Showing posts with label कामलाग्ने कुरा. Show all posts
Showing posts with label कामलाग्ने कुरा. Show all posts

March 4, 2024

Mount Everest is turning into the garbage dumping site


Mount Everest  (सगरमाथा) the tallest mountain in the world is in Nepal. 
Its official elevation (snow height) is 8,848.86 meters (29,031.7 feet).

There are two main climbing routes: Southeast Ridge (Nepal): Known as the “standard route,” it approaches the summit from the southeast in Nepal.

North Ridge (Tibet): This route approaches the summit from the north in Tibet.

Climbing to the top  is one of the greatest challenges on Earth. 

But climbers are now creating an even bigger challenge for those who have to clean up after them as Mount Everest risks becoming the world's highest garbage dump.   

Experts estimate that there could be as much as 50 tonnes of rubbish left on the mountain, while Everest Base Camp churns out 75 tonnes of garbage every season.

West problem has reached the epic of the problem now climbers ascending Mount Everest will be expected to collect their poop in doggy bags and carry their waste back to base camp, according to new regulations from local officials as they attempt to address a long-festering littering problem on the world’s tallest peak. Now, climbers will be given the bags at base camp and expected to carry the bags back down at the end of the journey. Now we hope this will end the Mount Everest Stinking Problem!

Photo: Dailymail



April 15, 2011

नेपाली ब्लग भित्तो (Nepali Blog Wall)

ब्लगर भेला र ब्लग गफ तथा बिभीन्न समयमा ब्लगबारे गरिने प्रश्नहरू प्राय एकै खाले हुन्छन् जस्को उत्तर नेपाली ब्लगका लागी निकै महत्वपूर्ण हुने गर्छन्। आफ्नो ब्लगको व्यवस्थापन कसरी गर्ने,लेखाइमा कसरी निखारता या सुद्दता ल्याउने,धेरै पाठक माझ कसरी पुग्ने यस्तै यस्तै। यसबारे थूप्रै नेपाली ब्लगरहरूले ब्लगहरू लेखी सक्नुभएको छ भने केही ब्लगरहरू ब्लग लेख्ने सुरसार गर्दै हुनुहुन्छ होला। यो नेपाली ब्लग भित्तोको (Nepali Blog Wall) उद्देश्य भनेको यसरी छरिएर लेखिएका या भविष्यमा लेखिने ब्लग जून नेपाली ब्लगरलाई ब्लग सञ्चालन गर्न सहयोग पूग्नेछन त्यस्ता ब्लगको लिंक एकै ठाउँमा प्रकाशन गर्नु हो। आशा छ यस नेपाली ब्लगर भित्तोले नेपाली ब्लगरमाझ उपयोगी काम गर्नेछ।

नेपाली ब्लगका लागी उपयोगी सामाग्रीको सङ्कलन समय अनुसार अपडटे गरिनेछ, तपाईँलाई त्यस्ता लिंकको कुनै जानकारी भएमा दौंतरीलाई खबर गर्नुहोला।

