February 13, 2009

गाउँखाने कथा - ३ (Nepali Gau Khane Katha)

अपडेट: गाउं गाउँखाने को उत्तर हो कुकुर। यो कथा पहिलो पटक मिलाउने हुनुहुन्छ बसन्त जी। उत्तर मिलाउने तथा उत्तर दिने सबैलाइ धन्यबाद। अब गाउं माग्ने पालो बसन्त जी को। तातोपानि गाउं लुना जीले लगीसक्नु भयो। कुन माग्ने बिचार छ त?
अगाडी शंख, पछाडी पंख के हो?


भन्ने ठान ( प्रणय दवस बिशेष)

प्रबिण थापा

भन्ने ठान छैटौउमा, यस्तै लेख्या रहिछ
खुशी पाउने दोबाटोलाई,काँडेतारले छेक्या रहिछ

जे जे पर्छ आफ्नो भागमा, भोग्दै जानु पर्ने
दु:खै दु:ख पाउन भनी, हामीलाई हेप्या रहिछ

खुशी कहिल्यै आएन, चोटै चोटले सताइरह्यो
हाम्रो माया प्रितीलाई नै, संकटले चेप्या रहिछ

भलो चाहन्थ्यौ संसारकै, राम्रो होओस भनी
पबित्र यि आत्माभित्र, कस्तो खोट देख्या रहिछ

ईश्र्या गरे भगवानले , कहाँ जानु शरण लिन
ममताको धरातलमा, कठोरताले टेक्या रहिछ


भ्यालेन्टाइन डे, गुलाबी अभियान र “मानवता“को संकट: सन्दर्भ भारत

हालैमा छिमेकि देश भारतमा अचम्म अचम्मका घटनाहरु भइरहेका छन । हुन त अपराध र असमनाताको पर्यायबाचि हो भारत र यसको विषयमा कुरा गर्दा हामीले सामान्यतया नरुचाइएको मुलुक भएकोले पनि झट्ट अनावश्यक विषयवस्तु जस्तो लाग्न सक्छ तर विर्सन नहुने वास्तविकता के हो भने भारतमा हुने सकारात्मक भन्दा नकारात्मक कार्यहरु नेपालमा छिटो आइपुग्छन र हामी यसबाट कहिल्यै अछुतो रहन सक्दैनौं । मैले जान्दासम्म पनि पकेटमार भन्ने शब्द हाम्रो देशका सिमावर्ती शहरहरुमा बाहेक पहाडका वा मध्य भागका शहर बजारमा सुन्न वा भोग्न पाइन्थेन । सिधा भन्दा पोखरा बस्ने मान्छेले भैरहवा बुटवलतिर त पकेटमार हुन्छन रे जेब काटिन्छ रे भन्ने “दन्त्य कथा” सुनिन्थ्यो । त्यस्तै दाइजोको मोल मोलाईको विकृति पनि भारत हुदै तराई मार्फत नेपाल भित्र “डिफ्युजन”को क्रममा छ । अनि अहिले नेपालमा भइरहेको अपहरण, फिरौती र अहिले पुलिसद्वारा प्रयोगमा ल्याइन लागेको “इनकाउन्टर” शैली पनि दक्षिणतिरबाट नै देश भित्र “डिफ्युज” भएको हो । यसै सन्दर्भमा मैले गर्न लागेको कुरा स्वतन्त्रा चाहने र भारतिय समाजमा आंफुलाई समाजका ठेकेदार भनाउन चाहनेहरुको बिचको “भ्यालेन्टाइन डे”को अवसरमा हुन लागेको “भिडन्त” र पृष्ठभुमीमा सेलाइरहेका संवेदनहीन अपराधहरुको हो ।

