December 23, 2008

कमेडी गित: फूल खोज्‍ने भमरा

नरेश माङपाहाङ राई
फोक्‍स्‍टोन; वेलायत
हाल :अफ्‍गानिस्‍तान

फूल खोज्‍ने भमरा झै यता तिर आईयो
विष छर्ने साँप जस्‍तो मायालुलाई पाईयो

मोटर साईकल चढि आउदा मुस्‍कान छर्न थाल्‍यो
रित्‍तो खल्‍ती देखे पछी कसिंगर झै फाल्‍यो
भोको माया टार्न लाई यता तिर आईयो
घुर्दै सुत्‍ने सुंगुर जस्‍तो मायालुलाई पाईयो

जीउको लुगा राम्‍रो देखी फर्कि फर्कि हे-यो
पैसा भईन्‍जेल अंगालोमा सर्पले झै बे-यो
मिल्‍ने जोडि खोज्‍दै खोज्‍दै यता तिर आईयो
काठ पसेको मूला जस्‍तो मायालुलाई पाईयो

टाढा हूदा सम्‍झिएर लेख्‍नु चिठ्ठी लेखे
मायालू लाई भेट्न जांदा अर्कैसगं देखे
मनको कूरा पोखुं भन्‍दै यता तिर आईयो
दुध्‌ नदिने भैसि जस्‍तो मायालुलाई पाईयो


गजल - हाम्रो देशमा

राकेश कार्की

लस् एन्जेलस

हिर्काए, चुटे, पडकाए गोली हाम्रो देशमा
बौलाही खेले रगतको होली हाम्रो देशमा

सफाया भए नमान्ने जति मान्नेको उही गति
डरले करले बोक्नै पर्छ झोली हाम्रो देशमा

भोट पाउने जिते, नातालाई ताने, भए सरकार
अझै बाँकी छन् धम्कयाउने टोली हाम्रो देशमा

संविधान लेखने कापी र कलम विदेशी हातमा
अन्योलमै छन् कति, के होला भोली हाम्रो देशमा



धन्यवाद / Thank you

Thank you for taking the time to submit our form.

We have received your submission.

If necessary, your Question/Query will be answered by our team member.

Thank You!

हामीलाई सम्पर्क गर्नु भएकोमा धन्यावाद । तपाईको सल्लाह सुझाव हामीसम्म पुगेको छ र आवश्‍यक देखिएमा हामी तपाईलाई सम्पर्क गर्ने छौं ।

 

धन्यवाद ।