगणतन्त्र वा लोकतन्त्रको हश्र के हुने हो बुझिनसक्नु छँदैछ । जनताको संविधान बनाउने नाममा यो भन्दा भद्दा मजाक के हुन सक्ला र ?



May 14, 2009

ज्ञानेन्द्रको अनुमान सहि निक्ल्यो प्रचन्ड ' र ' का एजेन्ट नै हुन ।

शेखर ढुङेल

०५-१४-२००९

आखिर प्रचन्ड भारत का नयाँ लोन्दुप दोर्जे प्रमाणित भए । ' र ' कै निर्देशन् बमोजिम नेपालको परम्परागत स्थाइ धरातल र आस्थालाई ध्वस्त पारी सके पछी बचेको एक मात्र राष्ट्रिय शेना भित्र कथित नागरिक सर्बोच्चताको नाममा बिद्रोह गराउने र अर्को तिर बिभिन्न जन जाती अनी ' एक मधेष एक प्रदेश को' अन्दोलन गराइ रक्त पात बढे पछी तराइमा भारतीय मूलका नागरिकको सुरक्षाको बहानामा भारतीय शैनिक बोलाउने षडयन्त्रात्मक् चक्रब्युह रचियो तर समयमा नै अमेरिका र अन्य राष्ट्रबादी दलले टेप मार्फत प्रचन्ड को योजना थाहा पाएकाले तत्काल लाई रोकिए पनि खेल समाप्त भैसकेको छैन ।

त्यही योजना सफल गर्न सहयोग नगरेको भन्दै भारतलाई रिष देखाउन राजिनामा दिए । ‘म जस्तो विश्वाश पात्र पाउदा पनि मौका मा सहयोग नगर्ने’ भन्दै  भारतीय दैनिक पत्रीका द हिन्दू  मार्फत गुनासो पोखे । यसबाट स्पष्ट हुन्छ, राष्ट्रबादको खोल ओढेर प्रचन्डले नेपालमा नयाँ लोन्डुप दोर्जेको रुपमा जन्म लिएका छन । शेनामा बिद्रोह गराए लगत्तै तराइमा जातिय दंगा गराउने योजना रहेको छ माओवादीको । त्यसैले आफ्नो योजनामा बाधक देखिएका राष्ट्रपती बिरुद्ध आगो भएर ' र् ' कै निर्देशनमा संघर्ष गरिराखेको एक सुत्र ले बताएको छ ।

पूर्व राजा ज्ञानेन्द्रलाई माओवादी भारतबाट सन्चालित छन भन्ने थाहा थियो त्यसैले बिश्‍वमा सर्बाधिक आतंक पीडित भारतको आतंककारी पारीभाषामा दोहोरो मापदन्ड किन भनी पूर्व राजा ज्ञानेन्द्रले भारतको नितीको पर्दा फास गर्न खोज्दा भारत चीढियो र मौका पाउने बितिकै उधारो लोकतन्त्र ( उस्कै भाषा )दिने नाममा माओवादी लगायतका दल लाई ( तत्कालिन ८ दल ) भारत बोलाएर राजा ज्ञानेन्द्रको बिरुद्ध मा १२ बुँदे सम्झौता गरायो । माओवादी बाहेक अरु दललाई भारतको यो षड्यन्त्र को भनक समेत भएन । यहाँ सम्मकी पाउने करोड भारतीय लाई नागरिकता बाडियो कसैले चु समेत बोलेन ।

प्रचन्ड को काम जसरी हुन्छ देश तहस नहस पार्ने, सडक र सदन ठप्प पार्ने, देशमा अराजकता फैलाउने, दन्ड हिनता लाई बढवा दिने, संबैधानिक प्रकृया नस्ट पार्ने, जनतामा बित्रृस्णा जगाउने, जातिय सदभाव लाई द्वन्दमा परिणत गर्ने, राष्ट्रिय ढुकुटी खाली पार्ने र अन्तमा देशलाई असफल राष्ट्रको पगरी गुथाइ बिदेशी (भारत) लाई नेपालमा आफ्नो इच्छा बमोजिमको शासित राज्यमा परिणत गराउने त्यो षड्यन्त्र को तानाबना बुनिएको थिएन भने देशको शेना र राष्ट्रपती बिरुद्ध भारतीय बिशेष दुतको माग किन गरे प्रचन्ड ले ? र किन खोइरो खन्दै छन आफ्नै देशको शेना र राष्ट्रपती को ?



May 8, 2009

छविलालको उदांगिएको छवी र उल्लू बनेका हामी

पुष्पकमल दाहालले शक्तिखोर ब्यारेकमा आफ्ना सैन्य दस्तालाई सुर्क्याउन घुर्क्याएका कुराहरू भिडियो बनेर छ्याप्छ्याप्ति बन्दा समाचार सुर्खीमा छाउनु स्वाभाविक बनेको छ ।

एकथरी भन्दै छन् यो त माओवादी नेताले १६ महिना अघि भनेको कुरा हो। अत: यो विषयलाई लिएर अत्तो थाप्नु हुन्न ।

तर, वृहद् शान्ति सम्झौतामा आँफैले सही ठोकेर माओवादी नेताहरूले वर्ष एक जति मन्त्री पदको जागिर खाँदै गरेको त्यो बेला, उसका पार्टीका सर्वोच्च नेता र छापामारहरूका कमाण्डर-इन-चिफ छविलाल उर्फ पुष्पकमल उर्फ प्रचण्डलाई १६ महिना अघि जे बोले पनि पाउने छूट राज्यले दिएकै थियो त ? १६ महिना अघि नेताले जे पनि बोल्न पाउने कानून थिएन भने कसरी उनका एमानका ठूला समर्थकहरूले यसको पैरवी गर्ने साहस जुटाए त ? लौ मानौँ, छविलाल दाहाललाई १६ महिना अघि जे बोले पनि पाउने छूट थियो अरे ! तर, त्यो सार्वजनिक गरिएको भिडियोमा भनिएका कुरा मार्फत माओवादीका सुप्रिमो दाहालले कि त माओवादी छापामार कि त गैरमाओवादी शान्तिवादी नेपाली जनता एकथरिलाई त थाङ्नामा नै सुताउने उल्लु कुरा त गरेकै छ नि !

छविलाल दाहालले अहिले बिभिन्न मुलुकका राजदूतहरू, विपक्षी नेताहरू र नागरिक समाजका कथित अगूवासंग दावा गर्दै याचना गर्दै छन् कि उनको लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिवद्दतालाई शंका गर्दिनु भएन । यदि यो मान्ने हो भने शक्तिखोर व्यारेकका कमाण्डर कामरेड विविध ( रामहरी श्रेष्ठका हत्यारा)लाई समेत संबोधन गर्दै माओवादीको जनगणतन्त्र कायम गर्न सत्ता कब्जाको तरिका र बाटोबारे जुन लेक्चर उनले आफ्ना छापामारलाई पिलाउँदै छन् र जुन भाषणमा उनका आज्ञाकारी छापामारहरू आफ्नो भोलिको विजयको सपनामा भूलेर ठहाका लगाएर तिघ्रा ठटाउँदै आनन्दित बनेका छन् तिनलाई धोका भएन र ? ट्रकका ट्रक सरकारी पैसामा खरिदिएका हतियारको प्रयोग गरी त्यही सरकारलाई 'नेस्तनाबूद' पार्दै सम्पूर्ण छापामारहरूलाई सरकारी सेनामा 'आफ्नै तरिकाले' चाहेजति भर्ना गरेर 'उताकालाई आधा घटाउने' अनि सारा सेनालाई कब्जामा लिने यो रणनीतिले या त मुलुकका गैरमाओवादी सबै शक्तिलाई उल्लू ठानेको छ या त तिनै माओवादी सपनामा लट्ठिएर संसारलाई छविलाल कामरेडले कसरी उल्लू बनाइरहनुभएको छ र माओवादी विजयको खाका कोरिरहनु भएको छ भनेर सोच्ने 'ब्रेनवास्ड' जमात माथि मानसिक शारीरिक र मनोवैज्ञानिक विष भरिरहनुभएको छ, हाम्रा महान कामरेड छविलालजिले।

