Kumar Bajra
एअर बस ल्याउने नेपाल एअर लाईन्स टिमलाई शुभ कामना
जसले जे भने पनि नेपाल एअर लाईन्सले एअर बस दुईवटा किनेकोमा हामी धेरै धेरै नै खुशी छौं l एअर बस ल्याउने सम्पूर्ण नेपाल एअर लाइन्स टिम लाई हार्दिक बधाई छ l
नेपाल एअर लाईन्सले अर्को तीस वटा एअर बस किन्नु पर्छ l र अरु एअर लाईन्स भन्दा सस्तो मुल्यमा बिदेशमा जहाज उडाएर नेपाली जनतालाई राहत दिनु पर्छ l बिना ऋण र बिना लगानी बेपार हुँदैन l यस्तो जिर्ण अवस्था भईकन पनि एअर बस किनेर नेपाल एअर लाइन्सलाई उँभो लगाउने आँट गर्नु भयो l धन्य छन् तपाईहरु l हामीहरु तपाइंको साथमा छौं l निर्धक्क भएर यो समस्याको समाधान भए पछि नेपाल एअर लाईन्स टिमले एअर बस छ्याप छ्याप्ती किनेर नेपालबायुसेवाको विकासको कार्य थाल्ने प्रण गरि अघि बढ्नु होस् l अनि देखाई दिनुहोस नेपाल एअर लाईन्स टिमको टिम वर्क l
भ्रस्ट , कमिशन खोर र दलाली गर्ने धेरै भएको देश भएको हुनाले केहि मात्रामा यस खरिद कार्यमा पनि भ्रस्टाचार त भएन ? भनेर शंका गर्नु एक स्वाभाविक कुरा हो l यसलाई अन्यथा नलिई धुक्क भएर अगाडि बढ्नु होस् l जति धेरै लान्छना आयो त्यति नै शशक्त भएर नेपाल एअर लाईन लाई शशक्त बनाउन तिर लाग्नु होस् l तपाईहरुको टिम वर्कले नेपालको काया पल्टाई दिनुहोस lग्राउन्डेद भएको जहाजबाट सामान चोरी गर्ने सम्पूर्ण चोरहरुलाई छानी छानी पाता कताउनुहोस l ग्राउन्डेद भई रहेको सम्पूर्ण जहाजहरु चलाएर अथवा चलाउन सक्दैन भने बिक्रि गरेर देखाई दिनुहोस् l अग्रिम शुभकामना छ नेपाल एअर लाईन्सको प्रगति प्रति l