केहि हप्ता अगाडि भारतको मंगलौर शहरमा पबमा रमाइरहेका “आधुनिक” युवतिहरु माथि दक्षिणपन्थि धार्मिक संगठन श्रिराम सेनाका कार्यकर्ताहरुले आक्रमण एवं अश्लिल अभद्र व्यवहार गरेका थिए जुन कुरा भारतमा अहिलेसम्म पनि तातो बहसको रुपमा नै छ । त्यति मात्रै नभएर उक्त संगठनले पुरुष साथिसंग हिड्ने केटिहरुलाई अभद्र व्यवहार गर्ने र धम्क्याउने जस्ता व्यवहार गरेका र एक घटनामा एक किशोरीले आत्महत्या नै गरेकि छन । अहिले यो विवाद भ्यालेन्टाइन डेसंग आएर जोडिएको छ । जसमा आंफुलाई “खुला विचारका र पब जाने महिलाहरु” भनाउने स्वतस्फुर्त समुह र परंपरालाई मान्ने भन्नेहरुका बिच “गुलाबी चड्ढी” र “गुलाबी कण्डम” अभियानका नामले चर्चित छ । खुला बिचारवाला महिलाहरुले देश एवं विदेश भरिबाट “गुलाबी चड्ढी” जम्मा गरेर श्रिराम सेनाका प्रमुखलाई उपहार पठाउंदैछन भने श्रिराम सेनाले ति महिलाहरुका नेतृहरुलाई आफ्नो संस्कारको प्रतिक स्वरुप गुलाबी सारी उपहार पठाउंदैछन । त्यति मात्रै हैन भ्यालेन्टाइन डेमा भेटिने जो सुकै जोडिको तुरन्त विवाह गराइदिने घोषणा श्रिराम सेनाले गरेको छ , त्यसकालागि त्यस दिन उनिहरु मंगलसुत्र र सिंदुर सहित वकिललाई साथ लिएर पब, रेस्टुरेन्ट वा पार्क पार्कमा घुम्नेछन । अर्कोतिर ती महिलाहरुलाई चरित्रहिन र समाजका विकृति भन्ने “शिक्षित” भनाउंदाहरु पनि ति महिलाहरुलाई देश विदेशबाट गुलाबी कण्डम उपहार पठाउंदैछन । यस सम्वन्धी बी बी सीको न्युज, आक्रमणको भिडियो र अभियानकर्ताहरुका प्रोफाइल तलका लिंकहरुबाट हेर्न सकिन्छ :

http://news.bbc.co.uk/2/hi/south_asia/7880377.stm

http://thepinkchaddicampaign.blogspot.com/

http://thepinkcondomcampaign.blogspot.com/

यी सबै अभियान वा खुला समाज वा संस्कारको दुहाई दिन दिनै बढे पनि र बु्द्ध आफ्नो देशमा जन्मेको भनेर झुटो बोल्दै हिडे पनि भारत अझै पनि महिलाहरुको लागि नर्क बराबर छ भन्ने कुरा त्यहां प्रत्येक ६ मिनेटमा एकजना महिला बलात्कृत हुने र दिनमा दर्जनौं महिलाहरु दाइजोको निहूंमा हत्या गरिने तथ्यले देखाउंछ । त्यति मात्रै नभएर महिनामा सरदर एक भन्दा बढि विदेशी पर्यटकहरु बलात्कारका शिकार हुन्छन र त्यसमा पहुचवालाहरुको संलग्नताको धेरै पटक खुलासा भइसकेको छ । केहि दिन अघि मात्र नया दिल्लीको कनाट प्लेसमा गत सेप्टेम्बर देखि डिसेम्बर सम्म भइरहेको लगातारको डरलाग्दो सिरियल रेप केसको खुलासा भयो जसमा टेम्पो चालकले युवति यात्रुलाई व्यस्त कनाट प्लेसवाट ट्राफिक जामको वहाना गरी सुनसान स्थानमा लिएर जाने अनि रड प्रहार गरी घाइते बनाए पछि लुटपाट गर्ने र बलात्कार गरी छाडेर जाने गरेका रहेछन । त्यस कार्यमा २ जना टेम्पो चालकहरुको संलग्नता रहेको र ३ महिनामा कैयौं पटक यो सिलसिला चलेको र कम से कम ८ जना युवतिहरु यसको शिकार भएको खुलासा भएको छ । अपराधको ब्रम्हाण्ड भारतका यस्ता विकृतिहरु हाम्रो देशमा आइपुग्न धेरै समय लाग्दैन, त्यसैले यस्ता कुराहरुमा अहिले देखि नै ध्यान दिन जरुरी छ । त्यति मात्रै हैन मेरो यो बेतुकको गन्थनको कमसे दुइ चार जनालाई भए पनि भारत भ्रमण गर्दा सजग गराउला भन्ने आशय हो ।


साहासिको एउटा परिचय

बिजय कुमार श्रेष्ठ
-हाल ईराक

विश्व सामु नमुना साबित हुनु भएको छ अमेरिकाको नव निर्बाचित राष्ट्रपति बराक ओबामा । विश्वको सामु एउटा नया उदाहरण भएर विश्व सामु उदाउनु भएको छ । गोरा जातिको शासन थिचो मिचोलाई सहेर आफनो प्रतिभा देखाउन कहिले पनि पछि हट्नु भएन । सफल हुनको लागि अनेक बाधा ब्याबधान अड्चनहरुसँग सामना गर्नुलाई नै साहासी पाईलाको पहिलो पहिचान हो रहेछ भनेर पनि आज हाम्रो सामु छर्लङ्ग पार्न सफल हुनु भएको छ । त्यो दिनलाई सम्झदा उहाँले पनि सोच्नु भएको थिएन होला आज संसारको हिरो बन्न सफल हुन्छु भनेर । उहाँको एउटै मन्त्र थियो, जहिले पनि जहाँ गए पनि सबैलाई भन्ने गर्नु हुन्थ्यो यो शब्द ‘प्रयास गरे नहुने भन्ने कुरा केहि छैन यो संसारमा’ । त्यहि मन्त्रले आज उहाँलाई बिश्व सामु चिनाउन सफल भएको छ ।

यो तस्विरलाई हेर्नु होला । यो मानिस को होला भनेर आफैले अन्दाज लगाउनु होला । अमेरिका जस्तो विश्वको शक्तिशाली देशमा बाहिरबाट माईग्रेट भएर आएको मानिसले राजनिती क्षेत्रलाई लिएर जनताको सेवा गर्छु भन्न पनि सपनाको कुरा जस्तो हुन आउँछ । त्यसमा पनि काला जातिको थिचो मिचो भएको मुलुकमा त्यती सजिलो थिएन । आफनो विगतलाई सम्झदा अहिले कहाली लागेर आउछ उहाँलाई पनि । आफनो पुर्खाको बाटो कहिले भुल्नु भएन । संघर्ष गरि रहनु भयो आफनो क्षमताले भ्याएसम्म बैचारिक युद्धमा लागि परेर लाग्नु भयो । आफनो दुख जस्तै हो देश बासिको दुख । जसरि नै देशमा भएका देशबासिको दुखलाई आफनो सम्झेर सेवा भावनामा लाग्नु भयो । मानिसको बोली नै गोली हुन्छ भन्ने आसय उहाँलाई राम्रोसँग ज्ञान थियो । कहिले पनि कसैको मन दुखाउने किसिमको तुच्छ बचन झुक्केर पनि बाहिर निकाल्नु भएन । अन्याय र शोषण पिडनको पछि लाग्नु भयो । आफनो नजरले देखेको र आफनो क्षमताले भ्याएको अन्याय शोषण र पीडनको विषयमा दिलो ज्यान दिएर सत्य र असत्यको छिनो फानो गरेर निचोड निकाल्ने गर्ने गर्नु हुन्थ्यो । आफुलाई चिन्ने र देख्ने मानिसलाई यो मान्छेसँग फेरी कहाँ भेटिएला भन्ने पारेर मन लोभ्याई दिनु हुन्थ्यो आफनो मिठास बोलीको सहाराले। हुन त के थियो उहाँको ति मधुर स्वरमा एक पल्ट भेटेर उहाँको मधुर बचनहरु सुन्ने बितिकै मानिसहरु आर्कषित हुने गर्दथे रे । यो पनि उहाँमा भएको मधुरताको शक्ति नै मान्नु पर्ने हुन्छ । मानिसको जिवनमा नसकिने भन्ने कुरा हुदैन भनेर उहाँको पुर्खाले सिकाएको थियो । अत्याचार र शोषणले सिमा नाघेर असह्य भएर बसेका अमेरिकी नागरिकलाई केहि हदसम्म राहात पुर्‍याउन सफल व्याक्ति हुनु हुन्थ्यो विलक्षण प्रतिभाशाली अब्राहमलिङकन । उहाँले आफना जातिमा भएको अन्याय, शोषण र अत्याचारको चरम बिन्दु नाघेको देखेर बैचारिक द्वन्द सुरु गर्नु भएको थियो र पछि आफुले समातेर हिडेको बाटोमा सफल भएर छाड्नु भयो । बिश्वको शक्तिशाली देशको राष्ट्रपति हुनु भयो । देशमा केहि परिवर्तनको सिमा स्थम्भहरुको जग बसालेर संसारलाई एउटा नयाँ सन्देश छाडेर जानु भएको थियो । अहिले त्यसैको अनुसरण गरेर आउनु भएको छ अमेरिकाको ४४औं राष्ट्रपति ओबामा । आज संसारको हिरो बन्न सफल हुनु भएको छ ।
साधारण सिकर्मीले बनाएको काठको कुर्सिमा बस्ने व्याक्ति आज उहाँलाई