७,८ हजारको मिलिसियलाई कैयौँ गूणा बढाएर अनमिनको प्रमाणपत्र लिनुलाई पार्टीको सफलता देख्ने र ती सबैलाई राष्ट्रीय सेनामा हाल्न सकेमा जनगणतन्त्र र सत्ता कब्जा अवश्यंभावी हुन्छ भन्ने प्रचण्डको दावामा, कट्टर माओवादीको हौसला जसरी उत्साहित हुनसक्छ त्यसरी नै विश्वमान्य लोकतन्त्रको कल्याणकारी राज्यप्रणाली र पुस्तौँ पुस्ताको शान्ति चाहने सामान्य माओवादी बाहेकको वा अन्य गैरराजनैतिक सोच राख्ने कुनै पनि नेपालीलाई कामरेड छविलालाको पछिल्लो कर्तूतले चिन्तित तुल्याउनु स्वाभाविक हो । यो चिन्ता माओवादीले कट्टर कम्युनिष्ट शैलिको जनगणतन्त्र स्थापना गर्न चाहे मुलुकमा भनेर हैन बरू यो असहिष्णु सोचका कारण नेपालमा अब सिर्जना हुन सक्ने प्रतिरोध र प्रतिशोधी राजनीतिका श्रृंखलाहरूले अझै केही पुस्तासम्मको राजनैतिक अस्थिरता अवश्य निम्ताउने नै छ । आखिर, अतिवादको राजनीतको परिणति 'खतिवाद' र विध्वंश त हो नि ।



May 5, 2009

प्रचण्डको भिडियो र पद्मरत्नको क्यासेट !!!!

देशमा हाल घटिरहेका अप्रत्याशित घटना क्रमहरुले केही शब्द लेख्न लेख्दै छु । मैले नेपालको राजनीतिबारे टिका टिप्पणी गरें भने एक हूल पूर्वग्रहीहरु मसाने जुलुस निस्कन्थे रे निस्कने छन पनि । साझामा साझा चौतारीमा परदेशी पत्यार लाग्दो जीवनशैलिबाट केही स्वदेशी हावापानी पस्कने क्रममा केही कथा ब्यथाहरु कोर्दै आएको छु। धेरै शुभचिन्तकहरुले राजनीतिमा हात नहाल्नुस् दाई भनेका र धेरै साथी गुमाउनु परेकाले पनि सीमित मात्रमा टिकाटिप्पणी गरेको हुं। यसको अर्थ राजनैतिक यथार्थबाट पर हटेको छुइन।

मैले माओवादी र तिनका कलुषित गुरु योजना बारे धेरै लाई मौखिक वा अन्य फोरम मा भनी सकेको छु । कुनै समय माइ संसार मा समेत पाहुना लेखकको हैसियतले माओवादी कुसंसकारको भण्डाफोर गरेको थिएं र माइ संसारले प्रतिबन्ध समेत लागायो, राहुलभाइ लाई ।

२०५२ सालमा जब तत्कालिन जनमोर्चा जंगल पसे त्यतिबेला देखी नै मैले यी जंगलिहरुको असली नियत बारे ठाउँ ठाउँ मा कुरा राख्दै आएं । धेरैले हावा गफ भने। प्रचन्ड पथ भन्ने नै थिएन । प्रज्ञा पथ मात्र थियो । दौतरी डट ओरजी मा पनि यसबारे लेखिसकेको छु ।

आज इमेज च्यानल मार्फत जुन भिडियो बजार मा आएको छ । त्यसले माओबादी र कामरेड प्रचन्ड प्रती मेरो मनसपलटमा भएको चित्र सचित्र भएको छ । असली कम्यूनिष्ट को रंग देखाए तिनले । यती लेख्दा एमाले समर्थक मित्रहरुलाई न पच्न सक्छ । एमालेको बहुदलिय जनबादको अन्तिमा लक्ष पनि प्रचन्ड पथ भन्दा भिन्न छैन। संसदिय ब्यबस्था मार्फत सत्ता कब्जा गरी जनगणतन्त्र स्थापना गर्नु जबजको अन्तिमा लक्ष हुन ।

