May 1, 2009

अप्रिल फूलको यात्राले अप्रिलफूल नै बनायो

आचार्य प्रभा

अब म कहां बाट शुरु गरौं ?,  मेरो कष्टप्रद यात्राको बर्णन । यात्रा धेरै गरियो, ती यात्राहरु सबै खुशी र सुखिका त थिएनन । यो स्वभाविक पनि हो यात्रा हर कसैको लागि सहज् नहुन सक्छ । बिदेश बसाइको चार बर्ष बितिसके पछी मैले एक पटक आफ्नो ठाउं आफन्त आफ्ना क्षेत्रका मान्छेहरुसँग भेट्ने अभिलाषा राखेँ । मनभरी आकाँक्षाका पालुवाहरु उमारेर म आफ्नो ठाउं जानको लागि तयार भएँ र उडानको टिकेट को बन्दोबस्त अप्रिल २९ को गरियो । मेरा आफन्तहरु इन्डियामा पनि भएकोले म कोलकोत्ता, कालेम्पोङ, सिलिगुरी हुँदै आफ्नो ठाउं जाने अभिष्ट बोकेर यात्राको तयारीमा लागेँ । मेरी जुम्ल्याहा दिदी जो कालेम्पोङमा छिन् उस्लाई भेट्ने अझ तिब्र इक्षा भएकोले म पहिला कालेम्पोङ नै जाने निधो गरेर तयार भएँ तर भिनाजुको फुर्सद नुहुने भएकोले मलाई अप्रिलको पहिलो हप्ता नै आउने सुझाउ दिइयो । त्यसैले टिकेट अप्रिल १ को कन्फर्म भयो । मलाई कता कता लागेको त थियो अप्रिल फस्टमा यात्रा गर्दैछु कतै म अप्रिल फूल त हुने हुइन ? भनेर । म अप्रिल फस्ट को दिन बोल्डर बाट बाटो लागेँ । जीवनमा यत्ती लामो यात्रा एक्लै कहिले गरेकी पनि थिइन, तर पनि मलाई बाटोमा केही होला भन्ने र कतै हराउँछु कि भन्ने चिन्ता भने पटक्क लागेको थिएन किन कि म सबैलाई चाँडै साथी बनाइ हाल्छु र बिदेशमा नै बरु सहयोग पनि पाइन्छ भन्ने एक प्रकारको विश्वाश पनि म भित्र थियो ।

टिकेट डेन्वरबाट सन्फ्रान्सिस्को, सिङापूर त्यस्पछी एकैचोटी कोलकत्ता को थियो । बाटोमा कतै ट्रन्जिट छ भन्ने उल्लेख थिएन । म पनि ढुक्क परेर उडेँ । दुइवटा लग्गेजहरु पठाएर दुइवटा चाँही ह्याण्ड क्यारी बनाए । समान पनि निक्कै नै थियो । मलाई निक्कै गार्हो पनि भै रहेको थियो । जहाज डेन्वरबाट उड्यो । म निस्चिन्त थिएं । मलाई एक रत्ती पनि मनमा त्रास, भय थिएन । जब सन्फ्रान्सिस्को पुगें त्यहाबाट मेरो समस्या शुरु भयो। पहिलो पटकको यात्रा कहां के गर्नु पर्छ त्यती थाहा भएन म चेकिङ्मा पसें, डकुमेन्ट्सहरु के देखाउन थालेकि थिएं मेरो हण्द्क्यारीहरु त अघी नै कार्गोमा लगि सकेछ ।जस्मा मेरा सारा अमुल्य बस्तुहरु, दबाइहरु, पैसाहरु थिए ।मैले चाबी पनि लगाएकी थिइन । भरै सब काम सकेर हेर्छु त छैन । उता जहाज उड्ने बेला भै सक्यो आफुले दबाइ खाइ रहनु पर्छ । म त अत्तालिए । एक जना नेपाली बहिनी नै हुन उनी उस्लाई मद्घत माग्ने आशाले उस्लाई आग्रह गरे किन कि उनी त्यहिकी कर्मचारी थिइन, तर उन्ले आफु नेपाली हुइन भन्ने खालको ब्यहोरा देखाइन । उस्का साथीहरुले पनि भने त त नेपाली होस् उस्लाई के पर्‍यो बोल्न भने, तर त्यो बहिनिले म नेपाली हुइन भनेर अङ्रेजिमा भनिन। त्यही बेलाबाट मेरो मनमा नमीठो आधी सल्बलाउन थाल्यो । अन्तमा मैले एउटा ईण्डियन भाईलाई भेटे र आफ्नो सम्मस्या भनें । उस्ले मलाई मद्घत गर्‍यो र त्यहा भन सुन गरेर त्यो ब्याग चाँही एक्छिनमा हात पर्‍यो बल्ल म दुक्क परे । तर मलाई त्यो नेपाली केटीको ब्यवहाँर र सोंचले खिन्न बनायो । अनी म फेरी त्यहा बाट उडे ।