1) नेपाली ब्लग लिस्टिगं: सम्पूर्ण नेपाली ब्लगको सूची (All nepali blogs listing-www.bloggers.com.np)
2) नेपाली ब्लग सेरोफेरो: नेपाली ब्लगहरूको बिधागत प्रस्तुती (रबिन्द्र रिजाल)
3) नेपाली गुगल ब्लगर समूह: नेपाली ब्लगरहरूको सूचना आदान प्रदान गर्ने फोरम
4) फेसबुक: नेपाली ब्लगरको फेसबुक संजाल (Nepali Blogger's Facebook)
5) Nepali Blog Search Engine: नेपाली ब्लग तथा नेपाली ब्लगमा प्रयुक्त शब्दको खोजी
6) हाम्रो सर्कल: नेपाली ब्लगको RSS (Nepali Blogs' RSS Feed)
7) के तपाई पनि ब्लग चलाउन चाहनुहुन्छ ? नि:शुल्क ब्लग कसरी खोल्ने बारे जानकारी (दिलीप आचार्य)
8) वर्डप्रेसमा नि:शुल्क ब्लग खोल्नुहोस्: वर्डप्रेसमा ब्लग खोल्ने तरिका(Open blog in wordpress) (दिलीप आचार्य)
9) ब्लगरमा मा नि:शुल्क ब्लग खोल्नुहोस: ब्लगस्पटमा ब्लग खोल्ने तरिका(Open blog in blogspot) (दिलीप आचार्य)
10) Make Your Blog Site Free -Instruction: ब्लगस्पटमा ब्लग खोल्ने छोटो उपाय (लभ्ली नेपाल)
11) How to create a free blog in Nepali?: सित्तैमा ब्लग बनाउने तरिका (टेक संसार)
12) संबावित ब्लगरसंग: ब्लग सञ्चालनबारे जानकारी (बसन्त गौतम)
13) केही ब्लग ह्याकहरु : ब्लग टेम्प्लेट डिजाईन (Blog Template Design)(दिलीप आचार्य)
14) ब्लग टेम्प्लेट फेर्ने हो ? : ब्लग टेम्प्लेट सम्बन्धी जानकारी (दिलीप आचार्य)
15) How To Increase Traffic in Blog ?: ब्लगमा भिजीटर बढाउने तरिका(Increase visitor in your blog)(आकार )
16) के तपाईँको ब्लग खुल्न धेरै समय लाग्छ ?  ब्लगलाई छिटो खुल्ने बनाउने तरिका (दिलीप आचार्य)
17) Nepali Blog Tips: ब्लगका लागी आवश्यक प्राविधिक प्रक्रिया(विनोद पाठक)
18) ब्लग विधालाई ट्याबमा राख्‍नुहोस –Easy CSS Menu: ब्लगमा उपयोग हुने क्लिक-बटन बारे जानकारी (दिलीप आचार्य)
19) Add Nepali Blog Updates in your Gmail Service: जिमेलमा नेपाली ब्लग अपडेट (दौँतरी)
20) Subscrive HamroCircle update by email: हाम्रो सर्कल अपडेट (नबिन के.एम)
21) Google Gadget for Nepali Blogger: गुगल ग्याजेट(नबिन के.एम)
22) Romanized Nepali Unicode: नेपाली युनीकोड प्रयोग गर्ने तरिका (आकार)
23) Roman to Unicode Nepali Converter: रोमनबाट नेपालीमा रूपान्तर
24) संक्षिप्‍त नेपाली शुद्धाशुद्धि   ज्ञान: नेपाली भाषामा चाहिने शुद्धाशुद्धिको जानकारी (जोतारे धाइबा)
25) नेपाली भाषाबारे केही कुरा: नेपाली भाषामा भइरहेका कमीकम्जोरी बारे अध्यन (बसन्त गौतम)
26) नेपाली ब्लग साईटहरु: विकीपिडीयामा नेपाली ब्लगको जानकारी (Nepali Blogs in Wikipedia)
27) नेपाली ब्लगको इतिहास: नेपाल ब्लगको खोजीनिती (दौँतरी) (History of Nepali blogs)
28) ब्लग भित्र ब्लग: नेपाली ब्लगरहरूको अन्तर्वार्ता(दौँतरी) (Nepali Bloggers Interiew)
29) नेपाली ब्लगको वर्तमान र भविष्य: नेपाली ब्लगको समसामयिक व्याख्या (बसन्त गौतम)
30) बेग्लै छ ब्लगको मज्जा: नेपाली ब्लगरहरूको दिनचर्या (Nepali Bloggers activity) (दौँतरी-अन्नपूर्ण पोष्ट)


May 2, 2009

सपना देख्नुभयो?, बिपनामा के होला?

गुरु केदार बराल, अमेरिका

त्यसो त सपनाको बारेमा भिन्न भिन्न धारणाहरु बिद्यमान छन। कोहि सपनालाई केवल सुषुप्त मनले उब्जाएको कोरा कल्पना मान्छन भने कोहि भने हरेक सपनाले भिन्न भिन्न अर्थ राख्‍ने र ती सपनाहरुले मानव भविश्य र मनोदशाको संकेत गर्ने बताउँछन । भिन्न भिन्न धर्म र समुदायमा कुनै एक सपनाको बारेमा पृथक पृथक अर्थहरु समेत छन, भने यता केहि समयमा सपनाको वैज्ञानिक खोजि गर्ने कार्यहरु पनि चलि रहेका छन। वैज्ञानिकहरु मै पनि सपनाको अर्थ र संकेतको बारेमा मतभेदहरु भए पनि सपनाको अध्ययनबाट कुनै पनि मानिसको मनोदशा र मानसिक विकास आदि बुझ्न भने यस्ले निकै मद्दत गर्ने कुरा प्रमाणित भैसकेको छ।

