आचार्य प्रभा, अमेरीका![IMG_0268[2] IMG_0268[2]](http://lh6.ggpht.com/_U-lmfinJmhU/ST9ESO1yjII/AAAAAAAAAF0/woy82Gb__d8/IMG_0268%5B2%5D_thumb%5B2%5D.jpg?imgmax=800)
हो दौतरिले मेरो भावनालाई उजागर गर्न प्रोत्शाहन गरेको छ यसैले पनि म बाँधिएका हातहरु फुकाएर कम्प्युटर अगाडि बस्न वाध्य हुन्छु। यहाँको अमुल्य समयलाई पनि सहजसँग प्रयोग गर्न। मेरो आराम भने को राती निन्द्रा लागिन्जेल सम्म मात्र हो। त्यस्पछी त आफ्नो काम,कर्तब्यको साथमा भावना बिसाउनु त छदैछ। हो म सानो देखी नै गीत,सङीत,चित्रकला,लेखन क्षेत्रलाई मन पराउने र यस्लाई सदुपयोग गर्न रुचाउने स्वाभावकी थिएँ। सबैमा अली अली कोशीश पनु थियो त र अन्तिममा आएर लेखन यात्रालाई भने निरन्तरता दिन सफल भएँ। कबिता,कथा,अन्य रचनाहरु भने २०३४ साल देखी नै प्रकाशित हुन थाल्यो। त्यही बेलादेखी नै धेरै प्रङ्सकहरुका प्रोत्साहानहरु पाउन थालेँ।
अनी त के चाहियो र ?कुनै पत्रीकामा मलाई देखेनन भने पाठकहरुका पत्रहरु लश्कर लागेर आउने गर्दथे। साँचाइ म अझै ती अबोध मेरा प्रेरक हरुलाई सम्झन वाध्य हुन्छु जस्ले गर्दा मलाई लेखन क्षेत्रमा ठुलो उर्जा मिल्न सक्यो र आज यहाँ सम्म आउन सफल छु। त्यसैको प्रतिफल स्वरूप म साङितिक् दुनियाँमा पनि रमाउन सफल भए र बिभिन्न संगीतकारहरुले गीत लेख्न उत्प्रेरित गरे र शायद मलाई लाग्छ २०५१ साल मा एकै चोटि दुइवटा गीती अल्बुम निकाल्ने महिला र पप फिल्डमा कलम चलाऊने म नै पहिलो महिला हो जस्तो लाग्छ। त्यो समयमा महिला गीत्कारहरुको संख्या न्युन थियो र ''पप गीतमा''शब्दकार महिलाको नाम सुन्न सकिएको थिएनमैले नै एकै पटक ''तिम्रो पर्खाइमा''र ''ड्रीम्स '' नामक अल्बम निकालेत्यसैको सफलता अनुरूप म ब्यवसाहिक गीतकार पनि भए। एक दिनमा २/ ३ वटा रेकोर्डिङ स्टुडियोमा मेरा गीत हरु रेकोर्डिङ हुन्थे यो ५७/५८ साल तिरको कुरा हो यसैगरी मलाई फिल्महरुमा पनि अफर आयो। मलाई अझै थाहा छ एक दिन म कहाँ ''छहारि''फिल्म को कथा लिएर संगीतकार र कथाकार आए मैले तुरुन्त त्यतिबेला नै त्यो कथाको आधारमा एौटा गीत तयार गरिदिए जुन गीत रामक्रिष्ण ढकालको स्वरमा रेकोर्डिङ भयो। जुन गीत यत्ती मार्मिक थियो कि त्यो फिल्ममा त्यो गीतको द्रीष्यमा ज्यादै मर्म थियो। यसरी मैले आफ्नो लेखनकार्यमा सफलता पाइरहेकी थिए। म ब्यवसायिक्तातिर नै ढल्किरहेकी थिए। भाग्यबस अमेरिका आउने मौका मिल्यो। तर पनि यस्तो ब्यस्त ठाउँमा म अझै आफ्नो प्रयासलाई अगाडि बडाउनेतिर नै लागिपरेकी छु यस्को श्रेय बिभिन्न ओनलाइन पत्र,पत्रीकालाई जान्छ र आज भने दौतरिलाई नै रोजेकी छु किन कि दौतरिले मलाई केहीसमय देखी साथ दिन वाध्य भैरहेको छ। म दौतरिको उमेरमा मेरो उमेर थपेर भएपनी दिर्घायुको कामना गर्दछु। अस्तु !
Email ThisBlogThis!Share to Facebook