October 11, 2008

इराकमा नेपालीहरुलॆ धुमधामसँग दशै मनाए

- राम प्रसाद पन्त र जिवन पौडेल
हिन्दूहरुको महान् चाड बडादशैको महत्वपुर्ण मानिने टिकाको दिन इराकको बलादस्थित कुलाक कम्पनी र पिपिआईमा रहेका नेपाली दाजुभाइ अनि दिदीबहिनीहरुले आपुनो घरपरिवारलाई सम्झिदै धुमधाम सँग दशै मनाए । नेपालीहरु विश्वको कुनै पनि ठाँऊमा जे-जस्तो अवस्थामा रहेपनि उनिहरुले आफ्नो भाषा धर्म र संस्कृति अनि रितिरिवाजलाई भुलेका हुदैनन् भन्ने उदाहरण ईराकमा कार्यरत नेपालीहरुले पनि देखाएका छन् । विभिन्न क्षेत्रमा कार्यरत आफ्ना दाजुभाइहरु मिलेर उक्त कार्यक्रमको आयोजना गरीएको थियो । आफ्नो देश अथवा घरपरिवारबाट टाढा रहेपनि आफु भन्दा ठुला दाजुहरुबाट रातो टिका लगाउनेको पनि कार्यक्रममा ठुलो उपस्थिति रहेको थियो । त्यसै भिडमा केहि खाली निघारै भए पनि शुभकामनाहरु आदानप्रदान गर्नमा व्यस्त देखिन्थ्यो भने केहि संगतिको तालमा आफ्ना दुःखहरु विसर्िएर रमाउनमा नै व्यस्त देखिन्थ्यो । आफ्ना घर परिवार छोडेर पैसा कमाउने आशामा आएका नेपालीहरुले आपुनो परम्परालाई नबिसर्ी सबै नेपाली मिलि दशै मनाए । त्यस अवसरमा टिका कार्यक्रम तथा लोकगीतको नृत्य कायक्रमहरुको पनि आयोजना गरिएको थियो । करिब ७ः०० बाट शुरु भएको कार्यक्रम रातको ११ बजे सम्म चलेको थियो । त्यस अवसरमा दुवै कम्पनीमा कार्यरत नेपालीहरुको दुवै कायक्रममा ठूलो मात्रामा उपस्थिीत रहेको थियो । यसरी ईराकमा कार्यरत नेपालीहरुले एक आपसमा आफ्ना दूःख र पिडा विसर्िएर आफ्नो बडादशैंलाई यो वर्षको लागि विदा गरे । ईराकमा रहेका नेपालीले मनाएको बडादशै देख्नेहरु सबै आफु नेपालमा नै रहेको र आफ्नै घर-परिवारसँग मनाई रहेको अभास गर्दै थिए एक अर्कामा ।


फरिया राम्रो हो कि जोबन राम्रो हो?

फरिया राम्रो हो कि जोबन राम्रो हो? प्राय: उत्तर आउंछ फरिया राम्रो त्यसै हुन्छ जोबन राम्रो हो। त्यसो भए टिका, चुरा, फुली, बुलाकी केही पनि होइनन् त ? यस्को उत्तर दिन भने गार्है पर्छ। कुनै पनि नारी यि सजिने कुरा समझ्दै मात्र पनि मुहार चम्किलो बनाउछन सजिए पछिको त कुरै छौडौं। तर पनि किन केही नारीहरु फरिया भन्दा जोबनकै पछि पर्छन त? समाज र आफ्नतको बिरोधको बाबजुत पनि जोबनको पछि लागेका प्रशस्त उदारण छन। त्यसो गर्दा धरातलबाट सिधै आसमानमा पुगिन्छ भन्ने धेरैको सोच छ र कतिपयलाइ केही क्षणको लागी भए पनि आकासमा पुगेको देखेका भोगेका छौं। हुन त यो फरिया र जोबन बिबादकै बिषय हो। त्यसैले नै सेन्सर भन्ने चिज उत्पन्न भएको होला। अनि फरिया र जोबन बिच रेखा खिचिन्छ, कति फरिया लगाउने र कती जोबन देखाउने। त्यही मिस नारीलाइ कसैले फरिया देखाउने खेल भन्छन त कती जोबन देखाउने ब्यबसाय भन्छन। नढाटी भन्नु पर्दा मिस नारीमा सुइमिगं सुट लगाएर बिरालो चालमा हिड्नु जोबनको प्रदर्शन होइन कस्ले भन्छ? त्यसो भए जोबनको पछाडी त सिगैं समाज पनि त रहेछ। त्यसै भएर त मिस नेपाल पक्ष र प्रतिपक्षकको बिबादले गर्दा सरेको सरै छ।


तपाइहरुले अनुभव गर्नु भएको होला नि त्यही नारी फरियामा सजिंदा कति सुन्दर दखिन्छे र जोबनमा प्रश्तुत हुदा त्यो सुन्दरता हराएर नग्नता मात्र देखिन्छ। नग्नता ले एक नजर त खिच्छ तर नजर उत्रे पछि नजरको न पनि पाउदैन। भनेपछि जती फरिया उती सुन्दरता हो त? कतै यही भावनाले मध्य एसियाको संस्कृति प्रभाबित भएको त होइन? होइन भने कालो बस्त्रले सिर देखी पाउ सम्म किन छोप्नु पर्यो त? हुन त जोबन जो कोही या जा कही देखाउने बिषय होइन भनेर वकालत गर्लान। तर यो जोबनको अर्को धुर्वमा उभ्भिएको एउटा शैली मात्र हो।


मानिसहरु जोबनको बिरोध गर्छन, नैतिकताको आदी इत्यादी कुरा गर्छन तर पनि जोबन देखाउने खेलमा नारी नै अगाडी छन भने समाज ताली बजाएर तिनीहरुको पछाडी उभिइरहेको हुन्छ मानौ उनिहरू हरेक नारीको जोबन पिउन लालायित छन।


यसै क्रममा जोबनको केही कुरा बांकी नराखेकी Brittney Spears को हिजै मात्र निस्किएको Womanizer भिडियो । जोबन राम्रो कि फरिया राम्रो हो तपाइ आफै निर्कोल गर्नुहोस।




गित - कस्तो होला छाती फोडी

Ram Babu Neupane
कस्तो होला छाती फोडी मुटु भित्र पस्न पाए?
आँफै लाई बिर्सिएर तिमी सँगै बस्न पाए?

गाजलु ति आँखा भरी छाल देख्छु पिरतीको
कस्तो होला ति नयन का सागर मा खस्न पाए?

उम्कन नै नसकिने जाल हो'रे माया-प्रिती
कस्तो होला तिमी सँगै मायाजाल मा फस्न पाए?

तिमी र म सँग-सँगै पिरती को डोरी बाटी
कस्तो होला त्यै डोरीले दुई मन लाई कस्न पाए?

थाहा छैन जीवन को रस-रंग कस्तो होला?
भंवरा ले फुल जस्तै तिमीलाई डस्न पाए?