कस्तो सपना देखेमा कस्तो फल मिल्छ भन्ने वारेमा गुरु केदार बरालको संकलन हेर्न भने भित्र आउनु होला :

सपना

फल

आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
आकाशमा उड्नु लाभ हुन्छ ।
आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ ।
आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
जमीनसम्म देख्नु दौलत मिल्छ ।
जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
आकाशका धूलो वा आँधी देख्नु त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
बिजुली देख्नु मालदार हुइन्छ ।
जमीनमा मिल्नु वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
जङ्गलमा हिँड्नु धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
जङ्गलमा खानु पिउनु धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
माटो खानु धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
माटोमा हिँड्नु धनी होइन्छ ।
ईनार खन्नु आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
इनारबाट सिँचाइ गर्नु आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।
इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नु दीन वा दुःखीहरुको सेवा गर्छ ।
इनारबाट पानी पियाउनु साधु वा महात्माको सेवा गर्छ ।
इनारबाट पानी निकाल्नु आम्दानीमा वृद्धि हुन्छ ।
इनारमा झर्नु मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
इनारबाट निस्कनु जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
पानीमा हिँड्नु कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
खोलामा बाढी देख्नु रीस या मुसीबतको सूचना हो ।
नदीमा अँध्यारो देख्नु परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
सोतो तर्नु मरण नजीकिएको निशानी हो ।
नदी या कुलोमा नुहाउनु कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
भुसमा भासिनु मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
कुलाको फोहोर पानी पिउनु कुनै रोगमा फस्ने सूचना हो ।
कुलोलाई अर्कातिर बगाउनु शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
हौज देख्नु कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।
नाउ देख्नु शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।
नाउमा चढेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।
नाउबाट सुखा भुइँमा उत्रनु दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
नाउलाई सुखा मैदानमा देख्नु मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।
जमीनमा केही बनाउनु असल दिलको हुइन्छ ।
ताराको चमक देख्नु राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।
तारा समूहलाई अति चम्किलो देख्नु देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।
तारा निल्नु चोरी गर्छ र तकलीफमा फस्छ ।
तारालाई हातमा लिनु गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।
नाउसहित आफूलाई डुबेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
पहाड देख्नु शत्रुमाथि विजय प्राप्त हुन्छ ।
पहाडमा हिँड्नु इज्जत मिल्छ, धेरै धन पाइन्छ ।
पहाडको मालिक हुनु कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।
पहाडमा लडेको देख्नु कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।
पहाडमा बाटो हिँडिरहेको देख्नु धैर्यवान् वा साहसी हुइन्छ ।
पहाडमा प्वाल पार्नु कसैसँग जालसाँजो गरिन्छ ।
पहाडमा चढ्नु अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।
फूल देख्नु प्रेमी/प्रेमिका मिलन
पान खानु स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने
पिँजडा देख्नु जेल-नेल पर्ने ।
हरियो वन देख्नु शुभ समाचार मिल्ने ।
सुख्खा वन देख्नु चिन्ता हुने ।
चन्द्रमा प्रतिष्ठा मिल्ने ।
ग्रहण आपत पर्ने ।
खाना बनाउनु सन्तान बिरामी हुने ।
सुन पाउनु धन जाने, हानी हुने ।
र्सप मार्नु कष्टबाट छुटकरा पाउने
हस्ताक्षर गर्नु धनहानि हुनु ।
बिरालोले टोक्नु दर्घटना पर्ने तर बच्ने ।



जय ईन्टरनेट ! जय युट्युब !!

