May 20, 2009

पर्यटकका लागि नेपाल

अनुप गुरुगं
हाम्रो शिर भई उभिएको विश्वको नै अग्लो सगरमाथा अनि शान्तिका दुत गौतम बुद्ध जन्मिएको हाम्रो देश नेपाल प्राकृतिक सुन्दरता तथा सास्कृतिकले भरिएको सुन्दर देश हो । हिमाल पहाड तराई तीन भागमा विभाजित नेपालमा पर्यटकको लागि एउटा महत्वपुर्ण स्थान हुन सक्छ । देशलाई आर्थिक रुपमा सम्पन्न गराउनको निम्ति पनि नेपाल सरकारले पर्यटक क्षेत्रको विकास गर्नु अपरिहार्य छ र यसका लागि चाहिने नयाँ नयाँ निति तथा कार्यक्रम ल्याउनु पनि जरुरी छ र पर्यटकीय स्थलको रुपमा नेपाललाई परिचित गराउनु पर्दछ । नेपाल पर्यटकीय गन्तव्य र आकर्षकका हिसाबले हेर्दा पनि विश्वमै अतुलनिय छ । प्राकृतिक तथा भौगोलिक हिसाबले पनि नेपाल पर्यटकीय स्थलको रुपमा परिचित गराउन सकिन्छ तैपनि यति हुदाँ हुदाँ पनि हामीले चाहे जति पयर्टक भित्रायाउन सकेका छैनौ किन यो पक्कै पनि अध्ययनको बिषय हो । कतै हाम्रा आन्तिरिक कुराहरु बन्द हडतालहरुले त पर्यटकमा नकारात्मक असर परेको छैन । यो सब हामीले बिचार पुर्याउन पर्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण देश हाम्रो नेपालमा पयर्टकलाई धेरै क्षेत्रमा आकषण गर्न सक्छौ ।

यहाँ राफ्टिगंको लागि विश्वमै चर्चित हिम नदीहरु छन् । जगंल सफारी गर्नको लागि राष्ट्यि जगंल पार्कहरु, ट्रेकिङको लागि, धार्मिक स्थलको लागि पनि प्रख्यात हाम्रो देशमा त्यही पनि हामीले चाहे जति पर्यटक भित्राउन सकेका छैन किन अब हामी सब एकजुट भई केही गर्नु पर्छ र यसका लागि पहिला भन्दा अहिले सरकार र पर्यटक व्यवसायीहरु तथा बिभिन्न सघं सस्थाहरु यसको पर्यटन गन्तव्यको रुपमा लागि परेका छन् ।

नेपाल सरकारले चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट मार्पुत १० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरको छ साथै अहिले सरकारले पर्यटन भिजन २०२० नामक योजना घोषणा गरेको छ । जुन योजनाले सन् २०२० सम्ममा प्रतिवर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ र जस्मा २०२० ले गा्रमीण पर्यटनमा जोड दिदै नेपाली जनताको जीवन उकास्ने तथा पिछडिएका समुदायको सहभागिता गराइने भएको छ। यस योजनालाई सफल पार्नको निम्ति पर्यटन क्षेत्रलाई उधोगको रुपमा विकास गर्दै नयाँ नयाँ गन्तव्य र आकर्षण खोज्दै लैजाने हवाई सेवाको विस्तार तथा सुरक्षित गर्ने तथा पयर्टक क्षेत्रमा लगानीको लागि प्रोतशाहित गर्दै जाने अनि विश्वव्यापी रुपमा प्रचार प्रसार प्रचारात्मक गरिने भएको छ । नेपालको बिभिन्न भागमा पर्यटक केन्द्र स्थापना गर्ने माउन्टेन्यरिङ जगंल सफरी र्याफटिङ मठ मन्दिर तथा बिभिन्न क्षेत्रमा पर्यटनलाई आर्कषित गर्ने भनि भिजन २०२० मा उल्लेख गरीएको छ ।

