February 5, 2011

चौथो नेपाली अन्तराष्ट्रिय भेला समिक्षा(4th International Nepalese Blogger Meet Report -with archive)

चौथो नेपाली अन्तराष्ट्रिय ब्लगर भेला फेब्ररी ८ मा सफलता पूर्बक सम्पन्न भयो। दौंतरी ब्लगमा भएको भेलामा करिब ४० जना ब्लगहरुले आफ्ना कुराहरु राख्नुभएको थियो। भेलाको सभापतित्व नेपालबाट उज्वल आचार्यले गर्नुभएको थियो भने भेलामा जापानबाट ध्रुब पन्थीले स्वागत मन्तव्य दिनुभएको थियो। भेलामा अमेरीकाबाट नबिन मालाकारले ब्लगको महत्वको बारेमा बोल्नुभएको थियो। भेलामा जापान देखी अमेरीकासम्म,अरब देखी अष्ट्रेलियासम्मका नेपाली ब्लगरले भाग लिनु भएको थियो।

सारा बिश्वका नेपाली ब्लगरलाई एकै समयमा एक घन्टा भित्र आफ्ना कुरा राख्न समय मिलाउनु र त्यसमा छलफल गर्नु निकै कठिन कार्य हो तर नेपाली ब्लगरहरूको सहयोगले एक घन्टामा सफलता पूर्बक भेला संचालन गर्ने कठिन कार्य पनि निकै सजिलो भएको थियो। भेलामा हरेक ब्लगरले आफ्नो परिचय,आफूले संचालने गर्ने ब्लग र आफूले किन ब्लगमा लेख्न थालेको जस्ता कुराहरु राख्नुभऐको थियो। भेलामा ब्लगमा कपि पेष्टलाई कसरी रोक्ने देखी ब्लगमा रिडरसिप कसरी बढाउने जस्ता कुरा राखिएको थियो। साथै बिभिन्न ब्लगरहरूले थुप्रै प्रश्न राख्नुभएको थियो जुन अनुभवी ब्लगरले त्यती छोटो सममा उत्तर दिन सक्दो प्रयास गर्नुभएको थियो। दौंतरीमा ६-६ महिना हुने ब्लगरभेला कायम राख्ने बाचा गर्दै आउने अगष्टमा पांचौ भेलाको लागी संपूर्ण ब्लगहरूलाई अग्रिम निमन्त्रणा दिन चाहान्छु। भेलामा कस्ता कुरा भए त्यो भेलाको आर्काइभमा हेर्नुहोला। साथै भेलाका कुन कुरा ठिक लाग्यो,कुन कुरा चित्त बुझेन,आगामी दिनमा के गर्दा ठिक होला आदी प्रतिक्रिया दिन नभूल्नुहोला।