May 15, 2009

डलर टिप्ने यात्रा भाग -६

शेखर ढुङेल
०५-१४-२००९

(यो यात्रा शुरु देखी पढ्न यहाँ र पाचौं भाग पढ्न यहाँ पस्नुहोस)

मलाई एकदम असजिलो अनुभब भयो, के गर्ने यही बसेर तिनीहरुको तमाशा हेर्ने कि अर्को ठाउँ खोज्ने कि ? निधो गर्न सकिन। हुनत, त्यो बसाइ केही दिनको लागि मात्र थियो तर आफन्त युबा उमेरका केटाहरुको स्वच्छ्न्द बातावरणमा तगारो बन्ने कि, देखेको नदेखै गर्ने कि रणभुल्लमा परे म ।

भोली पल्ट, जस्ले हौस्याएका थिए मलाई अस्ट्रेलिया खुर्मुरिन, लिन आए र सिडनी मा बसोबास गर्ने बिभिन्न नेपाली मित्र हरुकोमा पुर्‍याए । आफ्नो अनुभब अनी इच्छाका बारेमा उनीहरु सित बिचार साटा साट गरियो । अनुभबी र अध्यागमन सम्बन्धी काम गर्ने कानुन्बिद संग सल्लाह गर्दा, छिटो स्थाइ बसोबासको कागज बनाउने हो भने रेस्टुरा मार्फत सजिलो हुने रैछ शेफ बनेर । त्यस बेला ( १९९७ ) सिडनीमा काठमान्डु किचेन र याक एन्ड यती नाम का दुई मात्र नेपाली रेस्टुरा थिए । रेस्टुरा सन्चालनको लागि रकमको अन्दाजिफिकेसन पनि गरियो न्युनतम र अधिक्तम को आधारमा, बिभिन्न सम्भाबित स्थानको भ्रमण गरियो । तीन हफ्ता को बिच मा सिडनी टावर, हार्बोर ब्रिज, बोन्डाइ बिच, अपेरा हाउस, किङ क्रसको रमझमले मोहनि मात्रै लगाएन लगेको समान पनि किङ क्रस कै एक भियतनामी पसलेले जम्मै किनिदियो । लागत को ४ गुना मुल्य प्राप्त भयो । चिठ्ठा नै परे जस्तो सजिलो सित समान बिक्यो, जो सोचेकै थिएन । अस्ट्रेलियन प्लास्टिकको डलर बर्षने भो भन्ने सोचे मख्ख परें । अब सिडनीमा रेस्टुरा खोल्ने, हस्तकलाको समान बेच्ने र भकाभक डलर थुपार्ने दृण इच्छा मनमा जगाइ अर्को पटक आउँदा बस्ने बासको समेत बन्दो बस्त मिलाए र छिट्टै सधैंको लागि बस्ने गरी आउने भनी भेटे जतीको कानमा झ्यालि पिट्दै नेपाल फर्किए ।

नेपाल पुगेर बाबु बाजेले दु:खले होकी सुखले आर्ज्या बारीका पाटा बैकंमा धितो राख्ने काममा लागें, महिना दिन भन्दा बढी को दौड धुप पछी लालपूर्जा बैकंलाई जिम्मा लगाइ दिए र नगद बोकी लागे अस्ट्रेलिया तिर, भारी मन बनाएर उतै को पी आर बन्ने सपना साचेर ।

जब सिडनी पुगें मलाई सपना देखाएर रुखको टुप्पोमा पुर्याउनेको मन बदलिएर मुन्टो बट्टारिएको महसुस गर्न गार्हो भएन । मलाई स्पोनसर गर्दा आइपर्ने दर्जनौ रिस्कको लिस्ट बनाएर बसेका रहेछन उनी त, र सहयोग गर्न नसक्ने मनस्थिती मा रहेछन । कस्तो मजाक ? सल्लाह बमोजिम नै बिश्‍वास गरेर जग्गा धितो राखी पैसा लेराएको थाहा पाउँदा पाउँदै यस्तो गर्ने भनी बिन्ती गरे पछी अली पग्लिए जस्तो लाग्यो । फेरी धेरै सित शिखर सम्मेलन गरेछन र बल्ल दुई महिना बिते पछी ‘ल सस्तो भाडा दर भएको ठाउँ खोज, म आबश्‍यक कागज पत्रमा सहि गरी दिन्छु’ भने ।

