April 22, 2011

हार्डलाइनर, बाबुराम र बोल्ड डिसिजन

ई मान्छे कट्टरवादी माओवादी नेता मोहन वैद्य हुन् । वैद्य बनेर मान्छे झुक्याउन खोजे पनि ई खास प्युठाने पोखरेल हुन् । यिनले संस्कृतमा आचार्य पढेका छन् । पढाइ अनुसार पण्डित भएर सप्ताह, प्रवचन र धर्मकर्मका कुरा गर्न पर्ने यी आचार्य खूंखार कम्युनिष्ट बने । काठमाण्डूमा पढ्दा, संस्कृत पाठशालाको निशुल्क भात,वास र भत्ता उपयोग गर्दै , त्यतिबेला निशुल्क पाइने रसियन र चाइनिज प्रकासनका कम्युनिष्ट पुस्तकहरू यिनले पढ्न सिके । एउटा पास लिएपछि, चाइनिज दूतावासमा खेलकूद , विशेषत: , ब्याडमिण्टन खेल्न पाइन्थ्यो । हो, यिनले त्यही गर्ने गर्थे ,कुनै बेला ।
ई माओवादी नेता माओवादी हिंसात्मक युद्धकालको पछिल्लो समयमा भारतीय जेलमा थुनिएका थिए । माओवादी शान्ति प्रकृयामा आइसकेपछि मात्र उनी रिहा भए । माओवादी नेता प्रचण्ड र उनको परिवार तथा बाबुराम लगायत कतिपय नेताहरू , हिंसा कालका दिनहरूमा पनि भारतमा निर्वाध र बेरोकटोक आश्रय लिएर बसेका थिए र हिँडडुल गर्ने गर्थे । तर , यीनी र यिनका वफादार चेला मानिने सी पी गजुरेल भने भारतीय जेलमा बन्दी थिए । यसो हुनुमा उनीहरूको के विश्वास थियो भने बाबुराम माओवादी भित्र भारतको पक्षमा काम गर्ने नेता हुन् त्यसैले उनैको सुराकमा वैद्य र गजूरेल जेलमा कोचिएका छन् तर बाबुरामहरू स्वतन्त्र र निर्भय घुम्दै छन् । यो कुरा , बाबुरामको शैक्षिक उचाइ र त्यसले निर्माण गरेको व्यक्तित्वप्रति रिस राख्ने हरू माओवादी ठिनामिना नेतामा भर्न पनि वैद्य कम्पनी सफल भएको छ । अर्को तिर संस्कृत र नेपाली भाषामा मात्र दक्ष यिनी लगायत कतिपय माओवादी नेतामा बाबुरामको आधुनिक शिक्षा माथिको दखल र यही बाटोबाट चिनिएको उनको व्यक्तित्वप्रति असाध्यै ठूलो आह्रिस राख्ने गर्छन् ।
मोहन वैद्य स्वयंमा पार्टीको नेतृत्व गर्न सक्ने मान्छे भने हैनन् । कोठे वैठकमा आफ्नो गुटका युवाहरूलाई हौस्याउनु तथा तिनै


गजल

भय लाग्छ अचेल, देश हराको सुन्न पर्छ कि!
दौरा सुराल बिर्सी,धोती कुर्ता पो उन्न पर्छ कि!

ईतिहासको ब्याज सकियो,बर्तमान धितोमा छ
पराधिन भै कतै,स्वाभिमानै थुन्न पर्छ कि!

चन्द्र सुर्य लाजले झुक्यो गोर्खे खुकुरी भुत्ते छ
धुजा भो साँध सिमाना,सबै मिली तुन्न पर्छ कि!

माटो कस्ले चिन्यो र यहाँ,इमान बेच्ने गाउँमा
चोरलाइ चौतारी धेरै भो, शूली चुन्न पर्छ कि!

स्व. खगेन्द्र बहादुर बस्नेत

हस्त गौतम मृदुल

डिल्लीबजार बीच भागमा एउटा पुरानो बंगला किसिमको सेतो घर छ। त्यहाँ घर छेउको खोपामा गनेशजीको मन्दिर छ। बाहिर पटिट पर्खाल लगाइएको छ। तल पटि चार वटा कोठा छन। एउटा कोठा भित्र लामो स्टेचरमा सिरानी अग्लो हालेर सुति रहेको एक जीवित ब्याक्तित्व देखिनु भएको छ। स्टेचर बेडमा सुति रहेको अग्लो शिरानी हालेको खाना खाँदा छातीमा रुमाल बिछाइ बिस्तारै हातले खाने कोल्टे फेर्न पनि नसक्ने उठेर बस्न पनि नसक्ने। कही जादा पनि खाटैसंग बोकेर बाहिर कसैले लग्नु पर्ने। शारिरिक अबस्था अत्यन्त जटिल देखिन्छ। शिथिल थियो शरीर तर मन थियो बिजुली जस्तो जतातौ उज्यालो पार्ने।

डोटेली पुर्खा राजा देव िसंह बस्नेतका त्यस पछि बिग्रेडियर पहलमान सिहं बस्नेत त्यस पछि कर्नेल इमान िसंह बस्नेत हजुरबुवा वीर बहादुर बस्नेत बाबा कर्नेण इनद्र बहादुर बस्नेत र आमा बेद राज कुमारीको पवित्र कोखबाट खगेन्द्र बहादुर बस्नेत ज्युको जन्म वि।सं।१९८५ साल माघ ५ गते डिल्लीबजारमा सन् १९२९ जनवरी १८जन्मनु भएको थियो। ११ बर्षको उमेरमा आमाको देहान्त भयो र पछि सानी आमा कोमल