March 14, 2009

धेरै दिन भो झन्डा यो नदेखेको


अपडेट: नेपालको श्रद्दाको निम्ती भोकाएका संपूर्ण नेपालीलाइ आज सौभाग्यो मिल्यो दशरथ रंगशालामा। खेलको नब्बे मिनेट र पून थपिएको ३० मिनेटमा गोल नभए पछि पेनाल्टी सुट भएको थयो। पहिला दुइ पेनाल्टी सुट गोलमा परिणत भएर बराबरी भएता पनि त्यस पछीका बललाइ नेपालीहरुले गोल गर्दै रहे,श्रीलंकालीहरुले बल पोस्ट बाहरी हान्दै गए। श्रीलंकालीहरुहरुको दुइ गोल पछी लगातार ३ बल पोस्ट बाहिर गए भने नेपालीका ४ बल सिधै गोल पोस्ट भित्र छिरे। नेपालले अन्तीम बल त हान्नै परेन, जित सुनीस्चीत भइहाल्यो।

रंगशाला "नेपाल, नेपाल.....भनेर गुन्जीहाल्यो। अनि त दर्शकहरु बार नै नाघेर खेलमैदानमै खुशी मनाउन पुगीहाले। यसरी नेपालको राष्ट्रिय टिम नेपाल रातोले श्रीलंकाली राष्ट्रिय टिमलाइ ४-२ को फराकिलो अन्तरले २० हजार भन्दा बढि दर्शकको अगाडी पुन नेपालको झन्डा गर्वका साथ फहराउनदिन सफल भए।

हारे पनि देश हाम्रै हो, टिम हाम्रै हो तर जितका साथ साथीहरुसंग आफ्नो देशको झन्डा मूनी सुख बाड्नु समय सजिलै काहां पो मिल्छ र? जितका साथ दर्शकहरुले सम्यताका साथ मनाएको खुशि पनि प्रशंसा योग्यो रह्यो। यसरी नेपाल अघी अघी संयमका साथ हामी पछी पछी रहने हो भने नेपाली पून एक भएर समृद्ध नेपाल बनाउन समय लाग्ने छैन। नेपालको जितको खुशीयालीमा दौतरीका संपूर्ण मित्र हरु सित खुशी बाड्न चाहान्छू। यसरी नै नेपालको लागी बेला बेलामा खुशी बाढ्न पाइयोस, हामी सबैलाइ बधाई।

ब्लग लेख्न बस्यो प्राय यस्तो भएन उस्तो भएन, यस्तो गर्नु पर्ने थियो। यस्तै यस्तै कुरा लेख्दा कहिले काही करकश लाग्ने गर्छ। हुन त बिभिन्न खाले कुरामा पनि ब्लग नलेखेको होइन तर मन नै दंग हुने गरी नेपालको बारेमा दौतरीमा कहिल्यै लेख्न पाको होइन। तर आज दिउसो नेपाली पत्र पत्रीका पढेपछी भने तुरुन्तै ब्लग लेखौ जस्तो लागेको थियो। ब्लग सामाग्री देखेर कुरा बुझिहाल्नुभयो होला। यो ब्लग पनि नेपाल कै बारेमा हो तर संपूर्ण नेपालीको शिर उचो हुने बिषयमा हो यो। अझ भनौ न नेपाललाइ बिभिन्न क्षेत्रमा बाड्ने कुरो चलिरहेको बेलामा एउटै देश हुनुको आनन्दको चर्चाको बिषयमा हो यो। बन्द,हडताल र माओबादी युद्दले नेपालको जनजिवन नै तहस नहस भएको बेलामा नेपाली खेलकुदको के हविगत भयो होला। नेपालको खेलकुदमा एकदमै कम बजेट छुट्टिने गर्छ। यसरी सिथील बनेको नेपाली खेलकुद पून जुरमुराएको छ फुटबलबाट। नेपालमा भैरहेको पहिलो प्रधानमन्त्री कपम फुटबलमा नेपाल रातो ले थाइल्यान्डको जे डब्लु क्लबलाई शुक्रबार २-० ले हराउँदै प्रथम प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको फाइनलमा पुगेको छ। यसरी खेल जितर नेपाल रातोले दर्शकको मन मात्र खुशी पारेन, नेपाल र बिदेशमा बसेका संपूर्ण नेपालकीको मन खुशी तुल्लायो। पुन नेपाली एक भएर खुशी भए। शुक्रबारको सेमीफाइनल लगत्तै शनिबार हुने फाइनल खलेमा भने नेपालका तर्फबाट दुवै गोल गरेका अनिल गुरुङ र दोस्रो गोलको अवसर सिर्जना गराएका जुमानु राईले घाइते अबस्थामा उत्रने छन।

