August 29, 2011

शुभकामना र बधाइ छ , बाबुरामजी !

यतिबेला नेपाल बाबुराममय भएको छ । यसो त देशमा बाबुरामहरू कति छन् कति, तर चर्चाका डाक्टर बाबुराम नम्बरी सुनको पनि १ नम्बरी मानिएका छन् , उनी माओवादी पार्टीबाट प्रधानमन्त्री बनेका हुन् र यो त्यही पार्टी हो जसले मुलुकलाई १३ वर्ष रगतपच्छे पार्दै त्यही लिस्नो चढेर सत्ताको मचान चढ्न आइपुगेको हो , तर बाबुराम माओवादी भन्दा बाहिर राखिएर बुझिए जस्ता देखिने पात्र बनेका छन् । उनी माओवादी हिंसा र समस्याभन्दा बाहिर राखेर महिमामण्डन गरिएका देखिन्छन् । उनले बन्दूक बोकेर कसैको सफाया गरे-गरेनन् तर त्यसको नेतृत्व तहमा रहँदा लाग्ने कल्मषको दोषबाट पनि उनी बाहिर देखिएका छन् अथवा देखाइएको छ । विशेष गरी , माओवादीलाई शान्ति र संविधानसभाको बाटोमा ल्याउने योजनाकार मानिएका बाबुराम , माओवादीले शान्ति प्रकृयामा आइसकेपछि लिएको बाटोमा सहमतीय राजनीतिको पक्षमा उभिने सीमित नेताहरू मध्ये पर्छन् भनिन्छ।

सहमति, शान्ति र संविधान भन्दै माओवादी पार्टीभित्र बसेर एक्लै कराइरहने बाबुराम , बहुमतको पनि अनौठो


August 19, 2011

सन्दर्भ : श्रीकृष्णजन्माष्टमी ( भदौ ४ , २१ अगस्त )


- कृष्ण पौडेल


आदौ देवकी देवी गर्भजननम् गोपीगृहे वर्धनम्
माया पूतन जीविताप हरणम् गोवर्धनोद्धारणम् ।
कंसच्छेदन कौरवादी हननम् कुंतीसुत पालनम्
एतद् भागवतम् पुराण कथितम् श्रीकृष्णलीलामृतम् ।।
भगवान विष्णुका दश अवतार मध्ये श्रीराम एवं श्रीकृष्ण दुबै विशेष मानिन्छन् । परन्तु दुबैका प्रकृति र आचरणमा प्रशस्त भिन्नता छन् । श्रीरामले कठिन भन्दा कठिन परिस्थिति मा पनि मर्यादाको अतिक्रमण गर्नु भएन र त्यसैले वहाँ मर्यादा पुरुषोत्तम भनेर चिनिनु भयो । जबकि, श्रीकृष्णको अवतरण विपरीत परिस्थितिमा भएको थियो । माता देवकी र पिता वासुदेव अत्याचारी कंसको कारागार भित्र बन्दी हुनुहुन्थ्यो । आफ्नो अविर्भाव पछि स्वधाम फिर्ति सवारी नहुञ्जेल श्रीकृष्णले यति धरै विविधताका साथ अनकौँ लीलाहरू सम्पन्न गर्नुभयो जसले गर्दा वहाँ लीला-पुरुषोत्तमका रूपमा चिनिनुभयो ।
लीला-विलास
पौराणिक ग्रंथका कथाहरूमा भगवान श्रीकृष्णका लीला-विलास अनन्त छन् । जन्म लिँदा नै वहाँ चतुर्भुज-रूपमा प्रकट भएर फेरि सानो बालक बन्नु भयो भने , वहाँको उद्धारका लागि कारागार का पहरेदार सबै निद्रित बने , पिता वसुदेवजीको हथकडी-बेडी एवं ढोकाहरू स्वयं खोलिए , यमुनामा बाढी आए पनि रातारात बालक श्रीकृष्ण गोकुल पुर्‍याइन समर्थ हुनुभयो । यस्ता चमत्कारपूर्ण असामान्य कार्यहरू वहाँको जन्मपूर्व वा जन्मसंगै भएका पाइन्छन् ।


