June 6, 2010

Get on your boots ! फिफा विश्वकप २०१०

खेल्नको निम्ती जुत्ताका तुना कस्नु भयो त? खेल्न तयार नभए पनि जुन ११ देखी एक महिना सम्म साउथ अफ्रिकामा सुरु हुने फिफा विश्वकप २०१०(South Africa World Cup 2010) हेर्न पक्का पनि तयार हुनुभयो होला। साउथ अफ्रिकाको लोकल समय सांझ ४ देखी १० बजे बिच खेलिने विश्वकप अरु ठाउमा प्रतक्ष प्रसारण हेर्नको निम्ती कि त मध्यरातमा उठ्नुपर्ने हुन्छ कि त बिहानको कफी पिउदै हेर्नुपर्न हुन्छ (South Africa 2010 Match Schedule)। खेलको समय नेपालमा सांझको खाना खाए पछी पर्ने हुंदा नेपालमा रहनेको लागी निकै सजिलो हुने भएकोछ। अमेरीकामा रहेनको लागी भने यो समयमा अफिस टाइम पर्ने हुंदा रेकर्डेड गेममा चित्त बुझाउनु पर्ने हुन्छ। सप्ताहअन्तका खेल चांही प्रतक्षनै हेर्न पाइन्छ। ४ बर्षमा एक पटक हुने यो खेलकुद महोत्सबमा जसरी भए पनि सहभागी त पक्कै भइन्छ। हाम्रो देश नेपाल विश्वकपमा सहभागी नभएपनि तपाइहरु आफ्नो प्रिय समुह छानीसक्नु भयो होला। विश्वकप प्रतीको आफ्नो अनुभव तथा टिका-टिप्पणी केमन्टबक्समा या ब्लग नै लेखेर सबै समक्ष बांड्नुहोला। साउथ अफ्रिकामा हुने विश्वकपका लागी अफिसयल गित तयार पारिसकिएको छ जसमा क्यानाडामा बस्ने सोमाली गायक के'नानले आफ्नो स्वर दिएका छन।



खेल शुरू हुन अझै एक हप्ता बांकि छ। यसबिचमा तपाइहरुले विश्वकपमा खेल्ने टिमबिच भइरहेका सौहाद्रपूर्ण खेलहरु हेरिरहनु भएकोहोला। तल प्रश्तुत गर्दैछु बिश्वकप सम्बन्धित रमाइला प्रसंग: