December 30, 2007

नया बर्षको प्रण

२००७ ले बिदा लिएर २००८ आउन लाग्यो। प्रत्यक बर्षमा दु:खका कुरा पनि हुन्छन, सुखका कुरा पनि हुन्छन, कति मुर्ख काम पनि गरिन्छ कति असल काम पनि गरिन्छ। हामी सब भन्दा बिकसित जनाबर भए पनि कहिले काहि हाम्रा नजिका पुर्खाको बानि ब्यहोरा पनि झुल्किहाल्छ।
सबभन्दा खुसी त यो सालले हामीलाइ दौतरीमा बाध्यो। यो एउटा असल सामाजिक अभ्यास जस्तो लाग्छ। सबै मिलेर यसलाइ निरन्तरता दिदैं जाउ ताकी दौतरी बर्षौ बर्ष स्पष्ट तथा सही बिचार राख्ने थलो होस।
नया बर्ष संगै नया बर्षको प्रण गर्ने बहाना पनि धेरैलाइ मिल्छ। करिब करिब सबै मिडियामा नया बर्षको झिलिमिलि र कस्ले के प्रण गरे यस्तै यस्तै छाइराखेको हुन्छ। प्रण गर्नु निस्च्य नै राम्रो हो, यस्ले जिबनलाइ नया बाटोमा डोर्याउछ। प्राय प्राय सबैले नया बर्षको प्रण गर्छन तर तथ्याकंमा ४०% मात्रैले आफ्नो प्रणमा राख्न सफल हुन्छन, ल भन्नुहोस त तपाइ ४० मा पर्नु भो कि ६० मा?
चुरोट महंगो तर धुवा मात्र, तान्यो उडायो कता हो कता, सास गनाउने फेरि स्वस्थ्यलाइ त्यस्तै हानी। यसो सोंचें के काम यस्को? २००७ मा छोड्ने प्रण गरे। सायद नया बर्षको पहिलो प्रण हो यो मेरो। गज्जब भयो, ठ्याक्कै एक बर्ष भएछ चुरोट नछोएको। फेरी नया साल आएको छ, प्रणको बहाना लिएर।
तपाइ पनि नया बर्षको प्रण गर्नुहोस, नया बर्षको धेरै धेरै शुभकामना।