June 25, 2010

एप्पल धमाका :

:-कृष्ण पौडेल

दश वर्ष अघि लगभग मृत मानिसकिएको ‘एप्पल’ ले केही हप्ता अघि कम्प्युटर सम्राट मानिएको बिल गेट्सको ‘माइक्रोसफ्ट’ लाइ जितेर संसारको सबैभन्दा ठूलो कम्प्युटर ब्राण्ड बन्ने सौभाग्य जित्यो । माइक्रोसफ्टको लगभग २१९ अरब डलरको ब्राण्ड भ्यालुलाई उछिनेर आफ्नो समग्र ब्राण्डको मूल्य २२२ अरब पुर्याउँदा ‘एप्पल’ को लेटेष्ट सेनसेसन ‘आइप्याड’ मात्र एक हप्ताको आयूसहित बजारमा प्रवेश गरेको मात्र थियो । पोर्टेबल कम्प्युटर रूपी, मल्टिमिडिया डिभाइस र इण्टर्याक्टिब कम्युनिकेसन डिभाइसको रूपमा काम गर्ने क्षमता भएको यो आधुनिक ‘खरीपाटी’ जस्तो ‘आइप्याड’ लाई केही महिना अघि बजारमा ल्याउनु पूर्व ‘एप्पल’ ले उद्घोष गर्दै गर्दा कतिपयले , यो ‘प्याड’ लाई रजस्वाला आईमाइको गुप्ताङ्ग छोप्ने कुराको जस्तो नाम राखेर पनि के चल्ला भनेर खिसिट्युरी नगरेका हैनन् । तर लञ्च गरिएको छोटो समयमा नै लगभग ३० लाख भन्दा बढि प्रति बिक्रि भएर ‘आइप्याडले’ कीर्तिमान कायम गरिसकेको छ । यो बिक्रिको गति विश्वभर प्रतिमिनट ४५ हजार प्रतिसम्म पुगेको थियो भन्ने आँकडाले यसको लोकप्रियतालाई उजागर गर्छ । आइप्याडको क्रेज अझै विस्तार हुने क्रममा छ र यसले नया कीर्तिमान कायम गर्दै आफ्नो साम्राज्य विस्तार गरिरहेछ । मल्टिटास्किङको अभाव, फ्लास भिडियो हेर्ने एडोबे सफ्टवेयरलाई नराख्नु, युएसबी पोर्ट र क्यामरारहित भएर थुप्रै आलोचना र त्रूटिका बीच पनि ‘आइप्याड’ को क्रेज डढेलो झैँ बढेको देख्न पाइन्छ ।

तर यहाँ चर्चा नगरी नहुने विषय भने ‘एप्पल’ले हिजो मात्र वितरण थालेको एप्पल आइफोन-४ को हो । हिजो जुलाइ २४ मा अमेरिकी फोन कम्पनी एटिएनटी र एप्पल स्टोर बा बिक्रि वितरण थालिनु पूर्व नै प्रि –अर्डरबाट ६ लाख प्रति आइफोन -४ बिक्रि भैसेकेको तथ्य आइपुगेको छ । उता पहिलो अन्तर्राष्ट्रिय चरणमा बिक्रि खुला गरिएका , देशहरू: जापान, जर्मनी, फ्रान्स , बेलायत र अमेरिकी स्टोरहरूमा बिक्रि शुरू गरिएको केही घण्टामा ‘आइफोन -४’ को स्टक रित्तिएको छ । यस्तो देखिन्छ , अब आइफोन-४ का लागि आन्दोलन पो हुने हो कि !



मनोज गजुरेलको नक्कली अमेरीका

मनोज गजुरेल,हास्य कलाकार। स्टेजमा मुकुट लगाएर कहिले राजा त कहिले सर्बहारा बन्छन। बेलाबेलामा समसामयिक लेख जस्तै देखिने हाउडे लेख लेख्छन। हाउडे यस अर्थमा कि लेख साच्चै हो कि जस्तो लाग्छ तर पूरा बकम्फुस। लेख न हो,त्यसमा हाऊ भाऊ देखिने हैन क्यार, रिसाय पनि हासे पनि उही क देखी ज्ञ सम्मका अक्षर उस्तै देखिन्छन। सायद केही पहिले दिनेश भाइ झुक्किएर यिनै गजुरेलको बकम्फुसे लेखलाइ स्रोध ठानेका।


एउटा चतुरेकै लेखमा किन जोहोरी खेल्नु पर्यो त भन्नुहोला। यस्तै चतुरेका कथाहरुमा थरै रुमलिएका छन र अमेरिकालाई त्यस्तै ठान्छन। एक पटक अमेरिका आएकै २-४ दिनमा फिल्ममा देखिए जस्तै देखासिकी गर्दा एक हप्ता भित्रै अमेरिका आएका बिध्धार्थी संधैको लागी नेपाल फर्कनुपरेको थियो। चलचित्रमा देखिए जस्तो अमेरिका त्यस्तो छैन। नत यिनै चतुरेको दाऊपेच जस्तो छ।


अमेरिका एउटा धर्म निरीपक्ष देश हो। तर अचम्म सरकार खुलेरै कुरा गर्छ "अन गड भी ट्रष्ट",अर्थात हामी भगवानमा विस्वास गर्छौं। हरेक परिवार प्रत्यक आइतबार चर्च जान्छन। क्रिस्चियिन मात्र होइन जिउज पनि हप्तै पिच्छे आफ्नो टेम्पल जान्छन। बाताबरण त्यस्तै भएर हो कि अमेरिका छिरेका मुस्लिमहरु पछी धर्ममा अतिबादी बन्न पूग्छन। यो त तपाईहरुले समाचारमा पढ्नु भएकै होला। हिजो मात्र १० जना अमेरीकी मुस्लिमले पाकिस्तानमा म्रित्युदण्ड पाए। भारती, नेपाली पनि हप्ताको अन्त्यमा मन्दिर तिरै जाने जमर्को गर्छन।