ईन्टरनेट र युट्युबलाइ तपाई केबल मनोरन्जनको भण्डार मात्रै सोच्नुहुन्छ भने त्यो गलत हुन सक्छ। मनोरञ्जन बाहेक बिभिन्न किसिमका सूचना र सहायता समेत तपाइले यसबाट पाउन सक्नुहुन्छ ।

Marc Stephens नाम भएका एकजना बेलायती नागरीकले केबल ईन्टरनेट र युट्ययबको भिडियोको मद्दतले आफ्नै घरमा नया जिवनको स्वागत गर्न सफलता पाएकाछन । यसभन्दा अघि पनि अरु तीन जना सन्तानका माता पिता भईसकेका जो, र मार्कको यो कथाले अहिले संसारभरको पत्र-पत्रिका र ईन्टरनेटका पन्नाहरु भरिएकाछन ।

समाचार अनुसार गत मार्च २१ का दिन, अनुमानीत समय भन्दा करिब ३ हप्ता अगाडि नै जोलाई प्रसव पिडाको पहिलो अनूभव भयो । रातको करीब २ बजेतीर पिडा शुरु भएपछि मार्कले नजिकको अस्पतालमा फोन गरे, तर तत्काल कोहि midwives (धाई ?) उपलब्ध नभएको बताईएपछि यी दम्पतीले घरमै बच्चा जन्माउने बिचार गरे।

ईन्टरनेट भिडियो कै मद्दतबाट गिटार बजाउन र रुबिक क्युब मिलाउन सिकेका मार्कलाई अचानक ईन्टरनेटमै सहायता खोज्ने बिचार सुझ्यो र उनले गुगलको सहारा लीए । करिब एक घण्टा जत्तीको खोजमा नै उनले How to Deliver a Baby in a Taxi Cab र आर्को “This is how you give birth” र अन्य केहि DIY (Do It Yourself ) क्लिपहरु हेरे।

यी सबै भिडियोहरुका सहायताका कारण, घरमै बिना कुनै स्वास्थ सहायक, स्वस्थ बच्चा जन्माउन सफल भए ती दम्पती। साधारण महिलाहरुलाई भन्दा कम समय प्रसबव पिडा हुने मानीएकी जोको घरमा स्वास्थ सहायकहरु पुग्दा तीनले ईन्टरनेट भिडियोको सहायतामा आफैं एउटा नया ५ पाउण्ड तौल भएको बालकलाई आफ्नो परिबारमा स्वागत गरीसकेका थिए र आमा तथा बच्चा दुबै स्वस्थ थीए ।

यति मात्रै हैन बालककी आमा जोले पहिलो तीन पटक भन्दा यस पटक सजीलोसंग बच्चा जन्मेको र कम पिडा झेल्नु परको पनि बताईन ।

सुरक्षीत तरीकाले जन्म दिने जानकारी दिने युट्युबका केहि भिडियोहरु यहाँ छन ।

तपाई आफैं गर्नुहोस वा Do It Yourself का भिडियोहरु भने यहाँ छन ।

जय ईन्टरनेट ! जय युट्युब !!

(स्रोत: बिभिन्न ईन्टरनेट साईटहरु)



April 29, 2009

इमेल ह्याक भएको केस

केही समय पहिला इमेल ह्याक भएको केस भन्ने बिषयमा Dr. RB Kavitaram Shrestha बाट इमेल आयो। मलाइ लाग्यो कसैले इमेल ह्याक गरेर फाइदा उठाए जस्तो लाग्यो। उनलाइ आफ्नो निजकको मित्र साहित्यकार बिजय चालिसे अपरहणमा परेको र तुरुन्त सहयोग गर्ने भनेर याचना गरिएको थियो। हुन त प्राप्त इमेल नै फर्जी हुन सक्छ। इन्टरनेट र इमेल चलाउनुहरुले महशुस गर्नुभएको होला तपाइलाइ दिनहुं कति फर्जी इमेल आउँछन। फर्जी पत्र बनाउनेहरुले कुनै न कुनै नयाँ तरिकाले मान्छेलाइ ठगी राखेका हुन्छन। त्यसैले उनिहरु मान्छे फसाउन कुनै न कुनै रुपमा तपाइ हामीलाइ फर्जी इमेल पठाइरहेका हुन्छन। कैयौं करोड पाउने आशामा थुप्रै नेपाली नाइजेरिया, हंगकंग आदीमा फसेको त सुनेकै छौं। छक्क पर्ने कुरा त के भने चिठ्ठा नै किनेको छैन करोडौंको चिठ्ठा पर्यो भनेर दंग पर्ने हामी कस्ता? । तर ठगहरुले सधै एउटै तरिका अपनाउदैनन।