अब भोली हुने खेल मा नेपाल रातो श्रीलंकाली राष्ट्रिय टिम बिरुद्द उत्रने छ। सबैको आशा अनुरुफ नेपालले कडा खेल खेलेर श्रीलंकाली राष्ट्रिय टिमलाइ बिशाल अन्तरले हराओस। र यही अबसरमा पुन संपूर्ण नेपाली एक भएर खुशी मनाउन पाइयोस। लामो सम्म यसरी नेदेखिएको चन्द सुर्य अंकित रातो झन्डा पुन नेपालीको हातमा फरफराएको देख्न पाइयोस। नेपाली हुनुमा सधै गर्भीत हुने मौका मिलिरहोस।



किन सँधै प्वाँख उम्रेका कमिला बन्छन् हिजोका क्रान्तिकारीहरू ?

एक जमाना थियो बीचमा चिरेको कालो टोपी र खद्दरको इष्टकोट लगाएका कांग्रेसीहरू त्याग र प्रजातन्त्रका पर्याय मानिन्थे । हामी विद्यार्थी हुँदा अभाव, दुख र यातनाको गोता र खली खाएका यस्ता नेताहरू हाम्रा लागि सम्मान अर्पण गर्नु पर्ने पात्र हुन्थे । हिजोका कम्युनिष्टहरू न्याय र समानतको नारा बोकेका जनताका गीत अनि आवाज सुनाएर मान्छेहरूलाई द्रविभूत पार्थे, उत्तेजित बनाउँथे ।

तर हरेक क्रान्तिको बुनियाद यही न्याय, स्वतन्त्रता र समानताका आवाजका लागि हुन्छ अनि जब एउटा क्रान्ति सम्पन्न बनेर हिजोका क्रान्तिकारीहरू सत्ताको सिंहासनमा पुग्छन् अनि किन तिनीहरू परिश्रमी र त्यागी कमिलाबाट प्वाँख उम्रेका कमिलामा रूपान्तरित हुन पुग्छन् ? अनि किन हरेक पटकका क्रान्तिकारी उत्सर्गहरूको कथा एउटा स्वार्थी , लम्पट र भ्रष्टाचारका किर्नाहरूले इन्फेस्टटेड बनेको शासकीय जमात तयार पारेर विसर्जित बन्ने गर्छ , हाम्रो नेपालमा ? के साथीहरूसंग यसको जवाफ छ ?

हिजोका कांग्रेसीहरू भ्रष्ट बने, कतिपय तिनिहरूको अध्याय सकियो। पुरान कम्युनिष्टहरू धनको लाभमा लोभि र पापी बन्दै बिलाप रून पुगे । तिनको पनि ओह्रालो लाग्यो । आज मुलुकमा जनताको लागि काम गर्ने वातावरण भएन भन्दै जनतालाई रुवाउँदै लडिएको कथित जनयुद्दवादीहरू अथवा रगतको खोलो बगाएर हिंस्रक क्रान्ति गर्नेहरू सत्तासीन छन् , तर तिनको राज्य सञ्चालन शैलि सर्वत्र सन्त्रास कायम गर्ने खालको छ । उनीहरूको हरेक कुरा उदेक लाग्दो छ तर पनि त्यो कुराको आलोचना गरियो भने उनिहरूकै शव्दमा प्रतिगामीको मतियार बन्न पुगिन्छ । मुलुकमा यस्तो अजिबोगरीब गणतान्त्रिक लोकतन्त्र छाएको छ, जहाँ केवल लोकतन्त्रको माओवादी लयमा गाइने भजन गाउन मात्र अनुमति छ ।

घुमीफिरी रूम्जाटार भने झैँ फेरि कुरो माओवादीको नै आउँछ ।

- हिजो गाउँघरमा तास खेल्नेहरूलाई , मुखमा तास कोचाएर कथित समाज सुधारको उदाहरण पेश गर्ने माओवाद किन , स्वदेशीहरूले पनि क्यासिनो जान पाउने अधिकार खोज्ने क्रान्तिकारी मागमा आएर टुंगिन्छ ?

