May 23, 2008

राम हरि हत्या झिंगा सरह

हिजो प्रचण्डले माओबादी द्वारा हत्या गरिएका राम हरि श्रेष्ठकी पत्नी संग भेट गरेका छन।
ठमेलस्थित होटल बैशालीमा प्रचण्डसँगको भेटपछि मृतक श्रेष्ठकी पत्नी रमिलाले भने आश्वासनभन्दा आफूले माओवादीको काम हेर्ने बताइन्, कारण बिगतमा माओबादीले मार्ने पिट्ने गर्दै यस्तै आश्वासन बाड्दै आएको थियो ।फेरी यि सर्वाहारा पार्टीले जे पनि होटल,रिजोर्टमै गर्नुपर्ने रहेछ? भेटमा माओवादी अध्यक्ष प्रचण्डले घटनाबारे माफी माग्नुसँगै जनमुक्ति सेना चितवनका डिभिजन कमाण्डर बिबिधलाई कानुनी कारवाहीको दायरामा ल्याउने वचन दिएको बताए । पिट मार गर्दा षडयन्त्रको क्लेबर जब जनता सामु छर्लंग हुन्छ र माओबादी चेपुवामा पर्छ, माओबादीले यसरी नै कारवाही गर्ने बचन दिन्छ तर याद गर्नुहोस माओबादीले माडी देखी पत्रकार शाह सम्म कसलाइ कारबाही गर्यो र कुन जेलमा कोच्यो? के तिनीहरुलाइ माओबादीको पकेटे कानुन लाग्छ? अनि सर्वसाधरणलाइ चाही जेल? प्रचण्डले भेटमा उच्चस्तरीय छानवीन आयोग गठन गर्न सरकारलाई पुन अनुरोध गर्ने पनि वचन दिएछन । देशमा तोड फोडको राजनिती गर्नेले वचन त दिन्छन नि, काम गरेर देखाउन १२ नै बज्छ। मान्छे मार्ने र बक्तब्को भरमा उम्किने पार्टीबाट कोटेश्वरका एक साधरण ब्यपारीको हत्या झिंगा सरह नै हो। अनगिन्ती बिधवा र टुहुरा बनाउनेलाइ सर्वधारण मारीएको भन्दा पनि आफ्नो पुत्ला जलेकोमा चिन्ता छ। बिहानीले दिन देखाउछ भने जस्तै माओबादी सरकार बनाउनु पहिल्यै आफ्नो कार्यकाल कस्तो हुन्छ भनेर देश बिदेशलाइ छनक दिएको छ। यस्ता खाले घटनाले माओबादी प्रती लचिलो निती अपनाउने बाहेक कसैलाइ खुशी बनाउदैन।