April 29, 2010

अणुभित्र अनुभूतिहरु

-मधु माधुर्य, दुबई

..."मिराज" को बिस्कुन सुकाएर बसेको मरूभूमिलाई

एक अन्जुली पानी अपच भैरहेकोक बेला-
ओयसिसको सम्भावनाले भिजेर निथ्रुक्क
समुद्रको गीत गाइदिएछु
नदेखेर समयको एक्सरे
दुर्घटनाग्रस्त अस्तित्व दुखिरहेछ कुबेला
सारेगमको सप्तक फोरेर टाढा-टाढा भागिरहेछन पीडा-स्वरहरु
नियतिको परमाणु-भ्याकुमभीत्र स्वतनत्र बिचरित
दुखको न्युक्लिएस वरिपरी आ-आफ्नै कक्षमा भौंतारिरहेका-
मरुभूमि
पानी

र मेरा स्वरहरुलाई
यो संसारको स्वागत-गेटहरुमा
एक थुंगा झरिलो गुलाव
मृग-त्रिष्णा नबनोस्