April 7, 2008

आचारसंहिताको उल्लंघन

आचारसंहिताको उल्लंघन
आधादर्जन उम्मेदवारसँग आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले पटकपटक आचारसंहिता पालना गर्न दिएको निर्देशन पालना नभएको भन्दै केही उम्मेदवारसँग स्पष्टीकरण माग गरेको छ । उम्मेदवारहरुलाई सम्बन्धित निर्वाचन कार्यालयमार्फत स्पष्टीकरण माग गरी पेश गर्न आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । आचारसंहिता विपरित कार्य गरेको उजुरी परेपछि आठजना उम्मेदवारलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

स्पष्टीकरण पेश गर्न भौतिक योजना तथा निर्माण मन्त्री एवं माओवादी उम्मेदवार हिसिला यमीले सरकारी साधनको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण माग गरेको छ । उता नाबालकलाई चुनावी सभामा प्रयोग गरेको उजुरी परेपछि एमाले केन्द्रीय कार्यालयमा पनि स्पष्टीकरण पेश गर्न पत्र पठाएको आयोग प्रवक्ता लक्ष्मण भट्टराईले बताउनुभयो । एमालेले राजधानीको सभामा रचना घिमिरेलाई चुनावी प्रचारमा प्रयोग गरेका थिए । त्यस्तैगरी आयोगका अनुसार कपिलवस्तु क्षेत्र नं। १ का उम्मेदवार दीपकुमार उपाध्यायलाई भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेकोमा स्पष्टीकरण लिएको छ ।
उता धादिङमा मतदान अधिकृतमाथि कुटपिट गरेको विषयलाई लिएर आयोगले धादिङ क्षेत्र नं। ३ का माओवादी उम्मेदवार शालिकराम जम्कट्टेलसँग पनि स्पष्टीकरण लिएको छ । उता तनहुँमा कांग्रेस उम्मेदवार गोविन्दराज जोशीले पिस्तोल लिएर हिँडेको भन्दै स्पष्टीकरण लिएको जनाएको छ । त्यसैगरी निर्वाचन आयोगले अन्य निर्वाचन क्षेत्रमा प्रवेश नगर्न मतदाताहरुलाई आग्रह गरेको छ ।



वाईसीएल न बुद्ध नै बन्छ न गान्धी नै

नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले भ्रातृ संगठन योङ कम्युनिस्ट लिग वाईसीएल का सदस्यहरुलाई संविधानसभा निर्वाचनको अवधिभर ुगान्धीु बन्न अर्थात् अिहंसावादी बन्न दिएको निर्देशन व्यवहारमा लागू भएको छैन । अब भने आतंकपूर्ण व्यवहार गर्दै आएको माओवादीको भ्रातृ संगठन वाईसीएलले चार दिन आफ्नो गतिविधि रक्षात्मक हुने बताएको छ । भनाइमा एउटा र गराईमा ठीक विपरित गतिविधि गर्दै आएका वाईसीएलले
निर्वाचन सफलताका लागि सातबुँदे निर्णय गरेको जनाएको छ ।
राजधानीको फोहोर उठाउने रक्तचन्दन तस्करी रोक्ने लागूऔषध दुव्र्यसनीलाई कुलतबाट छुटाउनेलगायतका सामाजिक विकृतिलाई कम गर्न प्रभावकारी भूमिका खेलेर सर्वसाधारणको मन जित्ने प्रयास गर्दै गरेको भए पनि बेलाबखतमा देखाउने उदण्डकारी गतिविधिले पानीको फोका जस्तै एक निमेषमा खेर जाने गरेको छ । अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन नहुनुको अर्थ हो वाईसीएल गान्धी बन्न सकेन वा िहंसाको बाटो रोज्न चाहेन नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि गठन भएको योङ कम्युनिस्ट लिग वाईसीएल एक प्रकारको अर्धसैनिक बलका रुपमा देखापरेको छ । सामाजिक गतिविधिमा सहयोगी हातहरु बढाएर सर्वसाधारणको वाहवाही पाएको वाईसीएलले आफ्नो प्रख्यातिलाई जोगाइराख्न सकेन ।विगतमा वाईसीएलले राम्रा र सह्रारानीय कार्य गरेको भए पनि यतिबेला उसले सर्वसाधारणको मन जित्न सकेको छैन । शान्ति र भयरहित वातावरणमा स्वस्थ प्रतिस्पर्धाका साथ संविधानसभाको निर्वाचन सम्पन्न गराउनु सबैको दायित्व हो । तर अध्यक्ष प्रचण्डले कमसेकम एक साता शान्तसँग बस अरुका नेता तथा कार्यकर्ता नकुट चुनावी सभा नबिथोल पार्टीमाथि गम्भीर आक्षेप आइसकेको संकेत गर्दा पनि नसुधि्रनु भनेको गधालाई दूधले पखालेर गाई हुँदैन भन्ने उखानलाई चरितार्थ गर्नु हो । तर हिजो आयोजित पत्रकार सम्मेलनमा वाईसीएलका अध्यक्ष गणेशमान पुन रश्मीले जनतालाई मतदानको सही उपयोग गर्न पहल गर्ने निर्वाचन शान्तिपूर्ण गराउने मतदान केन्द्र र गाउँवस्तीमा मतदाता सेवा गर्ने अशक्त मतदातालाई मतदान केन्द्रसम्म पुर् याउने र सुरक्षाकर्मीलाई सहयोग गर्ने जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले केही दिन वाईसीएललाई बुद्ध बन्न दिनुभएको निर्देशन अनुरुप सो निर्णय गरेको जनाएको छ । यद्यपि वाईसीएलले जे जे निर्णय गरे पनि जनता भने आतंकित हुन छाडेका छैनन् ।
यो के हो प्रचण्ड जी तपाई कै आफ्नै अर्धसैनिक वाईसिएल त १२ वर्ष कुकुरको पुच्छरलाई ढुङ्गा्रमा राखे पनि बाङ्गाबाङ्गौ भन्ने नेपाली उखानलाई बास्तविक रुप दिनको लागि लागि पो परेका छन् ।




