January 4, 2008

नेपाली कामदारको ज्यान - ५ हजारले सम्मान

मानबताको मुल्य कम हुने देशमा नेपाल अग्रपंतीमा पर्छ। कम के, मुल्य नै छैन भने पनि हुन्छ । त्यही देशमा लोकतन्त्रको खोल छ फेरी। अझै संघीय लोकतन्त्र रे, ७ दलको साझा संघ होला। गाडीले मान्छे किच्यो,ब्याक गर्यो मार्यो। माओबादीले मान्छे मार्यो फेरी यस्तो हुदैन भन्छन,भन्दाकै भोली पल्ट मान्छे मार्छन।
रोग,ब्यथा लागेर औषधीको अभाबमा त कति मर्छन मर्छन। अनि एन.जि.यो, आइ.एन.जि.यो को नाटक मन्चन हुन्छ, डलर पचायो,सक्कियो। जनतालाइ न लोकतन्त्र न एन.जि.यो। नेपाली सधै बिदेशी रोजगारमा भर पर्नु परेको छ। जनता मात्र किन देशनै अहिले बिदेशी रेमिट्यान्सबाट मात्र चलेको छ। खाडी मुलुकमा मान्छे मरे भनेर श्रम मन्त्रालयको अनुमती बिना प्लेनमा चढ्न पनि पाइन्न। कसरी पुग्छन त इराक र अफगानिस्तानमा नेपाली? प्लेन नचढी पंखा हालेर त पक्कै पुग्दैनन त्याहां ?एक दिनमा २ जना नेपाली मर्छन बिदेशमा। के हेरेर अनुमती दिन्छ श्रम मन्त्रालय ले? सब घुसको चक्कर! श्रमको अनुमती भनेको त काम गर्ने र तिनका आसेपासेको कमाइ खाने थलो भएको छ। जनताका छोरा
ज्यानको बाजी राखेर अरब जान्छन, लोकतन्त्रका हिमायती नेपालमै घुसले अरब पल्टाउछन। बिदेश जानको अनुमतीको लागी तलब सहितको जागिरको पत्र,बिमा,स्वास्थ्य परिक्षण आदी चाहिन्छ। अनि उनिहरु आफै डाक्टर तोक्छन, आफै बिमा तोक्छन, आफै अनुमती दिन्छन। नक्कली डाक्टर,नक्कली बिमा,छाप चाही सक्कली। कसरी संभब छ त त्यो। श्रमको अनुमती लिने ठाउंमा प्रशस्त दलालहरु हुन्छन। तिनीहरुले सबै च्यानल मिलाएका हुन्छन। तिनै दलालले पैसा उठाएर सबैको भागमा पुर्याउछन,अनि नक्कली प्रमाणबाट सक्कली अनुमती आउंछ। जस्तो सुकै होस काम गर्ने ठाउं,अनुमती पाइहाल्छन त्यस पछि त कस्ले छेक्ने प्लेन चढ्न ?
तर यसरी सजिलै अनुमती पाउन ५ वटा गैडा दलाले हसुर्छन,यो हालसालको रेट हो। यसरी बुझाइएको पैसा डाक्टर देखी हाकीम सम्म पुग्छ। यो काम टिकाउन र खुसी पार्न हाकीम,बढा हाकिम, मन्त्री कोही अछुतो हुदैनन। फेरी बिदेशमा नेपाली मर्नेको संख्या बढ्छ अनि अर्को नाटक सुरु हुन्छ,नया नियम हुन्छ,घुस खाने अर्को उपाय निस्कन्छ। जनता मरेर त के भयो,खल्ती भरिहालियो क्यार ! दंग पर्छन ठेक्दार। के तपाइ बिदेशमा काम गरेर नेपाल जादै हुनुहुन्छ । त्यसो भए फर्कने बेलामा ५ हजार ठिक्क पार्नुहोस, नत्र जस्तै सक्कली कागज भए पनि प्लेन चढ्न पाउनुहुन्न।


ठण्डीमा इन्द्रेणी

गर्मीमा देखीने इन्द्रेणी जाडोमा देखीन कठीनै पर्छ। यसका धेरै बैज्ञानिक कारणहरु छन। नेपालमा भने यही पूष ३० गते बाट इन्द्रेणी लाग्दैछ। यो मिती घडी पलाको हिसाबबाट निक्लिएको भने होइन, यसलाइ साइत जुराउने हाम्रै ठुला पार्टीहरु हुन। अहिलेका पार्टी फुटेर, जुटेर र भुटेर सरकारमा छिरेको हुदा कुन ठुला कुन साना भन्न मिल्ने अबस्था त छैन तर हरेक पार्टीले आफुलाइ नं १ बताउछन। जस्ले जे फुके पनि नेताका भाषण र सरकारको कासनबाट पार्टीहरुको भेउ पाउन भने सकिन्छ। नेपाली कांग्रेस आफुलाइ ठुलो भनेर सधै गजक्क परेर बस्छ। बुढो सांडे झै आफ्नो बाटो समातेर छेउ छाउका बाच्छालाइ मिच्दै दाया बाया हेर्ने कुरो नै गर्दैन। पुषमा हुन लागेको आमसभामा काठमाण्डौ ओगटेर कांग्रेसले साढेपन देखाइहाल्यो। यस पटक एमालेले कसो कसो गरेर हेटौडा समातेछ। माओबादी कार्यकर्ता नपुग्ने भएर हो या किन हो धनगढी पुग्ने भएछ। सद्भभावना,नेमकिपा,जनमोर्चा र बाममोर्चाको भागमा भने क्रमश:भैरवा,नेपालगंज,जनकपुर र बिरगंज परेछन। लोकतन्त्रको ढोल पिटेर नेताको टिकोमा संबिधानको बागडोर समातेका नेताहरु यसरी जनताको दैलोमा पुग्नु राम्रै समाचार हो। यसले पार्टीहरुलाइ कमसेकम जनता अगाडी जान बाध्य त गराउछ। प्रजातन्त्रको नाममा भुडी भर्ने र जनताको घर फोर्ने मात्र भएको त छर्लगं नै छ। देशको समस्या ज्यु का त्युं छ अझ अरु धेरै समस्या थपिएर जनजिबन नै कस्टकर भएको छ। के यि सात आमसभामा जनताले ४६ साल जस्तो सहभागिता देखाउलान त ?त्यसबेला एउटा सुन्ना थपेर आमसभाको सहभागिता भन्ने गर्थे कतै यस पटक दुइटा सुन्ना थपेर भन्नु पर्ने अबस्था त नहोला?