May 17, 2008

गजल- खप्परै अभागी

खप्परै अभागी रछ भयो पिरै पिर
तडपाएर राख्नु भन्दा बरु मुटु चिर

आङ कनाई छारो उडायौ गाउ चारी
दुनियाँले कुरा काटे झुक्यो अब शिर

मायामा सन्का कहाँबाट पसायौ तिम्ले
साउन भदौ बगेर जिबन भो भिर

मनै भ्रान्ती भाको'छ शान्ती कहा पाउनु
तिमी सित भेटे देखी छैन मन थिर

फुल्छ्यौ भन्ने लाग्याथ्यो,मन खोल्दिए
तिमी दुखयौ सधैं भरी यही मुटु निर

हप्ता हंगामा - माओबादी आतंककारी कि सरकारी

नेपालमा भर्खर भएको संबिधान सभाको चुनाबमा सबभन्दा बढी मत ल्याएको नेकपा माओबादी सरकारमा जान खुट्टा उचालिरहेको छ। संबिधान बनाउनको लागी गरिएको चुनाब भए पनि हार्नेहरुले सरकारबाट भकाभक खुट्टा खसाल्दैछन। सबै जोगी मरे पछि माओबादीको खप्पर भरिने पक्का छ।
जंगलबाट शहरमा मंगल गर्ने पुगेका माओबादी संबिधान माथी पुगेका छन। जंगलमा हुंदा त तिनीहरुलाइ संबिधान लाग्दैनथ्यो नै अहिले त संबिधान बनेकै छैन तिनलाइ के को संबिधान। चुनाबमै ठुलो दल भएता पनि भुट्ने र लुट्ने काम जारी नै राखेका छन। बन्दुक जती सबै कन्टामेन्टमा थन्केकोले छापामारलाइ वाइ.सि.यालमा परिणत गरी गाउ,शहरमा छोडिएको छ। चुनावको असार सकिएकोले असार पछिको गोरु जस्तै वाइ.सि.याल सिगौंरी खेल्दै हिडेका छन। यसरी सहर,सडक र सदन कब्जा गर्ने रोड म्याप माओबादीले तयार पारेका छ।
बिगतमा लुटेको धनहरु बिभिन्न ठाउमा लुकाएको मध्य १७ लाख कोटेश्वरमा बस्ने माओबादी ब्रिगेड कमान्डर केशब अधीकारीको खल्तीमा सुरक्षित राखिएको रहेछ। तर अचानक पाकेट मारएपछि आफ्नै घरबेटी रामहरी श्रेष्ठलाइ अपहरण गरेर पुरानै शैलिमा मारेछन। पैसा हराएको सांचो पनि हुन सक्छ या जनता ठग्ने एउटा बहाना पनि हुन सक्छ तर मान्छेको हत्या भएको चांही पक्का हो। यसरी माओबादीको खातामा १५०१ मान्छे पुगे भने पुन अर्को घरको खुशि लुटियो। माओबादीबाट यस्ता हत्या दिन दिनै हुने गरे पनि राजधानीमै यस्तो घटना घटाइए पछि यो हत्या काण्डले ठुलो रुप लिएको छ।काठमान्डौमा बिभिन्न ठाउमा प्रदशन गरिएका छन भने थुप्रै पसल बन्द छन। माओबादी शुभचिन्तक हत्या भएको भन्दा पनि अब माओबादीलाइ सरकारमा जान अप्ठ्यारो पर्ने भो भनेर पिरोलिएका छन। उता बोद्धिक बर्ग भने कुकुरको पुछ्छर जस्ता माओबादी सरकारमा पुगेर जंगलकै पारा निकालेर कती सकस कटाउने हुन चिन्तीत भएका छन। अब माओबादीले सरकारी र आतंककारी दुबैको ट्याग पाउने भएका छन।