आफैं परिचालित हुने रे सेना निर्वाचन समयमा

विगतको निर्वाचनमा परिचालित भएको सेना यसपल्ट चुपचाप बस्ने भनिए पनि आवश्यक सहयोगका लागि नेपाली सेना तम्तयार रहेको जनाएको छ । सरकारले यसपल्ट सेना परिचालन नगर्ने निर्णय गरेर विभिन्न व्यक्तिहरुले सेना परिचालनका विषयमा विभिन्न टिकाटिप्पणी गरिरहेका बेला संविधान सभा निर्वाचनमा सेना सकि्रय रहने भन्दै उसले आफैं मुख खोलेको छ । निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने हवाई साधनहरु उपलब्ध गराइने र आवश्यक सबैखाले
सहयोग गर्ने जनाएको छ । देशभर माओवादीबाट कुटपिट बढेपछि विभिन्न राजनीतिक दलका नेताहरुले सेना परिचालन गर्नुपर्नेमा जोड दिन थालेका छन् । माओवादीका अराजक गतिविधिका कारण सेना परिचालन आवश्यक रहेको दाबी गर्न थालेका छन् ।नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले शान्तिसुरक्षाको स्थिति गम्भीर बन्दै गएकाले सेना परिचालन अनिवार्य बनेको दाबी गर्नुभएको छ । उता माओवादी अध्यक्ष प्रचण्डले भने सेना परिचालनको कुनै आवश्यकता नभएको दाबी गरेका छन् । शान्तिसम्झौता विपरित सेना परिचालन गर्न नमिल्ने भन्दै आफ्ना कार्यकर्तामाथि दोसारोपण मात्रै गरेको दाबी गरे । माओवादी दिनानुदिन आक्रमण बढेपछि दलका नेताहरुले त्यस्तो अवस्थामा स्वतन्त्र निर्वाचन हुन नसक्ने भन्दै सेना परिचालन गर्नुपर्ने बताएका हुन् । विगतका निर्वाचनमा सेना परिचालन गरेको भन्दै यसपटक झन् सुरक्षास्थिति फितलो भएकाले अनिवार्य भएको दाबी गरेका छन् ।
सेनाले चैत्र २४ गते एक विज्ञप्ति प्रकाशित गरी भन्सार रिपिटर स्टेसन विद्युत्गृहलगायत महत्वपूर्ण स्थानको सुरक्षा गरिरहेको जनाउँदै सेनाको हवाई साधनबाट मतपत्र मतपेटिका कर्मचारी सुरक्षाकर्मी तथा निर्वाचन सामग्रीहरु ढुवानी गरिरहेको स्पष्ट पारेको छ ।
निर्वाचनका क्रममा भएका घाइतेको उद्धार गर्न सेनाले थप हवाई साधनहरु तयारी हालतमा राखेको सुरक्षा सुदृढ गर्न र आकस्मिक गर्न सकिने जनाएको छ । विगतमाझैं परिचालन हुन नपाएपछि सेनाले आफैंले आफ्नो भूमिका भएको जनाएको हो । मुलुक र जनताको सुरक्षार्थ जुनसुकै हालतमा सरकारको निर्देशन मान्न तयार रहेको जनाउँदै सेनाले आवश्यक पर्दा तयार रहेको बताएको छ । सुरक्षाका विषयमा समस्या देखिन थालेपछि दलका नेताहरुले सेना परिचालन गर्नुपर्ने बताउँदै आएका छन् ।