May 20, 2009

युवा वर्गलाई नियालेर हेर्दा

विजयकुमार श्रेष्ठ धादिङ्ग
हाल ईराक

दिन प्रतिदिन कहाली लाग्दो सन्त्रास र अराजकताको जग बसेको देख्दा यो नयाँ नेपालको मुहार चम्किने हो कि झनै बिग्रीएर जाने हो, त्यो त समयले नै बताउला भनेर पछि लाग्ने सिवाय अरु उपाय नेपाली कसैसँग पनि नभएको भान हुन्छ । नेपाली जनताले आफनो जिउ ज्यानको कुनै परवाह नगरि २४८ वर्षसम्म बलियो जग गाडेर बसेको शाहवंशीय तानाशाहलाई जरै देखि उखालेर फयाक्न सफल भएका थिए । थिचोमिचो र अन्याय अत्याचारको सिमाबाट पार पाईन्छ कि भन्ने आशा र भरोसा मन भरि बोकेर साथमा साथ हातमा हात मिलाएर कम्मर कसेर देशमा नौलौ विहानीको विजारोपण गर्न सफल भएको थिए । हिजोका परिवर्तनको जग बसाल्नलाई न त बृद्ध हु नै भने न त नावालक हु नै भने सारा नेपालीले आफुसँग भएको बाहुबलको पर्दा हलुङ्गो मनले खुलाएर आफनो सामिप्यमा पुग्न सफल भए ।

अब त नेपाली जनताले चाहेको नया नेपालको जग बसाउन सफल भयौ भनेर आफना गुम्सिएका मनहरुलाई फुकाएर केहिहदसम्म भए पनि दुख पिडाहरुलाई भुलेर सितलताको छहारिमा मन बिसाउन सफल भएका थिए । ति कोमल मनहरुलाई लागेको थकानबाट लखतरान भएर गलेका शरिरलाई विश्राम दिन समेत पछि नलागेर हर्ष उल्लासमा सहभागिता भई संदुर जात्रा मनाउनमा व्यस्त भए । रात रहयो औराख पलायो भने जस्तै गरि केहि समय पश्चात नै ति कोमल हातहरुले बलिदान दिएर हो मा हईसे मिलाएर खलबलिएको परिस्थितीको हुरिवतासलाई एकत्रीत बनाएर आफनो गन्तव्य तिर तार लागएको केहि समय पनि वित्न नपाउदै एक आपसमा कुसर्ि मोह र पार्टि मोहको लालसा तिव्र भएर उम्लिन सुरु भयो । कोहिले सत्ता आफनो हातमा लिएर हिटलर बन्ने सपना देखे भने कोहि प्रतिपक्षमा बसेर मेरो गोरुको बार् है टक्का भन्ने अहमता लिन पछि परेन । कोहि सरकार चलाउनेलाई चाहिने ब्रेक त हामी पो हो भनेर एक आपसमा अहमता लिन थाले । हिजो जनतालाई दिएको बाचा बन्धनहरु सबै भुले र आ आफनो रणनितीलाई अगाडि बढाउन कम्मर कसेर लागे । जनतालाई कुनै कुरा सुख सुबिधा दिने तर्फ नलागी आफनै पार्टि विस्तार तिर अगाडि बडे जो नयाँ नेपालको सरकार प्रमुख भएका व्याक्ति र पार्टि । केबल जनतालाई महंगीबेरोजगार र अराजकता भन्दा अरु केहि उपहार स्वारुप दिन सकेनन् । देशमा झन बिकराल स्थितीको जग बसाले । महङगीचन्दा आतङक अपहरण लुटपाट हत्या हिसां जस्ता बिभत्सव दुर्घटनाहरुको जग बस्न थाल्यो । देश चलाउनेहरु यो देश मेरो मात्र होईन साझा नेपालीको सम्पति हो भनेर सोच्न पछि पर्न थाले र देशलाई शान्तिमय बनाउन तर्फ भन्दा आफनो पार्टि विस्तारलाई प्रमुख बनाउनमा जस्तो सुकै कुकृत्य गर्न पछि परेन । जो सत्तामा बसेका छन उसले नेपाली जनता भनेको त आफनो पार्टिमा समर्थन गर्ने व्याक्ति मात्र हो भनेर उदाहरणहरु बनाउन पछि परेन । लोकतन्त्रात्रिक गणतन्त्र नयाँ नेपालको नामाकरण गरेर देशलाई अन्यौलताको खाडलमा घकाल्न सुरु गरे । सहमति र सहकार्यको नितीलाई केवल कागजमा मात्र कोर्न सफल भए ।

युवा शक्तिलाई हतियार बनाएर आफनो स्वार्थ पुर्ति गर्न तिर लागेका नेता भनाउदाहरु मुखले राम राम बगलिमा छुरा भन्ने उखानलाई मध्य मार्गी बनाएर युवा वर्गलाई हतियार बोकाएर हिड्न बाध्य बनाए । के युवाहरु लडेका अहिले मात्रै हो त देशको मुहार फेर्नमा कस्को हात छ त तर अहिले यति बेला युवा वर्गले राम्रोसँग सोच्नु पर्ने बेला भएको छ । सधै भरि अर्काको लागी कति लड्ने अब त युवा शक्ति एक जुट भएर युवा शक्तिलाई रोजगार मुलक कार्यक्रमको सृजना गर्न तर्फ लागेमा मात्र देशमा समुन्द्रको भेल सरि उर्लीएको बेरोजगारको सुनामीलाई समाधान गर्न सकिएला भन्ने लाग्दछ । अझै पनि हामी युवाहरु ति नेताहरुको लहै लहैमा लागेर सडक गल्ली तताउनमा नै सिमीत भयौं भने हाम्रो कार्य दक्षताको कहिले पनि मुल्य हुने दिन आउदैन किन कि नेता भनाउदाहरुको नाता गोताको लागी मात्र हुने छ र अरु निमुखा युवाहरुको काम भनेको नेताहरुको गुलामीमा सडक तताउन बाहेक दोस्रो उपाय दिने वालामा छैनन् । अब त हामी युवाले गहिरिएर सोच्ने समय आएको छ । यस्तो परिस्थितीमा पनि हामीले सोचेनौ भने हाम्रो दिन कहिले सल्टिने छैन । अनि सधै परि पार्टिको झण्डा बोकेर नेताहरुको मनोआकांक्ष पुरा गराई दिनु सिवाय अरु हामीले केहि पाउने छैन ।

राजनितीक पार्टिहरु कोहि एक प्रदेश एक मदेश हुनु पर्छ भनेर अडिक लिन्छ कोहि पार्टिको दस्तालाई मात्र मध्य नजर राखेर काम गर्ने कोहि मेरो गोरुको बार् है टक्का भनेर बस्ने कसैलाई पनि चासो छैन राष्ट्रको स्थिती कहाँ पुगी सक्यो भनेर एकले अर्कालाई लडाएर आफनो स्वार्थ पुर्ति गर्न पल्केकाहरुको पछि लाग्दा फेरि पनि हामी युवाको हालत त्यहि बिन्दुमा पुगेर समाप्त हुने छ । अनि आफु आफुमा नै लडाई झगडा गरेर वल्ल घर पल्ल घरको दाजु भाई ईष्ट मित्रसँग दुश्मन भएर बाच्नु सिवाय अरु उपलव्धि हासिल गर्न सकिदैन । के नेताहरु लडेका छन तैले गर्दा यो कुसर्ि नपाएको भनेर नभेट्ने नवोल्ने गरेका छन त । उनिहरु

भनेको जुवाँ खेल्दा च्याखे थाप्न पल्केका जुहारे जस्ता हुन तेसैले युवाहरु अरुको लहै लहैमा लागेर तहिले यो ठाउँमा बास पाउने छैन त फलाना पार्टिको मानिस हामी तलाई बाच्न दिन्न भनेर कुदृष्टीले आफना सदियारेलाई दुख दिनु भनेको आफनो खुट्टामा आफैले बन्चरो हान्नु सरह हो । भोली हामीलाई भई परि आउदा ति तपाईका पक्षका नेता आएर समस्याको समाधान गरि दिन्छ त यो कुरालाई ठन्डा दिमाग लगाएर सोच्ने गरेका छौ त तातो रिस देखाएर म त यो पार्टि त यो पार्टि भनेर एक आपसमा लडाई गर्नु नै हाम्रो मुर्खता हो । आखिर भोलीको लागी चाहिने हामीलाई छिमेकि नै हो । जुन सुकै पार्टिका नेता भए पनि कुर्सि पाए पनि केवल उसले आश्वासन मात्र दिने हो । पहिला त आफनो स परिवारलाई भरि पुर्ण पारे पछि मात्र अरुको लागी ठाउँ हेर्ने हो त्यो पनि खाली कतै भए बुझेर आउनु म भनि दिन्छु भनेर पन्छिदिन्छन् । यो कुरा तपाई हामीले भोगेको कुरा भित्र नै पर्दछ । त्यसैले सधै भरि पार्टिको झण्डालाई मध्य नजर राखेर हिड्नु भन्दा अहिलेको परिस्थितीमा खवरदारी गर्न तर्फ लाग्दा ति नेता भनाउदाहरुको धैटोमा घाम लाग्न सक्छकीत । सहकार्य र समझदारीमा नहिड्ने हो भने हामीले त्यहि दिन भोग्नु पर्ने स्थितीमा पुग्ने छौ । जस्तै उदाहरणको लागी सोमालिया सुडान ब्रुण्डि जस्ता देशहरुमा आन्तरिक कलह र मत भिन्नताले गर्दा देशलाई कस्तो परिस्थितीमा पुर् यायो त्यो त हामी सबैले देखेको र सुनेको कुरा हो । यदि यो परिस्थितीमा पनि युवा वर्ग ति धृणित व्याबहारमा लागेका नेताहरुको हो मा हो मिलाएर हिड्ने हो भने हामीले पनि त्यही सुनामी भोग्नु नपर्ला भन्ने कुराको दुई मत छैन ।

