August 29, 2011

शुभकामना र बधाइ छ , बाबुरामजी !

यतिबेला नेपाल बाबुराममय भएको छ । यसो त देशमा बाबुरामहरू कति छन् कति, तर चर्चाका डाक्टर बाबुराम नम्बरी सुनको पनि १ नम्बरी मानिएका छन् , उनी माओवादी पार्टीबाट प्रधानमन्त्री बनेका हुन् र यो त्यही पार्टी हो जसले मुलुकलाई १३ वर्ष रगतपच्छे पार्दै त्यही लिस्नो चढेर सत्ताको मचान चढ्न आइपुगेको हो , तर बाबुराम माओवादी भन्दा बाहिर राखिएर बुझिए जस्ता देखिने पात्र बनेका छन् । उनी माओवादी हिंसा र समस्याभन्दा बाहिर राखेर महिमामण्डन गरिएका देखिन्छन् । उनले बन्दूक बोकेर कसैको सफाया गरे-गरेनन् तर त्यसको नेतृत्व तहमा रहँदा लाग्ने कल्मषको दोषबाट पनि उनी बाहिर देखिएका छन् अथवा देखाइएको छ । विशेष गरी , माओवादीलाई शान्ति र संविधानसभाको बाटोमा ल्याउने योजनाकार मानिएका बाबुराम , माओवादीले शान्ति प्रकृयामा आइसकेपछि लिएको बाटोमा सहमतीय राजनीतिको पक्षमा उभिने सीमित नेताहरू मध्ये पर्छन् भनिन्छ।

सहमति, शान्ति र संविधान भन्दै माओवादी पार्टीभित्र बसेर एक्लै कराइरहने बाबुराम , बहुमतको पनि अनौठो