यस पटकको ठगी भने आफ्नो नजिकको मान्छै अपरहणमा परेको खबर गरिन्छ र बेस्ट्रन युनियन या कुनै तरिका बाट पैसा वायर गर्न लगाइन्छ। यसरी पैसा पठाउँदा पैसा कस्ले बुझ्यो, कांहा पुग्यो पत्तो हुदैन। सके त लाखौं नसके केही सय डलर भए पनि ठगहरुले पैसा फुत्काइ छोड्छन। तपाइहरुले चिन्नु भएको छैन भने त मनि वायर गर्नु हुँदै हुन्न। यस्तो ठगीको समस्या अमेरीकामा पनि छ। वायर गरेको पैसा कता पुग्यो पुलिसले पनि पत्ता लगाउन सक्दैनन। मनि वायरबाट ठग्न एक्दम छिटो हुने र सजिलो तथा बच्न सकिने हुदा ठगहरुको यो निकै लोकप्रिय तरिका हो। पटक पटक नाइजिरियनहरुले यसरी ठग्ने गरेको थाहा पाए पनि नेपाली अपरहणमा परेको जस्तो खबर नेपालकै ठगहरुले गरेको अनुमान गरिएको छ। केही इमेल नेपालीमा लेखीनु, नेपाली मान्छेको नाम,ठेगाना सही तरिकाले लेखीनु र आफ्नै चिन्ने मान्छे अपहरणमा परेको इमेल आउनुले पनि यो ठगीमा नेपालीहरु संलग्न भएको अनुमान गरिएको छ। हुन त इमेल कता बाट आयो थाहा हुन्छ तर पैसा ट्रान्सफर गर्दा कांहा बुझियो थाहा हुदैन। त्यसैले कुनै साइबर क्याफेबाट इमेल पठायो अनि पैसा बुझ्यो, ठगहरुलाइ निकै सजिलो पेशा भएको छ। मान्छे दिन दाहाडै लुटिदा त कारबाही हुदैन अब यस्तो गोप्य तरिकाबाट ठगे हाम्रा पुलिसले कसरी सुइको पाउने? । हुन त ठगहरुले भोली अर्को तरिका अपनाउन सक्छन तर मुख्य कुरो यसरी इमेलमा आएका इमेल फर्जी हो कि होइना या कत्तीको सहि हो इमेल प्रयोग कर्ताले नै बुझ्नु जरुरी छ। इमेलको अंश तल राख्दैछु कतै तपाइलाइ पनि यस्तो इमेल त आएका छैनन?

फर्जी इमेल आएको जानकारी गराउनु हुने Dr. RB Kavitaram Shrestha को इमेल यस प्रकार छ:
सुन्नुहोस त साहित्यकार विजय चालिसेको मलाई एउटा अनौठो चिठी आयो । यो भनेर कि उहाँ नाइजेरियामा हुनुहुन्छ र त्यहाँ हतियारबंद गुण्डाहरुले उहाँका सबै पैसा र कागजपत्र खोसेर लगे अनि उहाँ वेखर्ची हुनुहुन्छ त्यसैले यथासक्य ३००० डलर पठाइदिनु । ठीक यस्तै पत्र मलाई गत वर्ष गोविन्दिसंह राउतको पनि आएको थियो । कुरा के भने तपाईं हामी कसैलाई पनि यस्तो पत्र हामीमध्ये कसैको पनि नामबाट आउन सक्छ । आफैलाई यस्तो आपत्ति परेको भन्दै आफ्नै अर्को इमेल आउंदा छक्क नपरे हुने स्थिति छ । बुझ्नुभो होला यो इमेल ह्याक भएको केस हो । इमेल ह्याकबाट बच्ने उपाय गर्दा गर्दै पनि यस्तोमा फ़स्न बेर लाग्ने छैन । त्यसैले आफ्नो ब्लग हुनु जरुरी लाग्यो । यसबाट कमसेकम साथिभाईलाई को कता भन्ने त थाहा भईरहन्छ ! आजै कुनै न कुनै ब्लगमा भर्ति हुनोस ।
फर्जी इमेल भनेर पठाइएको इमेल यस प्रकार छ:

Hi,
I'm in a hurry writing this mail. I had a trip to Nigeria for a conference. Unfortunately all my money has been stolen at the hotel where I stayed, by some armed robbers and since then I've been without any money and I'm even owing money to the hotel here. So I have only access to my e-mails, my mobile phone can't work here so I didn't bother bringing it along. Please can i get up to $3,000 or any amount you can render for me, so I can return back and settle the hotel bills I will return it back to you as soon as i get home.You can have it sent through money grams or western union. I have already spoken to the hotel manager, please let me hear from you as soon as you receive these mail so that i can collect the Manager's name and address where you can send the money to me.. all i need right now is the money to settle up the bills and leave. i promise to pay back your money as soon as ireturn home please i only hope on you now please understand it very hard for me to explain.Thanks

best regards
Vijaya Chalise



March 27, 2009

The 3R's

I always felt that unless you can link environment to the economy, no one will bother about the environment. It’s obvious; unlike chronic effects of health, environmental effects normally take time to appear, so environment is not people’s priority. However if there are economic incentives, then the story is different.

Hybrids normally cost higher than the normal cars, but if the government provides the subsidy to overcome that cost difference most will definitely choose the hybrids. Installation of solars is expensive, but if there is an economic incentive who wouldn’t want to have energy surplus at their homes. Using chemical fertilizers can have quick economic returns, but subsidy and encouragement to organic manures and crop rotation would definitely have more benefits in the longer run.

I, personally, too needed some economic incentives to go that extra mile. Saving energy at your home is directly related to your pocket, so most people do that. What about the stuffs that you purchase or discard? Do you really needed that new or do you really needed to trash that? This is where 3R principles come; this will not only save your pockets but save our environment too.

The first is Reduce: don’t buy the stuffs that you don’t need. It’s easy to get carried away when you see some online deal and buy it without thinking, fearing that deal won’t be available again. Easier said than done, I too fall in that trap. But asking questions like “do I really need it”, or “will I still be using that after a week”, or “what will my bank balance look like if I don’t buy that” might help.

The second is Reuse: there is no need to buy something new if the old can serve the same purpose. I am a big follower of this R. Most of the furnitures at my home or other goodies has been purchased through thrift stores like Goodwill and Salvation Army. And when I moved to Maryland from Louisiana, I donated most of my stuff to the Goodwill. Normally, when people think of the thrift stores, they envision dirty and smelly used products. Make a habit of periodically browsing those stores, and you will be surprised to see what they sell there. Individuals and other big retailers get tax write offs when they donate to these stores, hence there is an incentive for the donation. For example if a store like Target has a LCD TV which has minor scratches, it’s hard for them to sell it at their store. But if they donate, then they will get a tax write off for that price (I am not sure about the percentage), and it will sell as a hot cake in substantially reduced price at the thrift store. If someone is looking to get rid of their couch so that they can purchase a new one, and it costs them to trash it, they would rather call Salvation Army to come pick it up and also get a tax break on its value (I am not sure about the percentage).

And, if you don’t even want to pay for reduced price at the thrift stores, then there is something called Freecycle. This is an exclusive group confined to a local area (there are local Freecycle groups in every major cities). You have to be a member of this group first to get information on the free stuffs that people want to get rid off, or post information about the stuff that you want to get rid off. There are many other reuse groups around, click this link to see tips on finding free stuffs, it’s a very well compiled article.

Third is Recycle: whatever that can’t be reused, can then be recycled into a new product. Good examples are newspapers, aluminum cans, etc. There is an economic incentive on this too. At my old work, we used to collect the soda cans and papers all year long, and fund our potluck once a year with the money from those cans and papers. Although, I can’t make much at home from recycling, I still make a conscious effort to separate the plastic bags that I get from grocery stores (from my regular trash).

Finally, those stuffs that can’t make through the 3R will end in the landfills. Just imagine how much we can save through 3R’s, the money as well as the detrimental environmental effects. Now let’s try our best to put 3R into practice, in our own lives.