August 15, 2011

समय - प्रधान मन्त्री र राजिनामा

आज: देश बनाउन मै चाहिन्छ। म बिनाको सरकारले देश बनाउदैन। देशका समस्या म प्रधान मन्त्री हुने बितिक्कै समाधान हुन्छन जो अरुबाट हुन सक्दैन।

छ महिना पछी: छ महिनाको ऐतिहांसिक उपलब्धी पछी सहमती र बाधा फुकाउनको लागी मैले राजिनामा दिए। बिभिन्न बाधा अड्डन बिच छ महिनामा मैले जती गरें कसैले गरेका पनि छैनन,गर्ने पनि छैनन। आगामी दिन जनताको लागी सुखमय रहोस।

एक बर्ष पछी: म देशको कतिऔं प्रधान मन्त्री रे?

दश बर्ष पछी: ए म पनि प्रधान मन्त्री भएको हो र?

धेरै बर्ष पछी: आज भूपू प्रधान मन्त्रीको निधन भयो। त्यसैले सरकारी कार्यलय र बिध्धालय देशभरी बन्द रहने छन।

उपलब्धी: तपाई आफै निर्कौल निकाल्नुहोला।


August 13, 2011

स्वार्थ

"खलानको मान्छे"


स्वार्थको चरु होमेका हरुले स्वार्थ साधेको देखियो!

संसार फेर्छु भनेर हिंड्ने आँफै फेरियको देखियो!१!

स्वार्थको,,,,

पशिनाका कुरा गर्थे हरु,जिबन का कुरा गर्थे !

जिबन का कुरा गरी जगत लाई लुटेको देखियो!२!

स्वार्थको,,,,,

आज के भयो ती सपुतले देखेका सपनाहरु!

नेताहरुको बक्र दृष्‍टि सत्ता माथिको देखियो!३!

स्वार्थको,,,

संसार के फेर्थेर स्वार्थिले भुँडी भरेको देखियो!

जनता को नाममा जनत भजाएको देखियो!४!

स्वार्थको,,,,

जाग ए जागी हरु नयाँ भस्मा शुर देखी जाग

भस्मा शुरले संम्बिधान सभा नचाएको देखियो


August 11, 2011

गजल : मुख भरिएको छ

source- www.rummuser.comयसकारण यहाँ चुप बसिएको छ
आवाजहरूले मुख भरिएको छ !

पखाला लागेको हो यो समयलाई नै,
कमजोरीले यो आँखा भासिएको छ ।

जतासुकै झुकाउन सकिन्थ्यो होला शिर,
गाह्रो यही छ शिर आधा ताछिएको छ ।

तलामा जो सबैभन्दा बस्छ माथि,
उसकै कारण यो घर थलिएको छ ।

भो नबताऊ को-कति छ इमान्दार,
थाहै छ कसले कति सम्झिएको छ ।



August 9, 2011

New Bob Marley Video for Awareness by Save the Children - High Tide and Low Tide

As East Africa is seeing the biggest draught in the history Bob Marley's song of 1973 "High Tide or Low Tide" has emerged with new video to help the present crisis of Africa. The recently released video documents the East Africa Crisis that is affecting more than 9 million people dying of starvation. In the video, mothers with their fragile kids are seen. "A child is born in this world, he needs protection," Marley sings in the vide. He adds "In high seas or-a low seas, I'm gonna be your friend.".

For the East African crisis,  Bob Marley family has written a letter asking the public to support the effort.




