April 25, 2010

तिम्रो गाउं कुन हो?

भेट घाट हुन्छ,हाल खबारका कुरा गरिन्छ,बस्ने ठाउं सोधिन्छ,गाउं कुन हो भनिन्छ। सायद गाउं खाने कथा पनि यसरी नै सुरु भएको होला। यो गज्जबको नेपाली खेल हो। नेपालीको मौलिकपन जोगाउन र दौंतरीमा नेपालीपन झल्काउन एक बर्ष भन्दा बढी देखी गाउं कथा राख्दै आएको छु। यो अत्याधुनिक बिधुत्तिय जालोमा नेपाली परम्परा संबन्धी कुरा गर्दा निकै रोमान्चित भइन्छ। आखिर यो बिधुत्तिय जालो अर्धबस्त्र मोडललाई मात्र सुम्पिनु पर्छ भन्ने त छैन नी?

अहिलेको नेपाल अलिक अप्ठ्यारो समयमा गुज्रिएको छ। लोकतान्त्रिक गणतन्त्र आउंदा पनि जनतालाइ उही सास्ती छ। अझ डर मर्दो कुरा त के छ भने देशलाइ कसरी बांडफांड गरेर राज्य गर्ने त्यसलै सबैलाइ तर्साएको छ। सायद यसैले होला दौंतरीमा गाउं खाने कथामा उत्तर मिलाए पनि गाउं लिन धेरै हिच्काउनुहुन्छ।

देशमा अहिले जति अप्ठ्यारो परोस,नेपाल र नेपालीले एक दिन सहज रुपमा बस्न पाउन। स्वर्गको टुक्रा,जांहा हामी स्वनत्रता पूर्वक पाइला टेक्छौं त्यही नै हाम्रो गाउं रहोस। हाम्रा आंखाबाट अरुले नदेखुन,हाम्रो कलमबाट अरुले नलेखुन,हाम्रो गाउंमा अरु आएर नबसुन:हाम्रो जिवनमा अरुलाइ आएर खेल्न नदिउ हामी आफै आफ्नो जिबनमा रमाऔं - जय नेपाल।