यो भिडियो नक्कली हो भनेर प्रमाणित गर्न लाखौं आउने छन। उत्तम बाबु, उमेश बाबु लगायतका प्रचन्डले लुटेर बाँडेका सिता टिप्नेहरु धेरै छन। साझा मै अनेक अचम्म नामधारी कामरेडहरु छन, नक्कली सीडी प्रमाणित गर्न न्वारन देखिको बल लगाउने छन ।

यती बेला यो सीडी प्रकरण संगै २०५१-५२ तिर तत्कालिन एमाले को टिकट मा उम्मेदबार भै स्वतन्त्र हुँ भन्ने नौटंकी गर्ने संसद पद्म रत्न तुलाधरको क्यासेट प्रकरण याद आयो। एउटा समारोहमा हाल आफुलाई नागरिक समाज को अगुवा मान्ने माओवादीका थिंक ट्यान्क पद्म रत्नले गाई काटेर खान पाउनु पर्ने जिकिर स्पष्ट संग गरे । क्यासेटमा स्पष्ट संग गाई काट्न पाउने कुरा को खुलेआम वकालत गरेको देखिन्थ्यो। त्यसको बिरोध भए, खास गरी प्रतिपक्षमा रहेको काँग्रेसले । पद्म रत्नले त्यस्तो बोलेकै हैन भनेर तत्कालिन एमालेले प्रती रक्षा गरे । क्यासेट नक्कली हो भनेर आँफै टाम्परिङ्ग गरी गाई काट्ने भन्ने बोली निर हल्ला समायोजन गरेर अर्को क्यासेट निकाले। यो प्रकारण मा बिरोध गर्नेहरुमा प्राध्यापक संघका पूर्व अध्यक्ष भीमसेन दास प्रधान थिए। हाल माओवादीका नेता तथा कथित नागरिक समाजका अगुवा मल्ल के सुन्दरले भिमसेन दास जी लाई अब आइन्दा बिरोध गर्‍यो भने नेवार जाती समुदायको बिरोध गरेको मणी कार्यबाही गर्ने र नेवारजातिबाट निकाला गर्ने फतवा जारी गरे ।
भर्खरै प्राप्त समाचार अनुसार प्रचन्ड को अश्लील तर असली भिडियो सार्वजनिक गर्ने इमेज च्यानल माओवादीहरुले घेराउ गरे रे। जंगलिहरुबाट यो भन्दा सभ्य प्रतिकृया के आश गर्न सकिन्छ र ? स्मरणिय रहोस्, इमेज च्यानल स्वयं माओवादी प्रती नरम दृष्‍टिकोण राख्ने पद्म रत्न तुलाधर कै अभिन्न मित्र राम कृष्ण मानन्धर को निजी च्यानल हो ।

अन्तमा सर्प लाई दुध खुवाएर पाले पनि आखिर मा बिष नै डस्ने हो। हिमाल मेडिया लाई चेतना भैसक्यो, अरुल्लाई पनि होला नै।



प्रचण्डपथ भनेको जनगणतन्त्रपथ नै हो

मैले पटक पटक ब्लगमा लेख्दै आएको थिएँ, माओबादी जती गुलियो भएर आए पनि उनीहरुको चाहाना भनेको कमिनियुजम नै हो। केही बर्ष पहिले एक माओबादी मित्रबाट उनीहरुको प्लान बारम्बार बु्झ्न मौका मिलेको थियो। उनीहरु मिल्ने, अर्काको ठाँउ ओगट्ने अनि फुट्ने यो माओबादीकको निती हो। घरी गिरीजा परम शत्रु, घरी गिरीजा नेपालकै नायक, घरी भारत मुख्य शत्रू घरी भारत मुख्य नायक, घरी बुलेट घरी ब्यालेट यि सबै प्रचण्डपथ कै कला कौशल हुन। कमिन्युजम भनेर लागेका एमाले कार्यकर्ता तथा बिदेशी शुभचिन्तक एमाले प्रजातान्त्रीक भयो भनेर माओबादीको पूछार समातेका छन। त्यो माओबादीलाइ ठुलो फाइदा हुन गयो। युद्दकालबाट खुला रुपमा आउदा आंट नभएका माओबादी शुभचिन्तक पनि आरामसंग माओबादीमा आबद्द हुन पाए। माओबादी सानो पार्टीबाट अहिलेको पार्टीमा आउनु र पटक पटक बार्ता गर्दै फुटाउनु सबै प्रचण्डपथ अन्तर्गत हो।