बाह्रआना घडेरी, शिरिषको बोट र आमाको सपना

-लुना

"हाम्रो बुटोल (बुटवल) भन्दा त यताको (काठमाडौंको) हावापानी ठण्डा नि बाबु !" - बर्मेली लवजमा बोल्ने केशवकी आमाले 'नि' मा जोड दिएर बोलिन् र हातमा रहेको पिउरी कात्न व्यस्त भइन् ।

त्यसैबेला केही परको गणेशथान मन्दिरमा घन्टी बजेको सुनियो "टंग ! टंग !! टंग !!!" उनीहरू काठमाडौं गणेशथान नजिकै साइँला मामाको घरमा २-४ दिनको लागि पाहुना हुनआएका थिए , खासगरी केशबकी आमा पशुपतिमा बत्ती बाल्न आएकी थिइन् ।

मन्दिरबाट आइरहेको आवाजतिर ध्यान दिँदै केशब बोल्यो, "हजुर ! चिसै हो चैततिर पनि यत्तिको ठण्डा ! उतातिर (बुटवलमा) यतिबेला त छतमा बस्न कहाँ सक्नु !" यति भन्दै ऊ छतको डिलमा उभियो अनि आफ्नो परिबारले किनिराखेको घडेरीमा हर्लक्क बढिरहेका हरिया सागसब्जी र घडेरीको पश्चिम कुनाको छेउमा बतास सँगै फुर्र-फुर्र नाचिरहेका शिरिषका पातहरु हेरिरह्यो । उसका नजर छिमेकीको बगैंचातिर पनि दौडियो । त्यहाँ पनि भोगटे, अम्बा, शिरिषका पातहरु उस्तैगरी बताससँग जिस्केर चल्दै थिए - फुर्र-फुर्र । बताससँगै रमाइरहेका पातहरुलाई हेर्दै उस्को मन पनि उसैगरी रमाइरहेको थियो । केशवकी आमा पनि उसको छेवैमा आइन् र शिषिरको बोटतिर
 हेर्दै बोलिन्, "बाबु ! ह्याँ (घडेरी देखाउँदै) घर बनाउँदा यो बुट ( शिरिषको बोट ) जोगाएस् है !" उसले समर्थनमा "हजुर" भन्यो । "आमा ! रमाइलो छैन त काठमाडौं ?" पर देखिएको रानीवनतिर मोहितनजर दौडाउँदै बोल्यो केशव ।

हरिताम्य पछ्यौरीमा सजिएकी नवदुलहीझैँ सुन्दर रानीवनलाई आमा छोरा दुबैले मन्त्रमुग्ध भई हेरिरहे । रानीवन हुँदै केही तल आफूहरू उभिएको छतदेखि केही वर विष्णुमति खोला छर्लंगै देखिएको थियो । चैते न्यानो घाममा केही आइमाई केटाकेटीहरू लुगा धुँदै थिए ।


August 6, 2011

पाँचौं अन्तर्राष्ट्रिय नेपाली ब्लगर भेला समिक्षा तथा Archive

अगष्ट ६ मा नेपाली समय अनुसार  बिहान १० बजे पाँचौं अन्तर्राष्ट्रिय नेपाली ब्लगर भेला संचालन भएको थियो । दौंतरी ब्लगमा भएको उक्त अनलाइन भेलामा ५० जना जति ब्लगर जम्मा हुनुभएको थियो भने आउने र जाने क्रममा ३० जना सम्म एकै पटक भेला हुनुभएको थियो । यस पटकको भेला सभापति या स्वागत भाषण नराखिकनै फरक तरीकाले गरिएको थियो । नेपाल, जापान, युरोप, अमेरिका आदि ठाउँबाट ब्लगरहरु भेलामा आउनुभएको थियो भने ब्लगर दिलीप आचार्य प्लेन चढ्ने क्रममा एयरपोर्टबाटै भेलामा आउनुभएको थियो । व्यक्तिका विचार फरक भए जस्तै हरेक ब्लगरका मत पनि फरक थिए भने केही कुरामा भने सबै ब्लगर सहमत भएका थिए ।

भेलामा कपी पेस्ट को अचुक सजाय के होला ? कसरी इफेक्टीभ ब्लगर बन्ने ? ब्लगमा समस्या के के छन् ? ब्लगबाट क-के फाइदा लिन सकिन्छ ? जस्ता कुरा भएका थिए । साथै केही ब्लगरहरुले ब्लगरहरुको बर्गीकरण गरीनुपर्ने र ब्लगरको आचार संहिता लागू गरिनुपर्ने आदी जस्ता कुरा राख्नुभएको थियो ।
ब्लग सामग्री चोरीको चर्को मारमा पर्नुभएका नेपाली ब्लगरहरुले अब भने केही राहत पाउनुहुनेछ।