यो पक्कै पनि एक महत्वपुर्ण कदम हो तथापि नेपाल सरकारले यसलाई कागजी रुपमा मात्र भिजन २०२० नबनाई यसलाई व्यवहारमा पनि कार्यन्वन गर्नु पर्दछ । अनि यसको कार्यन्वयन भयो कि भनी परिवेक्षण पनि गर्नु पर्दछ । हामीले आशा गरौ यो योजना सफल हुन्छ र यसका लागि गर्नु पर्ने कामहरु हुन्छ भनी यसले गर्दा नेपाली जनताले रोजगारी पाउछन् अनि उनीहरुको पनि जीवनस्तर पनि उकलिन्छ । यसले गर्दा हामी नेपालीहरु रोजगारीको लागि सयौ हन्टर खाई बिदेशीनु पदैन । यसका लागि नेपाल सरकार मात्र नभई हामीले पनि आफुले गर्न सक्ने सक्दो सहयोग गर्नु पर्दछ । हामीले एउटा सानो निहुँमा पनि यो बन्द गर्ने शैली पनि परिवर्तन गर्नु पर्दछ । हामीले भिजिट नेपाल मात्र लेखेर काम केही गरेनौ भने पनि हामीले केही गर्न सक्दैनौ यसका लागि चाहिने पुर्वाधारहरुको निर्माण गर्नु पर्दछ र हामीहरुले पनि यसका लागि आपुनो ठाउँबाट सक्दो सहयोग गर्नुपर्दछ ।



युवा वर्गलाई नियालेर हेर्दा

विजयकुमार श्रेष्ठ धादिङ्ग
हाल ईराक

दिन प्रतिदिन कहाली लाग्दो सन्त्रास र अराजकताको जग बसेको देख्दा यो नयाँ नेपालको मुहार चम्किने हो कि झनै बिग्रीएर जाने हो, त्यो त समयले नै बताउला भनेर पछि लाग्ने सिवाय अरु उपाय नेपाली कसैसँग पनि नभएको भान हुन्छ । नेपाली जनताले आफनो जिउ ज्यानको कुनै परवाह नगरि २४८ वर्षसम्म बलियो जग गाडेर बसेको शाहवंशीय तानाशाहलाई जरै देखि उखालेर फयाक्न सफल भएका थिए । थिचोमिचो र अन्याय अत्याचारको सिमाबाट पार पाईन्छ कि भन्ने आशा र भरोसा मन भरि बोकेर साथमा साथ हातमा हात मिलाएर कम्मर कसेर देशमा नौलौ विहानीको विजारोपण गर्न सफल भएको थिए । हिजोका परिवर्तनको जग बसाल्नलाई न त बृद्ध हु नै भने न त नावालक हु नै भने सारा नेपालीले आफुसँग भएको बाहुबलको पर्दा हलुङ्गो मनले खुलाएर आफनो सामिप्यमा पुग्न सफल भए ।

अब त नेपाली जनताले चाहेको नया नेपालको जग बसाउन सफल भयौ भनेर आफना गुम्सिएका मनहरुलाई फुकाएर केहिहदसम्म भए पनि दुख पिडाहरुलाई भुलेर सितलताको छहारिमा मन बिसाउन सफल भएका थिए । ति कोमल मनहरुलाई लागेको थकानबाट लखतरान भएर गलेका शरिरलाई विश्राम दिन समेत पछि नलागेर हर्ष उल्लासमा सहभागिता भई संदुर जात्रा मनाउनमा व्यस्त भए । रात रहयो औराख पलायो भने जस्तै गरि केहि समय पश्चात नै ति कोमल हातहरुले बलिदान दिएर हो मा हईसे मिलाएर खलबलिएको परिस्थितीको हुरिवतासलाई एकत्रीत बनाएर आफनो गन्तव्य तिर तार लागएको केहि समय पनि वित्न नपाउदै एक आपसमा कुसर्ि मोह र पार्टि मोहको लालसा तिव्र भएर उम्लिन सुरु भयो । कोहिले सत्ता आफनो हातमा लिएर हिटलर बन्ने सपना देखे भने कोहि प्रतिपक्षमा बसेर मेरो गोरुको बार् है टक्का भन्ने अहमता लिन पछि परेन । कोहि सरकार चलाउनेलाई चाहिने ब्रेक त हामी पो हो भनेर एक आपसमा अहमता लिन थाले । हिजो जनतालाई दिएको बाचा बन्धनहरु सबै भुले र आ आफनो रणनितीलाई अगाडि बढाउन कम्मर कसेर लागे । जनतालाई कुनै कुरा सुख सुबिधा दिने तर्फ नलागी आफनै पार्टि विस्तार तिर अगाडि बडे जो नयाँ नेपालको सरकार प्रमुख भएका व्याक्ति र पार्टि । केबल जनतालाई महंगीबेरोजगार र अराजकता भन्दा अरु केहि उपहार स्वारुप दिन सकेनन् । देशमा झन बिकराल स्थितीको जग बसाले । महङगीचन्दा आतङक अपहरण लुटपाट हत्या हिसां जस्ता बिभत्सव दुर्घटनाहरुको जग बस्न थाल्यो । देश चलाउनेहरु यो देश मेरो मात्र होईन साझा नेपालीको सम्पति हो भनेर सोच्न पछि पर्न थाले र देशलाई शान्तिमय बनाउन तर्फ भन्दा आफनो पार्टि विस्तारलाई प्रमुख बनाउनमा जस्तो सुकै कुकृत्य गर्न पछि परेन । जो सत्तामा बसेका छन उसले नेपाली जनता भनेको त आफनो पार्टिमा समर्थन गर्ने व्याक्ति मात्र हो भनेर उदाहरणहरु बनाउन पछि परेन । लोकतन्त्रात्रिक गणतन्त्र नयाँ नेपालको नामाकरण गरेर देशलाई अन्यौलताको खाडलमा घकाल्न सुरु गरे । सहमति र सहकार्यको नितीलाई केवल कागजमा मात्र कोर्न सफल भए ।