- हिजो जिन्सका पाइण्ट लगाएका वा केटाले झैँ ब्वाइज कट कपाल काटेको अनि स्वदेशको संस्कृतिलाई विकृत पारेको आरोपमा केटीहरू माथि जनवादी कारवाही गर्ने क्रान्तिकारिता , किन हिसिला यमी र पम्फा भूसालको जिन्स र ब्वाइज कट धारणसहितको मन्त्रीपदीय शपथ ग्रहणको परिहासमा टुंगिन्छ ?

- हिजो कांग्रेस र अरू बिभिन्न समयमा सत्तासीन बनेका राजनीतिक पार्टीहरूले सत्ता, प्रशासन र प्रहरीलाई राजनीतिकरण गरेको आरोप लगाउनेहरू, आज नेपाली राज्य संयन्त्रको खुलम खुल्ला चरम राजनीतीकरण गर्दा अनि माओवादीलाई आर्थिक नजराना जुटाउने कबुल गरेर सरूवा बढुवाको लिलाम बढाबढमा उच्चदेखि निम्न पदीय कर्मचारीको भाउ लाग्दा देश नया यूगमा प्रवेश गरेको ठान्नु पर्ने यो कुन वाध्यता हो ?

- सरकारमा बस्ने सत्ता कब्जा गर्ने धमास दिने, सरकार र बिद्रोही हुनुको स्पष्ट आभास दिन नसक्ने, बिद्रोही वा सरकारी सेना कसको खाँतिर वा तरफदारी गर्नु पर्ने हो को समेत हेक्का राख्न नसक्ने काइतेपनको जिम्मेवारीलाई चमत्कारी नया नेपालको संवाहक ठानिदिनु पर्ने कस्तो बिजोग ?

- सरकार भएर जनताको जीउधनको सुरक्षाको ग्यारेण्टी लिनु पर्नेले स्वयं बिभिन्न खाले भिजिलान्ते भ्रातृ संस्थाको जन्म गराई चरम खालको राज्यआतंक सृजना गरिरहन पाउने त्यसको बिरोध गर्नेहरू प्रतिगामी र पुनरूत्थानवादी भइने ?

- भ्रष्टाचार, घूषखोरी, अभाव , महंगी, लोडसेडिङ,पानीको हाहाकार, लूट , हत्या , अपहरण , हिंसा, राज्यबिहीनता, दण्डबिहीनताको वर्तमान स्थति के नेपालको इतिहासमा कहिल्यै यो रूपमा थियो ? के अरूलाई आरोप लगाएर आफ्नो अकर्मण्यता,निर्लज्जता र लूटतन्त्रको नांगोपन ढाक्न खोज्नु नै क्रान्तिकारीहरूको गणतन्त्र हो त ?

- हिजो राज्य बिरुद्दको प्रदर्शन र दंगाहरूमा मारिने मान्छेहरू मार्ने हत्यारा गिरिजा वा देउबा हुने गर्थे र यो आरोप क्रान्तिकारीहरू नै लगाउँथे , तर अहिले दिन प्रतिदिन मारिने र मर्ने नेपालीहरूको हत्याको जिम्मेवार को हो क्रान्तिकारीहरूको माथिंगलमा के जवाफ हुन्छ यो प्रस्नको ?

हो आक्रोश र रगत पोख्नु सस्तो थियो होला तर खै लोकतन्त्रको सहिष्णू संस्कृतको विजारोपण गर्न सत्तासीन क्रान्तिकारीहरूको विचार र अनि व्यवहारको अग्रसरता देखापरेको ? के आफ्ना भ्रष्ट अनि दुष्ट कर्म र व्यवहारको अपजश अब पनि हिजोकाहरूलाई दिएर आफ्नो जिम्मेवारीबाट पञ्छिँदै कथित क्रान्तिकारीहरू अरण्य रोदन रून मिल्छ ?