February 12, 2009

मुटुको शत्रु सित लडौं।

पर्सी आउन लागेको मुटूको चाड ‘भ्यालेन्टाइन डे’ संग लडौं भनेको होइन है, पाठकहरु। भर्खर माया बुन्न लाउनु भएका या मायाले चुम्लुगं डुब्नुभएको भए ढुक्क भएर मुटू जोड्नुहोला। कुरो के भने यो फेब्रररी महिना मुटूकै चाड जस्तो छ। यो महिनालाइ मुटु रोगको जानकारी गराउने महिनाको रुपमा पनि लिइदों रहेछ। अस्ती एउटा भारती पसलमा पर्चामा पढेको थिएं, अमेरीकीलाइ भन्दा भारतीय, नेपाली आदीलाइ मुटुको रोग लाग्ने संभावना ३ गुना बढी हुन्छ रे। कारण के रहेछ भने हामीहरुको रगतमा blood fat triglyceride अत्याधीक र HDL (राम्रो कोलस्ट्रोल) एक्दमै कम हुन्छ रे। हामीहरुलाइ डाइबेटीज हुने संभावना पनि उत्तीकै हुन्छ रे। यो त भयो हाम्रो रगतको दोष। अर्को हाम्रो दोष के छ भने जागिरमा बाहेक कसरत गर्ने भनेको भर्‍याङ उक्लनु मात्रै हो। एलिभेटर छ भने या ग्राउन्ड फ्लोरमा बस्ने भए त्यो पनि चाहीएन। बिदेशमा सस्तो मासु र बियर, त्यो पनि छोड्ने कुरो भएन। बिदेश आए पछि तपाइ या तपाइका साथहरुले कति वजन थप्नु भएको छ? प्राय सबैले, होइन त? अब भन्नुहोस त अब मुटूको रोग लाग्ने संभावना कती छ हामीलाइ? ६ गुना त पक्कै होला?

तपाइहरुलाइ तर्साउन भनेको होइन है फेरी। तर पनि नेपालकोमात्रै ख्याल गर्ने लेखहरु मात्रै लेखेर भएन नि, नेपालीको ख्याल राख्ने लेख पनि त लेख्‍नुपर्‍यो। अमेरीकामा मात्रै दिनमा २४०० जना मानिसहरु मुटुकै रोगका कारण ज्यान जाने गर्छ। विश्वमा एकै दिनमा मुटुको कारण ज्यान गुमाउनेको संख्या ५०,००० छ। यस्को अर्थ मर्नेहरुमा एक तिहाइ मुटूका रोगी पर्नेरहेछन। गाउं घरमा मानिसहरुलाइ चक्कर आयो ढल्यो, एक छिन पछी आर्यघाट। पत्तै हुदैन के ले मर्‍यो मर्‍यो । प्राय: यसरी अकस्मात इहलिला समाप्त मुटूकै रोगले हुने गर्दछ। सम्झनुहोस त, तपाइले चिनेका मात्रै बाटोमा हिड्दा हिड्दै या बोल्दा बोल्दै कती जनाको जिवन चेट भएको छ?
फेब्रररी महिनाको अबसर पारेर मुटुको रोग हुने कारण र समाधानका केही उपाय यांहा प्रस्तुत गर्दैछु।

मुटूको रोग लाग्ने मुख्य कारण हुन:

मुटुको रोगको परिवारीक इतिहास भएको।
अत्याधीक मोटोपन भएको।
शारीरिक रुपमा कम शक्रिय हुनु।
अत्याधीक कोलस्ट्रोल हुनु।
अत्याधीक ब्लडप्रेसर हुनु।
धुम्रपान सेवन गर्नु।
डाइबेटिजको रोगी हुनु।
नआत्निहोस है पाठकहरु, समाधान पनि सजिलै रहेछन।

समाधान हरु यस प्रकार छन:

१० प्रतीश मात्रै भए पनि वजन घटाउनु।
फस्टफुड तथा नराम्रो खाने बानी छोड्नु।
सोफमा मात्र लम्पसार नपरी यता उता गरी आफुलाइ फुर्तीलो बनाउनु।
सांझमा दांत माझ्ने तथा दात फ्लस गर्ने गर्नु।
सधै तनावबाट मुक्त रहने गर्नु।
स्वस्थ्य खाने कुरा जस्तै सागपात तथा फलफुल खानु।
माथीका कुरामा याद राखे मुटूको रोगबाट लड्न पक्कै पनि सकिन्छ। दौंतरीका सबै पाठकहरुलाइ यो ब्लगले स्वस्थ्य रहन पक्कै पनि प्रेरणा मिल्नेछ भन्ने आशा गरेको छु।