यो समयमा कैयौं ठाउँ हेरेको मात्र होइन भिक्टोरिया र बिस्मेन राज्य समेत घुमी सकेको थिए । उन्को मनमा डर पलाएछ कि कतै यस्ले भाडा नतिरी भाग्यो भने आफ्नो टाउकोमा पर्छ । त्यसैले पछी हटेका रहेछन । जती राम्रो ठाउँ त्यती महंगो भाडा आले टाले गर्दा गर्दै ४ महिना बिते पछी एउटा ठाउँ त मिल्यो, जुन ब्यवसाय को लागि उचित थिएन । आफु सित बिकल्प थिएन । ब्यापार स्यापार देखा जाएगा पी आर भए पछी केही गरौला नि भन्ने सोची होम्मिए ५ महिना बित्त्यो बल्ल मैले ' रोदी घर' नामको नेपाली भान्सा घरको शुभारम्भ गरें ।

भान्सा घरको शुभारम्भ संगै अध्यागमनको लागि कागज तयार भयो आफु लाई अप्ठ्यारो मा नपारी दिन कसम खुवाउँदै अमिलो मुखले सहि गरी दिए। मैले सय मुरी धन्यवाद दिएं । सुरु महिना राम्रो भए पनि दोस्रो महिना देखी ब्यवसाय ओरालो लाग्न थाल्यो। काम गर्नेको तलब र भाडाको खर्च बगलीबाट जान सुरु भयो । सामान्यत तीन महिनामा सकिनु पर्ने अध्यागमनको प्रकृया ६ महिना बित्दा पनि पारीणाम आएको होइन । आम्दानि जिरो मा झरी हाल्यो नेपाल बाट थप पैसा मगाएर घाटमा मुर्दा कुरे झै अध्यागमनको पत्र कुरेर बस्नु को बिकल्प थिएन । आज-भोली, आज-भोली गर्दै प्रतिक्षामा हबिगत पातलो भै राखेको थियो एक दिन साँझ अचानक अस्ट्रेलियाको अध्यागमनका दर्जन दुतहरुले रेस्टुरा घेरे -------- बाँकी अर्को भागमा।

(यो यात्राको सातौं भाग यहाँ छ )



4 Comments:

प्रबिण थापा said...

शेखर जि को यो डलर टिप्ने यात्रा निरन्तर रुपमा पढ्दै आएको छु जती पढ्यो त्यती त्यसपछि के भयो भन्ने कौतुहला बढेर आउछ,सुन्दर प्रस्तुती शेखर जि आगामि अंक को प्रतिक्षामा छु ।

ठरकि दादा said...

तपाईको यात्रा भोग्नेलाई भने रोचक -घोचक दुबै भए होलान तर पढ्नलाई भने साह्रै रोचक लागी रहेको छ।

धरोधर्म अहिले सम्म पढ्दा पनि तपाई 'लक्की' हो कि 'अनलक्की' हो छुट्ट्याउनै सकेको छैन । दु:ख पनि पाउनु हुँदो रहेछ, फेरी असजिलो काम पनि सजिलैसंग पनि हुँदो रहेछ । जे होस निकै रसीलो छ यो यात्रा।

एकलकाटे said...

आ...ठिकै पो गरेछु क्यारे बिदेश नगएर

sumansudha said...

ho ekalkate gi , bidesh ma ta dukhha po hunerahecha . hamro nepal ma dherai sukha bhayera po ho ki nepal garib bhayeko ? shekhar ji tapai ko yo yetra le safalata paous hai . keep its up

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !