January 24, 2008

स्वस्थानी अध्याए: ३

Swasthani 3 - Twango
अध्याए: ३
http://media.twango.com/m1/original/0117/f3c271da1bdc4c3f99e3238b88d39125.wav

फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ
http://www4.sendthisfile.com/d.jsp?t=J8tU25ymeR351GJLKk1x0Yvy
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई


के होला यस्तो ?

विहान टेलिफोन को घण्टी वज्यो । उता वाट हतारिएको स्वरमा भन्दै थियो 'गिरिजा त गयो नि'' । म छक्क परे के भएछ त यता उता सवै अनलाइन समाचार हर्ेन भ्याई कतै केहि देखिन ।एका विहानै आएको त्यो टेलिफोन समाचारले दिन भरी सतायो । के गिरिजा साच्चै गएको हो त ? And here is the rest of it. नेपाल फोन गर्न कोसिस गरेको मरे भएन ।कति विजी रहेछ भने आफनो फोन को विल वढेको वढै नेपाल लाइन पाउन भने कत्रो मुस्किल । वल्लवल्ल फोन लाग्यो मैले सोध्न नपाइ उतावाट उत्तर आइ हाल्यो गएको छैन जानेवालामा छ । केहीवेरमा पत्रकारलाई भेट गर्न दिने भनेको छ तेसपछि इमेल गरौला भन्ने खवर पाए पछि केही ढुक्क त भइयो तर हल्लै हल्लाको देशवाट कस्तो हल्ला आउने हो भनि सोचि वसे ।

इमेल नआउन्जेल मेरो दिमागमा अनेकन कुरा खेल्न थाल्यो । तेसको सम्पुण निष्कर्षथियो फेरी सैविधान सभाको चुनाव रोकिन्छ । के नेपालीले यही नियती भोग्न पर्ने हो । कति तरलतामा वढेको छ देश सानो जस्तो लाग्ने समाचारले ठुलो हुरीको संकेत गर्दैछ । हुन त राजा मरेर राज्य रोकिदैन भन्छन तर अहिलेको अवस्थामा गिरिजा पछि को त सोच्न वाध्य भए । विना मंत्रालय पाएकी सुजाता देखि १५ हजार नेपाली सम्म वलि चढाएका प्रचण्ड सम्मको परिकल्पना गरियो । तर को यसपछि मेरो वुद्धिले भ्याएसम्मको जोड गर्दा पनि कुनै उत्तर पाउन सकिन । मैले देखेको केही सम्भावना मध्ये
केहीलाइ अरुले अगाडी आउन दिने छैन । अरुको त कुरै छोडौ जति तन्काए पनि घुमाएपनि गाली गरेपनि जे भएता पनि ७ दलको सम्वन्ध गिरिजा रहनु ज्याल सम्म मात्र हो । किनकी हरेकलाई त्यो पद चाहेको छ । तर एकले अर्कोलाई पत्याउने वातावरण छैन ।पत्याइ हाले पनि नेपालका ३ देश भारत अमेरिका र चाइना कार्ड खेल्नु पर्ने होला ।कसलाई पत्याउने उनिहरुले ? अनि तेस पछि को स्थिताी के त ?

भने पछि नेपालको जनताले कहिले शुख पाउने भएनन । माउवादीले प्रहरी चौकी कव्जा गर्थे सटटामा मंगोलियन कान्त्तिकारीहरु पैदा भइ सकेछन । मुस्लिम देशमा धाटी रेटेर मारेको सुनिज्थ्यो त्यो पनि शुरु भइ हाल्यो । कमाइ भने तल झरदैछ । व्यक्तिगत फर्ुर्ति दिनै पर्ने तेलको भाउले एक न एकदिन आकास छुइ हाल्छ । आपर्ुर्ती मन्त्रीले संविधान सभाको चुनाव सम्म भनेको छन तेस पछि निस्चित छ भाउ वढनेनै छ ।

तर धन्य इमेलमा गिरिजाको फोटो सहितको खवर आए पछि एक दुइदिन भएपनि म केही ढुकक भएको छु । नत्र कोतर्पको तयारीमा जुटेका जंगवहादुरले राजनिती त्यागेका वुद्धको मान्यतालाई किन स्वीकार गर्थे र ?