August 16, 2010

दिल्लीका बांदरहरु

Monkeys of Delhi, हजुर दिल्लीका बांदरहरु। दिल्ली २ पटक पूगे पनि बांदरसंग जम्काभेट कहिल्यै भएन। फेरी आफ्नै गाउंमा बांदर धपाउदा धपाउदा वाक्क भएको म दिल्लीमा पनि बांदर भेटे,घरै पिंडालु बनै पिंडालु जस्तै वाक्क हुन्थे होला। हालसालै दौंतरीमा नेपाली ब्लग सर्कल राखिएको छ। त्यसैमा माथीनै monkeys of Delhi भनेर पोस्ट राखिएको रहेछ। नेपाली ब्लग प्राय कि त राजनितीमा केन्द्रित हुन्छन कि त गजल,कबितामा। नेपालमा काम चलाउ सरकारले महिना काट्दा भारतिय नेताहरु नेपाल यात्रा गर्ने क्रम बढ्दो छ। नेपाली नेताहरुलाई भारतिय नेताको नेपाल भ्रमण पबित्र लागे पनि नेपाली जनता त्यसबाट वाक्क छन। सायद त्यही भएर कुन चांही ब्लगरले बेला बेलामा
 नेपाल धाउने भारतीय नेतालाई बांदरको पगरी गुथाइदिएछन भनेर monkeys of Delhi को ब्लगमा छिरे। दिल्ली निवासी ब्लगर दिनेश वाग्लेलाई सांच्चैका बांदरले सारै दु:ख दिएछन। यती सम्म की फाल्न राखेको फोहोर पनि ढोकै अगाडी आएर छरपष्ट पार्दा रहेछन।