आफनो लगनशिलता, दृढ बिचार, कर्तव्य परायणताले गर्दा संसारलाई औलाको भरमा नचाउनलाई साथ दिएको छ । यो कुर्सीको बसाईले आज उहाँ संसारमा हाई हाईको पात्र बन्ने सफल व्याक्ति हुनु भएको छ ।

परिर्वतन गर्न सजिलो छैन । अनेक र अनेकताको बाधाँ ब्याबधान र अड्चनलाई सिरो धार्य गरेर अप्ठयाराहरुलाई रिसमा होईन मायामा परिणत गरेर मात्र त्यसलाई निराकरण गर्न कुनै पनि प्राणी सफल बन्न सक्छ भन्ने मन्त्र लिनु भएको छ ।आजको नौलो युगान्तकारी युगलाई यो उहाँको पहिलो पाठ हो । के उहाँले बन्दुक उठाउनु पर्‍यो त?, कसैसँग लडाई झगडा गर्नु पर् यो त ?, के उहाँसँग मनग्य रुपैयाँ थियो त?,  केवल उहाँ एउटा गरिब परिवारको सदस्य हुनु हुन्थ्यो । हुन त संघर्षमा बन्दुकको पनि हात हुन जान्छ । त्यो क्षणिकको लागी हो तर टिकाउ हुन्छ भन्ने छैन । किन कि त्यसमा अहमताको जलन हुन्छ र समयको रफतारलाई सिरो धार्य गर्न सक्ने क्षमताको कमि हुन जान्छ र आफसे आफ पतनको विन्दुमा परिणत हुन बाध्य पर्छ । यो कुराको पनि केहि उदाहरण ताजा नै पाउन सफल भएका छौ हामीले अहिलेको नयाँ र नौलो युगान्तकारी युगमा । त्यसको लागी पनि विश्वको सामराज्यबादको निती लिएको मुलुकलाई नै हेरौ जस्तै ईराक, अफगानीस्थान सिहको गर्जाईलाई लिएर एकै पटकमा सिध्याई दिन्छु भनेर झम्टीनेहरुको हबिगत देख्दै आएका छौ । यो एउटा पट्काई र तर्साईको उदाहरणलाई लिन सकिन्छ । बिश्वको शक्तिशालि राष्ट्रलाई आज आर्थिक मन्दिको चपेटाले पिरोलिरहेको छ । लाखौ मान्छेहरुमा बिहान बेलुकीको हात मुख जोर्ने बिकराल समस्याले आर्थिक बिचलन भोग्नु बाध्य पर्न गई रहेका छन् । आज किन यो दिनको दसा-ग्रहले छुन गयो त केहि हदसम्म त हामीहरुले अड्कल काट्न त सकिन्छ जस्तो मलाई लाग्दछ ।