कपी पेस्टको बिरुद्दमा लागेको फेसबुक संजालबाट अब भने ब्लग चोरीलाई धेरै हदसम्म हटाउन सकिने भएको छ। इफेक्टीभ ब्लगर बन्न मिहिनेत, भाषामा ज्ञान, मौलिकता आदी हुनुपर्छ भनेर ब्लगरहरुले स्पष्ट पार्नुभएको थियो। भाषिक शुद्धताको लागि ध्यान दिने कुरा पनि भएको थियो । नयाँ तथा पुराना ब्लगरलाई ज्ञान दिने नेपाली ब्लग भित्तोको पनि प्रशंसा भएको थियो । नेपाली ब्लगरहरूबीच संवाद बढाउन गुगलको नेपाली ब्लगर ग्रुपलाई थप ब्लगरमाझ पुर्याउने पनि सल्लाह भएको थियो । केही ब्लगरहरु ब्लगबाट जिबीको पार्जन पनि गर्न सकिन्छ भनेर देश बिदेशका ब्लगको उदाहरण दिनुभएको थियो । ब्लगरहरुले त्यस्ता केही उपाय पनि सिक्ने अबसर प्रदान गर्नुभएको थियो ।

चिनिएका तर प्रत्यक्ष गफ नभएका ब्लगरहरुले संवाद गर्न पाउनुभएको थियो भने ब्लगको उद्देश्य र उपादेयितामा भिन्न मत हुनेबाट ब्लगको आ-आफ्नो तरीकाबाट ब्याख्या गरिएको कुरा निकै रोचक र घोचक भएको थियो । ६-६ महिनामा हुने ब्लगर भेला अर्को भेला जेनवरीमा हुनेछ ।



August 2, 2011

पाँचौं अन्तर्राष्ट्रिय नेपाली ब्लगर भेला


दौंतरीमा हरेक ६ - ६ महिनामा नेपाली ब्लगर भेला गर्ने परम्परा अनुरुप फेरि अगष्ट ६, २०११ शनिबार अर्थात् साउन २१ नेपाली समय अनुसार बिहान १० बजे ब्लगर भेला गर्नेभएका छौं । पहिले भेला अगष्ट १, २००९ मा भएको थियो, दोस्रो भेला जनवरी ३० २०१० मा भएको थियो । तेस्रो भेला अगष्ट ७, २०१० र चौथो भेला फेब्रुअरी ५ मा भएको थियो । अब पाँचौं भेला नेपाली समय अनुसार अगष्ट ६ शनिबार बिहान १० बजे हुँदैछ ।  उक्त समय आफ्नो पात्रोमा चिनो लगाउनुहोला । साथै अन्य ब्लगर मित्रहरुलाई पनि जानकारी दिनुहोला ।

भेलाको तरिका पहिलो र दोस्रो भेला जस्तै हुनेछ । थप सामग्री तथा एजेण्डाहरु भए जानकारी गराउनेछौं तथा सुझावहरु भए यही ब्लगको कमेन्टमा दिनुहोला । साथै तपाईँ आउने-नआउने जानकारी पनि यही ब्लगको कमेन्ट बक्समा दिनुहोला । भेलामा सहभागी हुने ब्लगहरुको नामावली समय-समयमा ब्लगमा अपडेट गर्नेछौं ।


