रामहरी मारिए,
निर्मल , पुष्कर सेरिए,
तै पनि पशुपतीनाथ बोलेन
पीडितजनको कल्याण गरेन
आज धर्म माथि,
आस्था माथि,
बर्बर प्रहार गर्दा आँफै निरही बनेकाछन
कैलाश तिर बसाइ सरुं कि?
यो ठण्डा मा तराइ झरुं कि?
सोच्दै थिए महादेब,
गम्दै थिए महादेव,
बाहिर डण्डावाला को बिच मा,
झन्डावाला पनि देखे,
तिनकुने सनातन झन्डा फेर्ने,
नमाने चारै तिर घेर्ने,
भाषण गर्दै थिए ।
शम्भू तर्से,
आफ्नै तम्बू मा फर्के
४ दिन भो नित्य पूजा छैन,
४ दिन देखी पेटमा भूजा छैन
कामरेड पूजारी ठोसे देखी,
ढुकुटी को सांचो खोसे देखी
पशुपतीको शिरमा मुकुट छैन रे,
मुकुट त सामन्ती राजाशाहीको प्रतिक रे,
हसिया हठौडा र रातो झन्डा,
नमाने लाई तातो डण्डा,
काम्रेड पुजारी, ॐ जय शंकर सट्टा,
ॐ जय प्रचन्ड भाट्याउँदै
सुन, मणी ,money रित्याउँदै
चन्दन हैन,
रक्त चन्दन,
लाल सलाम गर्ने लाई,
लाल गुलाम गर्ने लाई,
बाड्दै छन,
जनता भाड्दै छन
असत्तीहरु त्यही को आर्यघाटमा अर्ध जलुन,
पशुपतिनाथ को सबैले कल्याण गरुन ।