हिजो यस्तो ठाउँबाट संघर्ष, त्याग, तपस्या र बलिदानको आहुतीलाई पार गर्दै आज देश निमार्णको खम्बाको रुपमा उभ्याईदिएको छ । त्यसैले गर्दा मलाई पनि केही कुरा लेख्न मन लागेर आयो । अधम्य शाहस बोकेर जनताले हातमा हात मिलाएर परिवर्तन गराउनेको मुल ढोकामा उभ्याई दिएकाहरुको वृतान्त पोख्न गई रहेको छु । देशमा अन्याय र अत्याचारले सिमा नाघेकोले नेपाली जनता एक जुट भएर जंगलबाट सदनको हकदारमा पुर् याई दिएको छ । त्यो कस्ले पुर्‍यायो भन्ने कुरा सोच्नु भएको होला नी त आफनो दृढ बिचारलाई कसरि सदुपयोग गर्नु पर्छ भन्ने कुराको ज्ञान त होला नी त, न कि जनताले फेरी जहाँबाट आयो त्यही बाटो फर्काउन बाध्य हुन नपरोस् । सत्ता पायो हामीलाई पुगी हाल्यो भन्ने कहिले पनि सोच्ने काम नगर्नु होला । आफुले जनतालाई के भनेर आश्वासन दिएको थियो । त्यसलाई लत्याउने नगर्नु । मियो बिनाको दाही हुन गई रहेको छ अहिले सत्ताको खेल । त्यसको लागी पनि जिम्मेदार पदमा बस्ने व्यक्तिले राम्रोसँग बुझेर काम गर्नु पर् यो । सहकार्यमा अघि बढ्ने भनेर साझा सहमतिमा सरकारमा बस्ने जसले जे मन लाग्यो त्यही बोल्ने जे मन लाग्यो त्यही गर्ने प्रबृदिलाई निर्मुल पार्नु पर् यो । एउटा राष्ट्र अध्यक्षको हैसिएतले गर्नु पर्ने कार्य हुन सकि रहेको छैन । बोल्नु र गर्नुमा धेरै अन्तर हुन्छ भन्ने कुराको ज्ञान यो अबधिमा आएर केहि हदसम्म ज्ञान हासिल त गर्नु भयो होला । शासन शत्ता चलाउनु भनेकॊ क्रान्तिको दौढ भन्दा फरक नपर्ला जस्तो लाग्दछ । त्यसैले राम्रोसँग बुझेर जनताको आकांक्षा के हो बुझेर र बुझन लगाएर मात्र शासन सन्चालनमा अघि बढ्नु पर्ने हुन्छ, न कि राष्ट्र भनेको पाठशाला होईन । दाही गर्दा जसरि मियोको ठुलो भुमीका हुन्छ त्यसै गरि राष्ट्र सन्चालनमा राष्ट्र अध्यक्षको त्यति कै भुमिका निर्बाह गनु पर्ने हुन्छ । सफल हुनको लागी सफल व्याक्तिको नै सिको लिनु पर्ने अत्यन्त जरुरि हुन जान्छ । त्यसैले मैले माथि केहि अंश देखाउन खोजेको मात्र हु ।

एउटा देशका प्रमुख भए पछि आफुले पाएको जिम्मेवारीहरु पनि निराकरण गर्न सक्ने क्षमताको कमी हुनु हुन्न र आफना मातहतमा भएकाहरुलाई पनि आश्वासन दिन र तार्किक रुपमा सत्ताको बागडोर समाल्न सल्लाह सुझाब दिन ठुलो आवश्यकता हुन्छ । म एउटा नेपाल राष्ट्रको राष्ट्र प्रमुख हु भन्ने आत्मा विश्वास आफुले जनता सामु जागरुक भएर देखाउन सक्नु पर्छ न कि म एउटा पार्टिले मात्र चुनेर पठाएको भनेर सम्झने बानि छाड्नु पर्छ । देश सन्चालनमा अधिकार दिएको व्याक्तिलाई निसंकुच तरिकाबाट शासन सन्चालन गर्न पाउने बातावरणको दाहित्व बहन गराई दिनु पर्ने हुन्छ न कि त्यो सत्ता निरंकुसताको आभाषबाट मुक्त होस् ।

हाम्रो देश नेपाल भनेर चिनाउने पुर्खालाई बिर्सन थालेका छन् । पुर्खाले जन्माएको सास्कृतिलाई पाखा लगाउन सफल भएका छन् । नेपाल नरहे नेपाली रहन्न भनेर देशको लागी आफनो जिउ, ज्यानको पर्वाह नगरी आफुलाई आहुती दिएर नेपालको नाम संसार भर चम्काउन सफल ति सहिदलाई बिटुलो भयो भनेर भन्ने सानो संकुचन मन लिने मानिसहरुको पैदा भएको छ यो देशमा । आज नेपाली भनेर कसले चिनाउन सफल भयो त ?। सामराज्यबादको नितीलाई कसले बिफल पारे त के याद छ ति अहिलेका नेता भनाउदाहरुलाई?, भएका ती पुर्खाले बनाएका भग्नाबशेषहरुलाई सम्हार र परिमार्जित गर्नु त कता हो कता झन भत्काएर नासेर नयाँ बनाउने रे त्यो नयाँ भनेको कस्तो हो । भएकोलाई बिगारेर फेरि त्यस्तै बनाउने कामलाई नयाँ भन्ने हो कि कसैले नगरेको काम गरेर देखाउनॆ कामलाई नयाँ भन्ने हो । नेपाल भनेर विश्व सामु नाम निशाना मेटिन्छ कि भनेर हाम्रा ति बिर शहिदहरुले गोलीको उत्तर ढुङ्गा र दाउराले दिएर आफनो स्वाभिमानलाई उच्च राखेको कुरा आज ति नेता भनाउदाहरुले कति छिटो बिर्सीसकेछन् । हाम्रो नेपालीमा पुर्खाले बनाएको उखान छ नि ‘कि त देखेर जान्नु, कि गरेर जान्नु, कि त पढेर जान्नु, कि त भनेको मान्नु’ यि उक्तीलाई मान्न छाडेर कस्तो नयाँ नौला कुराको सृजना गर्ने हो । आज विश्वको शक्तिशाली देशको नयाँ राष्ट्रपतिले पनि म नयाँ कुराको थालनी गर्छु पुर्खाको कुनै पनि कुरालाई मान्यता दिन्न भनेर लागेको भए आज त्यो शिखर चुम्न सफल हुन सक्थे त?, चौध आंचल पचहत्तर जिल्ला भई रहेकोलाई कहिले आठ सय जिल्ला बनाउनु पर्छ भन्ने कहिले सारा नेपालीले बन्दुक बोक्नु पर्छ भन्ने के हो यस्तो आसय हाम्रा नेता भनाउदाहरुको दिमाखमा के चडेको छ ?। आफु नै देशको कार्यभार समालेर देशको सर्बेसर्बाह भएर बिस्तारबाद र बिखण्डनबादले जरा गाडेको छ भनेर भनि जनतालाई त्रासको बाताबरण देखाउने । कहिले देश कब्जा गर्छौ भनेर तिक्तता पोख्ने । लडाई लड्नु नै सबैभन्दा ठुलो उपलब्धि सम्झनेहरुसँग कस्को के लाग्छ । अर्को उपाय छैन यो नयाँ नेपालमा के हामीलाई सधै लडाई रहने जनताले सधैभरी लडि रहने के साधारण जनतालाई लड्नु भन्दा अरु काम गर्ने बाटो देखाउन सक्ने बुद्धि छैन । नेपाली जनताले बलिदान दिएको अहिले मात्र हो के शहिद भएको अहिले मात्रै हो । यो देशको नामाकरण कस्ले राखिदियो के देशको नाम उच्च राख्ने व्याक्ति शहिदको दर्जाबाट बिमुख हुने यो नयाँ नेपालमा बिर पुर्खाहरुको स्थान छैन । नेपाली जनताले परिवर्तनहरु धेरै देखेका थियो तियो परिवर्तनले असईय भएर नयाँ नौलो परिवर्तनको खाकाकोर्नलाई क्रान्तिकारीको नारा बोकेका पार्टिलाई जंगलबाट सदनमा र सदनबाट शासनसत्ताको बागढोरको हकदार बनाउन सफल भएका छन् । किन आज यहाँसम्म पुर् याई दिएको भन्ने कुरा त राम्रोसँग बुझनुभएकै होला ।

