October 30, 2008

बन्दुकको नालबाट निस्कने किताब !

Bandook ko nal ra kitab ओशामा बिन लादेन केवल बन्दुक चलाउन मात्रै जान्छन भन्ने तपाईलाई लाग्छ भने छिट्टै त्यो गलत सिद्ध हुँदैछ । हो, त्यहि ओशामा बिन लादेन, जो १० मार्च १९५७मा रियादमा जन्मेका थिए अनी जसले सन १९७९ मा सिभिल ईन्जिनियरिङको पढाई सकेका थिए र हाल अमेरिका द्वारा संसारकै सबैभन्दा खतरनाक आतंककारी घोषित भएका छन।

समाचारका अनुसार उनी आजकल किताब लेख्‍नमा व्यस्त छन । पहिले अरेबियन भाषामा लेखिने सो किताबको छिट्टै अंग्रेजी अनुवाद पनि निकालीने भएकोले हाल उनी एकजना मध्य पूर्विय युवकको सहयोगमा सो किताब पुरा गर्न लागेको खबर आएको छ ।

किताबको प्रकाशन पुर्व नै सो किताबका बारेमा चर्चा परिचर्चा सुरु भैसकेकोले यो किताब 'बेस्ट सेलर' भएमा कुनै अनौठो नमाने हुने अनुमान गरीएको छ ।

जसले जे सुकै भने पनि उनले किताब लेख्‍न थालेको खबर आएपछि उनका समर्थक मात्रै हैन उनका कट्टर बिरोधिहरु पनि सो किताबको अप्रतक्ष प्रतिक्षामा बस्न थालेका छन । मुख्य त सो किताबले ९-११ को अकल्पनिय आक्रमण, विश्‍वमा चलेको तेलको राजनीति र सबै देशमा बढ्दो अमेरिकि प्रभावको बारेमा पनि लादेनको प्रतक्ष र सनसनिखेज खुलासा गर्न सक्ने सम्भावना रहेकोले सो किताब हातै हात बिक्न सक्ने पनि अनुमान हुन थालेको छ ।

पाकिस्तानका केहि पत्र-पत्रीकाका अनुशार अल-कायदाको बिरोधमा आएका 'भ्रामक समाचारको' खण्डन गर्नु र आफ्नो किताबबाट आफ्नो बिचारको समर्थन खोज्नु नै सो किताबको मुल ध्येय रहने छ ।

अल-कायदाको संजाल विश्‍वका करिव पचास देशमा रहेको अनुमान गरीएको छ र यो संजालले आफ्ना समर्थक अन्य स-साना गुटहरुलाई पैसा, भौतिक अनी प्रबन्धनको सहयोग जुटाँउदै आएको छ । यदि अल-कायदाका प्रमुख मानिने लादेनको यो किताब साँच्चै 'बेस्ट सेलर' बन्यो भने सो बाट उठेको रकम फेरी यिनै संगठनका ध्वंसात्मक गतिबिधिमै जाने पनि करिव करिव तय नै छ । तर जे भए पनि किताब नै नपढिकन त्यसको बिरोध गर्ने पक्षमा भने म पनि छैन ।

(स्रोत: ईण्टरनेट र विभीन्न पत्र-पत्रीका)