December 15, 2011

जीवन र् प्रश्न

-प्रयास
प्रश्नहरू को ताँती लागेको छ ,
एक पछि अर्को अर्को पछि अझै अर्को ,
निस्तब्ध सुन्यतामा बाँचेको छु ,
प्रश्नै प्रश्नहरू को बीचमा रूमल्लियर्,
सबै भन्दा पहिलो प्रश्न कुन थियो ?
बिर्से,
कुन प्रश्न मनमा पहिले ऊब्जेथ्यो ?
भुली सकेछु ,
कुन प्रश्न प्राथमिकतामा परेको थियो ?
कल्पना को पाण्डोरा भित्र
आफ्नै कैदी भएको छु ,
थुप्रै बेइमानी प्रश्नहरू पनि थिए
जसको उत्तर खोज्नै सकिन ,
मेरो प्रश्नको जवाफ तिमीबाट आएन
अलमल मा छु अचेल ,
तिम्रो प्रश्नको जवाफ दिन म वाध्य छु कि छैन ?
अनुत्तरित प्रश्नहरू यथास्थान मैछन अझै ...
तिमी र् मेरा बीच !!!!!!!!
अहिले जीवन हतार मा गुज्री रहेको छ
फुर्सद मा समयको पाना पल्टाएर् हेरौँला
शायद कुनै उत्तर थियो कि ?