April 19, 2008

कमरेड प्रचण्ड: मेरको बिरालो च्यापेर ओरालो लाग्दै

सक्कली कम्नियुष्ट को? एमाले कि माओबादी? या जनमोर्चा, माले या नेकपा (कुनैबादी)। संसारकै गरिब मुलुक मध्य एक नेपालमा हसिया हथौडा भएको झण्डा किसिम किसिमले फराउने गर्छ। सपनामा जो पनि रम्छ। नेपाली जनता कम्नियुष्टनै हो गरिबको उत्थान गर्ने भनेर अझ नै बिश्वास गर्छन त्यही हो अहिलेको संबिधान सभा चुनबाको परणाम। सपना बाड्न कुनै पार्टि पनि कम छैनन।२०४७ सालको चुनाबमा एमाले नै सक्कली कम्नियुष्ट भएको ठहर गर्दै उसले जितेमा न्यु रोडमा सबैले एक-एक सटर पाउने भनेर सपना बाडि राखेको थियो। लाग्छ यो किम्बदन्ती हो, एउटै घरमा बाउ कांग्रेस र छोरो एमाले भएर झगडा भएकै थिएन या दाजु भाइ मध्य एक मात्र एमाले भएको हुंदा सहन नसकी डोरी लिएर मर्न निस्केकै थिएन। एमाले ले जिते धर्म निभेष पार्छ भनेर पोखराको संपुर्ण मिया गाउं कांग्रेस भएको थियो भने बुढा बुढिलाइ बन्दुक ठोक्छ भनेर सबै बुढा बुढी सकि नसकि भोटीगं बुथ तिर लागेका थिए।
अहिलेको परिणाम ब्ल्याक एण्ड ह्वाइट भएर निस्केको छ। माओबादीले स्पष्ट रुपमा बहुमत ल्याउने भएको छ। तर माओबादिले के सपना बाड्यो त्यो त पर्दा पछाडी नै छ। अजै १५ बर्ष सम्म पुरानो सत्ता भनाउदो संग लड्ने जन सेनाले के के सपना भेटे त्यो त छापामारकै झोला भित्र होला।
माओबादीको सिद्दान्त १००% किमिन्युजम हो। बिगतमा उनिहरुले जुन जुन रणनिती लिएका छन ति सबै या त चिन या क्युबा, या भियतनाम वा अरु कुनै कमिनियुष्ट मुलुकमा प्रयोग भैसकेका रणनिती प्रयोग गरेका छन। शहरबाट गाउ या गाउबाट शहर, दरवार निकट अथबा दक्षीण पन्थि या गद्दार, यि सबै कम्निष्ट आन्दोलनमा प्रयोग हुने कोड भाषा हुन। शान्ती संझौता गर्दै शक्ती संचयका साथ आक्रमण गर्ने माओबादी रणनीती भ्यागुते धार्नी साबित भयो। तर नेपाली राजनिती माओबादी बन्दुकले अत्यन्त तरक भइसकेको थियो। त्यसको भेउ पाएर नै माओबादी काठमान्डु ओर्लियो। नत्र भने एक दशको पहिले ब्यालेटमा लोप्पा खाएको पार्टी बुलेटबाट किन फेरी ब्यालेटमा फर्किन्थ्यो? प्रचण्ड ले त उहिले देखी नै हो पार्टी हांकेको, नया बजार नभै किन रोल्पामा बस्थे? चारै तिरबाट सभ्य परेर माओबादीले सानदार बिजयी हासील गरेको छ।
आगामी दिनमा नेपाललाइ कसरी चलाउने त्यो माओबादीको हातमा आएको छ। पुल बनाउन १ बर्ष लाग्छ तर त्यसलै भत्काउन र चर्चामा आउन १ घण्टा। आफैले भत्काएका झोलुंगे पुल माओबादीले कसरी बनाउने हो, आफुले जलाएका जेलका पर्खाल कसरी निर्माण गर्ने हो, १९५० देखीका असमान संधी कहिले खारेज गर्ने हो, नेवा,थारुवान,लिम्बुवान कुन कुन मुक्त क्षेत्र प्रदान गर्ने हो र कुन पहिला गर्ने हो यस्ता यावत कुरा छन ।
तर माओबादीले दिशा फेरेको लक्षण देखाइसकेको छ। नेपालको अर्थतन्त्र अत्यन्त खोक्रो, छेउ छाउमा चिन र भारत ति पनि अमेरिका निकट़, साम्यबादी चिन पनि पुजीबादमा परिणत भएको प्रतीकूल अबस्था प्रचण्ड लगायतका कमरेडहरुले बुझिसकेका छन। माओबादी सिद्दान्त त हावा खाइसक्यो, प्रचण्डपथ नै कम्नियुजमको पुजिबादसंग फ्युजन भन्दै कमरेड प्रचण्ड मेरको बिरालो च्यापेर ओरालो लाग्दैछन कांग्रेस-एमालेको गोरेटोमा।