May 26, 2010

संबिधान सभाको म्याद थपे के नथपे के?

संबिधान सभाको म्याद सकिन करिब २४ घण्टा बांकी छ। किस्ता किस्तामा संबिधान सभालाइ तन्काउन बसेका बैठक
अर्को बैठकमा सहमती गर्ने भन्दै टुंगिएका छन। प्रमको राजीनामा र सहमतीको प्याकेजमा पार्टीहरु जुधेका छन। यसरी नै बिगत २ बर्षसम्म संबिधान बनाउन जुधेको भए अहिलेको समय आउने थिएन। संबिधान सभाको चुनाब भए पनि पार्टीहरु संबिधान सभालाइ सरकार बनाउने हतियारको रुपमा लिए। कुर्चीमा केन्द्रित नेपाली राजनितीको यो कुनै नौलो पहिचान होइन। तर मूल मर्म भुलेर संबिधान बनाउने कार्य पूरा नगरेकोमा अब के गर्ने होइन कि कसरी सत्ताको सांचो हत्याउने सबै त्यसैमा केन्द्रित छन।

संबिधान सभाको म्याद नथपिए के हुने हो आमजनतामा त्रास छ। कोही अब नेपालमा तानासाही हावी हुने कुरा गर्दैछन त कोही देशै नरहने हो कि भनेर चिन्ता ब्यक्त गर्दैछन। दु:खले आर्जेको लोकतान्त्रिक गणतन्त्रको हालत के हुने हो प्राय सबैको चिन्ता यसैमा छ।