February 8, 2010

गजल

प्रणय दिबसलाई सम्झिदै यो एउटा गजल
टाँसे है मैले, सदा झै यहाँहरुको सुझाबको
आशामा छु ।


मुसुक्क हाँसी सोध्यौ हजुर बिचार के छ
घाइते भए,हाँसो तिम्रो अचुक तिर रे छ

मनको मझेरी टेके पछी तेरो मेरो के
तन मन धन सबै तिम्रो,म सँग जे छ

शिर देखी पाउ सम्म हेर्छु,खोट न चोट
लाग्छ दैबले ,चाइने भन्दा बढी नै दे छ

अली पर पुगेथे, केही हराए झै लाग्यो
छामे मुटु,तिम्रै मुटुले ढुकढुकी ले छ

हर्षले झुम्छु,संसार भुल्छु अचेल किन
शायद तिम्रो ओठ,हाँसोको बोट भे छ

दश टुक्रा

फुर्सतको आन्दोलन
गिरिजाबाबु गजधम्म बसेपछि
प्रचन्डलाई फुर्सत हुन्छ
र उनी आन्दोलनमा निस्किन्छन

संयन्त्र
अहिले संयन्त्र चलेको छ
आन्दोलन बन्द छ
षड्यन्त्र जारी छ

सिंगापुर यात्रा
गिरिजाबाबु चल्नै नसक्ने हुँदा पनि
अलिकति चलिदिने आशामा
सिंगापुरसम्मै धाइयो,
ओखती सोधेर आइयो

कठपुतली
सडकमा नाच्दा नचाउँदा पनि चलेन
सिमानामा ढ्यांग्रो ठटाउँदा पनि चलेन
धत्तेरिका, कठपुतली पो रहेछ यार!

प्रभु
प्रभु उता छन् भनियो,
उताका प्रभुले यताका प्रभुलाई भेट्न
मानिस पठाउन थाले पछि
खास प्रभु कता हुन् ?
बिलखबन्दमा परियो

कांग्रेस-सुजाता
राजनीतिको पनि ज्ञाता
समाजसेवाको पनि ज्ञाता
अब त दायाँ बायाँ, दाता नै दाता
यस्ती सुजातालाई कस्को चाहियो नाता ?

एमाले
टालटुल पार्छन झलनाथ
ह्वांग-प्वांग पार्छन ओली
माधबजीलाई अहिले ठीकै छ
'पार्टीको कुरो भोलि!'

ओबामा र खुकुरी
ओबामाले मलाई टाढाबाटै चिने यार!
चढाएथें 'गोर्खाली खुकुरी' उपहार,
ओल्टाई पल्टाई निकैबेर हेरेपछि
सोधे-यै हो डा.बाबुरामको हतियार ?

प्रश्न
सदन पनि निकैबेर अड्काउनु भो महोदय,
सडक पनि निकैबेर तताउनु भो
पठाएको त यहाँलाई संबिधान बनाउन हो,
भन्नोस् कति बनाउनु भो ?

साग खेलकुद
राती अबेरसम्म 'सोमरस' चढाईयो,
भोलिपल्ट मैदानमा धोका खाईयो
टीम त हाम्रो हार्ने खालको हुँदै होइन !
आयोजकलाई दुत्कार्दै गफ लडाइयो
(प्रबासी शर्मा, काठमाडौँ, नेपाल)