February 16, 2010

निर्लज्ज मन्त्री कुजाता


नेपालकी परराष्ट्र मन्त्री सुजाता कोईराला काम गरेर भन्दा गलत वा नराम्रा कामले चर्चाको बजारमा छाएकी हुन्छिन् । ९० वर्ष पुग्न लागेका अन्धो धृतराष्ट्रको बुढो काँधमा निर्लज्ज चढेर उपप्रधान मन्त्रीको पदमा पुगेकी यी नामले सुजाता र कामले कुजाता नै हुन भन्दा फरक पर्दैन । यिनको नाम ठीक बिपरितार्थक नै छ भन्दा हुन्छ । उनको नाममा ‘सु’ उपसर्ग झुण्डिनु तर काममा सदैव ‘कु’ हुनु उनको परिचय प्रमाणित सत्यो । आजीवन बिदेशमा नै रहेकी यी बिदेशी पतिकी ई उभयचर पत्नि अहिले नेपालकी बिदेश मन्त्री भएकी हुनाले अहिले नेपालीलाई बिदेश घुम्न नभइ नहुने राहदानीलाई यिनको गिद्दे नजर र अघोरी भोकले खान खोजेको छ ।

अहिले सुजाता बहुचर्चित मेसिन रिडेबल पासपोर्ट प्रकरणमा चर्चित छन् । उड्ययन सम्बन्धी आधिकारिक अन्तर्राष्ट्रिय संस्थाले आउँदो अप्रिलसम्ममा मेसिन रिडेबल पासपोर्ट भएमात्र बाह्य उडान गर्न पाउने वाध्यकारी फर्मान जारी गरेकाले यो हुनै पर्ने थियो । तर आजीवन कमिसन र पैसाको जोहो गर्न भनेर राजनीति गर्ने र मन्त्री हुने ध्याउन्नमा लागेकी यी निर्लज्ज नारीका लागि , यो पासपोर्ट बनाउने सुनौलो मौका कमीसन सोहर्न पाउने कुम्भ मेला साबित भयो । त्यसैले हरेक हतकण्डा प्रयोग गरेर भए पनि यसबाट आउने ठूलो कमिसन हात पार्न , उनले नेपाली नागरिक बाहिर जानै नपाए नपाऊन केही मतलब छैन तर , पासपोर्ट बनाउने कामको जिम्मा लिने कम्पनीको छनोट र मोलतोलको बार्गेनिङले दिने बिशाल कमिसनको पोको नलिई नछाड्ने अड्डी लिँदा अब नेपालीले खाडी र मलेशियाको श्रमबजारको यात्रा सम्म पनि गर्न नपाउने स्थिति पैदा हुँदैछ । मन्त्री कुजातालाई यी सबै कुराको कुनै टण्टा छैन ।

यस्ता लाज नभएका मन्त्री जो हाक्काहाक्की नेपालीलाई थर्काएर खाने मौकाको ताक कुरेर बस्छन् र सारा नेपालीमाथि आउन सक्ने बिपत्तिमा पनि कानमा तेल हालेर मस्त रहन्छन् , यस्ता दुष्ट पात्र हामीलाई किन चाहिएको छ ? हिजोको संसदिय समितिमा अझ उसैको चर्को डाँको सुन्दा , यो देशको दूर्भाग्य नै रहेछ कि यस्ता मनुष्यलाई मन्त्री मानेर मुलुकवासीले बोकेर चल्नु पर्ने ! नेपालले यस्ता कुजाता टाइपका मन्त्रीबाट कहिले मुक्ति पाउने होला ?



साच्चै नेपाल अब ढुंगेयुगतिर जाला जस्तो छ(ढुंगिय लोकतान्त्रकीक नेपाल-परिचर्चा)

ब्लगर दिलीप आचार्य आजकाल नेपालमा हुनुहुन्छ। नेपाल बाहिर हुंदा प्राय वांहासंग सधै भेट भइराख्थ्यो। तर नेपाल गए पछि समय नमिलेको हो कि वांहालाइ इन्टरनेटको जालो सम्म आउन मुश्किल परेको हो, त्यती भेट हुंदैन। आज यसो राती फेसबुकमा सयर गर्दा दिलीप जीसंग जम्का भेट भयो। सन्चो बिसन्चो पछि यसो दौंतरी र नेपाली ब्लगबारे कुरा गर्दै थियौं,लाइन जाने बेला भो अब निस्कन्छु भन्नुभयो। मेरो मुखबाट फ्याट्ट आयो, साच्चै नेपाल अब ढुंगेयुगतिर जाला जस्तो छ। हुन पनि हो। जलस्रोतमा संसारकै एउटा धनी मुलुक नेपाल भनेर कहिलिन्छ। अहिले दिनको ११ घन्टा लोडसेडिगं रहेछ। पोहोर सालकै तुलना गर्ने हो भने केही समय पछी दिनमा १९-२० घन्टा लोडसेडिगं हुने पक्का छ। जनसंख्या,कल-कारखाना,उपकरण आदीको तुलना गर्ने हो भने नेपालको बिजुली खपत संसारको कुनै ठुलो सहर जत्तीको पनि छैन। त्यही पनि दुइ-तिहाइ समय बिजुली आउदैन। नेपालको बिध्धुतको इतिहांस एक शताब्दि(फर्पिगं - सन १९११) लामो भइसकेको छ। तर बिजुलीको ब्यबस्था भने दिन प्रती दिन खस्कदो मात्र हैन दुरअबस्था नै छ।


अब करिब करिब बिजुली पूरै आउट हुने स्थिती छ। पेट्रोल,चिनी आदीको हांहाकार बेला बेलामा भइराख्छ। पेट्रोलै भए पनि रात दिनको नेपाल बन्दले गाडी चल्ने स्थिती सुन्य जस्तै छ। अब जात-जात अनुसार बाइसे,चौबिसे राज्य हुने पक्का भयो। यही राज्य गणराज्य बनाउने बाहानमा २-४ वटा पुल भत्काए त पाटनबाट काठमान्डु जान पौडिनु पर्ने स्थिती आउंछ। यस्तै त थियो होला नेपाल ढुंगेयुगमा?


किरांत,मल्ल,सुर्यबंश राज्य आदी भनेर पढिन्थ्यो इतिहांसमा, त्यही सुनौलो ईतिहास साकार पार्न गुरुगंबंश,नेवारबंश,लिम्बुबंश आदी तयार गर्न संसद कस्सिएको छ। संबिधान चुनाबताका एक युगमा एकदिन एक पटक आउंछ भनेर निकै प्रचार प्रसार गरिएको थियो। साच्चै पो रहेछ, अहिलेको बिध्धुतिय जमानामा यस्ता बंशिय राज्य संसारमा अन्त कांहा देख्न पाउनु? आदिम मानवका ढुंगे हतियारमा त हामी पोख्त नै छौं। एक युगमा एक दिन जन्माउन तयार पारिएको संसदले ढुंगिय लोकतान्त्रकीक नेपाल घोषणा गरे यो संबिधान बनाउने चटारो नै खत्तम हुने थियो।


ढुंगिय लोकतान्त्रकीक नेपाल-जिन्दाबाद!