June 19, 2009

आज फेरि साउने झर्यो...........

आज फेरि साउने झर्यो, वर्षा जताततै
लाग्छ अझै सायद तिमी, यतै छौ की कतै


झरी सँगै भिज्ने गर्या, दिन याद आउँदा
किन-किन अतित पनि, लाग्छ हिजो जस्तै


सुन्छु आवाज नेपथ्यमा, तिम्ले बोलायौ की
आउदै छौ की टाढा, देख्छु तिमी जस्तै


थाहा छैन शहर तिम्रो, हाँस्दै छौकी रुदै
वादलुलाई सोध्ने गर्छु, प्रिया देख्यौ कतै


तिम्रो सुन्दर तस्बिरमा, धुलो वस्या छैन
चम्केकै छन दन्त लहर, हिरा-मणी कतै


कुर्दा-कुर्दै वर्षौ विते, खबर पाया छैन
भेट्न आउ प्रिय तिमी, सपनीमै कतै


गाउँखाने कथा - २० (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा २० को उत्तर मिलाउने र मिलाउन प्रयास गर्ने सबैलाइ धन्यबाद। यस पटकको सहि उत्तर हो दांत।
गाउ भने सबै भन्दा पहिला उत्तर मिलाउने लुना जी ले पाउनुभयो। अब गाउ माग्ने पालो बसन्तजी को।
------------------------------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।
यही मेरो ढिकी यही मेरो कोल,
यही मेरो जांतो सिपीको खोल
, के हो?


विषाक्त वर्तमान

रापिलो रबरको दुर्गन्धमा
सडकभरि क्रान्ति पोखिएको छ
घरेलु हतियार बोकेका आखेटहरूको हातमा
झिरले 'चमत्कार' जो खोपिएको छ,
आजकल , संयम अपनाउने कुरै नगर्नू सखे
देशवासीको माथिंगलभरि आक्रोश रोपिएको छ।

द्वन्द हाम्रो परिचय भयो, हिंसा त साधन बनेको छ
पहिले ठोक्नुस् अनि खोज्नुस, नीतिले यही भनेको छ
वैमनस्यको सूद खोज्ने यो कस्तो मौसम आएको छ?
ताण्डव औ विभत्सताको मादकता जो छाएको छ।


इतिहासका प्रवाहहरू , अन्तै मोड्ने प्रयास हुन थालेको छ
जात, भात , नाक र नक्सामा देशको लिलामी हालेको छ
घृणा , जुगुप्सा र अविस्वासको दावानल सर्वत्र बालेको छ
सभ्यताको यो युगमा ,यही बिषाक्त वर्तमानले अँगालेको छ।