अहिले खुला रुपमा आएर अरु पार्टीका कार्यकर्ता समेल्नु पनि उनीहरुकै निती हो। अहिलेको सेनापती काण्ड जती जसरी हेरे पनि बाकि रहेको सेनाको धुधुकी खत्तम पारेर सत्ता कब्जा गर्ने माओबादी दाउ हो भनेर नै आफु खत्तम हुने डरले पार्टीहरुले सेनापती काण्ड समर्थन नगरेका हुन । सबैलाइ लाग्यो होला किन नेपालमा अहिले सरकारमा बसेर पनि माओबादीले गाइजात्रे ताल गरीरहेको छ। उनीहरुको निती हो सरकारबाट गाइजात्रा गर्दै प्रजातान्त्रीक प्रक्रिया फेल गराउने, यता आफ्नो पकड झन बलियो बनाउने। सेना, अर्धसेना र कार्यकर्ताको बलले चारैतिरबाट थिचेर कमिन्युजम ल्याउने। तपाइहरु माओबादीलाइ सहयोग गरेर जती सजिलो अबतरण गराउने सोच्नुहोस, कुकुर आचीतीर दोडिए जस्तै माओबादीका आंखा कमिन्युजम तिर नै हुनेछन। ल हेर्नुहोस त तलको नागरिक पत्रीकाले निकालेको भिडियो, एक देशका प्रधान मन्त्रीले कसरी छापामार शैलीमा कुरा गरेका छन। के साच्चै उनीहरुले नया संबिधान बनाउन चुनाब गरेका रहेछन त?, के माओबादी प्रजातन्त्रसंग आबद्द रहेछन त? , नभन्नुहोस नि यो भिडियो नक्कली हो भनेर।




नागरिक सर्बोच्चता को रडाको र राष्ट्रिय राजनीति

शेखर ढुङेल
०५-०४-२००९
नागरिक सर्बोच्चता को रडाको गर्दै अन्तत्वगत्वा माओवादी नेत्रृत्वको सरकार राजिनामा दिन वाध्य भयो । प्रधानमन्त्रीको लामो सम्बोधनको तर्कमा कुनै तुक छैन उस्को एकल निती लागु गर्ने अभिष्टलाई नागरिक सर्बोच्चताको पगरी लगाइ दिने बाहेक । खेलकुदको मामलामा सम्पूर्ण तयारी सकिए पछी प्रमले स्वेच्छाचारी आचरण देखाउदै रातौ रात आफ्ना जन सेना लाई सहभागि गराउन गरेको निर्णय नागरिक सर्बोच्चता को लागि थियो ? , दोष आफ्नो सजाय शेनापतीलाई गर्ने ?, भर्ना प्रकरण पहिलो पटक किन नबोलेको ? दोस्रोपटक पनि प्रकृया समाप्त भैसके पछी रोक्नु भन्ने सरकारको आदेश कती बिबेकशील र व्याबहारिक थियो ? । ८ जर्नेल हरु को सम्बन्ध मा अदालतको आदेशमा काममा लगाउनु के नागरिक सर्बोच्चता को बिरुद्ध थियो ?। सरकारमा आँफै राष्ट्रिय शेनाको संख्या र मनोबल घटाउँदै जाने ? राजनीतिकरण गर्दै जाने के यही नागरिक सर्बोच्चता हो ? । काम चलाऊ अन्तरिम सरकार सधैंको लागि सत्ता ठेक्कामा पाएझै गर्नु नागरिक सर्बोच्चाता थियो ?, माओवादीको समर्थन गर्ने नागरिक समाजले किन बुझ पचाउँदै छ ?