नेता भनेको मिठो भाषणको खेति गर्न सिपालु हुन्छन र आफनो स्वार्थको लागी अरुलाई ढाल बनाएर उक्साउने काममा माहिर भएका हुन्छन र युवा वर्गहरुमा भएको तातो रगत तताउनमा बाहुबल प्रयोग गरेका हुन्छन् । आखिर दुख पाउने त युवा वर्गहरु नै हो । जसको भविष्यको कुनै ठेगान हुने बाटो पहिल्याउन सफल भएको छैन । हुल हुज्जत सभा सम्मेलन जुलुसलाई सफल पार्नमा कस्को हात छ त के युवा सधै भरि सडक तताउने काममा मात्र सिमीत हुने हो त लोकतन्त्र प्राप्तिको लागी बलिदान दिने युवाहरुको सहि मुल्याङन भएको छ त त्यो त हामी सबैले देख्दै आएका छौ । जो मानिसहरु आफनो जिउ ज्यानको कुनै प्रभाह नगरि लोकतन्त्रको जग बसाल्न अगाडि बडेर लागेका थिए । लोकतन्त्रको जग गाड्न त सफल भए तर आफनो जिवनलाई अपाङ्ग बनाएर सारा जिवनलाई अन्धकारमय बनाउन सिवाय अरु उपलब्धि के पाएका छन त ति लोकतन्त्रका सहयोध्दाहरुले कतिको विहान बेलुकीको हात मुख जोर्नेसम्मको तर्जुमा भएको छैन र तड्पीनु सिवाय उसँग अरु उपाय केहि छैन । के यस्ता कुरा ति नेता भनाउदाहरुले जिम्मेवारि लिएका छन त । अनि भन्ने गर्दछन लोकतन्त्रमा जनताको बलिदान बगेको छ भनेर भाषण गर्न पछि परेका छैनन् आखिर के पाए त ति लोकतन्त्रका सहयोध्दाहरुले केवल आशु भोक प्यास र पिडा भन्दा अरु के पाएका छनन् त ति हाम्रा युवा वर्गहरुले अनि अझै पनि हामी एक आपसमा त फलना पार्टि म फलाना पार्टि भनेर हिड्दा कसलाई कति फाईदा रहेछ त । त्यसैले हामीले लहै लहैमा लागेर छर छिमेकीलाई गाउघर देखि निकाल्नु भनेको आफनो खुट्टामा आफैले बाचरो हन्नु सरह हो ।



3 Comments:

एकलकाटे said...

के भन्ने बिजय जी, अचेल नेपाल मा मान्छे नमारी उसको खुट्टा नभाची ता क्रांतिकारी नै हुन सकिन्न भन्ने गलत बिचार नेता हरू ले... यी तथाकथित बुद्धीजिवी नेता हरू ले पिलायेका छन

shiba said...

विजयजी तँपाईलाइ धेरै२ धन्यवाद् समसामयिक राजनितिमा युवाहरुले लियेको गन्तब्य अहिले सार्हैनै गलत् बाटोमा गैरहेको छ। यि राजनीतिक नेताहरुले आफ्नो दलिय स्वार्थभन्दा मथि उठेर कहिले शोच्न सकेनन् र देशका कर्णधार् युवाहरुलाइ आफ्नो स्वार्थकोलागि पछि लगाइरहेका छन्। येक् आपस्मा लडाये र नै यि नेताहरुको स्वार्थ पुरा हुने हुनाले देसमा युवाहरुलाइ सहि बाटोमा लियेर हिद्न सक्ने येक् नागरिक् समाज्को नयाँ जन्महुनु आवस्यक देखिन्छ( मैले भन्न खोजेको तथाकथित् अहिले नागरिक समाज् भनेर राजनितिक पार्टीका गुलामि गर्नेल्हरुले राज्नितीक् पार्टीको झन्डा लियेर गये पनि कुनै आस्चार्य हुने वाला छैन)।

बिप्लब said...

मलाइ बिजय जी ले भनेको एकदम सहि लाग्यो। हामीले लहै लहैमा लागेर चर छिमेकीलाइ गाउंगर देखि निकाल्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो।
एकल काटेले सहि भन्नु भयो। खुट्टा नभाची त क्रान्तीकारी पनि भैदैन।
शिब जी ले नागरीक समाजलाइ राम्ररी चिन्नुभएको रहेछ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !