अहिलेको नेपाल अलिक अप्ठ्यारो समयमा गुज्रिएको छ। लोकतान्त्रिक गणतन्त्र आउंदा पनि जनतालाइ उही सास्ती छ। अझ डर मर्दो कुरा त के छ भने देशलाइ कसरी बांडफांड गरेर राज्य गर्ने त्यसलै सबैलाइ तर्साएको छ। सायद यसैले होला दौंतरीमा गाउं खाने कथामा उत्तर मिलाए पनि गाउं लिन धेरै हिच्काउनुहुन्छ।
देशमा अहिले जति अप्ठ्यारो परोस,नेपाल र नेपालीले एक दिन सहज रुपमा बस्न पाउन। स्वर्गको टुक्रा,जांहा हामी स्वनत्रता पूर्वक पाइला टेक्छौं त्यही नै हाम्रो गाउं रहोस। हाम्रा आंखाबाट अरुले नदेखुन,हाम्रो कलमबाट अरुले नलेखुन,हाम्रो गाउंमा अरु आएर नबसुन:हाम्रो जिवनमा अरुलाइ आएर खेल्न नदिउ हामी आफै आफ्नो जिबनमा रमाऔं - जय नेपाल।