मलाई जानकारी थ्यो कि अब सिङापूर सिधै ८ घण्टा ट्रान्जिट छ भनेर । जहाज ल्यान्ड भयो सबै उत्रिए म पनि उत्रिए । अनी एअरपोर्ट भित्र छिरियो म एक ठाउँमा बसे । म दुक्क थिए कि सिङापूर त्यही हो भनेर म त ८ घण्टा बस्न तयार थिए तर जब मैले त्यहा अन्नाउन्स गरेको सुने त्यो त हङकङ पो रहेछ मेरो सातो पुत्लो उड्यो किनकी मङोलियन हरु सबै एकै प्रकारका हुन्छन कसरी चिन्ने? । फेरी काउन्टर मा सोधे तिम्रो जहाज उड्न लागेको छ चाडो जाउ भनेर भने त्यहाका कर्मचारीहरुले। आफुले टिकेट नकाटेकोले गर्दा पनि मलाई त्यस्तो धोका भयो । झन्डै त्यहा पनि जहाज छुट्यो। राम्रो जानकारी नली म हिंडेकिले मलाई धेरै समस्याहरु सँग जुध्नु पर्‍यो। तर पनि आफ्नो देशमा भन्दा सहयोग पाइने भएकोले त्यस्तो अप्ठ्यारो चाँही भएन अनी भाषा नबुझ्दा र त्यहाका नियमहरु फलो नगर्दा भने चाँही जस्ले पनि दु:ख पाउन सक्छन। बिदेशको यात्रामा धेरै चनाखो हुनु पर्छ नत्र कहबाट कहाँ पुगिन्छ । तर मलाई भने त्यहाका नियमहरु नबुझेर हैन टिकेट कहाँ कहाँ सम्मको हो भन्ने जानकारी नभएर मात्र मैले पिरोलिनु पर्‍यो । यसरी म लामो यात्रा काट्दै गए । त्यस्पश्चात मात्र सिङापूर आयो म त्यह ८ घण्टा बसे । मलाई त्यहा ८ घण्टा बितेको पत्तो नै भएन किन कि त्यहा मैले सिगापुरे महिला हरुलाई साथी बनाइ हाले ।

८ घण्टा पश्चात जहाज कोल्कत्ताको लागि उड्यो। खै कत्ती घण्टामा हो जहाज रातिको ११ बजे कोल्कत्तामा ल्याण्ड भयो । थाकेर लखतरान भएर उत्रिए त्यहा मलाई रिसिभ गर्न भिनाजु आउनु भएको थियो । सबै प्यासन्जरहरु आ-आफ्नो लग्गेज लिनलाई ब्यस्त भए सबैले लि सके रातिको १ बजी सक्यो मेरो त लगेज नै आउँदैन सबै हिडि सके म मात्र त्यहा बाँकी छु । त्यही त हो इन्डियाको ठाउं मलाई नौलो र मङोलियन अनुहार देखे मेरा पछी धेरै जना बङाली भाषा बोल्दै मलाई अत्याउन थाले । भिनाजु बाहिर हुनुहुन्छ भित्र पस्न पनि दिदैनन । न म सँग फोन छ यहाँबाट लगेको फोनले काम नै गरेको छैन ता पनि म आत्तिइन । तिनिहरुको मलाई हरेश खुवाएर लुट्न लागेका थिए, तर मलाई किन हो केही डर पनि लागेन र लगेज छुटे आइहाल्छ भन्ने दुक्क थियो र तिनिहरुलाई भने ''मेरो समान छुट्यो त तिमीहरुलाई किन यस्तो साह्रो पर्‍यो ?, म दुक्क छु मलाई जान देउ म भोली समान लिन आउँछु भने, तर तिनिहरुलाई त कसरी यस्लाई तर्साएर पैसा असुल्ने र हेल्प गरेको जस्तो गर्ने भन्ने थ्यो । मैले सिधै भने म ४ वटा भाषा जान्दछु । तिमीहरुले बङालिमा के भन्दैछौ । म सब बुझ्छु भनेर भने पछी एक एक जना गर्दै हराउन थाले । अनी मैले भने मेरो भिनाजु पनि यहाँको इन्कम ट्याक्स अफिसर हो के मलाई टाडाको भनेर तिमीहरुले अत्तल्याउन खोजेको ? भनेर भने पछी एक जना गएर मेरो भिनाजुलाई भेट्यो । अनी मात्र ल आज जानु भोली आउछ समान भन्यो । त्यत्ती हुँदा उदै पनि एक्जना त मेरो पछी लागेर पैसा माग्न थालयो मैले पनि पिछा छुटाउन १० डलर दिए के गर्नु त ?
यसरी कोलकोत्ता सम्मको यात्राले मलाई आजित बनायो अनी सोंच्न थाले अझै कत्ती दु:ख पाउने हुँ भनेर गन्तब्यस्थल् त अझै आउन बाँकी नै थ्यो । क्रमश …

