March 3, 2011

थेसिस लेख्ने-किन्नेहरु होशियार ! „Citation needed“

मास्टर थेसिस यहां लेखिन्छ भनेर टांसेका कम्प्युटर प्रिन्ट गरेका कागजहरु अचेल काठमाडौका गल्ली गल्लीमा देखिन्छ भनेर पढेको थिएं त्यो पनि जम्मा जम्मी १०,००० भन्दा कम मुल्यको ग्यारेण्टी सहित । लालू यादवले „हमारे राज्य मे कोइ भी अनपढ नही होना चाहिए“ सबको सर्टिफिकेट दे दो“ भनेर बिहारमा सर्टिफिकेट छ्याप छ्याप्ती पाइन्छ भन्ने जोक सुनिन्थ्यो पहिले । अचेल बिहारमा लालु राज खतम भए पनि नेपालमा लालु राज मौलाउदो छ ।
अब युरोपतिरको कुरा गरौं, जर्मनीमा एक जना अमेरिकी प्राध्यापकले नामको अगाडि डा लेख्दा झण्डै जेल जानु परेको । पुरानो कानुन अनुसार जर्मनि वा युरोप बाहिर पि एच डी गरेको मान्छेले यहां डा. लेख्न नपाउंदोरहेछ । तर एउटा प्रतिष्ठित संस्थाका डाइरेक्टर र हार्वाड युनिभर्सिटिको प्रोफेसर अफर छोडेर जर्मनी हानिएका प्रोफेसरलाई जेल हाल्ने कुरो पनि त भएन त्यसैले तुरुन्त सबै स्टेटका शिक्षा मन्त्रीहरु बसेर कानुन परिमार्जन गरी डा. लेख्न पाउने पारित भएपछि उनी जेल जानु परेन तर उनले त्यस पछि आफ्नो नेम प्लेट बाट डा. हटाएका छन भनेर पढेको थिएं ।