हिजो त्यस्तो परिस्थितीबाट आज यस्तो परिस्थितीमा कस्ले ल्याई पुर् याई दियो त । अहिले देशमा देशनिर्माणको चाबि क्रान्तिकारी पार्टिको हातमा जनताले सुम्पिदिएको छ । बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएका नेपाली जनतालाई सुखको सास फेरि दिन्छ भन्ने आशाले आज यो दिन देखाई दिएको छ । त्यसैले देशमा नयाँ नौलो परिवर्तनको सृजना गर्ने भन्ने झन पुरानै कुरालाई प्रसय दिन खोज्ने प्रबिद्धिले प्राथमिकता नपाओस । पहिलाको सरकार चलाउनेले गरेका काम कार्बाहीलाई मध्य नजर राखेर त्यो कामको थालनी भएर किन अधुरो भए र कसरि त्यो परिस्थितीको सृजना भोग्नु पर् यो भन्ने कुराको निचोड निकालेर अधि बढ्नुलाईको सफलताको शिखर चुम्न सक्ने भनेर भन्न सकिन्छ । कुनै पनि मुलुकमा भएको कामलाई बिगारेर नयाँ रुप दिने परिपाटि यो सन्सारमा कहाँ चलेको छ । भएका र सृजना गरेका कामलाई परिमार्जित गरेर नयाँ रुप दिनुलाईको नयाँ सृजना भन्नु पर्ने हुन्छ । भत्काएर पुरै नयाँ बनाउनलाई फेरी त्यसको लागी आफुसँग मनग्य आर्थिक पनि हुन जरुरी छ । भन्ने बेला घाटि हेरि हाड निल्नु भन्ने ब्याबहारमा चाहि लागु नगर्ने त्यहिआर्थिक बिना पनि हामीले आफनो कार्यलाई अगाडि बढाउन असफल परि राखेका छौ । त्यसैले सरकारमा बस्ने मानिसले जता पायो तेतै जंगली भाषण छाट्ने बानीलाई छाड्नु पर् यो । राम्रोसँग बुझेर सत्य तथ्यलाई अंगालेर शिलशिला बध्द तरिकालाई अप्नाएर बिकास निर्माणको कार्यमा हात हाल्नु पर् यो । बोल्न पायो भन्दै जथाभावी बोल्न हुने नहुने राम्रोसँग सोच्ने बानि राख्नु पर् यो । केबल एउटा पार्टिको लागि मात्र प्रधानमन्त्रिमन्त्रि बनाएर पठाएको होईन । नेपाली जनताको लागि जुन सुकै कुरामा बिचार बिर्मश गर्दा सामुहिक तवर तरिकाबाट म एउटा पार्टिको मात्र प्रधानमन्त्रिमन्त्रि होईन सिङ्गो नेपालको मन्त्रि हु भन्ने मनस्थिती लिएर हिड्नु पर् यो । साना तिना कुरालाई एक आपसमा सहमति गरेर मिलाउन सकिने कुरालाई सडकमा पुर् याउने बानि छाड्नु पर् यो । किन कि त्यो कुराहरुले गर्दा जनताको मनमा फेरि पनि त्रास नजगाओस । देशको जिम्मेदार पदमा बस्ने व्याक्तिको खोकाई पनि देशको कानुन हुने छ । त्यसैले जहाँ पायो जहिले पायो त्यहिले बोल्ने र पछि हामीले जानेका थिएनौ अनुभव थिएन भनेर भन्नु त्यो पदको दुरुपयोग गरेको र पदलाई बेवास्था गरको सम्झनु सिवाए अरु अपबाद हुने छैन । कुरो गर्दै जाने कसैले बिरोध गर् यो भने फिर्ता लिने अनि बिराए भन्ने के शासन सत्ता भनेको स्कुल हो । विधा हासिल गर्ने ठाउँ हो । विधी र विधानको कार्यनयन कसरि र कुन ठाउँमा प्रयोग गर्ने भन्ने कुराको पुर्ण रुपमा ज्ञान हासिल नभएसम्म तातो रिस देखाएर किनआफुलाई लाचारिको सँज्ञा दिन बाध्य बनाउने तर्फ लाग्ने । कुनै पनि पद ग्रहण गर्ने व्याक्तिले आत्मा आलोचना सहन नसक्ने भए किन राजनितिको बाटो अङ्गाल्ने देश र जनताको सेवा गर्छु भनेर किन तम्सने । नेपाली जनताले धेरै किसिमको युद्धहरुको नुन चाखि सकेका छन । अब कसैले पनि अपहरण लुटपाटडर धाक धम्कि र कब्जा गरि लिने भन्ने शब्द लिएर अधि बढ्छु भने त्यो अन्त्यको परि सुचन हो भनेर जान्नु सिवाए अरु केहि होईन । धमण्डि र अहमताको पर्दा पास पनि सारा दुनीयाले देख्दै आउनु भएको छ । विश्वको हिरो भनेर चिनिने मुलुकका शासकलाई अन्यायको बिरुध्द जुत्ता पुरस्कार स्वोरुप बसा्रउन थालेको खवरहरु हामीले ताजा नै पढ्न र हेर्न पाएका छोै त्यो घटना हाम्रा शासकहरुले पनि बुझनु भएका होलान् । हामीलाई केही गर्न दिएन भनेर पन्छन खोज्नु पनि लाचारी हुन जान्छ । के कहिले खोजेको छ त किन गर्न दिएन र के कारणले हामीलाई रोकेका छन भनेर त्यसको जडको निरिक्षण गर्ने समस्याको समाधान पत्ता लगाउने कामको प्रार्दुभाव गरेका छन । हरेक काम कुरामा प्रश्न बाचक चिन्ह खडा गर्न सिकेका छन् त हाम्रा नेताहरुले कहिले हिजो जे थियो आज त्यही नै छ अनि के चाहि नयाँ भयो त । जवसम्म शासन सत्तामा बस्नेले कसैले गल्ती गरेको खण्डका किन भयो र कसरि भयो भन्ने कुराको खोजी गर्ने कानुन लागु गर्दैनन तबसम्म यो देशमा परिवर्तनको कुनै नयाँ पाठ सिक्न पाउने छैन । केवल मुहार परिवर्तन हुने मात्रै हो ।

देशको परिवर्तनको खाका कोर्नलाई अघि बढ्ने हो भने काठमाडौबाट होईन कर्णाली डोटिअछामका परिभेषलाई मध्य नजर राखेर अघि बडेमा मात्र नयाँ नेपालको खाकाको सचित्र कोर्न सकिन्छ । हामी नेपाली जनतालाई आफनो मौलीक हक अधिकारको सदुपयोग गरेर स्वातन्त्रसँग बाच्न पाउने अधिकारको समुचित वातावरण सृजना गराई दियोस भन्ने सारा नेपालीको कामना छ । अर्को कुरा नयाँ नेपालले दिने नयाँ सविधानमा न्याय र निसावको कडा भन्दा कडा कानुन बनाईयोस् । न कि अपराध गर्नेले कसैको प्रसयमा बाच्न ढाँक छोप गरेर गरेको अपराधबाट बच्न नपाओस् । कानुन भनेको पहिला देशको प्रमुख व्याक्तिलाई लागोस उसले गरेका देश बिरुध्दको तानाशाहि निरंकुश प्रबृध्दि थिचो मिचो लापरबाहि गरेको खण्डमा सर्बश्व सहित हरणको ब्यावस्थाको कानुनी दफामा उल्लेख गरियोस् । न कि यो दफाले अरु तल्लो दर्जाका व्याक्तिलाई सर्तककता दियोस् । बैदेशिक रोजगारलाई सर्ब सुलभ र सुनिश्चित तवरबाट ऐन नियम बनाई दियोस् । देशमा एन।आर।एनले जसरी देशको लागी रेमीटान्स भित्राएको छ त्यसै गरि बिदेशमा भएका नेपालीहरुको लागी देशले बलियो ऐन कानुनको दफामा लागु गरि दियोस् । अपराध कसरि हुन गयो र किन गरे अनि कसरी अपराध गर्न सफल भए भन्ने कुराको ठोस प्रमाण पत्ता लगाउन सक्ने कानूनमा प्रश्न चिन्हको दफामा उल्लेख गराउनु पर् यो ।नेपाली जनताको बलिदानलाई केवल भाषणमा मात्र सिमीत राख्ने बानिलाई हटाएर बोल्यो कि पोल्यो भन्ने उक्तिलाई मनन् गरेर जनतालाई नयाँ र नौला अनुभुतीको परिवर्तन गरेर देखाई दियोस् ।अनि मात्र देश निर्माणमा ठुलो परिवर्तन आउन सक्छ भन्ने मेरो यो नेपाली नागरिक भएको नाताले संविधान निर्माणको लागि सुझाब । अनि मात्र नेपाली जनताले नयाँ र नौलो परिवर्तनको तिर्खा मेटाउने मौका पाउने छन् ।