युवा शक्तिलाई हतियार बनाएर आफनो स्वार्थ पुर्ति गर्न तिर लागेका नेता भनाउदाहरु मुखले राम राम बगलिमा छुरा भन्ने उखानलाई मध्य मार्गी बनाएर युवा वर्गलाई हतियार बोकाएर हिड्न बाध्य बनाए । के युवाहरु लडेका अहिले मात्रै हो त देशको मुहार फेर्नमा कस्को हात छ त तर अहिले यति बेला युवा वर्गले राम्रोसँग सोच्नु पर्ने बेला भएको छ । सधै भरि अर्काको लागी कति लड्ने अब त युवा शक्ति एक जुट भएर युवा शक्तिलाई रोजगार मुलक कार्यक्रमको सृजना गर्न तर्फ लागेमा मात्र देशमा समुन्द्रको भेल सरि उर्लीएको बेरोजगारको सुनामीलाई समाधान गर्न सकिएला भन्ने लाग्दछ । अझै पनि हामी युवाहरु ति नेताहरुको लहै लहैमा लागेर सडक गल्ली तताउनमा नै सिमीत भयौं भने हाम्रो कार्य दक्षताको कहिले पनि मुल्य हुने दिन आउदैन किन कि नेता भनाउदाहरुको नाता गोताको लागी मात्र हुने छ र अरु निमुखा युवाहरुको काम भनेको नेताहरुको गुलामीमा सडक तताउन बाहेक दोस्रो उपाय दिने वालामा छैनन् । अब त हामी युवाले गहिरिएर सोच्ने समय आएको छ । यस्तो परिस्थितीमा पनि हामीले सोचेनौ भने हाम्रो दिन कहिले सल्टिने छैन । अनि सधै परि पार्टिको झण्डा बोकेर नेताहरुको मनोआकांक्ष पुरा गराई दिनु सिवाय अरु हामीले केहि पाउने छैन ।

राजनितीक पार्टिहरु कोहि एक प्रदेश एक मदेश हुनु पर्छ भनेर अडिक लिन्छ कोहि पार्टिको दस्तालाई मात्र मध्य नजर राखेर काम गर्ने कोहि मेरो गोरुको बार् है टक्का भनेर बस्ने कसैलाई पनि चासो छैन राष्ट्रको स्थिती कहाँ पुगी सक्यो भनेर एकले अर्कालाई लडाएर आफनो स्वार्थ पुर्ति गर्न पल्केकाहरुको पछि लाग्दा फेरि पनि हामी युवाको हालत त्यहि बिन्दुमा पुगेर समाप्त हुने छ । अनि आफु आफुमा नै लडाई झगडा गरेर वल्ल घर पल्ल घरको दाजु भाई ईष्ट मित्रसँग दुश्मन भएर बाच्नु सिवाय अरु उपलव्धि हासिल गर्न सकिदैन । के नेताहरु लडेका छन तैले गर्दा यो कुसर्ि नपाएको भनेर नभेट्ने नवोल्ने गरेका छन त । उनिहरु

