February 3, 2011

जहाँ म जन्मे नेपली भई...

शिव प्रकाश
जहाँ म जन्मे  नेपाली  भई,  मर्न  पाउँ   त्यही नेपाली भएर,
धरतीमा मैले पहिलो  पाइला, टेकेको  माटो  छातीमा टाँसेर ।

धरतीमा अर्को कहाँ छ संसार, हिमाल सधैं  मुस्कुराइरहने ?
मगमग गुराँस छातीमा फुलाई , सौन्दर्य-सन्देश फैलाइरहने 
अविरल बग्छन् मेची र काली, भातृत्वभाव  फिजाई संसार
तराई – पहाड  हिमाल  सबै,  भावना  एउटै,  एउटै  बिचार ।।

विर्सन्न कहिले काखको माया, कोखको  भार नेपाली भएर
जिन्दगी वितोस्  बिहान सधैं,  आँखाले  मेरा  नेपालै   हेरेर
घरदेश-परदेश  जाँ' रहे  पनि,  गर्न पाउँ  सेवा नेपली  भएर
स्वर्ग हो त्यही नेपाल मेरो,  मर्न पाउँ आमा पाउमा छोएर ।।
http://www.nepalimanharu.com/
अक्टोबर २०, २०१० बोस्टन ।