September 20, 2013

गाउँखाने कथा ५४ (Nepali #Gaukhane #Katha)



अपडेटः को सही उत्तर हो गमला् । उत्तर को प्रयास गर्ने सबै पाठक प्रती हार्दीक धन्यबाद।
-----------------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


टारी त टारी उचो टारी, थोरै माटो फूल रोप्ने बारी, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।