पत्रकारको गला रेट्ने, नागरिकको सम्पत्ति कब्जा गरी आन्तरिक शरणार्थि बनाउने, हत्यारा लुटेरा बलात्करीको सम्रक्षण गर्ने माओवादीले नागरिक सर्बोच्चत्ताको दुहाइ दिनु नै हास्यापद छ । अरुको बाँच्न पाउने अधिकार समेत खोस्ने माओवादीले नागरिकको होइन आफ्नो सर्बसत्ता अधिनायकबाद्को सर्बोच्चत्ता खोजेको थियो त्यसकै अन्तिमा कडि थियो शेना प्रकरण ।
हुनत, माओवादीको उन्माद पछाडि नेपाली काङ्रेस र ए. मा. ले. को ठुलो हात छ । माओवादीको हतियार नियन्त्रण नगरी, कब्जा घर जग्गा फिर्ता गर्न नलगाइ, जनसेना सम्बन्धी मुद्धाको टुङो नै नलगाइ, माओवादी प्रजातान्त्रिक धारमा रुपान्तरण भएको बिस्वासिलो आधार बिना नै संबिधान सभाको निर्वाचनमा जानु र सत्तामा पुर्‍याउनु नै महाभुल थियो । उल्लेखित बिषयको छिनो फानो भै सकेको अवस्था हुन्थ्यो भने अहिले सेनाप्रती शंका गर्नु पर्ने थिएन । बिगत तीन बर्षमा माओवादीले राज्य सयन्त्र लगायत बिभिन्न ठाउँ मा जमाएको प्रभुत्व र गरेको उपयोग राष्ट्र र आगामी सरकारको लागि महँगो साबित हुनेछ । माओवादीलाई सत्ता मा पुर्‍याएको त्यो भुलले आगामी दिनमा देशले ठुलो जोखीमको सामना गर्नु पर्ने मा शंका छैन ।

प्रधानमन्त्री दाहालको राजिनामाले शान्ती प्रकृया, संबिधान निर्माण कार्यमा गम्भिर असर पुर्‍याउने छ । अस्थिरता अराजकता ले झनै ठुलो जरो गाड्ने देखिन्छ । शेना प्रकरण माओवादी को लागि “किन रोइस मंगले आफ्नै ढंगले’’ साबित भयो। माओवादीको अक्षम्य गल्तीलाई देश भित्र कै राजनैतिक शक्तीले सजाय दिनु पर्दथ्यो । प्रचन्डजीको सम्बोधनको सार बुझ्दा बिदेशीको दबाब देखिन्छ, त्यो हो भने एक स्वाभिमानी नेपाली लाई ग्लानी हुन्छ । किन भने हिजो निरंकुशताको नाम मा राजा फ्याल्न बिदेशीकोमा पुग्यौ, आज अधिनायक को नाम मा प्रचन्डलाई र भोली कुनै पनि बहनामा कोइ पनि प्रधानमन्त्री फ्याकिन सक्तछ ।यता तर्फ भने राजनेता हरु गम्भिर हुनु अनिबार्य छ । देश भनेको चारतिर रेखान्कित भु-भाग मात्र होइन उसको आफ्नै स्वतन्त्र निती नियम सरकार हुन्छ र त्यस मा बिदेशी हस्तक्षेप स्विकार्य हुँदैन ।

यसै प्रसँगमा प्रधानमन्त्री को बिदेशी ( भारत )बिरोधि क्रोध पनि हास्यास्पद छ । १० बर्षको जनयुद्ध उस्कै शरणमा ( भुमी ) गरे, १२ बुँदे सम्झौता उस्कै पाउमा परेर गरे, आफ्नो पहिलो औपचारिक बिदेश भ्रमण तिमी कै हो भनी स्तुती गाए, आज सत्ता बाट फुस्काइ दिंदा स्वाधिनताको कुरा गर्नु गोही को आशु मात्र हो । माओवादीलाई सत्त च्युत गर्नु अनिबार्य थियो कुचोले बढार्नु पर्थ्यो हाबाले बढारी दियो उस्को आफ्नै गल्ती जनताको सर्बोच्चता प्रती उ कती इमान्दार छ ? आगामी गतिबिधी बाट जनताले बुझ्ने छन ।