(यो यात्राको दोस्रो भाग यहाँ छ । )



8 Comments:

Anonymous said...

आचार्य प्रभाजी अनि मङ्गोलीयन अनुहार फोटो पनि अनाचार्य खालको देख्दै आ'को हुँदा अलिक कौतुहल भएँ ! तपाईँ संस्कृतमा आचार्य,जात वा थरको आचार्य , अन्तरजातीय विवाहित आचार्य वा लेखनी नामको आचार्य कस्तो " आचार्य प्रभाजी " ? नथिङ इल अर इवल इण्टेण्टेड ।

- कौतुक

prabha said...

dhanyabaad,aba naariko tharko bhar hunna bhanchhan ni,ma mangolian face ki chhu ta ra ma real ma bhattarai ho ta ra marriege chahai acharyasanga bhayeko ho.

sanghu said...

yatra sasmarana ramro 6. lekhanilai niranterta diyama bhabishya pani ramro hola ki ?

karma said...

प्रभा जी,भट्टराई को फेस कसरी मंगोलियेंन फेस जस्तो हुन सक्छ र,एउटा प्रश्न,प्रभा आचार्य को धेरै कबिताहरु देखे,पढ़े, कबिता लेख्दा आफ्नो ठेगाना दमक झापा भनी लेख्नु हुन्थ्यो,साथै अर्को प्रभा आचार्य बाल्टीमोर तिर पनि देखा पर्यो,यी दुबै प्रभा आचार्य ययूतई हुनकी अलग अलग हुन,कृपया झर्को नमानी बताई दिनु भए,यंहां प्रति आभारी हुने थिए,

acharya prabha said...

tapaaile jun rachanaaharu padnu hunthyo ni ma tyahi prabha acharya ho ta ra ma acharya prabha lekhne garchhu,sahi ho maile damak jhapako thegaanaa bata bigat 34 saaldekhi lekhna thaaleko ho,ani ma bhattarai bhaye pani meri aama patti ma jaana sakdina ra?lau aba tapaaile nai jawaaf dinuhos meri aamaa ke hunuhunthyo?ahile waha hunuhunna.ani hami begla beglai prabha acharya hau shayad.

anuj said...

प्रदेशीको समय उस्लाई मात्र थाहा हुन्छ जो आफ्नो देश टेक्न र प्रियजनहरुको हार्दिकता र समिपतामा
रमाउन हरदम बेचैन हुन्छ। यो लेख प्रदेशीहरुको आत्मकथा हो।

Anonymous said...

hajur ko yatra sasmaran dherai ramro chaa.yatra bhanya afaima euta tita mitha ghatana haruko sangalo ho ni haina?ani jun nepali le bewahar dekhayo ni bidesh ma sab jana yestai hune raichaa.sayad dollor le hola bolna garo banako.ani hajur ko lekh haru dherai padthe ma nepal ma huda.

prabha said...

dhanyabaad.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !