December 6, 2007

खास्टो ओढेको बिरालोले म्याऊ गर्‍यो कामरेड

एकपल्ट सुन्ने गरिन्थ्यो माओवादीका नेताहरू निर्मलनिवाससंग अनन्य सम्बन्धमा छन् । यो कुराको आरोप रामचन्द्र पौडेलदेखि रविन्द्र श्रेष्ठ सम्मले भनि नै रहेका थिए र छन् । राजा विरन्द्रसंगको माओवादीको कार्यगत एकताको रट माओवादी स्वयंले गर्व गरिरहको विषय नै हो । एकताका दरबारको कालो भेडा मानिएर दरबारबाट मिल्काइएका धिरेन्द्र शाह र चिठ्टी आदानप्रदानको रहस्य पनि माओवादीले आँफै खोलेका हुन् । उनीहरूले जाजाजानी हामी दरबारको नजिक छौँ है भन्दै अरूलाई आफ्नो ठूलोपन देखाउन यसो गरे कि उनीहरूका नेताको लरबरे जिब्रोले गति छाडेर यसो बएको थियो तिनैले जानून , तर यस्तै घटना मार्फत माओवादीबारेमा बुझ्न चाहने मान्छेहरूले धेरै कुरा बुझ्न पाएकै हुन । अतिवादीहरू कहीँ न कहीँ गएर गति छाड्दै एक ठाउँमा थुप्रिन्छन बुझियो । फ्याउराहरू ब्वाँसाको छाल ओढेर आएपनि र जति संगठित र हिंस्रक बने पनि एकमुष्ट आकासतर्फ फर्केर हुण्डरी रुन्छन् रुन्छन् , बेला आएपछि । अहिले त्यही भएको छ ।
तर माओवादीको गनतन्त्रे कट्टू छर्लङ्ग देखिने गरी फुस्के पनि , तिनले संसदबाट गणतन्त्र घोषणा नहुञ्जेल संविधानसभाको चुनाब हुन दिन्नौँ भनिरहेनछन् । किनभने थोरै बुझकीहरूले यो कुराको माओवादी नियत बुझे पनि तिनीहरूको आफ्नै मगज धोइएको झुण्डलाई ‘ हामी जस्तो गणतन्त्रवादी कोही छैन, यो त हामीलाई फँसाउने दुश्मनहरूको चाला हो’ भन्दै कुतर्कले मगज फेरि धुन गाह्रो पर्ने कुरो नै छैन । अर्को तर्फ बहुसंख्यक जनतालाई पनि यो माओवादीको चाल त्यति छर्लङ्ग नदेखिन सक्छ किनभने संचार र सूचनाको पहूँच त्यहाँ सर्वसुलभ छैन । माओवादीलाई राम्ररी थाहा छ , यो अहिलेको संसद संसद नभएर एउटा सर्वपक्षिय भेला हो र यो भेलाले केही गर्न सक्दै सक्दैन । जति ठूला निर्णय लिए पनि यो भेलारूपी मेलाले गर्ने गणतन्त्रको घोषणालाई संसारका कुनै मुलुकले वैध रूपमा स्वीकार गर्ने कुरा हुनेछैन भन्ने कुरामा उनीहरू ढुक्क छन् । यसैले संसदबाट गणतन्त्र घोषणा हुनैपर्छ नत्र संविधानसभा हुन दिन्नौँ भन्ने उनीहरूको जिरहरूपी ढुङ्गाले दुईटा चरा एकैचोटी मार्न तल्लीन थियो माओवादी । यसरी बाह्य रूपमा ऊ घोर गणतन्त्रवादी बनेको छ र त्यो भ्रम अनपढ जनता र दिमाग धोइएका कार्यकर्ता बीच बाँड्न सफल छ एकातिर भने अर्कोतर्फ संविधानसभाको निर्वाचन कदापि हुनै नदिने र यही एक्लो वैध माध्यमबाट गणतन्त्रमा जाने विश्वमान्य वैधानिक मार्गमा एम्बुस थापेर ऊ राजतन्त्रको बलीयो रक्षाकवच बन्ने गहन अभिभारामा जुटेको जुटै छ ।
तैपनि मान्छेले बुझेको तर भन्न गाह्रो मानिरहेको यो कटुसत्यको कट्टु खोलिदिएर कामरेड प्रचण्डले लाज ढाक्न सकेनन् , थै थै कामरेड । खास्टो ओढेको बिरालोले म्याउ गरी छाड्यो चित्र बहादुर कामरेड !


