June 12, 2011

गजल, सम्मान र जुही

यात्री शेखर
शितको थोपा थोपामा रम्ने घाम हो गजल
सुन्यो की मन चञ्चल हुने नाम हो गजल ।
संगत त्यसै गरेका हैनन गालिब मोतीले ,
नपिउदै मात लगाइदिने जाम हो गजल ।
प्राज्ञ बुंद रानाले गजलको परिभाषा गजलमै गरे । गजलको विशेषता गजलमै सुनाए र गजलको महिमा गजलमै गाए । आफु गजलकार बन्नुको यथार्थ पनि गजलबाटै प्रष्ट पारे ।
विराटनगरमा शनिबार गजलमय जमघट भयो । नेपाली गजलका हस्ति रानादेखि भर्खरै गजलमा कलम चलाउन थालेका नवयुवासम्मले गजल सुनाए । दाह्री समेत सेताम्य भएका झापाली साहित्यकार केशव आचार्यले मायाले गर्ने तमासा ग
जलमा ब्यक्त गरे
मायामा अनेक अनेक हुन्छ ।
साँच्चै पो त उदेक उदेक हुन्छ ।
संसारको रीत नै यस्तो छ की,
प्रायः मायामा थुनछेक हुन्छ ।
जुही साहित्यिक त्रैमासिक पत्रिका चन्द्रगढी झापा र मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा सम्मानितहुने हरुलेमात्र गजल सुनाउन पाए र भ्याए । गजल सुनाउने रहर बोकेर आएका धेरै इच्छा भने अधुरै रह्यो ।
तिमी बाँच्दा तिमीसगै बाँच्ने हजार—हजार हुन्छन् ।
तिमी मर्दा हुन्छौ एक्लै नाच्ने हजार—हजार हुन्छन् ।
कहाँ हुन्छ फक्रेपछि नझरेको फूलको कथा,
तर फुलिदि न्छ फूल भाँच्ने हजार—हजार हुन्छन् ।
जुही गजल रत्नबाट सम्मानित विवश बलिभद्र कोइरालाले जीवनलाई यसरी नै परिभाषित गरे गजलमा । कोइरालासगै जुही गजल रत्नबाट सम्मानित भए गजलकारहरु केशव आचार्य, वीरेश राई, प्रकाश आङ्देम्बे, आरती पोखरेल, रोमा निरौला, दीपक सुवेदी, सुमित्रा वाङ्देल चेली, टीका आत्रेय पनि । उनिहरु सबैले गजल सुनाउने मौका पाए पुर्वका साहित्यकारहरुको त्यो बृहत भेलामा ।
सुनिरहँ जास्तो लाग्छ सधै उनका कुरा ।
एकान्तमा एक्लै गर्छु तारा जुनका कुरा ।
रोमा निरौलाले मायाको भाव व्यक्त गरिन गजलका शेरहरुमा यसरी नै । झापा
मोरङं र सुनसरीका दजनौ साहित्यकार भेला भएको कार्यक्रममा जुही त्रैमासिकले वरिष्ठ गजलकार बुँद रानालाई जुही गजल शिरो
मणि सम्मानबाट सम्मानित गर्यो । सम्मानका क्रममा भाषाशास्त्री बालकृष्ण पोखरेलले रानालाई लगाउनु पर्ने सम्मानको टोपी आफै लगाएर मञ्चमा बसेपछि माहौल रमाइलो बनेको थियो । उनले आफ्नो टोपीमा माथी त्यो टोपी लगाएका थिए । उनको टाउकामा दुईवटा टोपी भएको थियो ।
अरु सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ बुँद राना, प्राज्ञ तथा वरिष्ठ कवि कृष्णभूषण बल, भाषाशास्त्री बालकृष्ण पोखरेल, प्राज्ञ अनिरुद्ध तिम्सिना, जुही पत्रिकाका सम्पादक चूडामणि रेग्मीलगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।
कार्यक्रममा गजलकार मधु पोखरेल विशेषाङ्क जुहीको समेत लोकार्पण गरिएको थियो । विशेषाङ्कमा गजलकार मधु पोखरेलका विषयमा विभिन्न स्रष्टाहरुले लेखेका रचना तथा लेखहरु समावेश गरिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार कोशराज रेग्मी, बुँद राना, प्रा.डा. टंक न्यौपाने, प्राज्ञ कृष्णभूषण बल, मधु पोखरेल, ज्योति जंगल, गण्डकीपुत्र, मिश्र वैजयन्ती, केदार आचार्यलगायतले सम्मानित व्यक्तिहरुलाई शुभकामना दिएका थिए ।