भेलाको दिन (नेपाली समय साउन २१, १० बजे शनिबार, अमेरिकी समय 11:15 CST शुक्रबार बेलुका) यही दौंतरीको पेज http://www.dautari.org/2009/08/blog-post.html मा पूरै पेजभरि ब्लगरहरुले संवाद गर्न मिल्ने गरी च्याट बक्स राखिनेछ। बोल्ने क्रम भेलामा रजिष्टर गरिएको क्रमअनुसार हुनेछ। यही ब्लगको कमेन्ट बक्समा आउने जानकारी दिए भेलाको लागि स्वत: रजिष्टर हुनेछ । अन्य ब्लगरहरुलाई पनि यस भेलाबारे जानकारी दिनुहोला । भेलाको एजेण्ड सल्लाह अनुरुप यसै पेजमा राखिनेछ । नेपाली ब्लगका लागी हितकारी हुने एजेण्डामा भेलाको दिनमा छलफल हुनेछ। तपाईको पनि भेलाको लागि केही सुझाव भए यही कमेन्ट बक्समा दिनुहोला । आउन नमिल्ने भए पनि जानकारी दिनुहुन अनुरोध गरिन्छ र भेलाको समयअघि वा पछि भए पनि सहभागी भएर आफ्ना कुरा राख्नुहोला । भेलाको निम्ति दौंतरींमा च्याट बक्स दिनभरि र भेलाको दिनपछि पनि खुलै रहनेछ ।


पहिलो ब्लगर भेलाको लिंक: http://www.dautari.org/2009/08/blog-post.html
दोस्रो ब्लगर भेलाको लिंक: http://www.dautari.org/2010/01/blog-post_21.html
तेस्रो ब्लगर भेलाको लिंक:http://www.dautari.org/2010/08/blog-post_09.html

ब्लगर भेलामा सहभागी हुने ब्लगर र ब्लग ठेगानाको सूची हेर्न भित्र आउनुस् >>


August 1, 2011

कवि, कम्युनिस्ट र कन्या !


मैले विद्यार्थी छँदा भूपीलाई भेटेको हुँ । जसरी उनका कविता चटक्क कोरीबाटी गरी मिलाएको गुच्छादार कपाल जस्तै मिलेको हुन्थ्यो, उनी आफू पनि लवाइ र बोलीचालीमा त्यस्तै सफा र सरल थिए । मान्छेहरूले उनलाई कम्युनिस्ट भने । हुन त प्रारम्भिक कालमा मार्क्सवादी प्रभावबाट प्रेरित भएर उनले सर्वहाराको लागि लेख्‍नुपर्छ भन्ने सोची आफ्नो नाममा सर्वहारा उपनाम नै गाँसेर पनि कविता लेखे । वादको रूपमा कुनैलाई एक अँगालेर लेख्‍नु व्यक्तिको स्वेच्छा र कुनै समयविशेषमा प्रभावकारिताको कुरा पनि हुन्छ । तर भूपी आफूलाई न त कम्युनिस्ट न त कांग्रेस नै भन्न रुचाउँथे । नेपालमा कांग्रेस होइन 'काम गरेस्' र कम्युनिस्ट होइन, 'कर्तव्यनिष्ठ' भावनाको मान्छे चाहिन्छ, अनि मात्र मुलुक बन्छ भन्ने सोच राख्थे उनी । नेपाल बन्नुपर्छ, गरिबी हट्नुपर्छ भन्नेमा चिन्तनमग्न रहन्थे । 

पञ्चायत कालमा प्रज्ञा प्रतिष्ठानमा सदस्य भएका भूपीलाई धेरैजनाले त्यतिबेला शङ्कालु नजरले हेरे । तर उनी पञ्च र पञ्चायत व्यवस्था दुवै मान्दैनथे । राजालाई भने बडो आदरभाव राख्दथे । आफूले त्यस्तो मान्ने राजाकै आग्रह टार्न नसकेर आफ्नो स्वतन्त्र कविको छविमाथि प्रश्नचिह्‌न उठ्ने खतरा मोलेरै पनि उनी एकेडेमीको सदस्य भएको हुनुपर्छ । उसै पनि तत्कालीन राजा वीरेन्द्रको शालीन र सरल व्यवहारका कारण त्यतिबेला र प्रजातन्त्र पुनःस्थापनापछि पनि धेरैले आसपासमा रहेर काम गरे । तर अपजस एक्लो भूपीमाथि खनियो । जीवनको अन्त्यतिर उनी