राजावादी र माउवादी हाइ हाई गणतन्त्रवादीलाई वाइ वाई

राहुल भाइको लेखमा "माउवादी" सधै गणतन्त्र विरोधी एव राजावादीको नजिकको भनि पढेकै हु । मेरो व्यक्तिगत विचार पनि माउवादी दरवारवाट जन्माइएको सन्तान हो भन्ने थियो । इतिहासमा उग्र कम्युनिष्टको खोल ओढेकाहरुले राजदरवार प्रति देखाएको वफादारीलाई नेपालीले जानेका नै हुन । पिताको शोक परेको वेलामा पनि माकुनेलाई पदको लोभ थिएन भन्ने कुरा अव पुरानो रहेन । दरवार हत्या काण्डमा माउवादीले सहयोग गरेका आरोप लागेका नै हुन । नया राजालाई कम्युनिष्ट नेताले दाम चढाइका नै हुन ।

०४६ सालको जन आन्दोलन सफल भएको आम सभामा गिरिजा वावुले पंचको पनि जित भनेको कुरालाइ लिएर सभामा हंगामा भएको थियो । पुन गिरिजा वावुले सेरोमेनियल किगको कुरा ल्याउदा देश हल्लियो । कार्यगत एकता र शान्ती प्रकृयाको लागि मुल धारमा माउवादीलाई ल्याए भनि कांग्रेसले गर्व गर्नु निर्रथक छ। किनकी यो त माउवादीको गन्तव्य नै थियो । जंगलमा लडाकु धेरै दिन टिक्न नसक्ने अवस्था र ठुलो योजनालाई सतहमा ल्याउन यो शान्तीको कुरा अगाडी ल्याउने पर्ुव निधारित कार्यतालिका नै हुन ।केवल यसको रगमचंमा काग्रेस अगाडी आएको हो ।

दास्रो जन आन्दोलन पश्चात वाइसियलले आम नेपालीलाइ चलाइकै हो ।काभेमा वोक्सी आरोपमा महिलालाई पिटेकै हो । काठमाण्डौ मा फोहरको राजनिती गरेकै हो । उल्फाका ेसदस्यलाई प्रहरी मा वुझाएकै हो । चन्दा असुलस्ीलाई तीव्र वनाएकै हो । प्रचण्डले "७ चोटी" भारतिय राजदुतावासमा चियापना गरेकै होला । माउवादीको युद्धको वेलामा आधार इलाका भारत वनेकै हो अनि र भारतको मद्धत लिएकै हो ।
जेष्ठको चुनाव त हुन सकेन मंसिरको चुनाव गर्न नदिनु को कारण अव सवैले वुझेको छ। माउवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ती तेसको प्रमाण हो । अव राजाले माउवादीलाई साथ लिएका होइन भनि भन्न सक्ने आधार वाकी रहेन
मगध राज्यको धनानन्दलाइ हटाउन विष्णुगुप्तसंग कुटिल राजनिती ज्ञान थियो तर नेपालमा नेता भन्दा अरु संग कुटिल राजनैतिक ज्ञान छ भन्ने मेरो निष्कर्षछ । विष्ण्ु गुप्तले धनानन्दलाइलाइ मात्र हटाएन मगधको आन्तरिक सत्रुलार्इ पनि समाप्त पारेका नै हुन । तर नेपाल मा अव तेस्रो जन आन्दोलन मा लाग्ने नारा राजावादी र माउवादी हाइ हाई गणतन्त्र वादीलाई वाइ वाई हुने कुरामा दुविधा छैन । किनकी नेपालको धनानन्द नेपालको विष्णुगुप्त भन्दा चलाख छन अनि पाउरोस नरेसलाई कसरी साथ लिनु पर्छ भन्ने यहाको धनानन्दले जानेको छ ।