भनेको जुवाँ खेल्दा च्याखे थाप्न पल्केका जुहारे जस्ता हुन तेसैले युवाहरु अरुको लहै लहैमा लागेर तहिले यो ठाउँमा बास पाउने छैन त फलाना पार्टिको मानिस हामी तलाई बाच्न दिन्न भनेर कुदृष्टीले आफना सदियारेलाई दुख दिनु भनेको आफनो खुट्टामा आफैले बन्चरो हान्नु सरह हो । भोली हामीलाई भई परि आउदा ति तपाईका पक्षका नेता आएर समस्याको समाधान गरि दिन्छ त यो कुरालाई ठन्डा दिमाग लगाएर सोच्ने गरेका छौ त तातो रिस देखाएर म त यो पार्टि त यो पार्टि भनेर एक आपसमा लडाई गर्नु नै हाम्रो मुर्खता हो । आखिर भोलीको लागी चाहिने हामीलाई छिमेकि नै हो । जुन सुकै पार्टिका नेता भए पनि कुर्सि पाए पनि केवल उसले आश्वासन मात्र दिने हो । पहिला त आफनो स परिवारलाई भरि पुर्ण पारे पछि मात्र अरुको लागी ठाउँ हेर्ने हो त्यो पनि खाली कतै भए बुझेर आउनु म भनि दिन्छु भनेर पन्छिदिन्छन् । यो कुरा तपाई हामीले भोगेको कुरा भित्र नै पर्दछ । त्यसैले सधै भरि पार्टिको झण्डालाई मध्य नजर राखेर हिड्नु भन्दा अहिलेको परिस्थितीमा खवरदारी गर्न तर्फ लाग्दा ति नेता भनाउदाहरुको धैटोमा घाम लाग्न सक्छकीत । सहकार्य र समझदारीमा नहिड्ने हो भने हामीले त्यहि दिन भोग्नु पर्ने स्थितीमा पुग्ने छौ । जस्तै उदाहरणको लागी सोमालिया सुडान ब्रुण्डि जस्ता देशहरुमा आन्तरिक कलह र मत भिन्नताले गर्दा देशलाई कस्तो परिस्थितीमा पुर् यायो त्यो त हामी सबैले देखेको र सुनेको कुरा हो । यदि यो परिस्थितीमा पनि युवा वर्ग ति धृणित व्याबहारमा लागेका नेताहरुको हो मा हो मिलाएर हिड्ने हो भने हामीले पनि त्यही सुनामी भोग्नु नपर्ला भन्ने कुराको दुई मत छैन ।

नेता भनेको मिठो भाषणको खेति गर्न सिपालु हुन्छन र आफनो स्वार्थको लागी अरुलाई ढाल बनाएर उक्साउने काममा माहिर भएका हुन्छन र युवा वर्गहरुमा भएको तातो रगत तताउनमा बाहुबल प्रयोग गरेका हुन्छन् । आखिर दुख पाउने त युवा वर्गहरु नै हो । जसको भविष्यको कुनै ठेगान हुने बाटो पहिल्याउन सफल भएको छैन । हुल हुज्जत सभा सम्मेलन जुलुसलाई सफल पार्नमा कस्को हात छ त के युवा सधै भरि सडक तताउने काममा मात्र सिमीत हुने हो त लोकतन्त्र प्राप्तिको लागी बलिदान दिने युवाहरुको सहि मुल्याङन भएको छ त त्यो त हामी सबैले देख्दै आएका छौ । जो मानिसहरु आफनो जिउ ज्यानको कुनै प्रभाह नगरि लोकतन्त्रको जग बसाल्न अगाडि बडेर लागेका थिए । लोकतन्त्रको जग गाड्न त सफल भए तर आफनो जिवनलाई अपाङ्ग बनाएर सारा जिवनलाई अन्धकारमय बनाउन सिवाय अरु उपलब्धि के पाएका छन त ति लोकतन्त्रका सहयोध्दाहरुले कतिको विहान बेलुकीको हात मुख जोर्नेसम्मको तर्जुमा भएको छैन र तड्पीनु सिवाय उसँग अरु उपाय केहि छैन । के यस्ता कुरा ति नेता भनाउदाहरुले जिम्मेवारि लिएका छन त । अनि भन्ने गर्दछन लोकतन्त्रमा जनताको बलिदान बगेको छ भनेर भाषण गर्न पछि परेका छैनन् आखिर के पाए त ति लोकतन्त्रका सहयोध्दाहरुले केवल आशु भोक प्यास र पिडा भन्दा अरु के पाएका छनन् त ति हाम्रा युवा वर्गहरुले अनि अझै पनि हामी एक आपसमा त फलना पार्टि म फलाना पार्टि भनेर हिड्दा कसलाई कति फाईदा रहेछ त । त्यसैले हामीले लहै लहैमा लागेर छर छिमेकीलाई गाउघर देखि निकाल्नु भनेको आफनो खुट्टामा आफैले बाचरो हन्नु सरह हो ।



ओखलढुंगालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने

गुरु केदार बराल

ओखलढुंगा- देशमा शान्ति स्थापना सगै पर्यटन आगमनमा निकै बृद्धि भइरहेको छ । पर्यटन प्रबद्धनका लागि राजधानी देखि पूर्व पश्चिमका जिल्लाहरुमा समेत थुप्रै महोत्सवहरु भइरहेका छन् ।

यद्यपी पर्यटन प्रबर्द्धन भइरहेको बताईए पनि कुन कुन जिल्लामा पर्यटकहरुको आगमन कति छ भन्ने कुराको तथ्याङ्क नै छैन । अहिले थुप्रै पर्यटकीय र पर्यटन उन्मुख जिल्लाहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको हृवात्तै बृद्धि भएको छ । तर पर्यटकको तथ्याङ्क लिन पर्यटन मन्त्रालय नै धाउनु पर्छ । जिल्ला जिल्लामा यसको तथ्याङ्क छैन भने मन्त्रालयको तथ्याङ्क कति वास्तविकता होला भनेर कसरी विश्वास गर्न सकिएला र ।

देशको अन्य पर्यटकिय स्थल जस्तै ओखलढुंगा लाई पनि मान्न सकिन्छ । ओखलढुंगा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकक ह्रवात्तै बृद्धि भएको छ । विगत देखि नै ओखलढुंगा सरकारी कार्यालय देखि हरेक संघ संस्थाको नारा बनेको छ शिक्षा, स्वास्थ्य र पर्यटन । ओखल्दुङ्गामा यस वर्षमात्र होइन गत वर्ष कति पर्यटक आए भन्ने तथ्याङ्क न त जिल्ला विकाश समितिमा छ ।

यी मात्र होइन ओखलढुंगामा पर्यटन सम्बन्धी जानकारी दिने संस्था पोकली झरना, होटल संघ जस्ता यस सम्बन्धी सरोकारवाला संघसंस्थाहरु पनि नभएका होइनन्, तर कही छैन यस सम्बन्धी तथ्याङ्क । जिल्लामा त्यस्तो तथ्याङ्क राख्ने भनी सम्बन्धित मन्त्रालयबाट कुनै निर्देशन नभएको भनाइ ओखल्दुङ्गाका स्थानिय विकाश अधिकरी । तेस्रो मुलुकबाट ओखलढुंगा आउने पर्यटकहरुको तथ्याङ्क प्रहरी संग हुने स्थानिय विकास अधिकारीले बताए पनि प्रहरीसंग पनि यकिन डाटा छैन् ।

जिल्ला विकास समिति ओखलढुंगा उद्योग बाणिज्य अन्य सरोकारवाला संस्थाहरुको मुख्य नारा नै शिक्षा, स्वास्थ्य र पर्यटन छ भने सबैको योजनामा ।

पाल्पा जिल्लामा अहिले दैनिक बाह्य र आन्तरिक गरी २ सय भन्दा बढी पर्यटकहरू घुम्न आउने होटल ब्यबसायीहरूको अनुमान छ । यसअघि पनि थुप्रै पत्रपत्रिकामा यस्तै अनुमानका भरमा समाचारहरु आउने गरेका छन् । जिल्लाका सरोकारवाला संघ संस्थाले एक महिना मात्रै तथ्याङ्क संकलन गर्ने हो भने पनि मोटामोटी तथ्याङ्क आउने थियो, तर ती संस्थाहरु जिल्लाका राजनीतिक दलहरुबाट परिचालित भएकाले पनि यस सम्बन्धि ध्यान नदिइएको भनाइ धेरैको छ ।

जिल्लाको, लगायतका गाउहरु मात्र होइन भौगोलिक, धार्मिक र एतिहासिक महत्वका ठाउहरु पनि ओखल्दुङ्गाका चिनारी बनेका छन् पर्यटन प्रबर्द्धनका लागि ।

जिल्ला सदरमुकामओखल्दुङ्गामा बाह्य पर्यटकलाई मार्गदर्शकको रूपमा काम गरिरहेको पोकली झरनाले जाडो मौसममा पर्यटक बढी भित्रिने बताए पनि यति नै पर्यटक आउछन् भन्ने कुनै तथ्याङ्क दिन सक्दैन ।

ओखल्दुङ्गालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने सरकारको योजनामा पनि भएको भनी जिल्ला बोर्डमा समेत छलफल हुने गरेको छ ।ओखल्दुङ्गामा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्धन गर्नुपर्नेमा यहा आउने सबै मन्त्रीले बताउछन् भने वर्षोनी उद्योग वाणिज्य संघओखल्दुङ्गाले पनि पर्यटन विकाश गर्न को लागि पोकली झरना महोत्सव पनि गर्दै आएको छ । गणतान्त्रिक नेपालमा पनि पुरानै पाराले यस्ता कुराहरुमा भाषण गर्दै मात्र हिड्ने हो भने के नया नेपालको सपना साकार होला ।